सत्य कहिल्यै नाश हुदैन


(वि.स. २०४९ साल माग ४ गते सम्पन्न किरात धर्म तथा साहित्य उत्थान संघको आजीवन भेलामा मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ज्यूद्धारा प्रदान गरिएको माङ आशीर्वचन)
प्रिय चेलाहरु
आज हामी यस प्राङगणमा सबै भेला भएर ज्ञानको कुरा गर्ने मौका पाइराखेका छौं, सुन्ने अवसर पाइराख्नु भएको छ । धर्म कर्म, मार्गदर्शन भनेर मैले जुन तपाईहरुलाई सुनाई राखेको छु, यस मार्गमा तपाईहरुलाई अगाडि बढाइराखेको छु । सबै भन्दा पहिले किरात धर्मको मुख्य अर्थ के हो भन्ने बुझ्नु पर्छ । धर्मको खोल ओढेर एकातिर हामी हिंड्यौ भने हामी असफल हुन्छौं, कुबाटोमा जान्छौं । त्यसैले धर्ममा प्रवेश गरेपछि धर्मका गुणहरु के के हुन भन्ने कुरा हामीले खोजी गर्नु अत्यन्तै आवश्यक छ । त्यसैले तपाईहरुलाई समय समयमा यो प्राङ्गणमा भेला गरेर सम्झाउ“ने काम गरिराखेको छु । जसको लागि माध्यम पनि बनाइएको छ ।

योगी पुरुष, ज्ञानगुरु, मुक्तिगुरु, पारगुरु अमूल्य चीज हुन् । तपाईहरुले मलाई गुरु भनेर सम्मान दिनुहुन्छ । तर तपाईहरुलाई मैले पार लगाउन सकिन भने त म गुरु बन्न धिक्कार छ । गुरु भनेको नाउ खियाउँने माझि जस्तै हो । जसरी तपाईहरु नदी पारी जानुप¥यो भने नाउको आवश्यता पर्छ । त्यसरीनै तपाईहरुलाई कुमार्ग छोडाएर सुमार्गको बाटोमा लगाउने मेरो जिम्मेवारी हो । यस ज्ञानको सृजना तपाईहरुको निम्ती भएको हो । यसको लागि ग्रन्थहरु तयारी भएको छ सुरक्षा गरी राखेको छु ।

सा“झ विहान तागेरा निङ्वाभूमाङको सम्झना कसरी गर्ने भन्ने सिक्नु अत्यन्तै आवश्यक छ । हामी सत्यहाङमा भनेर भन्छौं । तर त्यसको मूल ज्ञानको बाटोमा अझै पनि हामी जान सकेको छैनौं । हामी मानिस भएर जन्मेका छौ तर मानिस भएका छैनौं । हामी मानिस भएर, आमाको कोखबाट जन्मिन्छौ, हुर्कन्छौ तर ज्ञानबाट जन्मेका, हुर्केका छैनौं । त्यसैले हामीलाई ज्ञानको आवश्यकता छ ।

ज्ञान र अज्ञान, सत्य र असत्य, सुमार्ग र कुमार्ग यो दुईवटा बाटो जहिले पनि हुन्छ । तर हामीले छान्नु प¥यो । कुन चाहीँ उज्यालो बाटो हो । कुन बाटो जा“दा हामी मुक्ति हुन्छौ र सही बाटोमा हामी पुग्न सक्छौं । हाम्रो आत्मालाई कुन बाटो जा“दा शान्ति हुन्छ, आनन्द हुन्छ । त्यस कुरालाई हामीले पहिल्याउनु प¥यो । हुन त कुराहरु तिनीहरुनै हुन् । तर त्यसको भाग–भाग गरेर विश्लेषण गर्दा त्यस कुराहरुबारे निकै लामो–लामो मैले बोल्नु पर्ने अवस्थाहरु आउ“छन् ।

वि.स. १९८८ सालमा मुहिङ्गुम अङ्सीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूले सत्य धर्मको मुचुल्का तयार गर्नु भन्नु भयो । त्यो हामी सम्पूर्णले पालन गरेको भए हामी धेरै मुक्ति भइसक्ने थियांै । त्यतिबेला त्यो फुस्रा साधुले भनेका कुरा किन सुन्ने भन्ने सोचाई थियो । त्यतिखेर हाम्रै भष्मे थियो, जंगल थियो, ऐश आराम थियो । यो किन गर्ने भन्ने हामीले सोच्यौं । त्यसले गर्दा हामी ज्ञानबाट टाढा हु“दै गयौं । त्यति बेला हामीले जीव हत्या गर्ने, हिंसा गर्र्ने परम्पराहरु मानेका थियौं । यसलाई हामीेले छाडेको भए हामी नामओप्मा, लाओप्मा, खाओप्मा लाम अर्थात सुमार्गको बाटो, उज्यालो बाटो, सत्यको बाटो, सत्यको फुलबारीमा हामी पुग्न सक्ने थियौं । तर तपाई हाम्रो अहंकारले गर्दा टुङ्गोमा पुग्न सकेनौं ।

एक नम्बरको सुुन बनाउ“नलाई खारे झै तपाईहरुलाई छान्ने कोशिस गरिराखेको छु । तपाईहरुलाई कता–कता अप्ठ्यारो लाग्न सक्छ, तर त्यो अप्ठयारो नै पछि सजिलो हुन्छ । किनकी सत्यलाई हावाले उडाउ“दैन, आगोले पनि जलाउ“दैन । सत्यको पछाडि हिड्यौ भने हाम्रो कल्याण हुन्छ । असत्यको पछाडि हिडेयौं भने हामी नाश हुन्छौं यो कुरा निश्चित छ । हिजो युग युगान्तरदेखिनै यस्तो किसिमको सत्य र असत्यको द्धन्द्ध भइराखेको छ । कहिले सत्य तान्छ, कहिल्यै असत्यले तान्छ । यसको पूजा अदृश्य देखि भई राखेको छ । त्यसैले हामीले सत्यतिर नै बल गर्नुपर्छ । तपाई हाम्रो किरात कुलमा मुहिङगुम अङ्सीमाङ महागुुरु फाल्गुनन्द लिङ्देन जन्मनु भयो । वहा“ मेरै जिजूबाजे हुन् । चुक्चिनाम्बाको एउटा सानो गाउ“मा जन्मेका वहा“ किरातीहरुलाई के दिन खोज्नु भएको थियो, तपाई हामीलाई कहा“ लैजानु खोज्नु भएको थियो यो कुरा हामीले बुझ्न सकेनौं । हामीले मुहिङ्गुम अङ्सीमाङ होइञ्जेल आशीर्वाद माग्यौ, सिद्धि माग्यौ, माङ्वा हाङवा माग्यौ । हामी त्यो दिशामा मात्र लागेको थियो ।

हामीले वहा“को ज्ञानको उपलब्धि के हो भन्ने कुरा सोचेनौं । त्यो हाम्रै दुर्भाग्य हो । किरात समुदायलाई भाग्यशाली बनाउन मुहिङ्गुुम अङ्सीमाङको जुन नीति थियो त्यो नीति अझ्सम्म पनि चिन्न सकेको छैनौं । हाम्रा सुधार हुने पक्षहरु, समाज सुधार हुने शक्तिहरु, हाम्रा अन्धकारहरु के–के हुन ? भन्ने कुराहरु हाम्रो आत्माले व्याख्या गरेर हामीले अथ्र्याउन, छुट्याउन सक्नुपर्छ ।

मुहिङ्गुम अङ्सीमाङ्ले जीवनभर किरात धर्मको कसरी विस्तार र विकास गर्ने भनेर प्रयास गर्नु भयो । पान्थरको चोकमागु भन्ने ठाउ“मा त्यो पहिरो रोकियो भने हामी वहा“को भनाईमा लागौ है भन्ने बुढापाकाहरु भेला भए । त्यतिबेला मुहिङगुम अङ्सीमाङको साथमा देखाउन खोज्दा दिलमान तुम्बापो पनि हुनुहुन्थ्यो । हाम्रो सुमार्गको बाटो यो हो भनेर देखाउन खोज्दा, त्यो फुस्रा साधुले भनेकोमा किन लाग्ने । इत्यादि अहंकारी शब्दहरु त्यति बेला भन्यो, पहिरो रोकियो । अहिलेसम्म त्यो पहिरो रोकिएको छ । यस्तो तथ्यहरु हाम्रो किरात मुन्धुममा प्रशस्त पाईन्छ । यसरी यो धर्मको शुरुवात हु“दै आएको छ ।

धर्म कर्म हाम्रो थुतुरो वेद अनुसार भए पनि गर्दै जानुपर्छ भनेर मुहिङ्गुम अङ्सीमाङ्ले पनि प्रयास गर्नु भयो । पान्थरको रवि तिर प्रयास गर्दै जा“दा रबिकाहरु, त्यसमा पनि मंगोलियनहरु आफ्नै खालका थिए । त्यसबखत पल्लो गाउ“, वल्लो गाउ“ जम्मा भएर डण्ठा, मुङग्रेस“ग झगडा गर्ने मुर्खता प्रर्दशन गर्ने चलन थियो । रबिको त्यस्तो ठाउ“मा आएर वहा“ले बाटो हाम्रो यो हो, हामीले यसरी सेवा गर्नु पर्छ । हाम्रो देवी–देवताहरुलाई यसरी मान्नु पर्छ, हाम्रो माङ्लाई यसरी राख्नुपर्छ भनेर सम्झाउ“नु भयो । माङ्वा–हाङ्वा, ज्ञान–बुद्धि, अन्नको सह, धनको सह माग गरिदिनु भयो । त्यसैले अहिले रबि पनि सुध्रियो । वास्तवमा मुहिङ्गम अङ्सीमाङको चेलाहरु आज जहा“ छन् शिक्षामा पनि उनीहरुनै अगाडि छन् । धर्मको फल त्यसरी मिल्दै जान्छ । त्यस्तै गर्र्दै जा“दा मुहिङ्गुम अङ्सीमाङ त लिम्बुवानमा उठेर हिमाली फेदी कुम्भकर्ण माथि दरबार बनाउ“दै छ भनेर वहा“लाई राजा अभियोग मुद्दा पनि लाग्यो । त्यतिबेला राणाहरुको चकचकी थियो । त्यसैले पक्राउ“ गरेर धनकुटा ग“ौडामा लगेर वहा“लाई सोधपुछ गरे । ‘तपाई लिम्बुवानको राजा हु“दै हुनुहुन्छ रे हो ? तपाइले लिपि आविष्कार गर्नु भयो रे हो किन ?’

‘म यो पृथ्वीमा बस्दाखेरी राजा भए“ कि ? यो मेरो भेष जामा लाउ“दा पो राजा भए“ कि ? यो मेरो केश पाल्दा पो राजा भए“ कि ? यो धुनी बालेर बस्दा पो राजा भए“ कि ? कसरी राजा भए“ म ?’

‘हाम्रो किरातीहरुको आफ्नै अक्षर छ । यो अक्षर अहिले बनेको होइन । जुन दिन तागेरा निङ्वाभूमाङले यो पृथ्वी, मानव, प्राणी, सृष्टी ग¥यो, त्यहीँ दिनदेखि नै यो अक्षरको निर्माण भएको हो ।’ भनेर मुहिङ्गुम अङसीमाङले आठ ठाउ“ सही गरेको कागज गौंडामा जिम्मा लगाउ“नु भयो । यस्तो कठिनाईहरु हाम्रो धर्मले भोग्दै आएको छ ।

यस्तो हु“दाहु“दै पनि चेलाभूलाहरु बढ्न थाले । माङ्हिमहरुको निर्माण हुन थाले । ६ वटा माङ्हिमहरु मुहिङगुम अङ्सीमाङ्कै निर्देशनमा निर्माण भएको अझै छ“दैछ । तपाईरुले ज्यादा हिंसा गर्न छाड्नुहोस् भनेर त्यति बेला मुहिङगुम अङ्सीमाङ्ले बारम्बार भन्नुहन्थ्यो । त्यतिबेला हाम्रो सम्प्रदाय एक प्रकारको जंगली अवस्थामा या अ“ध्यारोमा थियो । सुब्बाले जे भन्यो उही हुन,े कुट भन्दा कुट्ने वातावरण थियो । त्यस्तो कठिनाईहरु पनि भोग्दै आएको हो यो धर्मले ।

अहिले विस्तारै विकास हु“दै आएको छ । अब ६ वटा माङ्हिमहरुको साथै किरातीहरुको निम्ती खडा भइसकेको छ । गैरीगाउ“ चुक्चिनाम्बा माङ्हिम र जीतपुर माङ्हिम इलाम जिल्लामै प्रमुख माङ्हिमहरुको रुपमा रहेका छन् । त्यस्तै पान्थर जिल्लामा दुईवटा माङ्हिम छन्, लोब्रे र सिलौटी । यसरीनै काबेली, आठराई । फक्तालुङ्को फेदीमा माङ्हिमको रुपमा हाम्रो निशानहरु तयारी छन् । हाम्रो तिर्थ कसरी गर्नुु पर्ने, बाटोहरु खोजौं । किरातहरुको तिर्थ हिमाल हो । तिर्थको लागि हामी हिमालमा जानुपर्छ । हाम्रो देवी देवताहरु हिमालमा बसेका छन् भन्नुुहुन्थ्यो महागुरु ।

माङ्को आदेश अनुसार सम्झाएकै छु । ‘पाप्मा फा?ले मेन्छाम्गेन नामयाप्मीसा हिनी या?लेबा । पाप्मेन फा? ले माङ्ङिन कुयाले?बा ।’ अर्थात भनौं भने ‘तपाईहरु रिसाउनु हुने, नभनौं भने तागेरा निङ्वाभुमाङ् रिसाउने अब मैले के गर्नु ?’ भनेर महागुरुले ज्ञानको भण्डार दिन खोज्नु भएको थियो । अहिले हाम्रो धर्मको स्थापना हु“दै आइराखेको छ । हाम्रो धर्म मेची र कोशीको धेरै ठाउ“मा फैलिसकेको छ । हामी किरात धर्मावलम्बीहरु जहा“ भए पनि एउटै सूत्रमा फुलमाला उनिए झै उनिएर पार तर्नु पर्ने अवस्था आएको छ ।

अहिलेको युगलाई वैज्ञानिक युग भनिन्छ । यहा“ हेलिकप्टर, हवाईजहाजको अविष्कारस“गै चन्द्रमामा पुग्ने क्षमता भइसकेको छ । हाम्रो क्षमता भने विवाह भयो भने झगडा गर्नु पर्ने, अलिकति पर सार्न सक्यौ भने हामी पनि वहा“हरुको दाजोमा अवश्य पुग्छौं । त्यो निश्चित कुरा हो । के हाम्रो मान्छे डाक्टर हु“दैन ? हाम्रो मान्छे वैज्ञानिक हुँदैन् ? निश्चयनै हुन्छ ।

धर्ममा बडो अचम्म चीज हुन्छ । यसको व्याख्या गरेर साध्यनै हु“दैन । यसलाई पछ्याउ“दै गयो भने माथिनै गइन्छ । तल पछ्याउ“दै गइयो भने तलनै गइन्छ । त्यस्तो किसिमको समुन्द्र झै हुन्छ, धर्म । तपाईहरुको आफ्नो धर्म किरात धर्म हो । किरात धर्ममा धेरै पक्षहरु लुकेको छन् । किरात धर्म भित्र विशाल दर्शन लुकेको छ । त्यस कुराहरुलाई तपाईहरुले ख्याल गरेर राम्रो पालना गर्दै अगाडि बढ्नु पर्छ ।