चरुहवन गर्नुमा, सत्य र शक्तिको योग छ

रमेश तुम्बापो ‘हाङसाम’

 

 

विशेष हिजो आज किरात समुदायमा विभिन्न नामधारी धर्महरु प्रचार–प्रसार भई रहेको पाईन्छ । जस्तै, किरात, युमा, मुन्धुम धर्महरु चर्चाको सतहमा देखिन्छ । यी धर्महरुबीचमा आपसी सदभाव, सहिष्णुता, सहअस्तित्वको अभाव खड्किन्दै गईरहेको पनि देखिन्छ । विभिन्न सञ्चार माध्यमहरु मार्फत एक आपसमा नाना थरिका आरोप पत्यारोपण लगाउने प्रवृतिको विकास भई रहेको पाइन्छ । यसो हुनु आफैमा दुःखद कुरा हो । यथार्थमा धर्म असल कर्म तथा मानवीय अनुशासनको नाम थियो । तर समय क्रमसँगै धर्मको अगाडि संज्ञा जोड्ने प्रवृति पनि विकास हुँदै गयो ।

 

संज्ञासँगै व्यक्ति समुदाय जातिको स्वार्थ पनि जोडिन्नु पुग्यो । किरात समुदायको विगतलाई फर्केर हेर्दा धर्म दर्शन तथा शशी मुन्धुमको ज्ञाताको रुपमा फेदाङमा, येबासाम्बाहरुलाई देख्न सकिन्छ । यिनीहरुले नै समाजमा जन्मदेखि मृत्युसम्मका सम्पूर्ण कर्म संस्कार सम्पन्न गर्दै आएको पाइन्छ । विगत इतिहासको लामो कालखण्डमा यी फेदाङमा, येबा, साम्बाहरुले एउटै घरमा बसेर ७ दिन ७ रात सम्म निरन्तर मुन्धुम फलाक्दै गाउँदै आएका थिए । तर दुःखको कुरा पछिल्लो समयमा शशी मुन्धुम मात्र होइन फेदाङमा आफै पनि लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । यतिका लामो अन्तरालमा मुन्धुमलाई थप विकसित तुल्याउँनको सट्टा झन झन लोप हुँदै जानुको कारणको खोजीमा मुख्यत फेदाङ्मा आफै दोषी रहेको पाइन्छ । फेदाङमाको अभाव किरात इतिहासमा ऐतिहासिक घट्ना हुन सक्छ । यस्तो सोचनीय अवस्थामा महागुरु फाल्गुनन्दको उदय भएको छ ।

 

उनले केवल थुङसाप मुन्धुम श्रुति मुन्धुमको रुपमा सिमित रहेको मुन्धुमहरुलाई पेसाप लिखित मुन्धुमको रुपमा रुपान्तरण गर्नु भएको छ । हिजो आज ती मुन्धुमहरु साम्जिक र चाम्जिकको नामले हजारौको संख्यामा ठेलीका ठेली लेखिन्दैछ । छापिन्दैछ, पढिन्दै छ । हिज केवल थुङसाप श्रुति परम्परामा सिमित रहेको मुन्धुमहरु आज पेसाप लेख्य परम्परामा रुपान्तरण हुँदा, स्वभाविक रुपमा पुरानो कित्ता श्रुति परम्परामा असर पुग्छ । जस्तै एकजना साहित्य सर्जकले साहित्य सृजनालाई खाली कागजमा लिपिबद्ध नगरेसम्म मात्र उसको मनमा अनेक शब्द लयहरु खेलाउने गर्छ । जब उसको सृजना लिपिमा लिपिबद्ध हुन्छ तब मन भित्र उठेका खेलेका शब्द लयहरु विस्तार विस्तार आफै विस्तृत भएर जान्छ । त्यसैगरी महागुरु फाल्गनन्दको उदय भए पश्चात मुन्धुम लेखिन्न थाल्यो, छापिन्न थाल्यो, किताबको रुपमा पढिन्न थाल्यो ।

 

त्यसैबाट जन्मदेखि मृत्यु पर्यन्तसम्मका सम्पूर्ण कर्म संस्कारहरु सम्पन्न गरिन थाल्यो । तब हिजका मुन्धम ज्ञाता फेदाङमा येबा साम्बाहरुको जन्म अवतरण हुने क्रम पनि विसर्जन्नोमुख हुन थालेको देखिन्छ । यसलाई अस्वभाविक मान्नु पनि हुन्न । किन भने – मुन्धुम स्मृतिबाट बाहिर निस्केर किताबमा सरेको होनी । उदाहरण त लामो समयसम्म पहाडमा बसेको मान्छे तराईमा बसाई सरिसकेपछि पहाडको पुरानो घर रितो हुन्छ नै । तसर्थ त्यहीँ त्यो मानिसलाई तराईको वस्तिमा खोज्नु बुद्धिमान हुन्छौ तर पहाडको रित्तो घरमा होइनन् । यथार्थमा महागुरु फाल्गुनन्दले दूरदर्शीतापूर्वक मुन्धुमलाई लिपिबद्ध गरेर लोप हुनबाट बचाउने र व्यापक रुपमा फैलाउने काम गर्नु भएको छ ।

 

तर विडम्बना समाजको लागि यति राम्रो काम गरेता पनि उहाँ माथि विभिन्न किसिमका आरोपहरु लगाउने गरिन्दै आएको छ । जस्तैः– धार्मिक अनुष्ठानहरुमा चरु पोल्ने, शंख, घण्टी, डमरु बजाउने, निधारमा सेतो टिका लगाउँने चलनहरु फाल्गुनन्दले हिन्दू धर्मबाट सापटी मागेर ल्याएका हुन । त्यसैगरी अहिंसावादी हुँ भन्ने फाल्गुनन्द र उनका अनुयायीहरुलाई आफ्नो सांस्कृतिक बाजा च्याब्रुङ, मादल बजाउने अधिकार पनि छैन् । किन भने के डमरु, एकतारेमा छाला प्रयोग गरिएको हुन्छ । वास्तवमा महागुरु फाल्गुनन्दको उदय हुनु भन्दा हजारौ वर्ष पहिला देखि येबा साम्बाहरुले रुद्राक्षेको मालामा साना–साना घण्टि र शंखका बच्चा कौडीहरु उनेर दायाँ बायाँ भिरेर रातभर नाँच्दै आएको दुनियाँमा विधितै छ ।

 

यसैगरी फेदाङमाहरुले आफ्ना यजमान घरमा नवाङगी पूजा गर्दा होस वा अन्य कुनै विमारी उपचारको क्रममा होस । चुल्हाको आगोमा या धुपौरोको आगोमा २÷४ दाना अक्षता पोल्दै आएको यर्थाथ पनि छँदैछ । यो प्राचिन किरात धर्म दर्शनको अवशेष होकि होइन ? होइन भने फेदाङमा येबा माङपा, माङमा, धामी झाँक्रीहरुले पुस्तापुस्तान्तरसम्म यो संस्कारलाई अभिछिन्न रुपमा किन मान्दै आएका छन ?

 

तोलामात्र सुन हो, आना चाहीँ सुन हुन सक्दैन भन्न मिल्छ र ? अर्को सत्य कुरा यो पनि हो कि महागुरु फाल्गुनन्दले वि.स.१९७८ साल बैशाख १२ गते पान्थर चोकमागुको चनौटे भन्ने खेतमा हिउँदो वर्ष बगिरहने भीषण पहिरोलाई २÷४ मुठी चामल (चरु) पोलेर रोक्नु भएको इतिहास प्रसिद्ध छ । वि.स. १९८४ सालमा चोकमागु कै लब्रेडाँडामा २÷४ मुठी चरु पोलेर पानी उमार्नु भएको अद्यपि छँदैछ । १९९३ साल साउन महिनामा इलाम जिल्ला साक्फारा अन्र्तगत कालीखोलामा पनि चरु पोलेर नै पहिरो रोक्नु भएको आजसम्म रोकिएकै छ ।

 

वि.स.१९९४ सालको साउन महिनामा ५० जना चेलाहरुसँग दोस्रो पटक फक्ताङलुङ जाने क्रममा नरभक्षक तावा पोखरीले बाटो रोकेपछि १२ इचको समेदा उठाएर २÷४ मुठी चरु पोलेर नरभक्षक तावापोखरीलाई एकैरातमा सुकाउनु भएको सत्य घट्ना स–प्रमाण जग जाहेर छ । तसर्थ जहाँ सत्यको बास रहेको हुन्छ, त्यसको अनुसरण गर्नु बुद्धिमाता होइन र ? तर फेदाङमा, येबा, साम्बाहरुले हजारौ लाखौ, निर्दोष पशुहरुको नृसंस हत्या गरेर पहिरो रोकेको, पानी उमारेको त के कुरा तितेपातीको बोटसम्म उखेलेको सुन्न र देख्न दुबै पाइएको छैन् ।

 

 

दोस्रो कुरा कुनै पनि घरबाट त्यस घरको बालबालिकाहरु काम विशेषले घर बाहिर कतै टाढा जानु पर्दा घरमुलीले ३ चुल्हा साँक्षी राखेर चुल्हाको खरानी उठाएर बाल बालिकाको निधारमा लगाउँदै सु–स्वास्थ्यको आशिर्वाद दिने चलन हाम्रो समाजमा आज पर्यन्त रहिआएको छ । के यो पनि फाल्गुनन्दले हिन्दू धर्मबाट सापटी ल्याएको हो त ? यदि त्यसो भन्ने हो भने स्वयं महागुरु फाल्गुनन्दको विरोध गर्ने फेदाङमाले पनि यसै गर्दै आएको छ त तसर्थ, यो प्राचिन किरात धर्मदर्शनले आर्जन गरेको सभ्यताको अवशेष भनेर बुझन सत्य परक हुन्छ ।

 

अब बाँकी रहयो । अहिंसावादको प्रचारक फाल्गुनन्द र उनका अनुयायी शिष्यहरुलाई के च्याब्रुङ र डमरु बजाउने अधिकार छैन भन्ने कुरा । यदि त्यसो हो भने–थाल बजाउँदै ७ दिन ७ रात सम्म निरन्तर नाँच्ने येबालाई पनि थाल बजाउने अधिकार नहोलानी, किन भने – येबाले थाल बजाउँन मात्र जानेको हुन्छ, बनाउन जानेको हुँदैन । फेरि थाल बनाउने कम्पनीले येबाले बजाओस भनेर बनाएको पनि त होइन । उसले त खानेकुरा खाने भाँडा बनाएको हो । विगतको लामो इतिहासमा कानुन तः गाई काट्न मार्न पूर्ण बन्देज थियो । आज पर्यन्त बन्देज छ । तर पनि लिम्बुवानमा लिम्बूहरुको विवाहरुमा के वजिरहेको थियो । त्यसैको तालमा लिम्बू–लिम्बूनीहरु नाँचेको दृश्य हामीलेसँगै हेर्दै आएको छौं । फाल्गुनन्दका अनुयायीहरुले पनि यही रीतले डमरु एकतारे सधै बजाउन सक्दैन होला र ? बौद्ध धर्मालवम्बीहरुको एउटा समूहले लामाहरुले मरेको मान्छेको खोपडी र नलीहाडलाई अनिवार्य प्रयोग गर्दै आएका छन् ।

 

मानव खोपडीमा खानेकुरा लगाएर आनन्द पूर्वक खाइरहेका हुन्छन् । लामा गुरुहरु मानव नलीहाडलाई छेउमा सुन चाँदीले मोरेर सजाई राखेको हुन्छ । बेलाबेला शेख जस्तै फुक्छन् पनि । लामाहरु यो मानव खोपडी र नलीहाडलाई प्राप्त गर्ने संसारमा कहि कतै ऐन कानुन बनेको छैन । बरु मरेको मान्छेको चिहान समेत खन्न नपाउने कानुन मात्र बनेको छ । तर, पनि लामाहरुलाई यी बस्तुहरु प्राप्ति छ । त्यसकारण दूध खानलाई गाई नै पाल्नु पर्छ, घाँस काट्नै पर्छ भन्ने सोच पाल्नु दरिद्र सोचको उपच मात्र हो किन भने संसार व्यापक र विशाल छ ।

 

लेख  माङसेबुङ मासिकबाट साभार