धनबहादुर फागो
वि.स. २०११ साल मंसिर १८ गते इलामको माङसेबुङ २, साविक इभाड ५ चुक्चिनाम्बामा जन्मावतरण हुनुभएका मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइड यहीँ मंसिर १८ गतदेखि ६९ औ वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । यसै अवसरमा देश तथा विदेशमा रहेका किरात धर्मावलम्बीहरुले ६९ औं जन्मोत्सव विविध कार्यक्रमहरूका साथ धुमधामका साथ मनाउने तयारी गारिरहेका छन् । यसरी जन्मोत्सवका साथ पर्वका रूपमा मनाउनका पछाडि वहाँले किरात समाज मानव समुदायका लागि गर्नुभएको कार्यहरूको सम्मान हो ।
जीवनको प्रारम्भिक कालमा तपस्या गरेर आफू मात्र मुक्ति भएर जाने महत्वकांक्षा बोक्नुभएका वहाँले २०२७ सालमा करिव ६ महिना कठोर तपस्या गर्नुभएपछि आफ्नो जन्मावतरणको औचित्य थाहा पाउनुभयो र आफ्नो जिम्मेवारी मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनका अपूरा काम पूरा गर्ने भएको औपचारिक घोषणा गर्नुभयो । यसरी घोषित रूपमा नै किरात समाज र मानव समुदायको हितको काम गर्नुभएको आगामी माघ ५२ वर्षमा प्रवेश गर्दछ । यी पाँच दशकभन्दा लामो अवधिमा किरात समाज र मानव समुदायका लागि संख्यात्मक र गुणात्मक कयौ महत्वपूर्ण काम गर्नुभएको छ ।
वहाँको जीवनको यात्रालाई मोड्न २०२७ सालको तपस्या महत्वपूर्ण रहे झैं फक्ताङलुङ यात्राले पनि वहाँको जीवनको अर्को मोड थियो । मुहिङगुम अङसीमाङ फाल्गुनन्दले किरातीहरूको महान् तिर्थस्थलको रूपमा फक्ताङलुङ पहिलो पटक वि.स. १९९३ सालमा यात्रा गर्नुभएको थियो । यहीँ महान तिर्थस्थलमा महिडगुम अङसीमाङ आत्मानन्दले वि.स. २०३० सालमा पहिलो पटक यात्रा गर्नुभएको थियो । उक्त यात्रामा युमामाङसँग वहाँको साक्षात्कार हुँदा युमामाइले वहाँलाई २०२७ सालमा भन्नुभएको फाल्गुनन्दका अपूरा कार्यलाई पूरा गर्नुपर्ने कुरा पुनः दोहो¥याउनु भयो । जुन घटनाले वहाँलाई किरात धर्म, मुन्धुम, संस्कार, संस्कृति, रीतिरिवाजका लागि काम गर्नै पर्ने दवाव सिर्जना भयो । वि.स. २०३१ सालमा पनि वहाँ पुनः फक्ताङलुङको यात्रामा जानुभयो । यसले वहाँले जीवनको यात्रालाई नयाँ मोड दिलायो ।
किनकि, यहीँ यात्रामा युमामाङले वहाँलाई संसारिक जीवनमा प्रवेश गर्न अर्थात् विवाह गर्नुपर्ने आदेश दिनुभयो । उक्त आदेश पूरा गर्ने क्रममा वहाँले मानव जीवनको महत्वपूर्ण संस्कार विवाह भएको र त्यसलाई पूरा गर्नुपर्ने सन्देश मानव समुदायलाई दिनु हुँदै संसारिक जीवनमा प्रवेश गर्नुभयो । संसारिक जीवन प्रवेशसँगै मानवका लागि स्थायी निवासको आवश्यकता हुने भएकाले नै वहाँले, लारुम्बामा वि.स. २०३५ सालमा निजी आश्रमको टुङ्गो लगाई त्यहाँ स्थायी बसोबास गर्नुभयो । यो प्रक्रिया सामान्य लागे पनि संसारिक जीवन प्रवेश गरेपछि मानवका लागि स्थायी बसोवास गर्ने घर आवश्यक हुने सन्देश थियो ।
मुहिङगुम अङसीमाङ फाल्गुनन्दले माङसिवाखाहुनमा ’पछि तिमीहरूले राज्यलाई कर तिरेर भए पनि धर्मलाई बचाइराख्नु, यस धर्मको नाम पछि जुर्छ भन्नुभएको थियो । सायद त्यहीँ माङसिवाखाहून अनुसार नै २०३५ साल कातिक २२ गते तत्कालीन इभाङ गाउँ पञ्चायत (हाल महमाई गाविस वडा नं. ५) तमाखे भन्ने गाउँमा मुहिङगुम अङसीमाङ आत्मानन्दको अगुवाइमा भूमिगत रूपमा बैठक बसी विभिन्न प्रस्तावसँगै वहाँनै संरक्षक रहेको ’पूर्व किरात मानव सुधार संघ’ नामक संस्था स्थापना ग¥यो । यो नै किरात धर्मको पहिलो संगठन हो ।
यसै संस्थाको जगमा २०३७ सालमा किरात धर्म तथा साहित्य उत्थान संघ र २०५५ सालमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् । संघको स्थापना कालमा गुरू नै अध्यक्ष रहनुभएको थियो । अहिले दुवै संस्थामा वहाँ संरक्षक रहनुभएको छ । र, मुहिङगुम अङसीमाङ फाल्गुनन्दले भन्नुभए झै राज्यलाई कर तिरेर किरात धर्म, मुन्धुम, रीतिरिवाज, संस्कार र संस्कृतिको संरक्षण, सम्र्बद्धन र प्रचारप्रसार गर्ने काम यहीँ संस्थाहरूबाट हुँदै आएको छ । यी संस्थाहरूले वहाँका कार्यलाई अगाडि बढाउँदै आएको छन् । त्यसैले त वहाँले यी दुई संस्थालाई आफ्ना दुई आँखा भएको बताउनुहुन्छ ।
यसरी नै वहाँले फाल्गुनन्दले सहिताकृत गर्नुभएको किरात साम्जीक मुन्धुमको संरक्षण र प्रचारप्रसारमा अमूल्य योगदान गर्नु भएको छ । फाल्गुनन्दको जीवन अवधिमा लेखिएका साम्जीक मुन्धुम, माङसिवाखाहुनहरुलाई संकलन गरी संरक्षण गर्दै त्यसलाई सम्पादन गरी सम्बन्धित संस्थालाई प्रकाशनको जिम्मवारी दिनुभएको छ । र, २०५३ सालबाट वहाँको निर्देशनमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाले किरात साम्जीक मुन्धुमको प्रकाशन गर्दै आएको छ भने, संघ र माङगेन्ना सेवाले माङसिवाखाहुनको प्रकाशन गर्दै आएको छ ।
किरात साम्जीक मुन्धुमको सम्पादन, परिमार्जन तथा व्याख्या विश्लेषणको अह्म भूमिका निर्वाह गर्दै आउनुभएको वहाँले नै साम्जीक मुन्धुमको औपचारिक अध्यापन्को सुरुवात गर्नुभएको थियो । उक्त कार्य २०४०÷०४१ सालमा विभिन्न जिल्लाका केही माङसेवासाबाहरूलाई भेला गरेर माङसेबुङ क्षेत्रवाट नै गर्नुभएको थियो । यहीँ कार्यलाई विस्तार गर्न वहाँको निर्देशनमा २०५० सालमा माङसेबुङमा किरात साम्जीक मुन्धुम निसामहिमको स्थापना भयो । र, त्यहाँ साम्जीक मुन्धुम औपचारिक रूपमा पढाइ भइरहेको छ । यसरी नै किरात भाषा तथा लिपिको सरक्षण, संम्वद्र्धनमा लागि पर्नुभएका वहाँको अगुवाइमा किरात लिपि छाप्ने प्रेस २०४७ साल फागुन ८ गते झापाको दमकमा स्थापना गरिएको थियो । लेखक टि.बी. सुब्बाले उक्त प्रेस नै किरात लिपि छाप्ने विश्वको पहिलो प्रेस भएको यचष्भलत यिलनmबल, ऋजभललबष् बाट प्रकाशित एयष्तिष्अक या ऋगतिगचभ पुस्तकमा उल्लेख गर्नुभएको छ ।
मुहिङगुम अडसीमाङ फाल्गुनन्दले किरात धर्म, मुन्धुम, संस्कार, संस्कृति, रीतिरिवाज, भाषा, लिपिको संरक्षण, संम्वद्र्धन र प्रचारप्रसार मात्र गर्नुभएको थिएन वहाँले उक्त कार्यसँगै किरात समाज र मानव समुदायमा भएका विकृति एव विसंगतिलाई हटाएर सभ्य समाज निर्माणको महान कार्यलाई पनि अघि बढाउनुभएको थियो । त्यसैले मुहिङगुम अङसीमाङ आत्मानन्दले उक्त कार्यलाई निरन्तरता दिँदै समाज रूपान्तरणका लागि २०२७ सालबाट इभाङको चुक्चिनाम्बा माङहिमबाट भक्तजनहरूलाई भेला गरी आशीर्वचन÷धर्मोपदेश दिन शुरु गर्नुभएको थियो । उक्त कार्य निरन्तर रूपमा चलिरहेको छ । फाल्गुनन्दका जीवनकालमा र आफ्नो जीवनकालमा स्थापना भएका माङहिमहरूको संरक्षण तथा सम्वद्र्धन गर्ने काम पनि वहाँले गर्दै आउनुभएको छ ।
किरात धर्म संवद्ध माङहिमहरूलाई संस्थागत रूपमा रेखदेख गर्न माङसेवुङमा किरात धर्मको केन्द्रीय माङहिम ’किरात हाङसाम मुजोत्लुङ माङहिम २०५० साल कात्तिक २५ गते उद्घाटन गर्नुभएको थियो । यस माङहिमबाट नै देश तथा विदेशमा रहेका किरात धर्म सम्बद्ध माङहिमहरूको रेखदेख हुँदै आएको छ ।
मुहिङगुम अङसीमाङ फाल्गुनन्दको विश्व शान्ति तथा मानव एकता गर्ने महान् उद्देश्यलाई मूर्तरूप दिन फाल्गुनन्दको जन्म दिनलाई विश्व शान्ति तथा मानव एकता दिवसको रूपमा मनाउने परम्परा बसाउँदै २०५७ साल कार्तिक २५ गते किरात धर्म पहिलो अन्तर्राष्ट्रिय महासम्मेलन काठमाडौंमा सम्पन्न भयो । यसले किरात धर्मलाई विश्वमा परिचय गर्ने काम गर्ने भयो । २०६७ सालमा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन भयो ।
मुहिङगुम अङसीमाङ फाल्गुनन्दले नौमती बाजागाजासहित नौवटा बाछी, दान गर्ने भाकल गर्नुभएको थियो । तर, उक्त भाकल पूरा गर्न नपाई वहाँ समाधिस्थ हुनुभएको थियो । उक्त भाकल मुहिङगुम अङसीमाङ आत्मानन्दले २०६१ साल कात्तिक २५ गते माङसेबुङमा विशेष कार्यक्रम गरी पूरा गर्नुभयो । यसरी फाल्गुनन्दका अपूरा कार्यलाई पूरा गर्दै आउनुभएको वहाँकै पहलमा मुहिङगुम अङसीमाङ फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ मंसिर १६ गते नेपालको राष्ट्रिय विभूति घोषणा ग¥यो ।
यसरी आफ्नो ६९ वर्षे जीवनमा ५२ वर्ष किरात समाज र मानव समुदायका लागि खर्चिनुभएको छ । यो अवधिमा वहाँले किरात धार्मिक कार्यहरूलाई किरात धार्मिक संस्थाहरू स्थापना गरी संस्थागत रूपमा गर्ने काम भएको छ । यद्यपि, संस्थागत हुन सकेको छैन् । वहाँको जीवन अवधिमा नै संस्थागत गर्न किरात धार्मिक संस्थाहरू गम्भीर रूपमा नलागे पूरा हुन सक्ने आधारहरू कमै छन् । त्यसैले उक्त कार्यमा बेलैमा गम्भीर भई कार्यान्वयन पक्षमा लाग्नु किरात धार्मिक संस्थाहरूको हितमा रहनेछ ।