महालाल कसरी बने बद्रीनन्द ?


                                        रमेश तुम्बापो

 

महागुरु फाल्गुनन्दको अनुयायी वृत्तभित्र बेला–बेला चर्चामा आउँने र सेलाउँने नाम हो, बद्रीनन्द तुम्बापो । महागुरु फाल्गुनन्दको विचार दर्शनलाई विकास गर्ने प्रक्रियामा बद्रीनन्दको योगदान कस्तो रहेको छ ? भन्ने विषयमा समेटिएको लेखहरु आजसम्म कुनै पनि माध्यमबाट छापिएको, प्रसारण भएको पाइन्दैन । आजको यस आलेखमा महागुरु फाल्गुनन्दको विचार दर्शनलाई विकास गर्ने सन्दर्भमा उहाँको योगदान कस्तो रहेको छ ? भन्ने विषयमा चर्चा गरिनेछ ।

 

वि. स. १९७६ सालको पौष महिनामा महागुरु फाल्गुनन्द र प्रथम चेला दिलमान तुम्बापोले पल्टने जीवनबाट सदाका लागि विदा लिएर स्वदेश रमाना हुनु भयो । स्वदेश आउँने क्रममा दार्जिलिङ् आइपुगेपछि लामो समयसम्म भारतीय सेनामा सेवा गरे वापत भारत सरकारबाट आफूहरुले पाउँनु पर्ने सेवा सुविधा बुझ्नु थियो । तर आश्चार्य ! १२ वर्षसम्म सेवा गरे वापत भारत सरकारले दिएको सेवा सुविधा (तलब) समेत महागुरुले बुझ्नु भएनन् । दिलमानले गुरु ! हामी गाउँघर पुग्दा छोरीचेलीहरु आश गर्छन बुझ्ने कृपा गर्नुहोस् भन्दा समेत बुझ्नु भएन । दिलमानले भने आफूले ९ वर्षसम्म सेवा गरे वापत पाउँनुपर्ने सेवा सुविधा बुझ्नु भयो ।

 

 

त्यसपछि गुरु चेलाको यात्रा भूटानको राजरुखतर्फ अगाडि बढ्यो । किनभने त्यहाँ नेपालको जीतपुर, ढोडेनीबाट बसाई सरिजानु भएका महागुरुका माता पिता र दिदीबहिनीहरु बस्नु भएको थियो । भुटानमा लगभग १०÷११ महिना लामो बसाई पश्चात गुरुचेलाको यात्रा स्वदेशतर्फ अगाडि बढ्यो । महागुरुले आफ्नो मातापितासँग भेटघाट गरी सकेको भए पनि दिलमानले आफ्नो मातापितासँग भेटघाट गर्न पाएको थिएन । तसर्थः भुटानबाट स्वदेश आउँने क्रममा दिलमानको गाउँघर पान्थर, चोकमागु आउँनु भयो । दिलमानको गाउँ चोकमागुमा हप्तादिनको बसाई पश्चात वि.स. १९७७ साल यात्रामा निस्किनु भयो ।

 

 

दिलमानले आफ्नो गुरुलाई नेपाल भारतको सिमावर्ती बजार मानेभञ्ज्याङसम्म पु¥याएर त्यहाँ एकरातसँगै बास बसेर पुनः चाँडै भेट गर्ने बाचा बाँधेरै दिलमान आफ्नो घर चोकमागु फर्किनु भयो । महागुरु भारततिर लाग्नु भयो । १० वर्षसम्म एकैदिन विछोड नभई सँगसँगै बस्दै आएका आफ्नो श्रद्धेय गुरुसँग छुटिन्नु पर्दा दिलमानलाई लाग्नसम्म नमिठो लाग्यो ।

 

 

त्यस्तै नमिठो क्षणलाई मनभरी एक्लै चपाउँदै आउँदा दिलमानले आफ्नो घर चोकमागु आईपुगेको थाहा नै भएन । घर आईपुग्दा आफ्नी अर्धाङ्गिनी निमरानी चेम्जोङलाई पनि साहिली दिदीले घर ल्याएकी रहेछिन् । अब दिलमानले गृहस्थ जीवनी आरम्भ गर्नुपर्ने भयो । वि. स. १९७७ सालको उत्तराद्र्धमा चारधाम यात्रा सम्पन्न गरेर महागुरु फाल्गुनन्द पनि जन्मभूमि चुक्चीनाम्बा आईपुग्नु भयो ।

 

 

 

अगाडि मानेभञ्ज्याङ बजारमा चाँडै पुनः भेट गर्ने गुरुचेला बीचमा भएको वाचा अनुसार दिलमानले आफ्नो भतिज गंगाराम तुम्बापोलाई साथी लिएर चोकमागुबाट चुक्चिनाम्बा झर्नुभयो । करिब ४ महिना पछाडि चुक्चिनाम्बामा गुरुचेलाको रमाईलो भेटभयो । एक दुईदिनको बसाई पश्चात गुरुचेलाको यात्रा चुक्चिनाम्बाबाट चोकमागुतर्फ बढ्यो ।

 

 

किनकि ! चोकमागुमा दिलमानको छिमेकी सुब्बा हर्कधोज तुम्बापोको चनौटे नामको उर्बरायुक्त सुन्दर खेतमा भीषण पहिरो बगिरहेकोले उक्त भीषण पहिरोलाई महागुरु फाल्गुनन्दबाट रोक्नु थियो । वि. स. १९७८ साल बैशाक १२ गतेका दिन चनौटे खेतमा बगिरहेको पहिरोको शिरमा लाधुङ्सेमी उठाएर (लगाएर) इतिहासमा पहिलोपटक महागुरुले अध्यात्मिक विधिबाट पहिरो रोक्नुभयो ।

 

 

दिलमान गृहस्थ जीवनमा लागेपछि महागुरु फाल्गुनन्द सहयात्री विहिन एकल बन्नु भयो । यस्तो स्थितिमा चोकमागुका तुम्बापो तुतु तुम्याहाङहरुलाई एकजना साथी माग्नुभयो । तुम्बापो तुम्याहाङहरुको छलफलबाट आइमानसिं तुम्बापोलाई महागुरुका साथ पठाउने निर्णय ग¥यो । त्यसपछि आइमानसिंले महागुरुलाई साथ सहयोग दिन थाल्यो तर कलिलो उमेरका आईमानसिंले महागुरुलाई पछ्याउँन सकेन ।

 

 


केही महिनापछि आईमानसिंले आलाङ् आहुक मेसिरुन् अर्थात् आईमानसिंले मेरो हात पाऊ पछ्याउँन सकेन भनेर चोकमागु फिर्ता ल्याउनु भयो । त्यसपछि पुनः अर्को साथी माग्नु भयो । महागुरुले पुनः साथी मागेपछि तुम्बापो तुम्याहाङहरुको बैठक बस्यो । बैठकले आसरथ तुम्बापो र हंशरोती चेम्जोङ तुम्बापोको छोराहरु ५ भाईसम्म भएकोले उनीहरुको काइला छोरा महालाल तुम्बापोलाई महागुरुको साथमा पठाउने निर्णय ग¥यो । तर महालालका पिता आसरथ राजी भए पनि, माता हंशरोती राजी हुन सकेन । तिनताका महालाल नेपाली भाषी लिपि, सामान्यतया लेखपढ गर्न सक्ने क्षमता राख्नु हुन्थ्यो ।

 

 

अन्ततः महागुरुको समेत रोजाइमा महालाल परेपछि आफ्नो छोरालाई महागुरु फाल्गुनन्दको साथमा पठाउन हंशरोती पनि राजी भइन् । त्यतिबेला महालालको उमेर १५ वर्षको थियो । यो वि. स. १९७९ सालको कुरा हो । महागुरुले महालाललाई जिम्मा लिनुहुँदै उहाँका माता पितालाई भन्नुभएको थियो । महालाललाई जन्मदिने काम तपाईहरुको थियो, अब कर्म दिने काम मेरो हो ।

 

 

 

अब महालालले महागुरु फाल्गुनन्दलाई पछ्याउँन थाल्यो । गुरुचेलाको यायावर यात्रामा नेपाल, भारत, भुटानको विभिन्न गाउँ ठाउँहरुमा कहिले रुखका छहारी मुनी त कहिले ढुंगे ओडारहरुमा बास हुन थाल्यो । जहाँ पुगेर बास बसे पनि महागुरुका दिव्य आर्कषणले मानिसहरु झुरुप्पै जम्मा भइ हाल्थ्यो । र महागुरुको उपदेश चासोका साथ सुन्ने गथ्र्यो ।

 

 

भात भान्सा पकाई खाने भाँडा वर्तन, आगो बाल्ने झुल्ला चकमक यात्राको क्रममा घटेका घट्नाहरु टिप्पणी गर्ने पहाडे कागज मालिङ्गो वा बाँसको कलम र लाहाबाट बनाइएको मसी महालालको साथमा अनिवार्य हुने गथ्र्यो । वर्षदिन पुगेपछि आफ्ना सहयोगी (चेला) महालाललाई आजदेखि तिमी बद्रीनन्द भयौं है भनेर छुट्टै धार्मिक नाम दिनुभयो । समय क्रमसँगै बद्रीनन्दले केवल सहयोग अनुयायीको जिम्मेवारी मात्र सम्हाल्न परेन ।

 

 

 

महागुरु फाल्गुनन्दको स्वकीय सचिव तथ मुन्धुम, सिवाखाहुन टिप्पणीकारको भूमिका समेत बहन गर्नु पर्ने भयो । महागुरुको मुखारविन्दबाट जति पनि आएका साम्जिक मुन्धुम, सिवाखाहुन.उपदेश माङइङ्घङ वाणीहरु सबै बद्रीनन्दले टिप्पणी गरेर लिपिवद्ध गर्न थाल्नु भयो । आधुनिक कलम, कपि, डटपेन, टेप रेर्कड प्रविधि नभएको त्यो युगमा एकपटक मसीदानीमा चोबलेर लेख्दा २÷३ अक्षर भन्दा बढी लेख्न पुग्दैन थियो ।

 

 

महागुरुको मुखारविन्दबाट धाराप्रवाह आएको (निस्केको) गहन अर्थ र महत्वका मुन्धुमी शब्द वाक्यहरु टिप्पणी गर्नबाट छुट्न गएमा सिंगो मुन्धुम अपूर्ण हुन पुग्थ्यो । तसर्थ सचेत हुन आवश्यक थियो । यस्ता महत्वपूर्ण वाणीहरु महागुरुलाई निश्चित समयमा मात्र आउँदैन थियो । कहिले हिडिराखेको समयमा त कहिले निदाई राखेको रातको समयमा आउँथ्यो । स्वभावः ढिलो प्रवृत्तिका बद्रीनन्दले निद्राबाट तत्काल छुट्न नसक्दा पटक–पटक महागुरुको हातको चिम्टा खानु परेको थियो ।

 

 

 

रातमा टिप्पणी गरेका मुन्धुम वाणीहरु विहान उज्यालोमा बसेर सच्याउँनु हुन्थ्यो । एकपटक फक्ताङ्लुङ हिमाल जाँदै गर्दा महागुरु फाल्गुनन्दलाई एक्कासी साम्जिक मुन्धुम आउँनु थाल्यो । बद्रीनन्दले आफ्नो ढाकर थ्याच्च बिसाएर घुँडामा कागज अड्याएर मुन्धुम टिप्पणी गर्न थाल्नुभयो । लेकाली जुकाहरु बद्रीनन्दको शरीरमा ‘घाऊ’ मा टाँसिएर रगत चुसरे पक्लक् पक्लक् झर्दा पनि टिप्न भ्याउँनु भएको थिएन ।

 

 

आज हाम्रो हात–हातमा भएको साम्जिक मुन्धुमहरुको मुल प्रति, महागुरुको मुखारविन्दबाट शब्द आवाजको रुपमा बाहिर निस्कन्दा टिप्पणी गरेका लिपिवद्ध गर्ने व्यक्ति बद्रीनन्द तुम्बापो हुन । बद्रीनन्दले टिप्पणी गरेका मुलप्रति ‘माऊ कपि’ बाट सरौट गरेर साराका सारा ठेलीका ठेली बाँडिएको हो । वि. स. १९९० सालसम्म आईपुग्दा बद्रीनन्दलाई तिनताका प्रभावशाली सुब्बाहरु शेरबहादुर लावती, काजीमान तुम्बाहाङफे लगायत बडाहाकिमहरुले (सानोगुरु) भनेर सम्बोधन गरेको पाइन्छ । केवल साम्जिक मुन्धुम् सिवाखाहुन, भविष्यवाणी, माङ्इङघङहरु मात्र होइन, महागुरुसँग सम्बन्धित मुचुल्का, तमसुख, चिठी पत्र, अंशवण्डा पत्र समेत बद्रीनन्दले लेख्नु पथ्र्यो । उल्लेखित तथ्यहरुले बद्रीनन्द तुम्बापो महागुरुकालीन सशक्त कलमबाज नै हुनुहुन्थ्यो भन्ने बुझ्न सकिन्छ । पछिल्लो समय भने सेवाहाङ नेम्बाङ, रनधोज नेम्बाङ, चन्द्रदास दोवाली राई आदिले पनि टिप्पणी गरेको लिखितहरु पाउँन सकिन्छ ।

 

 

 

इमान्दार सरल स्वभावका धनी बद्रीनन्द योग साधनाद्धारा पञ्चतत्वको पहिचान गर्न सक्ने क्षमता राख्नु हुन्थ्यो । वि. स. १९९९ साल माघ १२ गतेका दिन बद्रीनन्दको भीममाया योङहाङसँग चुक्चीनाम्बामा विवाह भएको थियो । यो विवाह बद्रीनन्दको लागि पहिलो र अन्तिम थियो भने भीममायाको लागि भने दोस्रो विबाह थियो । वि. स. २००५ सालमा महागुरु फाल्गुनन्दको देहावसान भए पश्चात आफ्नो श्रद्धेय गुरुको कीर्ति कुन किसिमले अमर बनाउन भन्ने विषयमा सोच्न थाल्नुभयो ।

 

 

 

उनले सुरुमा अरु जस्तै उपयुक्त स्थानमा आफ्नो गुरुको नाममा पौवा पाटी बनाउँने सोच बनाउँनु भएको थियो । तर सोच्दै जाँदा महागुरु फाल्गुनन्द अरु जस्तो साधारण व्यक्तित्व हुनु हुन्न थियो । फेरि पौवापाटी बनाएर सधंै सुरक्षित रहन पनि सक्दैन । तसर्थः त्यो भन्दा महत्वपूर्ण उहाँको जीवनी लेख्ने सोच बदल्नुभयो । यद्यपि आफैमा मुन्धुम सिवाखाहुन टिप्पणीकार भए पनि यस अघि कहिल्यै नलेखेको आफ्नो गुरुको जीवनी आफ्नो हातले लेख्नु हिचकिचाहट लाग्यो ।
त्यसकारण हेमबहादुर गुरुङ र कुलानन्द दाहाललाई महागुरुको जीवनी लेखिदिन आग्रह गर्नु भयो । गुरुङ र दाहालले लेखिदिने वचन त दिए तर काम भने अगाडि बढाउनु भएन ।

 

 

 

लेखकहरुले काममा हात नहालेपछि ढिलो हुँदै गयो । अन्ततः दाहाललाई अनौठो विमार लाग्यो र बद्रीनन्द कहाँ आउनुभयो । किनकि बद्रीनन्दसँग सिद्ध प्राप्त थियो । बद्रीनन्द कहाँ गैरीधामस्थित सेन्दिपेसाप माङहिमको धुनि घरमा एकरात बास बस्दा मध्यरातको समयमा दाहाललाई अज्ञात बस्तुले धुनि घरबाट बाहिर आगनमा फ्याँकि दियो । उनी अचम्मित भए । त्यसपछि विहानको पूजापाठको समयमा मन्दिर भित्र प्रवेश गर्दै गर्दा पनि साङ्ली अल्झाउँने जुकीमा ठोकिएर दाहाल बेहोस भए । बद्रीनन्दले धुपधुँवार गरेदिएपछि हामीहरुले महागुरु फाल्गुनन्दको जीवनी लेख्छौं भनेर आजसम्म नलेख्दा यस्तो भएको हो, भनेर दाहाल आफैले बक्नु भयो ।

 

 

 

त्यसपछि मात्र जीवनी लेख्ने कार्य बाध्य भएर अगाडि बढ्यो । फलतः ढिलो गरी भएपछि २०२३ सालमा ‘तपस्वी फाल्गुनन्दको जीवनी’ नामक पुस्तक प्रकाशन भयो । यहाँ विचारणीय पक्ष के छ भने महागुरु वास्तविक नाम फल्गुनन्द भन्ने थियो । गुरुङ र दाहालले भुलवश ‘फ’ लाई आकार दिएर फाल्गुनन्द बनाएका हुन । आज उहाँको तमाम अनुयायीहरु बिना सुधार त्यही भूललाई पछ्याएर यहाँसम्म आइपुगेका छौं भन्नुपर्दा सरम लाग्छ ।

 

 

यो जीवनी पुस्तकको सर्वाधिकार प्रकाशक बद्रीनन्दले आफैमा सुरक्षित राख्नु भएको छ । पुस्तक प्रकाशनका लागि बद्रीनन्दले चोकमागुको आफ्नो अंश बेच्नु भएको थियो । यदि ! बद्रीनन्द तुम्बापो नभएको भए महागुरु फाल्गुनन्दको जीवनी आजसम्म पनि नहुने थियो भन्नलाई कति पनि गाह्रो छैन । किन कि! त्यो बाहेक आजसम्म कुनै अर्को जीवनी लेखिएकै छैन् । यस हिसाबले चेलाहरुको दुनियाँमा बद्रीनन्द तुम्बापो दुरदृष्टि व्यक्ति हुनुहुन्थ्यो भन्नलाई गाह्रो छैन् ।

 

 

 

पछिल्लो समय विभिन्न व्यक्तिहरुले जीवनी लेखेको भए पनि थप खोज अनुसन्धान गरेर लेखेको पाइन्दैन । बद्रीनन्दद्धारा संकलित÷प्रकाशित ‘तपस्वी फल्गुनन्दको जीवनी’ मा समेट्नै पर्ने कतिपय विषयहरु समेटिएको छैन । यसो हुन अस्वभाविक पनि थिएन । किनभने त्यतिको जीवनी प्रकाशन गर्नलाई पनि बद्रीनन्दले आफ्नो अंश बेच्नु परेको थियो । हजारप्रति छपाएको पुस्तकहरु आधा संख्या पनि राम्ररी विक्री हुन सकेन ।

 

 

कतिपय पुस्तक विक्रिबाट आएको रकम पनि प्रकाशनसम्म आई नै पुगेन । जे होस् ! त्यो जीवनीले सबै कुरा समेट्न नसके पनि धेरै कुरा समेटेको छ । भविश्यमा ठूलै खोज अनुसन्धानबाट वृहत जीवनी लेखिन्ने भए पनि उल्लेखित ‘तपस्वी फाल्गुननदको जीवनी’ पुस्तकलाई मुल आधार ग्रन्थ नलिएसम्म अपूर्ण नै हुन्छ ।

 

 

 

वि. स. २०११ सालमा वर्तमान किरात धर्मगुरु ‘सेइङ’ आत्माननद लिङ्देन ज्यूूको जन्म भए पश्चात (उहाँ आफैमा सिद्ध पुरुष भए पनि) २०२६ सालसम्म अध्यात्मिक शिक्षा दिने काम पनि बद्रीनन्दबाटै भएको हो । यस्ता दुरदर्शी अध्यात्मिक व्यक्तित्वको ६३ वर्ष १९ दिनको उमेरमा उहाँकै कर्मभूमि सेन्दिपेसाप माङहिम गैरीधाममा २०२७ गतेका दिन देहावसान भयो ।
माङसेबुङ पत्रिकाबाट