सबै मानिस माङको सृष्टि हुन्


(वि.स. २०७९ बैशाख ९ गते झापाको हल्दीबारी १, गोल्धापमा आयोजित येत् नाम्धुङ लाधुङ सेमी सेवा कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।)

 

ओत् तागेरा निङवाभू माङे सेवारो !

 

आज यस थलोमा श्रद्धालु भक्त प्रेमीहरु र हाम्रो विद्वान मित्रहरु भेला भएका छौं । पत्रकार मित्रहरु, सुरक्षाका लागि आउनु हुने सुरक्षा कर्मीहरु पनि उपस्थित भएका छौं । यस हल्दीबारी नगरपालिकाको मैदान भू–भागमा बस्नेहरु उपस्थित भइरहेका छौं । तपाईहरुको निमन्त्रणालाई स्वीकार गरेर हामी माङसेबुङदेखि आएका छौं । तपाईहरुको इच्छालाई पूरा गर्न हामी यहाँ आएका छौं । विश्वको कुरा गर्दा त निकै लामै हुन्छ । हामी यस किरात धर्म र हिन्दु धर्मकोबीचमा एउटा संगम ठाउँमा भेट भएका छौं । एउटा समुन्द्रमा हामी भेला भएका छौं ।

 

 

तपाई हामीमा आ–आफ्नो विचार र आ–आफ्नो सोचहरु हामीले बताइरहेका छौं । यो थलो, यो भू–भागमा धेरै वर्ष पहिले समुन्द्र थियो । यो ठाउँमा समुन्द्रको सतह थियो । यो माथि हिमाल एरियासम्मै समुन्द्र थियो । पछि यो समुन्द्र सरी गएर प्रशान्त महासागरमा गाभिए । त्यसपछि हामी फेरि उत्पति भएर यहाँ बसोबास गर्दै आएको हो । र, यहाँ फेरि घना जंगल भयो ।

 

 

हामी त्यसलाई फेरि फाँडेर बसेका छौं । हामी रमाईलो गरी बसिराखेका छौं । पाँच हजार वर्ष अघि जो कृष्णदेवको कथा आउँछ । कृष्ण देव कथामा महाभारत युद्ध गराउनु भएको थियो । त्यो महाभारत युद्धमा धर्म र पापकै युद्ध भएको थियो । त्यहाँ कृष्णजीले एउटै कुरा मात्रै भन्नुभएको थियो । तपाई हामीले मान्छेको भोग दिनु हुँदैन । मान्छेको भोग त दिन मिल्दैन भन्दा यो कुरा, अर्को के आयो भनेर कृष्णलाई मार्ने षडयन्त्र भइराखेको थियो । त्यसले गर्दा महाभारत युद्ध भएको थियो । यसपछि धर्मको स्थापना भएको थियो । धर्मको सहायता लिनुप¥यो ।

 

 

हाम्रा आर्य जातिहरुले गीता दर्शन प्रसस्तै पढिरहेका छन् । कृष्ण भगवानकोे विचार त्यसभित्र छ । जो पनि राम्रो कुरा गर्न आउँदा विरोध हुन्छ । जस्तो कृष्णलाई मार्न कंशले कस्तो षड्यन्त्र ग¥यो । कंशलाई भविष्यवाणी भएको थियो, ‘तिमीलाई मार्ने तिम्रो देशमा जन्मिदै छ ।’ त्यसपछि त्यो कुलमा जन्मिने नानीहरु सबै मार्ने अभियान कंशले चलाए । तर, पछि कृष्ण हुर्केपछि, मामा भानिजको लडाँई भयो । त्यो चाहिं सत्य र असत्यको लडाँइको कुरा हो ।

 

 

सत्य कुरालाई जन्मिनको लागि संघर्ष पनि हुँदोरहेछ । त्यसले गर्दा अब हामी नेपालमा विभिन्न जातिहरु छौं । हाम्रो पञ्चायतको समयमा त के भन्थ्यो भने ‘चार जात छत्तिस वर्ण’को साझा फूलबारी भनेर व्याख्या गथ्र्यो । यहाँ हामी विभिन्न जाति छौं । विभिन्न जातका हामी फूलबारी छौं ।
तर, अब नजिकै हाम्रो महागुरु फाल्गुनन्दले किरात सावायेहाङसा किरातेश्वर सबै प्राणीहरुमा एटा कुरा छोड्नु भयो । के कुरा छोड्नु भयो भने, ‘ए तिमीहरुले हत्या हिंसा नगर है । तिमीहरुले काट मार नगर है । तिमीहरुले छोरीचेलीको सोतरित नखाउ है । विशेष गरी लिम्बु समुदायलाई सम्झाएको थियो । तर, त्यो सुनेन । त्यो सुन्नुको विपरित महागुरुलाई अराष्ट्रिय तत्वको मुद्दा लगायो । महागुरुलाई पक्रेर काठमाण्डौं पु¥याएको थियो । सत्य कुराको प्रचार प्रसारमा यस्तो घट्नाहरु हुन्छन् । नहुने होइन, यो प्रत्येक धर्मावलम्बीहरुमा हुन्छ ।

 

 

प्रत्येक धर्मगुरुहरुमा यस्तो इतिहास प्रशस्तै छ । राम्रो कुरालाई चिन्नु हामीलाई समय लाग्छ । तपाईहरुले याद गर्नुहोला, राम्रो कुरा, राम्रो चिज चिन्नलाई समय लाग्छ । त्यसले गर्दा अहिले आएर हाम्रो किरात धर्मले यहीँ कुरा बोकेको छ । ‘विश्व शान्ति मानव एकता’ हुनुपर्छ भन्ने यो शब्द युक्रेनमा गएर सुनेको भए, त्यो रसियासँग युद्ध नहुने थियो । त्यो रोग फेरि हाम्रोमा आउँला कि भन्ने डर छ । हामी मानिसहरु ईश्वरको सृष्टि हौ । हामी सबै एक हौं । त्यो वाद, पन्थ यहाँ के–के छ तर, ज्ञानको कुरा त एक हुन्छ । हाम्रो धर्मको नाम अलग अलग छ, कम्पनीको नाम अलग अलग भएपनि भेट हुने ठाउँ एउटै हो । एउटा न एउटामा हामी हुन्छौं र मिल्छौं ।

 

 

त्यसलाई हामीले के भन्छौं भन्दा तागेरा निङ्वाभूमाङ इच्छिङसाम भन्छौं । त्यसमा हामी भेट हुन्छौं । कुरो त बुझ्नुभयो होला ? त्यसमा कुनै जातिको भेद्भाव छैन् । यो भौतिक शरीर भनेको घर हो । यो छोडर एकदिन जान्छौं । यो लुगा थपक्कै छोडिराखेर गएपछि, आत्माहरु चाहिं मिल्छ । यो आत्माको एउटा मुलुक छ ।

 

 

आत्मा जम्मा हुने थलो छ । त्यसमा विभिन्न जात जातिबीचमा भेद्भाव छैन् । मैले त्यो कुरालाई अध्ययन गरिराखेको छु । अहिले आएर म तपाईहरुलाई के कुरा मात्रै सम्झाउँछु भने, हामी सबै जाति, सबै वर्गले जीवनलाई स्वास्थ्य र पवित्र राखौं । हाम्रो शरीरमा तपाई हामीले अनेकौं खालको रोगहरु बोकिराखेका छौं । तर, यो रोग पनि चालिस वर्ष अघि यो विज्ञानले बनाएर छोडेको छ ।

 

 

 

त्यो भन्दा पहिला क्यान्सर थिएन । मुटुको समस्या थिएन । लो प्रेसर, हाई प्रेसर थिएन । यो सबै वैज्ञानिक चमत्कार हो । यहाँ नदेखिने चिज छोडेको छ । अहिले आएर हामीलाई क्यान्सर हुन्छ । अहिले खाएको कुराबाट हामीलाई रोग उब्जिन्छ । त्यसकारणले हामी सबै भन्दा स्वास्थ्य रहनु खानपीन हो । तपाईहरुले सम्झिनुहोला, हामीले कस्तो मिठोसँग खाइरहेको चिज गुरुले छोड्न लाउँछ हौं भन्नुहुन्छ होला त्यो होइन ।
तर, तपाईको शरीरको लागि त बोल्नु प¥र्यो । त्यो मेरो धर्म हो । तपाईको शरीरमा विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्नुभन्दा पहिला शुद्ध रहनुभयो भने, त्यो रोगले आक्रमण गर्न सक्दैन । तपाईको शरीर जहिल्यै तन्दुरुस्त हुन्छ । त्यसकारण हाम्रो समाजलाई म के भन्छु भने, खानपिनमा शुद्ध रहनुहोस् ।

 

 

 

उहिले हाम्रो लिम्बू समाज कस्तो थियो भने विवाहमा जम्मा भयो झगडा गर्ने । काटाकाट गर्नै, मृत्यु कार्जेमा जम्मा भयो काटाकाट गर्नै पर्ने । त्यसकारणले म सबै समान जनतालाई म के भन्छु भने, सबैले आत्मलाई संयमता र स्थिरता राखी हामीले अध्यात्मिक ज्ञानमा अलिकति हामी अघि बढ्नु पर्छ । हामीले अध्यात्मिक ज्ञान त लिनै पर्छ । त्यो बेगर हामीले ज्ञान पाउन सक्दैनौं । अब हामीले सबै चिज हालेपछि, हाम्रो पेटले पनि धन्न थामेको छ नी हौं, होइन ? हामी चुरोट पनि लगाउँछौं, खैनी पनि यहीँ लगाउँछौं । अहिले त नयाँ–नयाँ चिजहरु निस्केको छ के–केहरु सबै चिजहरु यहीँ लगाउँछौं ।

 

 

 

अनि र पनि भएन हामी लाइसेन्स बिनाको डाक्टर पनि बनिन्छौ । तर, पनि धन्न हाम्रो शरीरले थामेको छ । यी सबैबाट हामी टाढा रहयौं भने पवित्र त्यो माङ बनिन्छ । देवता बनिन्छ । तपाई हामी देवता बनिनेमा ध्यान दिनुप¥यो । हाम्रो आयु पनि लामो हुन्छ । त्यो अभक्ष खानेकुरा सबै खाएपछि त आयु छोटिन्दै जान्छ । पचास वर्ष बाँच्नुपर्ने बीस वर्षमा मरिगइन्छ ।

 

 

 

त्यसले गर्दा तपाईहले यसमा अलिकति ध्यान दिनुहोस् । म के भन्छु भन्दा झै–झगडा नगरौं । घरमा जाँड, रक्सी, भाङ धतुरो खाएर परिवारमा झगडा गर्ने, श्रीमती, केटाकेटीलाई कुट्ने काम पनि नगरौं । त्यो पनि हिंसा हो । महिलालाई पनि हामीले जाने जति ज्ञान दिऊँ म यहीँ भन्छु । हिन्दु धर्मकाहरुले चाहिं महिलालाई वेद पनि छुन दिंदैन । हुन त अशुद्धले छुन हुँदैन । तर, महिलाहरुले हिन्दु धर्म थामेको छ ।

 

 

 

मेरोमा सधैं हिन्दु महिलाहरु पनि आउँछन्, म यहीँ कुरा भन्छु । ईश्वरमा चढाउने सामग्री बनाउने, चढाउने महिला नै हो । महिलाहरुले ब्रत पनि राम्रो गर्छन् । महादेवको नाममा ब्रत लिन्छन् । महादेवलाई ब्रत लिंदा महादेव जस्तै स्वरुप भएका, महादेव जस्तै शक्ति भएका र लक्षिन भएका पति पाऊँ भनेर महादेवलाई भक्ति गर्छन् । यसरी हिन्दु धर्म महिलाहरुले थामेको छ ।

 

 

 

त्यो आशीर्वादले अहिले आएर सबै कुरामा उनीहरु अगाडि छन् । यो कुरा त हामीले मान्नुपर्छ । तर पनि हिन्दु नारीहरु र पुरुषहरुमा चांहि अलिकति भिन्नता छ । अहिले हामी यसको सुधारमा चांहि एउटै भएर जाऊँ । हामी खानपानमा शुद्ध रहेर अलग बसौं । हामी विभिन्न कार्यमा मादक पर्दाथसँग अलग बसौं भनेर गइराखेका छौं । यसरी समाज सुधारमा लाग्यौं भने चाहि देश पनि बन्छ । राष्ट्र पनि बन्छ । हामी वैज्ञानिक पनि बन्छौं । यो देशलाई भोलि गएर सुन्दर फूलबारी बनाउन सक्छौं । यो दिमाग हामीसँग आउँछ । म मुख्य कुरा तपाईहरुलाई यहीँ भन्न चाहन्छु ।

 

 

 

आज यो हाम्रो झापा जिल्लाको हल्दीबारी नगरपालिकामा यो कार्यक्रम गर्न पाउँदा हामीलाई खुशी लागेको छ । पूर्व वक्ताज्यूले इतिहासको कुरा पनि ल्याउनु भयो । इतिहासमा किरात खण्ड भनेको पृथ्वीसँगसँगै आएको छ । हामी के भन्छौं त भन्नुहुन्छ भने हाम्रो मुन्धुममा मुजिना खेयोङ्नाको कथा आउँछ । मुजिना खेयोङनाको छोराको कथा आउँछ । त्यो छोराको नाम हामीले सावा युक्पुङगेम्बा भन्छौं । अनि उनीहरुको परिवारहरु फेयङलुङमा र मुगप्लुङमा अनि सुसारीमा र फान्दारीमा गरी चार जना हुन्छन् ।

 

 

 

सुसारीमा र फान्दारीमा पट्टिका चाहिं चन्द्र वंशीहरु भन्छौं । मुगप्लुङमा र फेयङलुङमा पट्टिका चाहिं सूर्य वंशीहरु भन्छौं । हामी यसरी यो सृष्टिसँगसँगै आएका हौं । यो सृष्टिको उत्पतिसँगै मानवको सृष्टि हुँदा सूर्य वंशी र चन्द्र वंशी भएर आएका हौं । हाम्रो लिम्बुहरुको मुन्धुममा सावा युक्पुङगेम्बाको कथा भयङ्कर आएको छ । यसरी सावा युक्पुङगेम्बाका सन्तानहरुनै चन्द्र वंशी र सूर्य वंशी भएर गए ।

 

 

 

यो संसारमा हामी दुई किसिमका सन्तानहरु मात्र छौं । हाम्रो संस्कारको कुरा गर्नुहुन्छ भने, हाम्रो लिम्बुहरुले के गथ्र्यो भने, आज लुङमाङ गर्नु वा खाममिक गर्नुपर्ने हौं भन्थ्यो । लुङमाङ गर्नुपर्ने डाँडामा गएर भोगी रितबाट गर्नेले कुखुरा लगेर, चल्ला लगेर, अण्डा लगेर त्यो ढुङ्गा गाडेर चाहिं पूजा गर्ने गथ्र्यो । ढुंगामा चाहिं आगो हुन्छ । त्यो आगो चाहिं किरातेश्वरको शक्ति हो । किरातेश्वरलाई हिन्दु संस्कृतिमा चाहिं महादेव भन्छन् ।

 

 

हामीले चाहिं हाङ्साम थेवा भन्छौं । यसरी पूजा गर्ने चलन छ । त्यस्तो चलन हिंजो अस्तिसम्म थियो । अहिले सबै भौतिकवादी भई गयो । सबै सुविधावादी भई गयो । त्यो अनि सुम्जिरी सुम्हातलुङमाङ भनेर पुज्छौं । सुम्जिरी सुम्हात्लुङको चुला चुलामा अग्नी तत्व हुन्छ । हामी खाना बनाउँछौं । खाना पनि पहिला चढाएर मात्रै खान्छौं । त्यहीँ प्रथा नै लाधुङसेमी (महायज्ञ) भएर गएको छ ।

 

 

 

सबैले यज्ञ गर्छन्, पूजा गर्छन् । यसले गर्दा हामी सबै एउटै ईश्वरको सृष्टि हौं । फलाना पन्थ, फलना पन्थ भनेर बाझ्यो मान्छेको विचार त साँघुरो छ । एउटा कथा पो छ त उहिले, साम्माङहरु भन्छौं माङ (देवता)हरुसँग हाम्रो विवाहवारी हुन्थ्यो । मानव र देवताबीच कुटुम्बेरी चल्थ्यो । तर, हामी मनुष्यको जिन्दगी के रहेछ भने, विचारमा साँघुरो । कुटुम्बेरी गर्दा मान्छेको विचार चाहिं अलिकति सानो रहेछ ।

 

 

 

हाम्रो विचार सानो भएकोले देवताहरुले ह्यात विचार नमिलिंदो रहेछ भनेर त्यो माङहरु चाहिं मुन्धुमी भाषामा काःतावा मिक तेपतेप भन्छ । त्यो उन्युमा त्यहीँ काःतावा मिकतेपतेप अल्पि गयो देवताहरु । अनि त्यहाँदेखि कुटुम्ब हुन छोडेको भन्छ । कुटुम्ब त भएको हो नी त्यस्तो कथा हाम्रो मुन्धुममा आउँछ ।

 

 

 

त्यसले गर्दा हामी जोसुकै होस्, संसारमा मान्छे–मान्छे एउटै हो । तर, हाम्रो धर्म, संस्कार, संस्कृति, इतिहास अलगअलग छन् । तर, मूल टाउको चाहिं एउटै त्यहीँ सावा युक्पुङगेम्बाको सन्तानहरु मात्रै छन् यो संसारमा । त्यो सावा युक्पुङगेम्बाको सन्तानहरु संसार भरी फैलिएका छौं । सेतो, कालो, गोरो हामी सबै एकै पुर्खाका सन्तान हौं । विद्वान मित्रले मंगोलियाको कुरा गर्नु भयो । हाम्रो मुन्धुमले के भन्छ भने, हामी खाम्बोङबासा, लुङबोङबासा भन्छौं । यो माटोदेखि उमे्रको, यो ढुंगादेखि उम्रेको । हामी हाम्रो ठाउँ यो हो । हामी त्यहीँ मनातेम्बेबाट अलि कति मात्रै सरेर यहाँ आएका हौं ।

 

 

 

मनातेम्बे अहिले चिन भएको छ । त्यो मुनातेम्बेलाई आर्य हिन्दुहरुले चाहिं महादेवको राजधानी भनेर मान्छन् । हाम्रो पनि उत्पति घर भनेर त्यहीँ मान्छौं । त्यसले गर्दा हामी त्यहीँंबाट आएर संसार फैलियौं । त्यहाँ के भयो भने, ठूलो शहर विकास गरेको थियो । त्यो शहरमा ठूलो भूकम्प आयो । भूकम्प आएर कोहि उत्तरपट्टि गए । कोहि दक्षिणपट्टि आइयो यसो गरेर बाँडेर संसारभर भरिएर बसेका छौं । ल अब यो एउटा कुरा भयो, अर्को कुरा चाहिं यहाँ किरातहरुको राज्य थियो ।

 

 

 

किरातहरुको राज्य आसाम मनिपुरसम्म थियो । दक्षिण भारतको काँशीसम्म थियो । किरातहरुले किरात सभ्यता त्यहाँसम्म फैलाएको थियो । यो विभिन्न कालखण्डमा चाहिं प्रलय गएर उतरचढावहरु हुँदै आयो । यस्तो हुँदै जाँदा मुश्लिम र हिन्दुहरुबीच लडाई भयो । लडाई हुँदा यहाँ किरात राज्य थियो । अनि हाम्रो आर्यवशहरु शरणार्थी भएर किरात राज्यमा शरण लिन आए । यो हाम्रो भाषामा वेएनिबा अर्थात पिनीबा भनेकै अर्को देशबाट आएर बसेको भन्ने अर्थमा त्यसलाई शरण दियो ।

 

 

 

 

हाम्रो राजाले शरण दिएर हाम्रो सबै जमिन दिएर राखेका हुन् । सबै ठाउँहरु दिएर सबैलाई कल्याण गरेर राखेको हो । हिजो अस्ति सात सालमा लिम्बूहरुले बाहुनहरु खेद्ने योजना बनायो, खेद्यो । खेद्दा म जन्मेको ठाउँमा त हाम्रो सुब्बाहरुले सबै कन्ट्रोल गरेर उनीहरुको धन, सम्पति, बाख्रा, भेडा के–के थियो, सबै संरक्षण गरि राखिदिएर त्यसै बसेका छन् । हाम्रो त इतिहासै पो छ त त्यसरी बचाएको । पहिला पनि बचाएको पछि नि हामीले बचाएको हो । अहिले आएर हामी यसरी मिलेरनै बसेका छौं ।

 

 

 

 

त्यसैले नेपालमा अहिले विभिन्न जातजातिहरु बसेका छौं । यसरी बस्दै जाँदा हाम्रो रीतिरिवाज, हाम्रो सामाजिक, सांस्कृतिक कुराहरु मिल्दै जान्छ । हाम्रा पुर्खाहरु त्यसरी नै बस्दै आएको हो । यो त ध्रुब सत्य कुरा छ । त्यसले गर्दा हामीले यसरी मुलुकलाई बचाएर राखेका छौं । यो किरात प्रदेश, किरात मुलुक थियो । कुनै नेपाल पनि थिएन । त्यतिबेला संस्कृतको कुरा पनि थिएन । त्यो किरात मुलुक र किरात सभ्यताले हामी सबैलाई बचाएर ल्याएको हो ।

 

 

 

 

पहिले हामीहरुले पनि बाहुन ल्याएर पढाउँथ्यौं । पूजामा बाहुनले पढ्दै जाँदा पानी समाउँनु पथ्र्यो । त्यो बेला यो किरात देश है भन्थ्यो, हिजो अस्तिसम्म पनि । किरात देश, यो किरातहरुको राज्य हो । किरात भूमि है अहिले मात्रै भन्न छोडेको छ । अहिले नेपाल देश भन्ला के–के भन्ला होइन ? त्यो उसको ठाउँमा छ । तर, हामीले सबै जातिलाई यसरी बचाएर ल्याइराखेका छौं । यो कुरामा त लिम्बुहरु दयालु जाति हुन् । आफ्नो मुटु पनि चुडाएर दिइ हाल्ने, ओहो खाउँ है भन्दिने जग्गा जमिन नी दिइहाल्ने सबै दिइहाल्ने त्यस्तो जातको हो ।

 

 

 

आदिवासीमा अनादिकालदेखि बसोबास भएर आएको त हामी नै हो । सबै जातिलाई संरक्षण गरेर आएको पनि हामी नै हो । अहिले आएर हामी किरात धर्म भनेर सबै लागिराखेका छौं । सबै जाति, सबै धर्महरु छन् । यहाँ सबै लागिराखेका छौं । आर्य जातिसँग पनि म नजिक छु । हाम्रो कथाहरु मिल्छ, मुन्धुमहरु मिल्छ, त्यो भित्र कुराहरु लुकेको छ । उनीहरुको कुरा हाम्रो मुन्धुमभित्र नी लुकेको छ । त्यसले गर्दा कहिल–कहिले यस्तो धार्मिक जमघट गर्नुपर्ने जस्तो पो लाग्यो है । त्यसो गर्दा मात्रै एक अर्काबीच कुराकानी हुन्छ ।.अस्ति म यहाँ जलेश्वरमा आएको थिएँ । त्यहाँ पनि शंकचार्य आउनु भएको थियो । त्यसमा पनि, यहीँ कुराहरु भयो ।

 

 

 

 

कहिले–कहिले जमघट पनि गर्नुपर्ने पो रहेछ । त्यसले हामी बीच पनि नजिक पार्दै जाँदो रहेछ । विचार पनि नजिक हुँदै जाँदा पछि त विचार मात्र एकता होइन राज्य पनि यस्तो खालको बनाउँ हौ भन्ने कुराको ज्ञान आउँदो रहेछ । यो हामी अभ्यासमा मात्र छौं । आज मैले तपाईहरुसँग यसरी बोल्ने अवसर पाएँ । तपाईहरुको नजर दर्शन देख्न पाएँ । तपाईहरुको नजर देख्न पाउँदा पनि मलाई त मुक्ति भो भनेर सम्झेको छु । हाम्रो किरात धर्म सत्यको बाटो हो ।

 

 

 

म एउटा कुरा भन्छु, हामी बसेको ठाउँमा बाहुनहरु पनि छन् । त्यहाँ महारानी निस्कन्छ । यसरी महारानी पि. एच. डि. गरेका, एम. ए. गरेकाहरु निस्किन्छन् । ‘म सत्य महारानी, म त मुलुकेनी हुँ, सत्य महारानी हुँ, म त यासकेनी हुँ, म त माबोहाङमा हुँ, सत्य महारानी हुँ’ भनेर बक्न्छन् । माङले त सबैलाई पक्रेको रहेछ यसरी । त्यसलाई नगरी हुँदैन है ।

 

 

 

त्यसलाई पूजा गर्नै पर्छ । हिन्दु धर्मावलम्बीहरु दुई प्रकारका छन् । एउटा भोगी लाइन अर्को सतमार्गपट्टिका छन् । सतमार्गपट्टिकाले नरिवल, सुपारी दिन्छन् । भोगी लाइनले बोका के–के दिन्छन् । हाम्रो भाषा पो बोल्छ त । तर, भरे माङले छोडेपछि त हाम्रो भाषा बिर्सिन्छ । त्यसकारण यो माङ भन्छौं, ईश्वरलाई माङ भन्छौं । यो माङले सबैको आत्मामा चालिराखेको छ । हामी यो कुरा जान्नुपर्छ । माङले शक्ति दियो, अनुहारको दर्शन मात्र दियो भने पनि हामीलाई शुभेफापे हुन्छ । उसले चिताको काम पूर्ण हुन्छ ।

 

 

 

 

सबैथोक चिताएको पुगेर जान्छ । धन सम्पति पुगेर जान्छ । यस्तो छ त्यसले गर्दा यो कुरालाई पनि हामीले चिन्नुपर्छ । यहाँ धेरै जना म सत्य माङ महारानी हुँ भनेर बकेका छन् । बाहुनले पनि छोडेको छैन् । क्षेत्रीले पनि छोडेको छैन् । लिम्बुले पनि छोडेको छैन् । सबैले छोडेको छैन् । यहाँ त्यस्तो छ । माङको नाममा कसैले पनि जिव हत्या चाहिं नगर्नु म यहीँ भन्छु ।

 

 

 

यहाँ दुर्गा माताको मूर्ती पनि स्थापना गरौं, पूजा गरौं । तर, जिव हत्या नगरौं । यो चाहिं तपाईहरुलाई हार्दिक अनुरोध गर्न म चाहन्छु । यहाँ हिन्दु धर्म र किरात धर्मका धर्मावलम्बीहरु छौं । हिन्दु र किरात हामी नजिकै छौं । त्यसले गर्दा जिव हत्यालाई चाहिं दुवै पक्षबाट नै ईश्वरको नाममा चढाउने काम नगरौं. । यहाँ के छ भन्दा, हिन्दु धर्म भनेर घोषणा नभइञ्जेल पहिला मान्छे काटेर भोग दिन्थ्यो । त्यसलाई छोडेर अहिले हिन्दु धर्म घोषित भएपछि काटमार अलि छाड्दै गइराखेको छ ।

 

 

 

 

खानेले त खान्छ, खानेलाई फ्रि छ । हाम्रो नि त्यस्तै छ कोही चाहिं सत्य मेलोबाट गर्ने छौं । कोहीँ भोग लाएर गर्ने पनि छौं । तर, समग्रमा किरात धर्मावलम्बी नै हो । उता समग्रमा हिन्दु धर्मावलम्बी नै हो । पूजामा बोका चढाउने भएपनि, बोका नचढाउने भएपनि । त्यो कालो बोका चढाउने, चढाउने मिल्दो रहेछ ।

 

 

 

यहाँ झापा कै मान्छेहरु कसैले अदुवा खान नहुने, लसुन खान नहुनेहरु पनि मेरोमा आउँछन् । यसरी त्यो नखानेहरु पनि मिलि गइदोरहेछ । त्यसकारणले तपाई हाम्रोमा दुई पाटामा यस्तो खालको भोगबली गर्ने एउटा रीत छ । हामीले यसलाई चाहिं अलिकति बन्द गर्दै लैजानु पर्छ । सबैलाई सम्झाएर, बुझाएर । हामीले फुको मेलोबाट सेवा–पूजा गर्दा हाम्रो माङ (ईश्वर) खुशी हुन्छ । ईश्वरको त सृष्टि हो नी, उसको छोराछोरी हो । उसको छोराछोरी काटेर दिंदा कसरी खुशी हुन्छ ? बच्चालाई मारेर आमालाई दिँदा खुशी हुन्छ र ? अहिले पक्रेर लान्छ, अहिले नियम, कानुन लाउँछ नी होइन ? त्यसकारण काटमार चाहिं छोड्नु पर्छ भन्ने मेरो बिन्ति छ ।

 

 

 

 

लिम्बुहरुले छोरी चेलीको सोतरित खान चाहिं छोड्नु है । महा अपराध हुन्छ । पाप हुन्छ, किनभने, छोरी चेली बेचेर खाने हाम्रो चलन छ । अहिले छोरी चेलीको दाम त एक लाख रुपैयाँ पुगेको छ भन्ने सुन्छु । यो छोरी चेली बेचेर खाने चलन छोड्नुपर्छ । पवित्र मानेर विवाह दान गरिदिने । इच्छा लाग्यो भने दान दक्षिणा दिने । हामीले यस्तै गरिराखेका छौं, भएकै छ त । हामी दुःख, बिमार भएको छैनौ ।

 

 

 

 

यस्तो किसिमको सुधार हुने पक्षमा जानुप¥यो म यहीँ भन्छु । तपाईहरुसँग नरिसाउनु होला । फेरि, यसले खान दिएन भनेर रिसाउँछौं नी । उहिले महागुरुलाई पनि यसले सँुगुर, कुखुरा खान दिंदैन रहेछ । यसले राँगा खान नदिने रहेछ भनेर मुद्दा लायो । तपाईहरु सोच्नुहोस् । यो भोलि गएर अमृतको टुक्रा हुन्छ । म भन्छु हाम्रो समाजमा र हिन्दु समाजमा पनि नारीलाई अलि दबाउने एउटा संस्कार छ । यसलाई अलिकति हटाउन पहल गरौं ।

 

 

 

 

हाम्रो भगवानले के भन्छ भने गरीबलाई माया गर्नु, दया गर्नु, गरीबलाई सहयोग गर्नु । हामीमा दया माया पो लाग्नु प¥यो त अब । हाम्रो देशको समग्रमा सोच्दा उहीँ अरु देशले अलि–अलि हुक्वा दिएको, यसो दान, भेटी दिएको भरमा मुलुक चलिरहेको छ । र, पनि त्यति विकास भइराखेको छ । पञ्चायत भन्दा त धेरै विकास भएको देख्दैछु । अब त्यसले गर्दा हामीमा दया, माया हुनुप¥यो । गरीब, दीन दुःखीहरुलाई उद्धार गर्नुप¥यो । गरीबहरुलाई लुगा लाउन दिनुप¥यो, खान दिनुपयो । राजनीतिक शब्दमा भन्ने हो भने, गाँस, बास, कपासको व्यवस्था हुनुप¥यो ।

 

 

 

 

हाम्रो नेताहरु पनि हुनुहुन्छ । उहाँहरुले गाँस, बास, कपास जस्तै कुन चिज ल्याउँदा समाज र मुलुक उकालो लाग्छ ? त्यो कुरा नेता जीहरुले पनि सम्झिनु प¥यो । अहिले चुनाव आयो नेताहरु त छिचिमिरा जतिकै छन् । त्यसले नेताहरुमा पनि केही कुरा ज्ञान हुनुप¥यो । धार्मिक ज्ञान, राजनीतिक ज्ञान, सामाजिक ज्ञान सबै कुरा हुनुप¥यो । अनि नेपाल पवित्र बन्छ । अनि नेपाल स्वच्छ फूलबारी बन्छ । सबै नेताको विचारमा एकता भए, सबैको विचारमा शुद्धताले विकास भएर गयो भने नेपाललाई सुन्दर बनाउन सकिन्छ ।

 

 

 

 

हामीले नेपाललाई पवित्र र सुन्दर बनाउनुपर्छ । बाहिरबाट आउँने पर्यटकहरुलाई मात्रै पनि भित्त्रायौ भने अर्बौं पैसा आउँने बाटो छ । त्यो पैसा नेपाली जनताको त हो नी । त्यो त कसैको पेवा होइन । तर, निष्पक्ष तरिकाले त्यसलाई सदुपयोग गर्नुपर्छ । त्यो पैसा थाप्नेले गोजीमा हाल्यो भने त केहीँ गर्न सकिन्दैन् । यहाँको स्रोत साधनलाई सही प्रयोग ग¥यौं भने नेपाली जनता साँँच्चै धनि छौं । अनि अर्को कुरा हाम्रो देशमा युक्रेन जस्तो समस्या नहोस् । मेरो यो बिन्ति छ ।

 

 

 

 

नेताहरुले त्यसलाई पनि रोकथाम गर्नुप¥यो । त्यहाँ के छ भने, युक्रेनमा त्यहाँको राष्ट्रपतिलाई पश्चिमी नेताहरुले उचालिराखेको छ । उता रसियालाई पनि म बलियो हुँ भन्ने बनाएर दुवैपट्टि नोक्सान भइरहेको छ । बम, गोला, बारुदहरु कति सकाए । दुवै मुलुकको धन जनको क्षति भइरहेको छ । नेपाल त सुन्दर हुन सक्नेगरीको खर्च युद्धमा खर्च गरिरहेका छन् । त्यति धेरै खर्च, त्यतिनै धेरै मान्छे पनि मरिरहेका छन् । त्यस्तो आपत्ति चाहिं आइ नलागोस तपाई हामीमा । स्वच्छ, पवित्र आत्मामा माङ पसोस् र शान्ति कायम होस् । शान्ति कायम गरेर हाम्रो व्यवहारहरु चलाएर लैजाउँ यहीँ कुरा तपाईहरुसँग अनुरोध गर्न म चाहन्छु ।

 

 

 

खुशी लाग्यो, तपाईहरुको क्षेत्रमा म आएको छु । यहाँ के. पी. ओलीजीसँग आएकै हो । के. पी. ओलीजी मसँग आशीर्वाद मागेर दुई पल्ट प्रधानमन्त्री भयो । मन्त्री हुने चाहना सबैको छ । नेताहरु धेरै पाउँनु पनि हाम्रो भाग्यको कुरा हो । तर, जनता चाहिं बाझ्नु भएन है । अघि त यहाँ बाँझ् िगयो । त्यो त पहिलेको लिम्बुहरुको व्यथा पो यहाँ सरेछ जस्तो लाग्यो । सबैको विचार त राख्न पाउँछनी । यो त विचार राख्ने थलो पो त, राजनीतिक गर्ने थलो होइन मेरो विचार चाहिं यो छ ।

 

 

 

 

माङको अगाडि त भन्न पाउँछ । उसको विचार राख्न पायो । अर्को विचार राख्न पायो, हामी तुलना गरेर जाने कुरा हो । त्यसले गर्दा यहीँ विन्ति गर्छु, हामी शान्ति ठाउँमा आएका छौं । शान्त वातावरणमा तपाई हामी भेला भएका छौं । यसरी शान्ति भएर जानुपर्छ । बाझ्नु भएन, जुध्नु भएन, कुटाकुट गर्नु भएनन् । अब हिजो अस्ति के भयो भने, माओवादीले आन्दोलन ग¥यो, जनक्रान्ति ल्यायो । बुद्ध जन्मेको ठाउँ, शान्तिको देश भनेर हामी राष्ट्रगान पनि भन्छौं । बुद्ध जन्मेको देशमा तर अशान्तिनै अशान्ति पो भइराखेको । बल्लैले शान्तिमा आएको छ ।

 

 

 

 

 

भर्खर लोकतन्त्र, गणतन्त्र आएको छ । यसलाई हामीले मिलाएर लागू गरेर लाने जनताको हातमा छ, यो चाहिं तपाईहरुले बुझ्नु । म त कस्तो व्यक्ति भएछु भने, मैले आफै सम्झिँदा सबैको साझा व्यक्ति हँु । सबैको विचार सुन्नु पर्छ । सबैको विचार मसँग आउँछ मैले त्यसलाई विचार गरेर निर्णय गर्ने कुराहरु आउँछ । त्यसले गर्दा साझा व्यक्ति भएको हुनाले नेपाल आमाको धेरै छोराछोरी भए जस्तै, नेपाल आमाले आफ्ना सन्तानलाई हुर्काएर लगेजस्तै, मैलै सबैलाई उतिकै व्यवहार गर्नुपर्छ । त्यसले गर्दा हामी सबै छोराछोरी हुर्किनुपर्छ, बराबर फूल्न पाउँनुपर्छ । उमेर पुग्न पाउँनुपर्छ । समान तरिकाले विकासको उपयोग गर्न पाउँनुपर्छ ।

 

 

 

 

आज यो धार्मिक कार्यक्रममा हामी भेला भयौं । यसमा सुन्दा मलाई रमाईलो लागेको छ । म तपाईहरुको रिपोर्टिङ भनौं, तपाईहरुको खबरलाई मैले सम्मान गरेर तपाईहरुकोमा आइदिएको छु । हाम्रो धर्म बढोस् । हाम्रो आत्मा चाहिं नराम्रो कर्म र चित्तमा नजाओस् । हामी सबैमा सुख, शान्ति रहोस् । झै झगडा नहोस्, राज्यमा झै झगडा भयो भने दुःख पीडा हुन्छ । हामी सबैसँग छोराछोरी छन्, तिनीहरु बोकेर भाग्नु पर्छ ।
त्यस्तो आपत्तविपत्तको समस्या चाहिं नहोस् यहीँ कुरा म प्रार्थना गर्छु । हामीलाई हिजो अस्ति कोभिड १९ ले निकै समस्या ग¥यो । तर पूर्व नेपालमा निकै आराम भएर गयो । निकै शान्ति भएर गएको छ । फेरि आउँछ की ? भन्ने डर भइराखेको छ । त्यो मात्रै होइन, ओमिक्रोन पनि आउँदैछ । यो बनाउनेहरु त वैज्ञानिकहरु हुन् । मैले त पहिले भनेको यो त मान्छेले बनाएको जस्तो छ भन्दा यहीँ गुरुलाई पनि पक्रेर थुन्नुपर्छ भन्थ्यो । खोइ अब थुनोस न, यो त यहीँ अमेरिका र चाइनाको गतिविधि हो । उनीहरु विज्ञानमा टप छन् । जुनसुकै प्रविधि पनि बनाएर टेस्ट गर्न छोडिदिन्छ । त्यसपछि पक्रिन्न सक्दैन् अनि समस्या आउँछ । त्यस्तो अवस्थाहरु छन् ।

 

 

 

 

 

अहिले युक्रेनमा समस्या छ । मैले भनेनी यो हवाई मापन भन्ने एउटा बम छ त्यो छोड्यो भने चाहिं हामी सबै मर्छौं । संसारका जीवजन्तु सबै सखाप हुन्छन् । अचानक उनीहरुको ग्रह, दिन दशा बिग्रियो भने, हामी सबै मासिन्छौं । यो शान्ति भएर जाओस् । यहीँ कुरा हामीले यो लाधुङ नाम्धुङ सेमी सेवामा माग्नुप¥यो । हामीले सेवामा मागेर माङको कानमा पु¥याएका छौं ।

 

 

 

 

यो शान्ति भएर जाओस् । शान्ति हुँदा मात्रै त हामी अमनचयन गर्न पाउँछौं । युक्रेनबाट यहाँ तेलहरु आइपुग्छ । युद्धले गर्दा अब यहाँ महंगी बढेर गयो । महंगी बढेर गएपछि मारमा पर्ने को भन्दा हामी जनतानै हो । फलामको दाम बढ्यो । सिमेन्टको दाम बढ्यो । तेलको दाम बढ्यो । यसरी सबै चिजको दाम बढ्यो । सबै समानको दाम बढेपछि हामी जनतालाई थाम्न गाह्रो हुन्छ । पैसा पनि पो सक्छ त, आर्थिक मन्दी हुन्छ मुलुकमा । त्यसले गर्दा त्यो युद्ध कार्य शान्ति भइदिएमा हामी सबैले सुख पाउँन सक्छौं ।

 

 

 

 

रसियामा गहुँ, जौ साह्रै धेरै फल्छ । त्यहाँको पिठो सबै युरोप र अमेरिका जान्छ । त्यो मात्रै बन्द गरिदियो भने त्यता पनि अनिकालले प्याकप्याक भइहाल्छ । त्यस्तो पृथ्वीको व्यापार सन्धि चाहिं नाभि जोडिएको हुन्छ । त्यसले गर्दा यो युद्ध शान्ति होस्, जनताले दुःख नपाओस भन्ने हाम्रो कामना हो । यो मेरो कामना छ । चाडैं शान्ति होस् । वार्ताबाट शान्ति होस् । वैज्ञानिक ढंगले त्यो युद्ध विराम होस् यहीँ कुरा नै म ईश्वरसँग प्राथना गर्न चहान्छु । तपाईमा सुख, सुविधा होस् । आनन्द होस् र आरामको कामना गर्न म चाहन्छु । आज यहाँ हाम्रै लिङ्देनले यो माङहिमको नाममा महाबत्ति चढाउनु भएको रहेछ । उहाँको उत्तरोत्तर प्रगति रहोस् । उहाँको आत्मामा प्रत्यक्ष माङ बसेर यसरी चढाउने शक्ति पाओस यहीँ कामना गर्न म चाहन्छु ।

 

 

 

यहाँ सहयोगदाताहरुले सहयोग गरिदिन्छौं भनिराखेको छ । उहाँहरुले हामीलाई सहयोग गरोस्, हामी सहयोग भन्ने कुरा सबै जातिसँग माग्नुपर्छ । सबै जातिको दया पनि गर्नुपर्छ । हुन् त हामी भन्दा पनि हाम्रो बाहुन क्षेत्रीले नै पो जान्दछ यस्तो कुरा त । उनीहरुले यो कुरा छिटो बुझ्छन् । यो कुरा चाहिं मलाई ज्ञान छ । उहाँहरुको सहयोग पनि लगाऔं ।

 

 

हाम्रो मुन्धुम पढ्ने मुन्धुमशाला बनाइदिउँ । हाम्रो मुन्धुम अध्ययन् गरोस् । सबैले अध्ययन गर्न पाउने वातावरण निर्माण गरौं । सबैले अध्ययन गर्नु नै सबैभन्दा राम्रो हो । यहाँ नैतिक विषय सिकाउँछ । विचारहरु सिकाउँछ । अपवित्र विचारलाई फाल्न सिकाउँछ । पवित्र विचारहरुलाई राख्न सिकाउँछ । मुन्धुम भनेको यो हो । त्यसले गर्दा तपाईहरुले यसपट्टि ध्यान दिनु ।

 

 

 

तपाईहरु जहाँ पुगेपनि यसलाई नबिर्सिनु म यहीँ भन्छु । यहीँ नै तपाईहरुसँग हार्दिक अनुरोध गर्दै अब, आजको मेरो वचन यहीँ टुङ्ग्याउन म चाहन्छु । अब तपाईहरुसँग बिदा माग्न पनि चाहन्छु । जय किरात ! जय किरात ! आसेवारो ।

 

 

किरात इङभो पान्जुम्भोद्धारा प्रकाशित मिलेर बसौं, शान्तिसँग बाँचौं आशीर्वचन पुस्तकबाट साभार