ज्ञानु केदेम ‘मुक्साम’
किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्मभूमि इलामको माङसेबुङ धार्मिक पर्यटकीयस्थलको रुपमा पछिल्लो समयमा संसारभर कहलिँदै गएको छ । वहाँले पुनः उत्थान गर्नु भएको किरात धर्म दर्शन र संस्कार संस्कृतिको व्यापक प्रचार–प्रसारसँगै वहाँको जन्मभूमि र तपोभूमिस्थल माङसेबुङ चर्चित बन्दै गएको हो । महागुरु फाल्गुनन्दको मात्र जन्मभूमि नभई वहा“को अधूरो र अपूरा रहेका कार्यलाई पूरा गर्ने अभिभारा लिई आउनु हुने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङको जन्मभूमि, तपोभूमि र कर्मभूमि पनि हो ।
मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द
त्यसैगरी मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देनको पनि जन्मभूमि र कर्मभूमि माङसेबुङनै बनेको छ । महागुरु फाल्गुनन्द र अङसीमाङ आत्मानन्दको जन्मभूमि माङसेबुङ गाउँपालिका वडा नं. २, इभाङ साविक इभाङ गा.वि.स. वडा नं. ५, डाँडागाउँ हो भने, मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देनको जन्मभूमि माङसेबुङ ३, साविक बाँझो गा.वि.स. वडा नं. ८, खलङगे हो । यसरी वहाँहरुको तपोभूमि माइ, देउमाई र मेक्वा खोलाको संगमस्थल फुलुङगीको आसपास महागुरुको देउमाई नगरपालिका साविक जीतपुर ९, खत्रक्पा र अङसीमाङ आत्मानन्दको तपोभूमि माङसेबुङ ३, गुफाडाँडा हुन् । अङसीमाङ आत्मानन्द सेइङ तथा अङसीमामाङ पवित्रहाङमा साँबाको कर्मभूमि समेत यहीँनै बनेपछि माङसेबुङ संसारभर कहलिएको छ ।
किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिक तिर्थस्थलको रुपमा परिचित इलामको माङसेबुङ करिब चार दशक पहिले विकट र अनकन्टार ठाउँ थियोे । तत्कालीन समयताका भौगोलिक विकटता, विकास निर्माणमा पनि पछि परेको इलामको कर्णाली क्षेत्रको रुपमा चिनिएको थियो । त्यो समयमा माङसेबुङ यसरी धार्मिक पर्यटकीय गन्तव्यस्थल बन्छ भन्ने सायदै कल्पना गरिएको थियो ।
अङसीमाङ आत्मानन्द तथा अङसीमामाङ पवित्रहाङमा
देवदुत मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द, अङसीमाङ आत्मानन्द तथा अङसीमामाङ पवित्रहाङमाज्यूहरुको जन्मभूमि, तपोभूमि र कर्मभूमि बनेको माङसेबुङमा पछिल्लो समयमा विकासका पूर्वाधारहरु कोरिन थालेका छन् । राज्यको पुनः संरचनापछि संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकायबाट केहीँ रकम निकासा गरिएर कुनै ठाउँहरु निर्माण गरिएका छन् भने, कुनै ठाउँहरुमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको पहल र निर्देशनमा किरात धार्मिक भक्तजनहरुको सहयोगले विकास निर्माणका कामहरु हुँदै आएको छ ।
माङसेबुङ एक धार्मिक पर्यटकीय क्षेत्र बन्ने प्रचुर सम्भावना बोकेको इलाम जिल्लाको स्थानीय तह हो । माङसेबुङमा रहेको किरात समुदायको केन्द्रीय धार्मिकस्थल माङसेबुङ, गजुरमुखि धाम, माङमालुङ÷थालाचेप्पा धार्मिक पर्यटकीय क्षेत्रहरु त केहीँ प्रचारप्रसार गरिएको भएपनि राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र अङसीमाङ आत्मानन्द तथा अङसीमामाङ पवित्रहाङमाको जन्मभूमि र तपोभूमिहरु प्रचार प्रसार र विकास निर्माणबाट ओझेलमा परेका छन् । यी ऐतिहासिक र महत्वपूर्ण धार्मिकस्थल बाहेक पनि माङसेबुङमा असंख्य धार्मिक पर्यटकीयस्थल बन्न सक्ने र बनाउन सकिने क्षेत्रहरु रहेका छन् । तर, यसमा राज्यको नजर पुग्न जरुरी छ ।
यसरी संसारमा अङसीमाङ (महात्मा) हरुको जन्मभूमि र कर्मभूमि अपवाद बाहेक प्राय विकट र अनकन्टार ठाउँहरुनै रहेको छ । कुरीति कुसंस्कारमा रहेका समाजलाई सम्य र शिक्षित बनाउने अभिभारा लिई आउनुहुने अङसीमाङहरुको जीवनयापन सहज रहेको इतिहास पढन् कमै मात्र पाइन्छ । तर, जतिसुकै असहज भएपनि निरन्तर समाज सुधारमा लागेर अङसीमाङहरुले सफल बनाउनु हुन्छ ।
किरात धर्म दर्शनलाई पुनः उत्थान गर्नुहुने अङसीमाङहरुको जन्मभूमि, तपोभूमि र कर्मभूमि समेत बनेको माङसेबुङ, शान्तिका दुत, बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धको जन्मभूमि लुम्बिनी झै निकट भविष्यमा विश्वसामु परिचित हुने निश्चित छ । माङसेबुङ संसारभर प्रचारप्रसार हुँदा देशको पर्यटन प्रबद्र्धन हुने हो । पर्यटन प्रबद्र्धनमा विकास भएपछि राज्यको अर्थतन्त्रमा टेवा पुग्ने हो । त्यसैले माङसेबुङको प्रचारप्रसार र विकास निर्माणमा राज्यको भूमिका महत्वपूर्ण रहन्छ ।
यसका लागि राज्यको नीतिमा समानता हुनु जरुरी छ । किरात समुदायले पहल गरिरहेको माङसेबुङलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न, गराउन राज्यनै लाग्न आवश्यक छ । यसका लागि आवश्यक पूर्वाधारहरुको निर्माणमा राज्य अनुदार नहुने हो भने, माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा स्थापना गर्न धेरैं समय कुर्नु पर्दैन ।
(यो लेख माङसेबुङ मासिकबाट साभार गरिएको हो)