धर्मको लागि एउटै हुनुपर्छ


(२०६४ साल माघ २१ गतेका दिन किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले प्रदान गर्नु भएको माङ आशीर्वचन)

प्यारा चेलाहरु हो,
आज यसरी पुनः यस धार्मिकस्थल माङसेबुङमा अपर्झट रुपमा तपाईहरु भेला हुनु भएको छ । यस कुराले तपाईहरु धर्ममा साँच्चिकै कट्टर हुनुहुन्छ भन्ने कुरा प्रष्ट पारेको छ । हामीले यस्तै कार्यक्रम गरेर महिनाको एक चोटी धार्मिक प्रशिक्षण दिने परम्पराको थालनी गरेका थियौं । तर, समय नमिलेकोले रोकिएको छ । आजको कार्यक्रमले त्यो कार्यक्रमको स्मरण गराएको छ । यस धार्मिकस्थलमा हिजो पनि कार्यक्रम सम्पन्न भयो । त्यो पनि तपाईहरुकै लागि हो । कार्यक्रममा उठेका कुराहरु व्यक्त भएका विचारहरु राम्ररी मनन् गर्नुहोला ।

 

धार्मिक ज्ञानले गर्दा हाम्रा मान्छेहरु देश विदेशमा मुलुक मुलुकमा, कुना कुनामा, गाउँ गाउँमा ब्युँझेका छन् । त्यसकारण अहिले आएर हामीहरु धार्मिक सभ्यतातिर उन्मुख भइरहेका छौं । त्यसरी हामीलाई सही बाटोमा डो¥याउने हाम्रो धर्म, संसारको कुना कुनामा पुगिसकेको छ । तर, प्यारा चेलाभूलाहरु हो, यो धर्म त्यसै यो ठाउँमा आइपुगेको हैन् । धर्म यसरी त्यसै विकास भएको छैन् । त्यो कुरा तपाई हामी सबैले सोच्नुपर्छ । महागुरु फाल्गुनन्द लिङ्देनज्यूको परमधाम पश्चात पुनः औंशी न रात भएर रहेको हाम्रो धर्मलाई हाम्रो पालामा साह्रै कठिनका साथ अगाडि बढाएर ल्याएका छौं । यो कथन गरेर साध्य छैन् ।

 

किरात हाङसाम साम्यो (किरात धर्म) लाई उत्थान गर्ने, धर्म कर्म, भाषा लिपि, संस्कार संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने काममा अगाडि बढ्नु हुँदा यो मुलुकमा महागुरु फाल्गुनन्द पनि विभिन्न आरोप लागेर पक्राउ पर्नु भएको थियो । त्यतिबेला वहाँले धर्म कर्म, भाषा, लिपिको कुरा उठाउनु भएको थियो । त्यतिखेर वहाँले भन्नु भएको थियो । धर्म, कर्म, भाषा, लिपि, साहित्य, संस्कार संस्कृतिको संरक्षण सम्बद्र्धन गरेर मानवीय अस्तित्व जर्गेना गर्दा कोही राजा होइन्छ ? यसबाट राजा हुन खोजेको अर्थ लाग्छ त ? त्यसरी वहाँ सत्यवादी, धार्मिक महात्माको रुपमा सावित हुनुभयो ।

 

त्यस समयमा नै यो किरात लिपिको बारेमा सम्झौता भएको छ । यो लिपिबाट कर्मकाण्ड मुन्धुम लेख्न पढ्न पाउँछ भनेर आठ आठ ठाउँमा सहि गरिएको छ । त्यसरी राज्यसँग सम्झौता भए अनुरुप महागुरुले यो लिपिको माध्यमबाट कर्म काण्ड तयार गर्नु भएको हो । वास्तवमा यो हामीले. चलाएको लिपि किरात लिपि नै हो । यो लिपिलाई जसले जे जे भने पनि किरात लिपि नै हो, यस कुरामा दुई मत हुँदैन ।

 

हिजो महागुरुको पालामा पनि यस प्रकारको कठिनाईहरु भएको थियो । त्यहीँ कठिनाईहरुलाई पार गर्दै यो धर्मको उत्थान हुँदै आएको छ । हाम्रो पालामा यो धर्मलाई यहाँसम्म ल्याइपु¥याउन धेरै दुःख गर्नु प¥यो । मैले महागुरुद्धारा सूत्रपात भएको अधुरो कार्यलाई पूरा गर्न २७÷२८ सालदेखि शुरु गरेको हुँ । त्यसरी शुरु गरेर ल्याउँदा पहिले त महागुरु कै चेलाहरुलाई ब्युँझाइयो । यसरी धर्मले फड्को मार्दै आउँदा हाम्रो समाजमा सामाजिक परिवर्तनको क्रान्ति भएर आयो । त्यसले गर्दा समाज निकै सुधार भएर आएको छ ।

 

हाम्रो जाति खाने पिउनेमा मात्र अल्झिएर बस्ने भएकोले सुधार गरेर ल्याउन साह्रै गाह्रौ भयो । जति जति उपदेश दिंदा पनि ब्युँझाउन गाह्रो भयो । त्यस हिसाबले मात्र बाँच्न चाहने समाजलाई परिवर्तन गरेर धार्मिक बनाउन अत्यन्तै कठिन हुने रहेछ । त्यो कुरा हामीले अनुभव गरेका छौं । म यहाँ रहेर भक्तजनहरुलाई यसरी धर्मको माध्यमबाट अर्ति उपदेश दिएर समाज सुधार गर्दै जाँदा नानाथरीका आरोप आए । विभिन्न किसिमका आरोपहरु व्यहोर्नु प¥यो । कहिले मलाई बामे भने, कहिले पूर्वका राजा भने, के के भनेका छन् । पञ्चायतकालमा यस्तै आरोप लाग्दै आउँदा मेरो टाउँकोको मोल पनि तीन लाख तोकिएको थियो । फलनालाई पक्रनु, पक्रेर ल्याउनु, नभए पनि उनको टाउको लिएर आउनु भनेर पनि मलाई खेदो गरेका थिए ।

 

यसरी यो धर्मलाई बचाउनको निमित हामीले थुप्रै आरोपहरु सहनु प¥यो । त्यस्तो परिस्थितिमा पनि हामीले गाउँ गाउँमा गएर किरात धर्मको प्रचार प्रसार ग¥यौं । गुरुकूलको परम्परा अनुसार धर्मको संरक्षण सम्बद्र्धन ग¥यौं । यसबाट के देखिन्छ भने, काम गर्दै जाँदा अवरोध त आउँछ तर, त्यसलाई विस्तारै सम्हाल्दै जानुपर्छ, सुधार्दै जानुपर्छ । काम गर्दै, जाँदा कहिलेकाहीँ गोलीलाई पनि अमृत मान्नु पर्ने दिन आउँछ ।

 

बम गोला बारुद्धलाई पनि अमृत सरह मान्नु पर्ने दिन आउन सक्छ । भक्तजनहरुलाई के कुरा स्मरण गराउन चाहन्छु भने, हामीले धर्मकर्मको निमित्त यो राज्यमा विधिवत रुपमा संघको स्थापना गरेर काम ग¥यौं । हाम्रो धर्म कर्म, भाषा, लिपि, साहित्य, संस्कार संस्कृतिले मान्यता पाउनु पर्छ भनेर राज्यलाई भन्दै आयौं । यसरी माग राख्दै आएको, गर्दै आएकोमा राणाकालीन, पञ्चायतकालीन हुँदै प्रजातन्त्रसम्म मुलुक आइपुग्दा पनि जस्ताको तस्तै मात्रै छ । हाम्रो धर्म, कर्मको उत्थान र विकासको निमित्त अहिलेसम्म राज्यले हेरेको छैन् । हाम्रो धर्म कर्मको संरक्षण र सम्बद्र्धनमा राज्यले अलिकति पनि खर्चेको छैन् । तर, यो मुलुकमा हिन्दु लगायत अन्य धर्मको संरक्षणको निमित्त करोडौं रकम छ्ट्याएर खर्चाएको छ । हाम्रो लागि भने, एक पैसा छुट्याउँदैन । हामीले निर्माण गरेका कुराहरु राज्यबाट हेर्ने, मूल्याङ्कन गर्ने र सुरक्षा गरिदिने काम भएको छैन् । त्यसैले अब हामी आफैंले सबैथोक काम गर्नु परेको छ ।

 

अबको दिनमा धर्मलाई संरक्षण गर्नु प¥यो । त्यसको निमित्त सुरक्षा चाहियो । यहाँ हामीले मन्दिर बनाएका छौं । माङ्वाहाङवा सिद्धि, शक्ति प्राप्ति गर्ने माङ्को थलो बनाएका छौं । यो ठूलो हाम्रो सम्पति हो । यहाँको सम्पतिलाई हामी सबैले संरक्षण गर्नुप¥यो । हामी आफैंले सम्बद्र्धन गर्नुप¥यो । अरु कसैले पनि सुरक्षा गरिदिदैन् है ।

 

अब हामीले किरात धर्म दर्शन बोकेर विश्व मानवलाई सुधार गर्दै जानुपर्छ यो हाम्रो कर्तव्य हो । हामी यसरी महागुरु फाल्गुनन्द लिङ्देनको धार्मिक उपदेश अनुरुप अहिंसा, परमोधर्मको नीति अनुरुप धार्मिक रुपमा काम गरिरहेको समयमा पनि अर्काथरी किरातीहरु काट्मार गरेर पूजा आजा गरिरहेका छन् । तिनीहरु पनि भोलि गएर यहीँ धर्ममा आउँछन् । त्यो दिन आइरहेको छ । हाम्रा जातिहरु धेरै भूलेर अन्य धर्ममा गए पनि भोलि गएर हाम्रै धर्ममा आउँछन् ।

 

धर्मले जहिले पनि शान्तिो बाटोमा लान्छ, कहिले पनि अशान्तिको बाटोमा लान्दैन् । हत्या, हिंसाको पक्षमा लान्दैन् । धर्म भन्ने चीज कुबाटोमा डो¥याउँने तत्व होइन । त्यसले गर्दा सबैले धर्मको कुरालाई पालना गरेर रहनु नै राम्रो हुनेछ । अब संसारमा विभिन्न परिस्थितिले गर्दा ठूला ठूला झगडा हुन्छ, रक्तपात हुन्छ । मारामार हुन्छ, काटाकाट हुन्छ । त्यसैले सबै भक्तजनहरु सतर्क रहनु होला । होशियार रहनु होला । हरेक ठाउँमा हाम्रा भक्तजनहरुमा यहीँ अनुरोध गर्छु ।

 

तपाईहरुलाई के भन्छु भने यो समय भनेको हाम्रा छोराछोरीहरुलाई राम्ररी सम्झाएर बुझाएर लाने समय हो । धर्म कर्मको ज्ञान दिलाएर जाने समय हो । हामीले हाम्रा नात–सन्तानहरुलाई जहाँ धर्म हुन्छ, त्यहाँ मात्र शान्ति मिल्छ, शक्ति मिल्छ भनेर शिक्षा दिनु पर्ने दिन आएको छ । तपाई हामी किरातहरु सिद्धान्तको हिसाबले, पार्टीको हिसाबले जुन सुकै सिद्धान्त र पार्टीमा आबद्ध रहेको भए पनि धर्मंको लागि एउटै हुनुपर्छ । त्यसो गर्दा मात्र धर्म कर्म जगेडा हुन्छ । अस्तित्वको जगेर्ना हुन्छ । अनि मात्र शान्ति प्राप्ति हुन्छ । शान्तिले मात्र सबैको कल्याण हुन्छ । किरात धर्मको दायित्व के हो भने कसैसँग बाझ्नु हुँदैन् । झगडा गर्नु हुँदैन् भन्नु पर्छ । त्यहीँनै हामी धर्मावलम्बीहरुको दायित्व हो, यहीँ हाम्रो जिम्मेवारी हो ।

 

तपाईहरुलाई हावापानीको बारेमा के भन्छु भने पछि गएर पहाडको हावापानी राम्रो हुन्छ । पहाडमा हावापानी सन्तुलित हुन्छ । तराईमा सन्तुलित हुँदैन । ज्याँदा गर्मीको कारण तराईमा बस्न साह्रै गाह्रो हुन्छ । त्यसैले पहाडको जग्गा विक्री वितरण नगर्नु होला । पछि गएर पहाड अति सुन्दर बन्छ ।

 

भक्तजनहरु हो,
हाम्रो त विज्ञान भने पनि ज्ञान भने पनि माङ् मात्रै छ । माङ् छ भने सबै हुन्छ । माङ् छैन् भने केहीँ पनि हुँदैन । मैले पहिला पनि भनिसकेको छु । साथी भनेको माङ् मात्रै हुन्छ । माङ् बाहेक अरु कोही साथी हुँदैन । सत् चिताएर रहँदा माङ्ले जोगाएर जोगिन्छौं । जोगाएन भने हामी खत्तम हुन्छौं । त्यसैले माङ्लाई साह्रै सम्झिन्नु होला ।

 

म तपाईहरुलाई के भन्छु भने, मैले दिएको धर्मोपदेश र शिक्षालाई कसैले बँग्याउँनु हुँदैन । त्यहीँ धर्मोपदेश र शिक्षाबाट तपाईहरुले माङ्को बाटो देख्नु भएको छ । यसलाई जस्तो सुकै आपत्तविपत्त पर्दा पनि नछोड्नुहोला । हाम्रो मुन्धुमले के भनेको छ, तामा माङ्ले ताःरु, मामा माङ्ले माःसु, माङ् भनेको हाङ् भन्दा पनि ठूलो, मिसाइल भन्दा पनि ठूलो हो । माङ्लाई कुनै त्यस्तो तत्वसँग तुलना गर्न मिल्दैन हैं, अनि सकिन्दैन् पनि । हामीले आ–आफ्नो मुन्धुम शास्त्र अनुरुप माङ्को जति सेवा गर्दै जान्छौं उति उति पृथ्वीको आयु पनि बढ्दै जान्छ । हामीले बुझ्नुपर्ने कुरा के हो भने, किरात धर्मलाई विश्वले जति जति चिन्दै जान्छ, त्यतिकै मात्रामा हामीलाई पनि चिन्दै जान्छन् । त्यसैले हाम्रो धर्म विश्वव्यापिकरण हुँदै जान्छ, त्यतिकै मात्रामा त्यसलाई हामीले जगेडा गर्दै जानुपर्छ ।

 

तपाई हामी धर्मावलम्बीहरुले बुझ्नुपर्ने कुरा के हो भने जे सकै भए पनि मुख्य कुरा के हो भने, जे सुकै भए पनि हामी हामी झगडा गर्नु हुँदैन । एक आपसमा बाझ्नु जुध्नु हुँदैन । हाम्रो भाग्यले हाम्रो युग घुमेर आएको छ । यसलाई उम्काउँनु हुँदैन । यो उम्केर गयो भने फेरि आउँदैन । म अहिले यसरी आएको छु । गएपछि फेरि पाउन सक्नुहुन्न । अहिले जस्तो मैले ज्ञान, उपदेश दिइरहेको जस्तो अवस्था फेरि पाउन त कम्तीमा सय वर्ष लाग्छ । यस युगमा आएका जति पनि उपदेशहरु, अर्तिहरु र ज्ञानका कुराहरुलाई श्रीखण्ड बनाउन खोजेको छु । त्यसलाई खुर्पाको बींड नबनाउनु होला । खुर्पाको बींडको रुपमा नसम्झिनु होला । अब मौसम कस्तो आउँछ भन्नु हुन्छ भने, मान्छेमा एकदम खराब हुन्छ । मौसम खराब हुन्छ । धर्तिमा किरा फट्याङग्राको चाप बढ्छ । त्यस्तो परिस्थितिबाट बच्न हामीले एकदम राम्रो किसिमले सेवा, तपस्या गर्नुपर्छ । माङ्को सेवा गरियो भने मात्र विश्व मानवको संरक्षण हुन्छ । संसारको हित हुन्छ ।

 

हेर्नुहोस्, धर्म भनेको नै सबैलाई बचाउने तत्व हो । राजनीति भनेको आ–आफैं प्रतिस्पर्धा गर्ने हो । यहीँ कुरालाई मध्यनजर राखेर महागुरु फाल्गुनन्द लिङ्देनज्यूले तान्दिले हिनी? हाङ् पोङ्मा मेनाक्तेम्मिन्नो, माङ् पोङ्मारक नाक्तेम्मो, माङधक, कुधक पोङ्मारक नाक्तेम्मो । अर्थात, पछि तिमीहरुले राजा हुन नखोज्नु है, माङ् (देवता) हुनु मात्र बर माग्नु है, इश्वरीय लीला प्राप्त गर्न मात्र बर माग्नु है, भनेर धर्मोपदेश दिनु भएको छ । यो धर्मोपदेशलाई सबैले मनन् गर्नुहोला । राजा भनौं, पार्टी, जाति जे भनौं अन्त त शान्ति भएपछि त्यहीँ धर्ममा आबद्ध हुन आउँछन् । यसो हुनुको पछाडि के छ भन्दा जुनसुकै जाति, वर्ग भएपनि उसलाई धर्म चाहिन्छ, धर्म कर्म बेगर हुँदैन । यसस्थलमा हामीले माङ्हिम बनाएका छौं । यहाँ वेदका ठेलीहरु छन्, मुन्धुमका ठेलीहरु छन् । जो तपाईहरुले प्राप्त गरिसक्नु भएको छ । त्यसैले यो माङहिमलाई रुङ्नु प¥यो । संरक्षण गर्नु प¥यो । यसलाई सुरक्षा दिनुपर्छ । त्यसकारण तपाईहरु विभिन्न क्षेत्रमा रहनु भएता पनि यहाँ आएर बस्नुपर्छ ।

 

भक्तजनहरु हो,
भोलि गएर विश्व शान्ति त सेतो टिको लाउनेले मात्र कायम गर्न सक्छ । अबको दिनमा तपाईहरु सुत्ने बेला छैन् । तपाईहरुको भाग्य उदाएको छ । त्यसलाई संरक्षण गर्न नसुतिकन, निद्रा त्यागेर माङ्को सेवा भक्ति गर्ने समय आएको छ । अब नसति नसुति काम गर्ने दिन आएको छ है । त्यसो गरेर भए पनि यस ठाउँलाई तपाईहरुले आफैंले सुरक्षा दिएर संरक्षण सम्बद्र्धन गर्नुपर्छ । अबको दिनमा संघका कार्यकर्ताहरुलाई मैले प्रवचन दिए जस्तै प्रवचन दिन सक्ने बनाउने भन्ने सोचेको छु । त्यो नाहेन हटाउन धर्मावलम्बीहरु एक भएर माङ्को प्राथना गर्नुपर्छ । भक्ति गर्नु पर्छ, सेवा गर्नु पर्छ । माङ् भएपछि हामी बाँच्छौं । समय र परिस्थिति हाम्रो काबुमा छैन् । त्यसैले अबको दिनमा धार्मिक वचन श्रवण गर्न तोकिएको समय भन्दा अगाडिनै आएर बस्नुहोला । यहाँ कतिखेर बन्द हुन्छ, कतिखेर के हुन्छ, कसैलाई केहीँ थाहा हुँदैन । हामीले कुरा के बुझ्नु पर्छ भने धेरै जमात भएपछि नाहेन हट्छ । अबको दिनमा आएको हाम्रो भागलाई आफैंले जोगाउनुपर्छ । तपाईहरुको भाग तपाईहरुकै मा आएको छ । त्यो कुरालाई बुझेर, चिनेर आफैंले सम्हाल्नुहोला हिनी? लक्कीन तेआङ् वा, तर कुसिङ् केन्नीतुम्मीननेगर पेक्लो ।

 

अब माङ्को सेवा भक्ति गर्नुहोला । तपाईहरुले सेवा पूजाआजा गर्नुहुँदा साह्रै एक मन लाएर, दत्तचित भएर सेवा भक्ति गर्नुहोला । दश इन्द्रीयलाई कन्ट्रोल गरेर सेवा गर्नुहोला । माङ्को प्राथना गर्नुहोला । यो हाम्रो विजुलीको प्रकाश भन्दा पनि कैयौं गुणा छिटो दगुर्ने मनलाई कन्ट्रोल गरेर सेवा भक्ति गरियो भने मात्र सेवाको फल प्राप्ति हुन सक्छ । त्यसैले तपाईहरुले पनि मनलाई कन्ट्रोल गरेर सेवा पूजा गर्न सिक्नुहोस् । तपाईहरु हजार जनाले लाउनु भएको सेवा भन्दा म एक जनाले सेवा गरेको फरक हुन्छ । किनभने, म त पारङ्गत भएको छु । जप, तप, ध्यान गर्नेले निन्द्रा त्याग्नु पर्छ । निन्दको लोभ गर्नु हुँदैन । त्यसरी तपस्या गरेको मात्र राम्रो हुन्छ । तपाईहरुले सेवा भक्ति तपस्या गर्नुहुँदा जहिले पनि आँखा चिम्लेर सबै कुरा सोच्न छोडेर माङ्लाई मात्र सम्झेर सेवा गर्नुहोस् । सेवाले ज्ञान जन्माउँछ, धार्मिक ज्ञानले विज्ञान जन्माउँछ, विज्ञानले मानव सभ्यताको विकास गर्छ । मानव सभ्यताभित्र अस्तित्व कहिल्यै पनि मर्दैन ।

 

प्यारो चेलाहरु हो,
जति सेवा गरे पनि यो संसारमा एकदिन त भूकम्प आउँछ नै जस्तो चेष्टा देखिन्छ । हाम्रो मुन्धुम वाचन गरेर यो धर्तिमा अनिष्ट नहोस भूकम्प नआओस् भनेर जति सेवा लाउँदा पनि संसारलाई नहल्लाई छोड्दैन जस्तो छ । माङ्ङ्नि साङसिङालक कुयाम सेबा हेक्के ल? त्यसकारण जहाँ रहेर पनि माङ्को राम्ररी सेवा भक्ति गरौं । सम्पूर्ण भक्तजनहरुमा यहीँ अनुरोध गर्न चाहन्छु । यदि भन्दै मेरो आशीर्वाद टुंग्याउँछु । ओत् माङ्ङे सेवारो ।।