आङ्बुहाङ अबोध अविरल
थालनी
पछिल्लो समय किरात धर्मबारे थप बहस छलफल हुन थालेको छ । सामाजिक सञ्जालमा मानिसको पहु“च पुगेस“गै धर्मबारे अनेक किसिमका बहस हुने गरेका छन् । किरात धर्मका विषयमा हुने कतिपय अतिवादी बहसहरुका कारण समाजमा द्वन्द्व र वैमनस्यता फैलने देखिएको छ । अर्कोतर्फ किरात धर्म के हो भन्नेबारे अनेक भ्रमहरु सिर्जना भइरहेका छन् ।
के हो धर्म ?
धर्म बोलीचालीमा अत्याधिक प्रयोग हुने शब्द हो । धर्मको बारेमा फेसबुकका वालमा अनेक थरी पोष्ट गरेको पाइन्छ । बृहत् नेपाली शब्दकोषले धर्मको आधादर्जन अर्थहरु दिएको छ । शब्दकोषले धर्मलाई ‘१. व्यक्तिको गुण वा मूल वृत्ति, प्रकृति स्वभाव २. स्वभाविक गुण ३. स्वर्ग प्राप्त गरिने लोक विश्वास ३. असल आचरण, सदाचार, नियम ४. पुण्य, सत्कर्म ५. इश्वर वा सत्गतिका लागि गरिने शास्त्रविहित कर्म…’ भनि परिभाषित गरेको छ । यसैगरी इङिलस डिक्सनरीले ‘विश्वास र अलौकिक नियन्त्रात्मक शक्ति’ का रुपमा धर्मलाई परिभाषित गर्दछ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले धर्मलाई ‘जीवनलाई डो¥याउने मार्ग’, ‘मानिसको सोंचलाई सफा गर्ने साबुन’ ‘जीवनलाई सही दिशामा निर्देश गर्ने सफ्टवेयर’ आदिका रुपमा परिभाषित गर्नुहुन्छ ।
धर्मसम्बन्धि माथिका परिभाषाहरुलाई हेर्दा धर्म अलौकिक शक्तिप्रतिको विश्वास र जीवनलाई असल आचरण, सदाचार, नियम सिकाउने पद्धति हो । यसको शुरुवात कुनै समुदायको वृत्ति, प्रवित्तिबाट शुरु हुन्छ वा महात्माहरुको विचारबाट । क्रिश्चियन, मुस्लिम र बौद्ध धर्म महात्माहरुको विचारबाट शुरु भएका धर्म हुन् । क्रिश्चियन धर्म मूल रुपमा जेसस क्राइष्टको जीवन दर्शनबाट सञ्चालित छ । यसैगरी मुस्लिम मुहम्मद र बुद्ध धर्म बुद्धदर्शनमा आधारित छन् । अर्कोतर्फ हिन्दू र किरात धर्म समुदायको अनुभवबाट शुरु भएका छन् । यद्यपि, यी धर्मको विकास र विस्तारमा विभिन्न महात्माहरुको ठूलो भूमिका रहेको छ । यसैगरी कुनै पनि धर्ममा मानिएका ईश्वरहरुको नामबाट थुप्रै सम्प्रदायहरु विकसित भएका छन् ।
क्रिश्चियन, मुस्लिम, हिन्दू र बौद्ध आदि जनसंख्याका हिसाबले विश्वका ठूला धर्महरु हुन् । यी बाहेक साना संख्यामा अनुयायी रहेका दर्जनौं धर्महरु छन् । क्रिश्चियन, मुस्लिम, ज्युयिस आदिलाई पश्चिमेली धर्मको रुपमा उल्लेख गरेका छन् । यी धर्महरु अब्रहमिक धर्मका रुपमा पनि चिनिन्छ । हिन्दू, बौद्ध र किरात धर्महरु पूर्वीय धर्महरु हुन् । पाश्चात्य दर्शनको इतिहासमा आधारित पुस्तक ‘सोफिज बल्र्ड’ मा गार्डरले अब्रहमिक धर्महरुको एउटा साझा विषेशता भनेको ‘प्रार्थना’ गर्ने भनी उल्लेख गरेका छन् । उनीहरु पूजाआजा गर्दैनन् । भक्तको प्रार्थना दुतको माध्यमबाट इश्वरमा पुग्छ भन्ने ठान्दछन् । यता पूर्वीय धर्महरुमा पाइने साझा विषेशता ‘पूजा आराधना’, ‘सेवा’ गर्ने चलन छ । यी धर्महरुमा बली पूजा र फूल फलेदो दुवै तरिकाले पूजा गर्ने चलन छ । पूर्वीय धर्महरु हिन्दु, बौद्ध र किरात धर्म ‘मिस्टिसिजम’ विश्वास गर्दछ । उनीहरु ‘तान्त्रिक’ कुराहरुमा विश्वास गर्दछन् । व्यक्तिमा ईश्वर÷माङ चढ्छ भन्ने धारणा पूर्वीय धर्ममा छ । ध्यानको माध्यमबाट ईश्वरमा लीन हुन सकिनेमा यी धर्महरु विश्वास गर्दछन् । अर्कोतर्फ पाश्चात्य धर्ममा यो विश्वास गरिन्न ।
किरात धर्म
किरात धर्म एशियाको विकसित धर्म हो । हिन्दु र बुद्ध विश्वका दुई दर्जन बढी मुलुकहरुमा किरात धर्मावलम्बीहरु छरिएर रहेका छन् । नेपालको जनगणना वि.सं. २०६८ का अनुसार किरात धर्म नेपालको चौथो धर्म हो । ‘विश्व शान्ति र मानव एकतामा किरात धर्म’ नामक कार्यपत्रमा प्राध्यापक नोबल किशोर राईले किरात धर्मबारे चर्चा गर्नुभएको छ । ‘नेपालमा किरातहरु निक्कै प्राचीन आदिवासीहरु भनेर चिनिएका छन् । अन्य मानव समुदाय सरहनै किरात जातिले पहिले आफ्नो मूल बृत्ति, प्रवृत्ति र सदाचार अपनाएर आफ्नो खास मार्ग रेखाङ्कन गरेर ल्याए’, प्राध्यापक राई लेख्नुहुन्छ, ‘सम्पूर्ण किरात जन समुदायले युगयुगदेखि अपनाएर ल्याएको यस मार्गलाई किरात धर्म भनेर चिनिन थाल्यो (२७ र २८ )।’ किरातीहरुको मार्ग किरात धर्ममा मूलत ःप्रकृति पूजा, पितृ पूजा र सत्मार्ग मूल वृत्ति र प्रवृत्ति भएको प्राध्यापक राईको दाबी छ ।
‘किरात धर्म र किरात धर्म अन्तर्राष्ट्रिय महासम्मेलन’ नामक लेखमा बैरागी काइलाले किरात धर्मबारे सविस्तार लेख्नुभएको छ । राई र काईलाका लेख ‘किरात धर्म अन्तर्राष्ट्रिय महासम्मेलनको स्मारिका २०५७’ मा प्रकाशित छ । प्राज्ञ काइलाका अनुसार ‘परापूर्वकालदेखि श्रृति परम्परामा आधारित मुन्धुम अनुसार दैनिक जीवनयापन गर्ने काम र धार्मिक कृयाकलाप गर्दै आउने अथवा किरात धर्म पालन गर्ने जातिलाई किरात जाति भनिन्छ ।’ समय र शासकहरुको परिवर्तनस“गै किरातीहरुले आफ्नो गौरवशाली इतिहास विर्सिएको वहा“को मत छ । ‘कालको कुचक्रमा परेर विर्सिएका आफ्ना गौरवशाली परम्परा र इतिहासहरु समयको अँन्ध्यारो खाडलभित्रबाट उत्खनन् गर्ने काममा किरातहरु एक भई जुटेका छन् । आफ्नो जातित्व समेत विर्सेका तिनले आफूलाई किरात हौं भनी सगर्व चिनाउन थालेका छन्’ वहा“ लेख्नुहुन्छ, ‘आफूलाई किरात हौं भनी चिनाउन गर्व गर्ने वर्तमान नेपालका लिम्बू, याख्खा, खम्बू (हालका राई र सुनुवार आदि) जातिले मानि आएको विभिन्न परम्परागत धार्मिक पद्धतिनै समष्टिमा किरात धर्म हो (४७)।’
किरात लिम्बू जातिको युमा र थेबा तथा किरात खम्बू जातिको सुम्निमा र पारुहाङ आदि तागेरा निङवाभूमाङको विविध रुप हुन् भएको काइला उल्लेख गर्नुहुन्छ ।
‘विश्व शान्ति र मानव एकताको सन्दर्भमा किरात धर्म’ विषायक कार्यपत्रमा डा.हर्षबहादुर बुढामगरले धर्मराज यमीको हवला दि“दै लेख्नुुुहुन्छ— हिमालका विभिन्न ठाउ““मा बसोबास गर्ने मगर, गुरुङ, कुसुन्डा, खस, लिम्बू, खम्बू, तामाङ, चेपाङ, धामी, मिस्मा, न्यार्ना, नोहाङ, नेवार इत्यादी किरात जाति थिए ।
मगरका अनुसार अनादिकालदेखि नेपाल तीन नामले प्रख्यात छ । हिमवत खण्ड, किरात देश र नेपाल । ‘यसको सिमाना काश्मिरको तप्त कुण्डदेखि बर्माको छेउसम्म पर्ने परशुराम कुण्डसम्म फैलिएको देशलाई किरात देश भनिन्थ्यिो । कामरुपमा किरात धर्मनै प्रस्ट भएको देखिन्छ (३१)।’ वहा“ले मगर, गुरुङ लगायतका जातिहरु पनि किरात धर्मावलम्बी भएको संकेत गरेका छन् ।
विकिपिडिया नामक विश्व ज्ञानकोषले किरात धर्मलाई ‘किरातीज्म’ भनी परिभाषित गरेका छन् । किरातीज्यलाई नेपालका आदिवासीस“ग सम्बन्धित धर्मका रुपमा उल्लेख गरिएको छ ।
समग्रमा किरात धर्म प्राचीन किरात जातिहरुको अनुभव र ज्ञानहरुको संग्रह हो । किराती पूर्खाहरुले संसारलाई हेर्ने, चिन्ने र बुझ्ने दृष्टिकोण निर्माण गरे । प्रकृतिलाई माङको रुपमा चिने र प्रकृतिपूजा पद्धतिको विकास गरे । कृषिमा आधाररित जीवन दर्शनको विकास गरे । मुन्धुम÷मुन्दुममा आधारित जीवन पद्धतिको विकास गरे । यसका निम्ति सोधुङगेन लेप्मुहाङ, येहाङ, कान्देनहाङ, माबोहाङ, सिरिजंगा र फाल्गुनन्दको ठूलो योगदान छ ।
अङसीमाङहरुको योगदान
लामो समयदेखि मुन्धुममा आधारित जीवन पद्धति अंगालेका नेपालका आदिवासी राई, लिम्बू, याख्खा, सुनुवार, थामी आदिलाई शाहकालमा राज्यले हिन्दु धर्मिको रुपमा चिनाउने काम गरिएको थियो । हिन्दु शासक शाह र राणाहरुले नेपाललाई असली हिन्दुस्थान बनाउने प्रयास गरेका थिए । उनीहरुले देशभर हिन्दु धर्म, खस भाषा र संस्कृति लादिदिए । राई, लिम्बूले झै दशैं, तिहार मान्ने, देवीको दशैंमा र लक्ष्मीको तिहारमा पूजा गर्न थाले । विद्यालयहरु स्थापना भएपछि सरस्वतीको पूजा गर्न थाले । खस भाषा बोल्न थाले । आफ्नो नामहरु खस भाषामा राख्न थाले । हिन्दुहरुको चाड दशैंमा छोरीचेलीको सोतरित खाने कामलाई बढवा दिए । जंगबहादुर राणाले एक ऐन ल्याएर तिमीहरु मतुवाली भनिदिएपछि मद मदिराको सेवन राई, लिम्बूले झनै बढाए ।
यसैबीच महागुरु फाल्गुनन्दले आदिवासी किरातीहरुले मान्दै आएको परम्परालाई धर्मका रुपमा चिनाउन पर्छ भन्ने पहल थाल्नुभयो । यो कार्य सहज भने थिएन । मुन्धुमलाई लेख्य रुपमा उतार्ने, संस्कृतिका आधारमा गरिने नारी विभेद अन्त्य, मातृभाषामा शिक्षा, बलिपूजा हटाउने र मद मदिराको प्रयोगमा कमी ल्याउने प्रयास गर्नुभयो । राज्यले वहा“लाई पटक पटक गिरफ्तार ग¥यो । फाल्गुनन्दको यो कदमलाई किरात समुदायनै ज्यादै अनुदार टिप्पणीहरु गरें । अझै भइरहेका छन् । वहा“ले किरात धार्मिक राष्ट्रियताको जगलाई पुनस्र्थापित गर्ने प्रयास गर्नुभयो । वहा“को कार्यलाई निरन्तरता दिंदै मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले दिंदै आउनुभएको छ । पञ्चायती कालमा वहा“को टाउकोको मोल तोकियो । अनेका अप्ठ्याराहरु सहनुभयो ।
निष्कर्ष
किरात धर्मको चर्चा र वृद्धिस“गै किरात धर्मभित्र अनेक छलफलहरु शुरु भएका छन् । या, फेदाङमा, साम्बा, माङपा लगाएर बली पूजा गर्ने हुन वा सेवासाबा लगाएर फूल फलेदोले सेवा गर्ने हुन् ती सबै किरात धर्मावलम्बी हुन् । किरात जातीय संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा र किरात सुनुवार सेवा समाज लगायतले परम्परादेखि चल्दै आएको जीवन पद्धति र धर्मलाई किरात लेखाउने निर्णय गरेका थिए ।
पछिल्लो समयमा थामी र जिरेल जातिले पनि किरात धर्म लेख्न थालेका छ । यसले किरात धर्मभित्र युमा मान्ने, थेबा मान्ने, सुम्निमा र पारुहाङ मान्ने सबै सम्प्रदायहरुलाई समेटेको छ । संख्या शक्ति हो । विश्वव्यापीकरणको यो युगमा सानो संख्यामा रहेका जाति वा धर्म र आर्थिक राजनीतिक रुपमा कमजोर अवस्थामा रहेका समुदायले आफ्नो अस्तित्व बचाउन ज्या“दै कठिन देखिन्छ । अरबौं अनुयायी र राज्य सत्ता भएका धर्महरु माझ् आफ्नो अस्तित्व बचाई राख्न संगठित हुन आवश्यक छ ।