माङसेबुङमा बाली विज्ञानको कक्षा शुरु


माङसेबुङ/किरात धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा बाली विज्ञान औपचारिक रुपमा पठनपाठन शुरु भएको छ ।

 

पुस १ देखि सरस्वती माध्यमिक विद्यालयको कक्षा ९ मा ४७ जना विद्यार्थीहरुले बाली विज्ञान अध्ययन सुरु गरेका हुन् ।

 

विद्यालयले पुस ३० प्रवेश परीक्षा लिएको थियो । परीक्षाबाट ४७ जना उर्तिण भएका थिए । यसैगरी प्रशिक्षक पदका लागि पुस २८ गते परीक्षा सञ्चालन गरिएको प्रधानाध्यापक हरिप्रसाद आङदेम्बेले बताए । सो परीक्षाबाट विवेचना आङदेम्बे छनोट भएकी छन् ।

 


कोरोना संक्रमणले विद्यालय लामो समय बन्द रहेको र प्रशिक्षक नियुक्ति नहुँदा कक्षा शुरु हुन नसकेको प्रधानाध्यापक आङदेम्बेको भनाई छ ।
आगामी दिनमा नियमित रुपमा बाली विज्ञानको कक्षा संचालन हुने प्रधानाध्यापक आङदेम्बेले बताएका छन् ।