विश्व शान्ति र मानव एकतामा किरात धर्म

होमबहादुर लिङ्देन

 

विषय उठान

यो सुन्दर संसार सबै प्राणी र वनस्पतिको साझा फूलबारी हो । यहाँ सबैले बाँच्न पाउने, रमाउन पाउने र आफ्नो विकास गर्न पाउने हक हुन्छ । सबैको जीवनचक्र प्राकृतिक र नियमित तवरले चलिरहनु पर्छ । यहीँ तवरले विश्व ब्रह्माण्ड चलेको छ । तर, आज यो प्राकृतिक चक्रीय प्रणालीमा मानिसले आफ्नो बर्चश्व कायम गरेको छ । मानिस आफ्नो चाहनालाई पूरा गर्न अरुको अस्तित्वलाई सखाप पादै विवेकहीन बनिरहेको छ । यहीँ विवेकको शुन्यता चुलिन्दै जाँदा मानिस–मानिसबीच ठूलो द्वन्द्व सिर्जना भएको छ ।

 

एकले अर्काको अस्तित्व स्वीकार नगर्ने, आप्mनो स्वार्थपूरा भएपछि अरुको वास्ता नगर्ने, अरुलाई दबाएर आफू माथि उठ्ने र आफू माथि भएपछि अरुको वास्ता नगर्ने प्रवृत्ति उत्कर्षमा छ । यसले अध्यात्मिकता, नैतिकता जस्ता पाठहरु विर्सी भौतिक वस्तुको मात्र विश्वास गर्ने प्रवृत्तिहरु मानिसमा बढ्न गएकाले हाल विश्वमा जताजतै अशान्ति छ । लडाइँ, भैm–भगडा, काटमार, लुटपाट बढिरहेको छ । मानिसहरुमा मानवता सकिंदै गएको छ । मानिसहरुमा मानवता सिद्धिनाले पूण्य सिद्धिन्छ । पूण्य सिद्धिएपछि जताततै अशान्ति बढ्छ । अशान्ति फैलनुमा मानिसको विचार र विवेकले ठूलो भूमिका निर्वाह गरेको हुन्छ । तर, विश्वमा शान्ति कायम गरी विश्व बन्धुत्वको भावना विकास गर्नु आजको आवश्यकता हो ।

 

मानिसको विचार र विवेकमा महानता आउनु र यो सुन्दर संंसार सबैको साझा घर हो भन्ने भावनाको विकास हुनु नितान्त जरुरी छ । यस्तो महान् विचारबाट मात्र विश्व शान्ति सम्भव छ । जसका लागि आजका मानिसहरुलाई भौतिक र अध्यात्मिक दुवै खालको शिक्षा दिनु जरुरी देखिन्छ । विज्ञानका आविस्कारहरुलाई मानिसले मानवीय भौतिक सुख सुविधाका निम्ति प्रयोग गर्नेर अध्यात्मिक शिक्षालाई मानवीय ज्ञान तथा सत्कार्यका दृष्टिकोणले ग्रहण गर्ने हो भने मानवीय विचार र विवेक फराकिलो बन्न सक्छ । यहीँ फराकिल्लो विचारको सिर्जना हुनु आजको आवश्यकता हो । जसका लागि किरात धर्मले अवलम्बन गरेको विश्व शान्ति र मानव एकताको मूल नाराको सान्दर्भिकताबारे यस लेखमा चर्चा गर्ने प्रयास गरिएको छ ।

 

धर्मको अर्थ

 

धर्म भन्नाले राम्रो काम गर्नु, दीन दुखीहरुको सेवा गर्नु वा पाप नगर्नु भन्ने अर्थ लाग्छ । आपत्तमा परेका मानिसहरुको सहयोग गर्ने र अरुको दिल हसाउने कार्य गर्नु नै धर्म हो । धर्म पापको विपरितार्थ शब्द हो । धर्मको सन्दर्भमा वर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ भन्नुहुन्छ ‘असल विचारको धारणा र सोही अनुसार व्यवहार गर्नु धर्म हो । असल विचार प्रवाहका लागि माङसँग नजिक पुग्ने माध्यम नै धर्म हो । धर्मले सत्य र शान्तिको बाटो देखाउँछ र हिडाउँछ । मान्छेलाई पापबाट मुतिm दिने र उज्यालो संसारमा पु¥याउने काम धर्मले गर्दछ । ईश्वरत्व प्राप्त गर्ने बाटोनै धर्म हो । धर्म ऐना हो जहाँ आफ्नो छाँया देखिन्छ ।’
बृहत् नेपाली शब्दकोषले धर्मलाई स्वर्ग प्राप्त गर्न सकिने लोक विश्वास भएको पुण्यकार्यका रुपमा व्याख्या गरेको छ । धर्मले मानव जातिले धारण गर्ने वा अनुशरण गर्ने जीवन चरित्रसँग सम्बन्ध राख्दछ । जति–जति पृथ्वीमा पाप बढ्दै जान्छ ।

 

 

उति–उतिनै धर्मको आवश्यकता पर्छ । र, मुहिङगुम अङसीमाङहरुको जन्म भई धर्मको उदय हुन्छ । धर्मबाट पाप र असत्यको अन्त्य भई सत्य, शान्ति र मोक्षको बाटो खुल्दछ । यहीँ मोक्षको बाटोले मानिसलाई सदासर्वदा शान्ति प्रदान गर्दछ । यसरी असल बाटोमा हिड्न सिकाउने सत्मार्गको भ¥याङ हो धर्म । जसबाट माङ प्राप्त गर्न सकिन्छ । माङ प्राप्तिले मात्र मानिस सत्य, शान्ति र मोक्षको फूलबारीमा पुग्न सक्छ । त्यो सत्य र अहिंसाको सुन्दर फूलबारीमा पुग्ने अनेक बाटाहरु छन् । ती बाटाहरु भन्नाले कर्म, व्यवहार, संस्कार संस्कृति वा विधि र पद्धतिलाई बुझ्नु पर्दछ । यी विधि र मान्यताहरु सबैको आ–आफ्नै हुन्छन् । यिनै मानिसलाई सत्तमार्गमा डो¥याउने र माङ प्राप्त गर्ने अनेक पद्धतिहरुलाईनै मानिसहरुले आ–आफ्नै धर्म भनि अनुशरण गरेका हुन्छन् । जे होस्, बाटो अनेक भए पनि मानिसलाई सत्तमार्गमा हिंडाई माङ प्राप्त गर्ने मूल उद्देश्य एउटै हो । जुन उद्देश्यमा पुग्ने मूल बाटो नै धर्म हो ।

 

किरात धर्म

 

पृथ्वीको पूर्वीय गोलार्धमा रहेको उच्च एशियन हिमशृङ्खलाको आसपासमा मानव उत्पत्ति र विकास भएको मुन्धुममा उल्लेख छ । यहीँ उत्पति र विकास सँगसँगै विभिन्न काल खण्डहरुमा स्थापित मानवीय मूल्य र मान्यता, आदर्शता तथा जीवन दर्शनका वृत्ति, प्रवृत्तिहरुले मान्यता पाउँदै गए । मानिसहरुले यिनै जीवन–मरणका मूल्य र मान्यताहरुलाई स्थापित गर्दै माङप्राप्तिका मान्यताहरुको पनि विकास गर्दै गए । यसरी मानव उत्पत्ति र विकास सँगसँगै यस भूगोलमा मानव जीवन दर्शनका वृत्ति, प्रवृत्ति, मूल्य मान्यता र आदर्शताको विकास गराउनेहरु हाङसाम थेबाका सन्तान थिए । यी मानवीय मूल्य र मान्यताहरु यिनै हाङ्साम थेबाका सन्तानहरुले विकसित गर्दै गए । कालान्तरमा आएर हाङसाम थेबाका सन्तानहरु किराती कहलिन पुगे । यी किरातीहरुले अनुशरण गरेको मूल्य र मान्यताहरुनै किरात धर्म बन्न पुग्यो । प्राध्यापक नोबल किशोर राईका अनुसार किरात जातिले आफ्नो एउटा मूल वृत्ति, र सदाचार अपनाएर खास मार्ग रेखाङ्कन गरेर ल्याए । जसलाई किरात धर्म भनेर चिनिन थाल्यो ।

 

किरात धर्म अत्यन्तै प्राचीन धर्म हो । धर्म मानव जातिले ग्रहण गर्ने भएको हुँदा मानव जातिको उत्पत्तिसँगै स्थापित भएको धर्म हो– किरात धर्म । त्यसैले किरात धर्म अत्यन्तै पुरानो र जेठो धर्म हो । किरात धर्म विभिन्न कालखण्डमा कहिले विकासको चरम उचाइमा पुगेको र कहिले विनाश भई सुन्यतामा झरेको अवस्थाहरु पाइन्छ । यी मानवीय मूल्य मान्यताहरुमा विकृति, विसंगति बढी पापको पोखरीमा मानिसहरु चुर्लुम्म डुबेपछि धर्मको विनास भएको पाइन्छ । त्यस्ता समयहरुमा मुहिङगुम अङसीमाङहरुको जन्मअवतार भई पापको विनाश हुन्छ र धर्मको उदय हुन्छ । किरात धर्ममा पनि समय समयमा यस्ता मुहिङ्गुम अङसीमाङहरुको जन्म भई धर्मको रक्षा भएको अवस्थाहरु छन् । किरात धर्ममा सुरु कालदेखि अहिलेसम्ममा ८ जना मुहिङ्गुम अङसीमाङहरुको जन्मअवतरण भई धर्मको माध्यमबाट मानिसहरुलाई सत्तमार्गमा हिडाउने कार्य भएको छ । किरात धर्मका उक्त आठ मुहिङगुम अङसीमाङहरु निम्न अनुसार रहेका छन्, १. सोधुङगेन लेप्मुहाङ, २. येहाङ, ३. कान्देन्हाङ, ४. थाक्थाकुम माबोहाङ, ५. सिरिजङ्गाहाङ, ६. मुहिङ्गुम अङ्सीमाङ लिङ्देन फाल्गुनन्द, ७. मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ, र ८. मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ।

 

किरात धर्ममा उल्लेखित मुहिङगुम अङसीमाङहरुको मुख्य देन र योगदान रहेको छ । उहाँहरुकै देन र योगदान अनुरुप किरात धर्म विशिष्टकृत बन्न सफल भएको छ । यस विशिष्टिकृत किरात धर्ममा विविध विशेषताहरु पाइन्छन् । जुन विशेषताहरु निम्नअनुसार रहेका छन्ः १) प्राचीनता, २) अध्यात्मिकता, ३) सत्यता, ४) अहिंसा, ५) शान्ति, ६) भातृत्व, ७) एकता, ८) सहिष्णुता, ९) समानता, १०) मानवता, ११) आदर्शता, १२) सामाजिकता, १३) सांस्कृतिकता, १४) सुधारात्मकता, १५) प्रगतिशिलता, १६) वैज्ञानिकता, १७) प्रकृतिपूजा, १८) सत्तकर्म, १९) सत्तकर्म संस्कार, २०) मुन्धुम वाचन, २१) जपतप, २२) योग ध्यान, २३) ज्योतिष आदि ।
किरात धर्ममा भएका यी विविध विषेशताहरुलाई समग्रमा अध्यायन गर्दा निम्न पक्षहरुमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ ।

१. ज्ञान वा दर्शन पक्ष
२. कर्मकाण्ड वा कर्म संस्कार पक्ष
३. आचार संहिता र समाज सुधार पक्ष
४. प्रकृतिपूजा तथा विश्व वातावरण संरक्षण पक्ष
५.गुरुआश्रम र माङहिम पक्ष
६. विश्व शान्ति, अहिंसा र मानव एकता पक्ष
७. सांस्कृतिक संरक्षण पक्ष
८. मुन्धुम, खाइक, सिवाखाहुन र माङइङघङ पक्ष
९. जप, तप, योग, ध्यान र सिदासाम्बा पक्ष
१०. भाषा, लिपि, र साहित्य संरक्षण पक्ष

किरात धर्मका यी विविध पक्षहरुलाई समान तवरले अघि बढाउन नितान्त आवश्यक छ । जसलाई समान तवरले अघि बढाउन र पूर्णता दिन किरात धार्मिक सांगठनिक संरचना तयार पारिएको छ । जुन संरचना निम्न अनुसार रहेको छ ।
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको प्रमुख संरक्षकत्वमा किरात धर्मका सर्वोच्च निकायका रुपमा दुई वटा संस्थाहरु रहेका छन् । ती किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा हुन् ।

१. किरात धर्म तथा साहित्य उत्थान संघको निम्न सांगठनिक संरचना
क) किरात धर्म तथा साहित्य उत्थान संघ, केन्द्रीय कार्य समिति
ख) किरात धर्म तथा साहित्य उत्थान संघ, राष्ट्रिय कार्य समिति (विभिन्न राष्ट्रहरुमा)
ग) किरात धर्म तथा साहित्य उत्थान संघ, जिल्ला कार्य समिति (विभिन्न जिल्लाहरुमा)
घ) किरात धर्म तथा साहित्य उत्थान संघ, प्रारम्भिक कार्य समिति (विभिन्न गाउँहरुमा)

 

२. किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवाको सांगठनिक संरचना निम्न अनुसार रहेको छ । किरात चोत्लुङ मुहिङगुम अङसी मागेन्ना सेवाका माताहतमा सातवटा संगठनहरु रहेका छन् । ती संगठनहरु निम्न बमोजिम रहेका छन् ।
क) किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो
ख) किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो
ग) किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भो
घ) किरात साम्यो सुनुगेन थक्सुवा मुजोत्लुङ पान्जुम्भो
ङ) किरात साम्यो थामेन्दिङमा मुजोत्लुङ पान्जुम्भो
च) किरात साम्यो हक्चात यक्चुम
छ) किरात साम्यो माङसेवासाम्लो पान्जुम्भो बाहेक माङगेन्ना समितिको हरेक गाउँसँग सोझै सम्पर्क रहने गरी माङगेन्ना गाउँ कार्यदल रहेको छ । र, मुख्य मातहत समितिहरु नालीफूङवा, साक्थिमगेन, माङसेवासावा र थामेन्दिङमा पान्जुम्भोको केन्द्र, जिल्ला र गाउँ समितिहरु रहेका छन् ।

 

यी धार्मिक संस्थाहरु बाहेक किरात धर्मगुरु निजी गुरु आश्रमभित्रको भौतिक संरचना निर्माण र कृषि सम्बन्धी कार्यहरुका लागि निजी गुरुआश्रम कृषि समिति गठन गरिएको छ । यस समितिको सिधै सम्बन्ध रहने गरी गाउँ समितिहरु गठन गरिएका छन् । यसका साथै विदेशमा समेत यसको सम्पर्क समिति गठन गरिएको छ । निजी गुरु आश्रमभित्रको भौतिक संरचना तयार गर्न निजी गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार आर्थिक व्यवस्थापन समिति समेत गठन गरी कार्यान्वयन गरिएको छ । यिनै संगठनहरु मार्फत किरात धर्म आफ्नो पूर्ण दर्शन लिएर विश्व सामू द्रुत गतिमा अघि बढिरहेको छ ।

 

किरात धर्ममा विश्व शान्ति र मानव एकता

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द भन्नुहुन्छ– हामीले कहिल्यै क्रोध, घमण्ड, अहंकार गर्नु हुँदैन, झै–झगडा काटमार हत्या हिंसा गर्नु हुँदैन् । सबैजना मिलेर बस्नुपर्छ । कसैले एक थप्पड लगाई हाले पनि तपाईको हात पो दुख्यो की भनेर हाँसेर ऊसँग मिलेर आत्मीयता साट्नु पर्छ । सहन, सिक्नु पर्छ । सहेर सानो होइन्न । एकले अर्काको कदर गर्न सिक्नु पर्छ । हामी सबै विश्वका मानिसहरु बन्धु हौं । हामी मानिस हौं, हामीले मान्छे जस्तो बन्न सिक्नु पर्छ । हामीले मान्छे बन्नलाई सत्य र शान्तिको बाटोमा हिड्नु पर्छ । त्यहीँ सत्य र शान्तिको बाटोले मात्र हामीलाई माङको नजिक पु¥याउन सक्छ । सत्य र शान्ति भएन भने यो सुन्दर संसार नै रहँदैनन् । हामी मानिस त ज्ञान भएको प्राणी भएकोले अरु प्राणीलाई समेत माया गर्न सिक्नु पर्छ । जीव हत्या गर्नु हुँदैन । फूल, अक्षताले माङको सेवा गर्नुपर्छ, आफूले पनि सात्विक जीवन जीउनु पर्छ । मद–मदिरा सेवन गर्नु हुँदैन । मद–मदिराले झै झगडा गराउँछ । हामी शान्तिवादी हौं । अहिंसानै हाम्रो मूल दर्शन हो । त्यसैले विश्व शान्ति र मानव एकता हाम्रो धर्मले मूल नारा बनाएको छ ।

 

मुहिङगुम अङसीमाङका यी महान्वाणीहरुलाई मनन् गर्दा किरात धर्ममा शान्तिको महिमा अग्रस्थानमा रहेको मान्न सकिन्छ । साँच्चैनै किरात धर्मगुरुका यी महान्वाणीहरु सबैले पालना गर्ने हो भने विश्व शान्ति टाढा छैन् । हामी संसारका मानव जातिहरु बन्धु हौं, दाजु–भाइ हौं । हामी सबै मिलेर आत्मीयताको अंगालोमा बाँधियौं भने यो संसार कति सुखी बन्न सक्छ ? कति सुन्दर बन्न सक्छ ? हामी सहजै अनुमान लगाउन सक्छौं । अब साँच्चैनै त्यो सुखको दिन आउन आवश्यक छ । यस्तो दिन आउन किरात धर्मबाट मात्र सम्भव देखिन्छ । हामी सबै मानिसमा को धनी ? को गरीब ? को ठूलो ? को सानो ? र, तँ गोरो, तँ चुच्चे, तँ नेप्टे भन्ने भेद्भावयुक्त भावनाबाट माथि उठेर पवित्र विचारमा बग्न सक्यौ भने विश्व शान्ति सम्भव छ । अङसीमाहरुको वाणीहरुमा यहीँ पवित्र भावना र विचार बगेको हुन्छ । सबैमा यो विचार र भावना प्रवाह भएमा किरात धर्मले चाहना गरेको विश्व शान्ति सम्भव हुन सक्छ ।

 

विश्वका सम्पूर्ण मानिसबीच आत्मीयता, सौहार्दता, सहिष्णुता, मित्रता, एकता र विश्व बन्धुत्वका भावनाहरु पैदा भई समान हक र अधिकारहरु बाँडफाँड गरी सत्य र शान्तिको बाटोमा हिड्न सके विश्व शान्ति हुन सक्छ । मानव मुक्ति र सुख समृद्धिका लागि शान्ति अपरिहार्य हुन्छ । संसारका सकल प्राणी चराचर सृष्टिलगायत विश्व ब्रमाण्डलाईनै शान्ति अपरिहार्य छ। यहीँ अपरिहार्यतालाई किरात धर्मले आफ्नो मूल नारा बनाई मानव मुक्तिको बाटो खोलेको हुँदा किरात धर्ममा शान्तिको महिमा उच्च रहेको छ भन्न सकिन्छ ।

 

किरात धर्म र मानव एकता

 

एकता नै बल हो । एक थुकी सुकी, सय थुकी नदी भने झैं धेरै मानिसहरुको एकता बन्यो भने थुकबाट पनि नदी बन्न सक्छ । अर्थात्, उद्देश्य हासिल गर्न सकिन्छ । किरात धर्मको मुख्य उद्देश्य विश्वमा शान्ति कायम गरी यस संसारलाई सुन्दर फूलबारी बनाउनु हो । विश्वका मानिस एक भई हाँसी, खुशीका साथ रमाएर अनन्त कालसम्म सुख, समृद्धि र अमनचयन कायम गरी पृथ्वीलाई स्वर्ग जस्तै बनाई राख्नु हो । यस प्रसंगमा किरात धर्मगुरुले भन्नु भएको छ – हामी सबै मानिहरुले मनभित्रको पाप हटाएर सत्य र शान्तिको मार्गमा एउटै विचार बनाएर लाग्यौं भने यो सुन्दर संसार फूलबारी बन्न सक्छ । एउटा सुन्दर फूलबारीमा सबै खालको फूलहरु फूलेर सुन्दरता दिए जस्तै यो संसार पनि मानिसहरुको फूलबारी हो । सबै मानिसहरु फूल जस्तै ढकमक्क फूलेर आ आफनै सुगन्ध छरे भने यो संसार वास्तवमै सुन्दर फूलबारी बन्न सक्छ । जसका लागि मानिसमा सच्चा भावना र एकताको खाँचो छ । त्यहीँ आवश्यकतालाई पूरा गर्ने किरात धर्मले लक्ष बनाएको छ ।

 

मुहिङगुम अङसीमाङका यी महान्वाणीहरुबाट के बुझ्न सकिन्छ भने मानिसहरुमा सच्चा आत्मा र पवित्र भावना बन्यो भने विश्व शान्ति र मानव एकता सम्भव छ । सबैको एकताको प्रयासले मात्र संसार सुन्दर फूलबारी बन्न सक्छ । सबैले सुख, शान्ति र समृद्धि प्राप्ति गर्न सक्छन् । यहीँ एकताको प्रसंगमा मुहिङगुम अङसीमाङ फाल्गुनन्दले भन्नुभएको छ– ‘तिमीहरु एकताबद्ध भई सत्यको बाटोमा लागेर असल कार्यहरु गर्दै गयौं भने तिमीहरुको निधारमा घाम उदाउँछ है ।’ महागुरुको उक्त महान्वाणीबाट पनि एकतामा बाँधिएर असल कार्यमा लाग्नु मानव मुक्तिका लागि अपरिहार्य छ भन्ने कुरा थाहा पाउन सकिन्छ । मुहिङगुम अङसीमाङहरुका यी महान्वाणीहरुलाई अध्ययन गर्दा किरात धर्ममा विश्व शान्ति र मानव एकताको महिमा उच्चतम स्थानमा रहेको मान्न सकिन्छ ।

 

निष्कर्ष

 

संसारमा हरेक मानव जातिहरुले अवलम्बन गरेका धर्महरुको मुख्य लक्ष्य विश्वमा शान्ति कायम गर्नु नै हो । त्यो उद्देश्यलाई पूरा गर्ने सिद्धान्त भने फरक–फरक हुन सक्छन् । त्यसै गरी विश्व शान्ति र मानव एकतालाई मुख्य लक्ष्य बनाएर आफ्नै सिद्धान्तका आधारमा अघि बढिरहेको विश्वको मुख्य धर्महरु मध्ये किरात धर्म पनि एक हो । किरात धर्मका पनि धेरै लक्ष्य र सिद्धान्तहरु छन् । ती मध्ये एउटा महान् लक्ष्य विश्व शान्ति र मानव एकता हो ।

 

वास्तवमा धर्म मानव हितका लागि हो, मानव मुक्तिका लागि हो, सबै मानवले सुख, शान्ति र समृद्धि प्राप्त गर्नलाई हो । किरात धर्मले मानिसलाई यहीँ अहिंसा, शान्ति, सत्तमार्ग र मुक्तिको मार्गमा हिड्न प्रेरित गर्दछ । पापको दलदलमा फसेकाहरुलाई उकास्ने र सुन्दर फूलबारीमा पु¥याउने कार्य गर्दछ । मानिसहरु भित्रको अहंकार, क्रोध, घमण्ड हटाएर आत्मीयता, एकता, मित्रता, अहिंसा, शान्ति र सहयोगी पन जस्ता गुणहरु प्रदान गरी मानवताको विकास गराउँछ । जसका कारण मानिसमा दया, धर्म, प्रेम जस्ता संवेगहरुको विकास भई विश्वमा शान्ति कायम हुन सक्छ । सबै मानिस शान्तिपूर्वक आनन्दले जीउन पाउँछन् । डर, त्रास, भयको अन्त्य भई समुन्नत संसारको निर्माण हुन्छ र अनन्त अनन्त कालसम्म सुख, समृद्धि, कायम गराई राख्न सकिन्छ । यो नै किरात धर्मको मूल लक्ष्य हो । यहीँ लक्ष्य प्राप्ति गर्न किरात धर्ममा समय समयमा मुहिङगुम अङसीमाङहरुको जन्म भएको छ । वहाँहरुकै नीति, निर्देशन, सोच विचार अनुसार मुन्धुमको माध्यमबाट कर्मयोगी तवरले किरात धर्मअघि बढिरहेको छ । विश्वमा सत्य र शान्ति स्थापना गर्न किरात धर्मको अहम् भूमिका रहेको छ । विश्वमा शान्ति कायम गर्ने कार्य ज्यादै कठिन भए पनि मुहिङगुम अङसीमाङहरुको देनका कारण यो सम्भव छ । अतः किरात धर्ममा विश्व शान्ति र मानव एकता कोशेढुङ्गा सावित हुन पुगेको छ ।

(यो लेख किरात बहस शृङखला पुस्तकबाट साभार गरिएको हो)