डा. चन्द्रकुमार सेर्मा
अहयुग, महायुग, युग, काल, वर्ष, सम्वत पछि महिना हुँदै सप्ताह, दिनमान—रात्रीमान अर्थात गते बारको तिथिमिति यकिन हुन जरुरी छ । यसै अर्थलाई कालगति भनिन्छ । यस सन्दर्भमा ज्योतिषको भूमिका महत्वपूर्ण रहेको हुन्छ । विश्व ज्योतिष वाङ्मयमा तीन प्रकारको गणनात्मक पद्धति विकसित भइरहेको प्रचलनमा देखिन्छ ।
१. युरो वा अमेरिकन इस्वीसन मध्येरात २४ वजेपछि दिन बार वा गते फेरिन्छ अर्थात गते बार सर्दछ । २४ आवर्स संज्ञा भनिने यसलाई पश्चिममा दर्शन पनि भनिन्छ ।
२. अरबीयन वा मुस्लिम मुसाह दिन, बार, सूर्य अस्तबाट दिन, बार र गते फेरिन्छ । जसलाई सूर्य अस्तायदेखि सूर्यअस्ताय काललाई १ रात १ दिन मान्ने चलन जुनेली रातबाट प्रारम्भ हुन्छ । यसलाई इस्लाममिक गणित भनिन्छ । रात पहिलो र दिन पछि मात्र आउछ ।
३. पूर्वीय दर्शनमा किरात संम्वत र विक्रम संम्वत विहान सूर्योदयदेखि भोलीपल्ट विहानको सूर्योदयसम्म दिनमान र रात्रीमान बराबर अहोरात्रलाई १ दिन, बार, गते मानिन्छ । किरात मुन्धुममा ‘नाम्दाथा’ ः नाम्ताआङ थासिङबा फरिक नाम्ंतांथा.नाम्ताथा सूर्य उदयदेखि अस्तय दिनमान र नाम्थाता ः नाम्थासिङङाङ ताबाफरिक नाम्ंथांता.नाम्थाता ः सूर्य अस्तयदेखि उदयसम्म रात्रीमान १ दिन १ रात बराबर १ दिन वा १ गते हुन्छ ।
संसारको साल, महिना, गते तिथि र बार भित्र प्रहर, व्येला, मुहुर्त याने घण्टा, मिनेट, सेकेण्ड, इकाईका श्रृखलाहरु क्रमबद्ध सानामसिना हिसाव राख्ने पद्धति तथा प्रक्रियाहरु छन् जसलाई सबैभन्दा मसिनो हिसावलाई पलभा भनिन्छ । सूर्यको किरण पलपलमा पृथ्वीमा परिरहने किरणलाई उज्यालो ज्योति गणिने अंशपूर्ण शब्द पलभा हो भने, सूर्यको ज्योति पलभाबाट गनिने भएकोले ज्योतिष भनिएको हो । सारमा भन्नुपर्दा सूर्यको प्रकाश पृथ्वीतलमा पर्न आउने किरण वा ज्योतिलाई गणितमा हिसाब किताब गर्नु पर्दा पृथ्वीको गतिसँग अनोन्याश्रीत सम्बन्ध हुन्छ । त्यसैले ज्योतिषलाई खगोल र भूगोल पनि भनिन्छ ।
आकाशको ९ ग्रह, २८ नक्षत्र तारामण्डल गणना गरिने प्रक्रिया खगोल गणितीय विधि र पृथ्वीको गति मापन गर्ने प्रक्रिया भूगोल विधि हुन् । व्यवहारिक पक्ष र वैज्ञानिक पक्ष मिलाएर सिद्धान्त ज्योतिष, गणित ज्योतिष र फलित ज्योतिष समन्वयनपछि बल्ल ज्योतिष बन्छ । ज्योतिषलाई नभई नहुने अनिवार्य शर्त पञ्चाङ्ग हो । पञ्चाङ्गमा बार, तिथि, नक्षत्र, विष्कम्भ योग, करण हुन्छन् । पञ्चाङ्गमा आइतबार पहिलो बार र पहिलो महिना साथमा राखेर अगाडि गतिविधि बढ्ने अवस्था बिना न त पञ्चाङ्ग पात्रो बन्छ, या ग्रह दशा र दैनिक गणितीय गतिविधिनै चल्न सक्छ । पञ्चाङ्ग अन्दाजी नभएर घडी, पला, विकलापला, म्याथम्याटिक्स घण्टा, मिनेट, सेकेण्डको पलपल हिसाव वैज्ञानिक मात्र नभएर अत्याधुनिक महाविज्ञानको रुपमा गणना गर्नु ढु«ङगा चबाउनु भन्दा कडा विषय हो ।
पञ्चाङ्ग गणितीय हुँदा हुँदै थप गणित सूर्यग्रहण र चन्द्रग्रहण अत्यन्त महत्वपूर्ण ज्योतिषीय गणना हो । सारणी सिद्धान्त र सूर्यासिद्धान्त यी दुई प्रविधिबाट कार्य सञ्चालन गरिए पनि नेपाल पञ्चाङ्ग निर्णय समितिले सूर्यसिद्धान्तलाई मात्र मान्यता दिएको छ । जे होस् पूर्वीय दर्शनमा वेदको छैठौं अंग मानिने ज्योतिषमा किरात ज्योतिषको आफ्नै मुन्धुम विशिष्ट स्थान रहेको छ । सूर्य सिद्धान्तका मय नामक असुर जातिले सिद्ध गरेको मय सिद्धान्त नै कालान्तरमा सूर्य सिद्धान्त मानिएको इतिहास अध्ययन् गर्दा वर्तमान ज्योतिषको आधिकारिक दर्शनदाता असुर भनिएका किरात वर्गको दायित्वमा आएको किरात ज्योतिषको ठम्याई छ ।
किरात ज्योतिष उत्थान संघ किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नीति निर्देशन र संरक्षणमा वि.स. २०६४ भदौ ७ गते संस्था दर्ता भई संस्थागत विकास क्रममा २०७१ सालदेखि किराती, नेपाली र अंग्रेजी भाषा र लिपिमा पञ्चाङ्ग पात्रो प्रकाशन हुँदै आएको छ । पञ्चाङ्ग पात्रोमा प्रथम महिना चैत, पहिलो बार आइतबार, साल संम्वतको हकमा येलेम्बर स्विकारिएको छ । इतिहासकार प्रेमबहादुर माबोहाङ र भूपेन्द्रनाथ शर्मा ढुङगेलको नेपालको संक्षिप्त इतिहासको पृष्ठ नं. ४३ मा उल्लेख अनुसार कलियुगको ४० वर्ष गत हुँदा नेपाल खाल्डोमा राजा हुने यलम्बर प्रथम राजा भनि लेखिए बमोजिम वि. स. २०७७ को कलिगत संम्वत ५१२१ व्यतित भएकोमा ४० घटाउँदा ५०८१ आउछ । यसो गर्दा वि.स. २०७७ मा येलेम्बर संम्वत ५०८१ प्रवेश हुने भएकोले किरात येले संम्वत ५०८१ भोगिरहेको तथ्य सत्यमा कुनै विवाद छैन् । भने, चैत्र महिना पहिलो महिना भएकोले यलम्बर संम्वतको चैत १ गते किरात संम्वतको नव वर्ष प्रमाणिकरण अत्यन्त वैज्ञानिक, व्यवहारिक र ऐतिहासिक रहेको छ ।
बारमा प्रथम येन तेनेबा (आइतबार) पहिलो बार र महिनामा चेरेङनाम (चैत) महिना उल्लेख भएको प्राचिन किरात युगपुरुष येहाङ, सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, सिरिजंगाहाङ, माबोहाङ, महागुरु फाल्गुनन्द, ज्योतिष रन्धोज नेम्बाङ, कृष्णबहादुर लाओती, भाषा विशेषज्ञ तथा इतिहासकार इमानसिंह चेम्जोङ समेतको साम्जीक मुन्धुम, ग्रन्थ, इतिहास, गणित, बार र महिना गणनामा प्रथम मास चेरेङनाम (चैत) बाट सुरु गरेको लिखितमा पाइन्छ भने, जोडिजोडि महिना अवश्यभावी छ । उदाहरणनत ः चेरेङनाम–थेरेङनाम, कक्मेप्पा–थोक्मेप्पा, सिसेक्पा–थेसेक्पा, सिसेक्रो–थेसेक्रो, सेन्छेला–सिसिक्ला, कक्फेक्वा–साप्फेक्वा अर्थात चैत–वैशाख, जेठ–असार, साउन–भदौ, असोज–कार्तिक, मंसिर–पुस, माघ–फागुन जोडिएको महिना प्रकृतिपूर्ण ऋतु परिवर्तन हुने भएकोले आदिवासी जनजाति सम्पूर्णले आफ्नो पहिचान प्रकृतिपूजक उद्घोषण गरेको हुन्छ । यो ध्रुव सत्य हो, मुन्धुमबाट मिधुङदिङ मिराकमाङ, चफतदीङ थुङवामाङ, केजङदीङ सुरितमाङ, तरङदिङ ताङसाङमाङ, इक्सादिङ खाम्बेकमाङ ङारामुक्माङ (पञ्चतत्व) प्रकृतिपूर्ण पञ्चमहाभूतलाई आत्मासात गरेको छ । यसलाई अझ मुन्धुमले पुष्टयाईँ दिँदै, साल, महिना, परिवर्तन वा रुपान्तरण हुने तथ्य अकाट्य रुपमा वर्णनलाई इतिहासमा कसैले काट्न नसक्ने अकाट्य मुन्धुम कवितात्मक शैलीमा प्रस्तुत छ ।
थोक्फेलान फेक्लो तङबे लेक्लो
हेलाङबान फेक्लो लानाम लेक्लो ।
ताबुरे सिङजङहा मेजिन्लो
ककुफूङीङल फक्लो ।
कक्फेक्वा तङनाम तारो
यङघङसा पुसाआङ मेधिन्लो ।
सिजोङवेत् पुन्नाङ हिम्भन्लो
सिक्चो नु थवाताङ मेलन्लो ।
तरङकेन ताङसाङ थाङथाङङाङ
काराङवा पुनाङमेधाङङाङ ।
चेरेङनाम लाधिक हेक्सीङलो
कुसङबा तङबे लेक्सीङलो ।
लामिङ निप्मा चेरेङनाम्लो
चेरेङनाम एगाङ थेरेङनाम्लो ।
मुहिङगुम अङसीमाङ येहाङलो
शशिगेन मुन्धुम इसिक्लो ।
मुन्धुम दर्शन मान्ने मुन्धुमवादीहरु मुन्धुमसम्मत मुन्धुम ज्ञानले निर्देश गरेको छ । किरात संम्वत येले संम्वत येले तङबे र तङकप चेरेङनाम (चैत) महिनाबाट संम्वतसर हुने सूर्य पनि मेष राशीमा प्रवेश गर्ने चैत १ गते र हप्ताभित्र चैत्र ७ गते दिनरात बराबर हुने सोही आधारमा माङसेवा तथा ज्योतिष सम्मेलन हुने परम्पराको थालनी भइसकेको सर्वमान्य सर्वसहमत नव वर्ष किरात संम्वत चैत १ गते शास्त्रसम्मत, मुन्धुमसम्मत र दर्शन अनुरुप पहिलो महिना चैत नै साइत हुने भएको सन्दर्भमा अर्को विकल्प छैन् ।
माघ १ गते मकर संक्रान्ति कक्फेक्वा तङनाम सम्वत परिवर्तन गते नभएर मकर नुहाउने, सूर्य मकर रेखाबाट उत्तर लाग्ने उत्तरायण फर्कने र प्रातकालीन अग्नीदेव उत्पति, कन्दमूल, फलफूल काँचो खाने, पोली खाने, उसिनेर खाने प्राचीन सभ्यताको पुनरावृति स्वरुप, अनुनय अभिनय गरी माघे चाड मनाउने पुरातन या सनातन पर्वहरु मध्ये सर्वज्येष्ठ पर्व एंव किरात चाड भनेको ४÷५ हजार वर्ष मात्र नभएर हजारौं वर्षको अनगणितीय चाड हो । अतः माघे संक्रान्ति १ गते किरात समुदायको कक्फेक्वा चाँप फूल्न सुरु हुने महिनाको संज्ञामा मनाइन्छ ।
नयाँ संम्वतसरको तथ्यमा नभई महान चाडका रुपमा मानिने मनाइने चाडलाई सप्ताहव्यापी माघ १ गतेदेखि ७ गते तक मनाउने महाचाड प्राचीन पर्व भएकोले खेतिपाति, अन्नबाली, बीउविजन, राख्न कृषि व्यवसाय सप्रियोस्, घामपानी, वर्षायाम मिलोस् भनि माङवाहाङवा माग्ने, धनधान्य वृद्धिको आराधना उपासना गरी डाँडाकाँडा, देवीदेउराली, उभौली पूजास्वरुप सेवा गरी धन सिद्धि, अन्न सिद्धि, देव सिसद्ध, राज सिद्धि, सुख शान्ति र समृद्धिको लागि तागेरा निङवा भूमाङमा, युमा, थेवा, हिममाङमा सेवा गर्ने, फलफूल कन्दमूल सेवन गर्ने प्रक्रिया नव वर्ष जभएर प्राचिन सबैभन्दा जेठो चाडलाई यलम्बरकालीन संम्वत सँग जोडेर कक्फेक्वा माघ महिनालाई पहिलो महिना मान्न सकिन्ँदैन ।
किन की ११ औं महिनालाई मकर भनेको अझ १० औं राशीलाई प्रथम राशी, प्रथम महिना बनाई प्रथम वर्ष, नव वर्ष बनाउने शास्त्र–अस्त्र–राष्ट्र वैज्ञानिक र व्यवहारिक औं मुन्धुमले नमिल्ने स्वत देखिन्छ । माघे १ गते माघे संक्रान्ति सप्ताहव्यापी चाडबाड मनाएर किरात नयाँ वर्ष चेरेङनाम (चैत) १ गतेलाई मनाऔं र प्रथम किरात राजा यलम्बरहाङलाई अमर विभूति बनाउने परिकल्पनामा गत वि. स. २०७१ वैशाख २४ गते ८४ औं समाज सुधार दिवस इलामको माङसेबुङमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूद्वारा प्रतिपादित र निर्देशित तामापत्रमा संग्रहित ६ बुँदे किरात चाडपर्व र नव वर्षको घोषणा तत्कालीन सम्माननीय प्रधानमन्त्री सुशिल कोइरालाले लोकापर्ण गर्नु भएको थियो ।