वि.स. २०६२ साल जेठ ६ गते महिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा महिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको हस्तवाहुली सम्पूर्ण सयङलाई माङवाहाङवा प्रदान गरिएको कार्यक्रममा अङसीमाङबाट प्रदान भएको माङ आशीर्वचन ।
श्रद्धालु भक्तप्रेमी भक्तजनहरु, आज यहाँ १३२ सयङहरु मिलेर संयुक्त रुपमा मनमा मन, काँधमा काँध मिलाएर माडवाहाडवा माग्ने कार्यक्रमको आयोजना गर्नु भयो । यो देखेर हामीलाई ज्यादै खुशी लागेको छ । यसमा तपाईंहरूले हाँकेको, ताकेको सबै पुगोस, ज्ञान, बुद्धि, विवेक, सिद्धी–शक्ति, अन्न, धन्न माग्नु भएको कुरा आकाश र पृथ्वीका तेत्तिसकोटी देवीदेवताले पु¥याई दिओस् ।
आज यहाँ तपाईहरुले यहाँ तेत्तिसकोटी देवीदेवता, नाग–नागेनी, तुत्तुगेन तुम्याहाङहरु, याक्लागेन सुहाङ्माहरु, पञ्चतत्व आगो, हावा, पानी साँची राखी पृथ्वी, आकाश, चन्द्र, सूर्य साँची राखी ज्ञानदाता, मुक्तिदाता, दर्शनदाता महागुरु फाल्गुनन्द साँची राखी, यहाँको देवीदेवता, माङहिम साँची राखी तपाईहरुले माडवा हाडवा माग्नु भएको छ । यो खेलांची र ख्यालख्यालको कुरा होइन । हामीले खेलाँची र ख्याल ख्यालको कुरा भनेर सोच्नु हुँदैन । हामीले खेलाँची सम्झनु हुँदैन ।
यस प्रकारको माड्वाहावा, सिद्धी शक्ति माग्ने र हामीबाट प्रदान गर्ने कार्य भनेको मेरो पालामा मात्र भएको होइन । महागुरु फाल्गुनन्दको पालादेखि नै भई आएको हो । यो कार्यलाई हामील राम्ररी बुझ्नु पर्दछ । हामी मानिसहरु विभिन्न सयड (थरी–थरी) मा बाडिएका छौं । हामी आ–आफ्नो थरी मिलेर हाम्रो पूर्खाहरुबाट भएको पाप पखाल्न किरात साम्जिक मुन्धुम अनुसार साक्मुरा वदेम्मा (गाली सराप वहन्ती) गर्ने मुन्धुम अनुरुप सेवा भक्ति गरेर पाप गरिएका कुराहरु पनि गाली सराप वहन्ती गरेर तपाईहरुले बगाउनु भएको छ । पापबाट मुक्त हुनको निम्ति वर्त वसेर तपस्या गर्दै सेवाभक्ति गर्नुभएको छ । आज तपाईहरुले पापलाई धोई पखाली गर्नु भएको छ । पापबाट मुक्त होऔं भनेर सेवा–पूजा गरिसकेपछि तपाईहरूले माडवा–हाडवा माग्नु भयो । यहां आकाश, धर्ती, चन्द्र, सूर्य साँची छ । तपाइहरुले माडवा–हाडवा पाउनु भएको छ ।
म यहाँहरुलाई के अनुरोध गर्छु भने, तपाईहरुले माङवाहाडवा माग्नु भयो । सिद्धी शक्ति, ज्ञान, बुद्धि, विवेक माग्नु भयो । यहाँ माङवाहाडवा हामीले बाचा गरेर दिएका छौं । अब तपाईहरुले माङवाहाडवा पाउनु भएपछि तपाईहरुमा यो माङवाहाङवा बस्दै जान्छ । तपाईहरुमा सिद्धी शक्तिले बास गर्दै जान्छ । त्यतिखेर कसैले पनि माङलाई चाहीँ नविर्सनु है । धर्मलाई नविर्सनु है । कसैले पनि धर्म, कर्म–विर्सनु हुँदैन है, सबैले आफ्नो धर्मलाई नविर्सनु । माङलाई नविर्सनु । हाम्रो बाजे महागुरुको पालामा पनि धेरै भक्तजनहरुले महागुरुबाट माङवाहाङवा, ज्ञान, विवेक, सिद्धी–शक्ति पाएका थिए । तिनीहरुले माडवाहाङवा पाएपछि माङलाई विर्सौ । महागुरुलाई विर्सौ । त्यसरी अब त हामीले विर्सन हुँदैन है ।
तपाईहरुले माग्नु भएको कुरा पाउनु हुन्छ तर, मागेको कुरा पाएँ भन्दैमा माङलाई विर्सनु हुँदैन । मागेको कुरा पाएर भरिपूर्ण भयो भन्दैमा माङलाई विर्सौ. भने माङले दिएको सबै कुरा माङले नै लिएर पनि जान्छ । राजाले राजशक्ति चिनेन भने उसको राजशक्ति आफै जान्छ । देश भक्ति हराउँछ, जान्छ । त्यसैले तपाई हामीले माङलाई साह्रै चिन्नुपर्छ । हामीले पनि माङलाई चिनेनौ भने हामीलाई दिएको माङयाहाङवा पनि माङले नै उठाएर लान्छ । माङवाहाङवालाई चिनेर तपाईंहरु सबै गरिखाने हुनु धनी हुन्, नाम कमाउने हुनु, ज्ञानीध्यानी हुनु, बुद्धिमानी हुनु, सिद्धी शक्तिवान हुनु सबैमा यहीँ हाम्रो कामना छ ।
महागुरुको पालामा पान्थर चोकमागु बस्ने एकजना चेलाले धेरै भात पकाएर थालभरि पस्काए । अनि महागुरुलाई “गुरु यो खाइदिनु प¥यो भनेर चेलाले भन्यो । त्यतिखेर थालको एक छेउमा अलिकति टिपी खाँदै महागुरुले ‘मेम्बे फलता ए. केनिहाबान निसुडवे, केघोसु’ भनेर चेलालाई भन्नु भयो । आजभोलि त्यसका सन्तानहरुले पैसा कमाई राखेका छन् । यु.के., हङकङमा काम गरेर जागिर खान पाइरहेका छन् । त्यस्तो हुन्छ माङवाहाङवा भनेको । अरुले त महागुरुले दिनु भएको माङवाहाङवा नै विर्सिहाले ।
महागुरुले दिइराख्नु भएको आशीर्वाद, माङवाहाङवा अलिकति रविमा रहिरहेको छ । त्यो कुरा अहिले देखिदै आएको छ । त्यो माङवाहाङवा पाएर भरिपूर्ण हुँदा पनि माडलाई नविर्सिने, माडलाई चिन्न सक्ने मनोज साम्पाङ हुनुहुन्छ । उहाँले दमक, झापामा महागुरु फाल्गुनन्दको सम्झनामा महागुरुको शालिक निर्माण गरी स्थापना गर्नु भएको छ । त्यसरी काम गर्नुपर्छ । मैले यहाँ गरीब, दुःखी देखेर माङवाहाङवा दिएको छु । ज्ञान, विवेक, सिद्धी शक्ति दिएको छु । आज मैले दिएको माङवाहाङवा पाउनु भएको छ । माङवाहाङवा, सिद्धी शक्ति पाएर हरेकले सम्पत्ति कमाउँछ र आफ्नो धर्म, कर्म, आफनो माता पिता विर्सयौ भने माङले छाड्छ । साह्रै ख्याल राख्नु ।
उहिले किरातहरुको राज्य सत्ता हुँदाखेरी सत्तामा बस्ने किरातहरुले मलाई चिन्छन् कि चिन्दैनन भनेर माङ (इश्वर) घुम्दै जाँदा त किरात राजाहरु त धेरै विवाह गरेर, बाझ्दै, जुझ्दै गरेको, झैझगडा मात्र गर्दै गरेको र मनोरञ्जनमा मात्र भूलेको पाए । माङले त्यस्तो मात्र देखेपछि अब यिनीहरुलाई माङको आशीर्वाद बढी भयो भनेर त्यो लक्षिन पनि किरात समाजवाट माङले लगेर गयो । लक्षिन उठाई लगेपछि माङ त गोर्खातिर गएर हरेछ । त्यतिखेर पृथ्वीनारायण शाह गोठालो गर्दै गरेको देख्यो । माङ साधुको भेषमा त्यहाँ पुगेर दही छादि दियो । त्यतिखेर त्यो दही पृथ्वीनारायणको खुट्टामा लाग्यो । त्यो साधु ‘नानी यो खाएको भए संसारमा तिमी चक्रवती राजा हन्थ्यो, तर तिम्रो खुट्टामा मात्र लाग्यो, तिमीले टेकेको जतिमा राज गर्छौं’ भनेर पृथ्वीनारायण शाहलाई भन्यो । पछि पृथ्वीनारायण शाहले टेके जति ठाउँको राजा बन्यो यो इतिहासमा उल्लेख छ ।
यो युगमा तपाईहरुलाई शिक्षा दिने, ज्ञान दिने, सिद्धी शक्ति दिने पाइराख्नु भएको छ । त्यो नै हाम्रो भाग्य हो । यो भाग्यलाई हामीले चिन्नुपर्छ । यसरी थुप्रै सयङहरु मिलेर काम गर्दै गयो भने कुसाङ आल, कुलिङधो आगेप्पी, चोत्लुड लमा याम्बक पोङवी जस्तो लाग्छ । धार्मिक ज्ञान–गुणमा सफल हुने काम यस प्रकारको सयङवाट हुन्छ कि जस्तो लागेको छ । म तपाईहरुलाई के भन्न चाहन्छु भने, माङवाहाङवा पाएर माङलाई कहिले विर्सनु हुँदैन । विर्सिनु भयो भने त के हुन्छ भन्ने कुरा त अघि नै भनि सकें । हाम्रो समाजमा वा किरात कूलमा महागुरु फाल्गुनन्दले दिनु भएको आशीर्वाद, माङवाहाङवा हामीले विस्र्यौं । त्यसैले अहिले दुःख पाइरहेका छौं । यो तपाईहरुले राख्नु भएको चामल, पैसा, सबै हामीले सुन, पानी, तिलजौ पानी र मन्त्रले चोख्याई दिएका छौं । यो पछिसम्म राखी राख्नुस् । यसैबाट तपाइहरुको अन्न–धन्न हुन्छ, सिद्धी शक्ति हुन्छ । माङको बास हुन्छ ।
तपाईहरुले यसरी मिलेर गर्नु भए झैं अरु सयङहरुले पनि गर्ने भनेका छन् । त्यो समय सारेर गर्ने भन्ने सोच भएको छ । त्यतिखेर पनि आज जस्तै धेरै सयङ भेला हुन्छन् । यो आजको कार्यक्रम धेरै राम्रो भयो । किन भने, छुट–फुट रूपमा रहेका सम्पूर्ण सयङहरु मिसाएर यो कार्यक्रमको आयोजना गरियो । यो ज्यादै राम्रो भयो । यसरी मिलेर कार्यक्रम राम्रो हुन्छ । हामी भनेको बानी व्यहोरा नभएको जाति हो । हामी खाली लड्ने, भिड्ने, झगडा गर्ने काम मात्र गर्छौं । अब उप्रान्त हामी लड्ने, भिड्ने जस्ता बानी व्यहोरालाई छोडेर ज्ञानी विवेकी भएर जानुपर्छ । यसो गरेनौ भने सम्पूर्ण कुराहरु हराएर जान्छ त्यो नै पछि सराप हुन्छ । हामीले जहिले पनि किरात साम्जिक मुन्धुम अनुसार सालै पिच्छे साक्मुरा वादेम्मा (गालीसराप बहन्ती) गर्दै जानुपर्छ ।
त्यसो गर्दा हामीमा परेको सरापबाट मुक्ति हुन्छौं । हाम्रो इतिहासमा आठराजा र दश सरदारहरुको विशाल युद्ध भएको कुरा उल्लेख छ । यसरी युद्ध हुँदा यो धर्तीमा रगत पोखिएको छ । धर्ती रगतले पोतिएको छ । यो धुनु पर्छ । युद्धमा रहेको रगत पखाल्नुको निमित्त किरात साम्जिक मुन्धुम वाचन गरेर ठूला–ठूला सेवा पूजा लाउनु पर्छ । जस्तो सुकै आपत्तकालिनमा पनि तपाईंहरुमा माङले नजर गरेमा सिद्धि शक्ति पाउनु हुन्छ । आज यहाँ यस्तो कार्यक्रम गरेर तपाईहरुले माङवाहाङवा पाउनु भएको छ । आ–आफ्नो सयङको प्रतिनिधिहरुले सम्पूर्णलाई दिनुहोला है । यहां लाओती, साँबा, आङदेम्बे लगायतका धेरै सयङहरु आइसके । ती सयडहरुलाई हामीले दिइ सकेका छौं ।
महागुरु फाल्गुनन्दको उक्ति के छ भने “जहाँ जहाँ पाप हुन्छ, त्यहाँ त्यहाँ देव अवतार आउँछन् । हाम्रो समाज पापमा डुबेर कुरीति कुसंस्कारमा रहेको बेला महागुरु फाल्गुनन्दको जन्म भयो । वहाँ जन्मेपछि हाम्रो समाजमा रहेको पाप धुँदा –धुँदा अलिकति पाप पखालिएको छ । त्यसैले हाम्रो समाज अलिकति परिवर्तन भएको छ । महागुरुबाट आशीर्वाद माङवाहाङवा पाएर धेरै भक्तजनहरु काम गरिरहेका छन् । म तपाईहरुलाई अनुरोध गर्न चाहन्छु, तपाईहरु अहिलेको हावामा लागेर मारामार गर्नु हुँदैन हैं ।
यसरी मान्छेहरु एक आपसमा मारामार–काटाकाट गरिरहयो भने माक्खिमा सो?मा यो?मा (रक्तरंजित पाप) हुन्छ । यसलाई पखाल्न गाह्रो हुन्छ । यसरी भएको पाप लरतरो पखालिएर जाँदैन । यो माङवाहाङवा, अन्न–पैसा सुरक्षित राख्नु कहिले पनि नमास्नु । युगयुगसम्म सरक्षित राख्नुपर्छ । त्यहीँबाट अन्न धन्न रुपैयाँ पैसा आउँदै जान्छ । अहिले किरात जातिहरुले रक्तपात सेवा पूजा (भोज, बलिपूजा) छोडेपछि माङलाई सम्झिने भएका छन् । धर्म कर्म सम्झिने भएका छन् । कुरीति कुसंस्कार छोडेर सतमार्ग, सत्य सेवामा आएका छन् । त्यसैले अहिले धेरै सुध्रिएका छन् । धर्ममा प्रवेश भएका छन् । किरात धर्म दर्शन अनुरुप शब्दी भएका छन् ।
हामीले के कुरा ध्यान दिनु प¥यो भने, विमार हुँदा मर्दापर्दा कुन मन्त्रबाट उपकार गर्नु पर्ने हो त्यो सबैले जान्नुपर्छ । यसरी उपकार गर्ने मन्त्रहरु सिक्यो, जान्यो भने साह्रै राम्रो हुन्छ । त्यो कुराहरु तपाइहरुले सिक्नु पर्छ है । आजको दिनमा यत्रो पानी पर्दा पनि तपाईहरु एकछिन नहल्लिकन वस्नु भयो ।
तपाईहरुको यो जोश देख्दा हामीलाई साह्रै खुशी लाग्यो । हावा पानी आएको के भन्नु हुन्छ होला यो त माङले तपाईहरुको मन चालेको पो त । जति हावा, पानी आए पनि तपाईंहरु नहलिकन बसिरहनु भयो, तपाईहरुले जित्नु भयो । अन्तमा माङवाहाङवा पाउनु भयो । आखिरमा तपस्या गरेर वस्नु भएपछि माङले माङवाहाङवा दियो तपाईहरुलाई ।
माङ र हाङको मन जान्न साह्रै गाह्रो हुन्छ । सम्पूर्ण सयङहरु माङवाहाङवा माग्न यसरी आउँदै जान्छन् । यसरी सम्पूर्ण सयङहरु मिलेर काम गर्नु भनेको एकताको बाटो निर्माण गर्नु हो । माङवाहाङवाको बाटो यो हो । अन्त्यमा तपाईहरु यो माङवाहाङवा पछि युग–युगसम्म रहोस् । नाता–सन्तानको पालासम्म रहिरहोस् । माङसँग यहीँ प्रार्थना गर्दै तपाईहरुमा यहीँ कामना गर्दछौं । सेवारो ।
प्रस्तुती सेसेहाङ फियाक किरात नाम्साङबाट