भाषा, साहित्य र मुन्धुमलाई जगेर्ना गरौं


(वि.स. २०८० माघ ६ गते इलामको माङसेबुङमा आयोजित सावायेहाङ खिबेक्बा याक्वा सेवा तथा माङ्वा हाङ्वा वितरण महान सेवा समारोहमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।)

 

ओत तागेरा निङ्वाभू माङे सेवारो

 

आज भव्य उभौंली याक्वा सेवामा हामी भेला भएका छौं । तपाईहरु स्वदेश विदेशबाट पाल्नुभएको छ । हामीले माङवाहाङवा मागेका छौं । ज्ञान सिद्धि मागेका छौं । सिद्धि शक्ति मागेका छौं । त्यो सबै कुराहरु हामीलाई माङले पु¥याईदिएको छ । हाम्रो भक्ति, लाखौं बत्ति बालेर मागेको शक्ति हामीले पाएका छौं । आज रमाइलो लाग्यो । हाम्रो संस्कृति, साहित्य र भाषाका कुराहरु गरेका छौं । संस्कृति, साहित्य, भाषा, गीत गायनका कुराहरु आज प्रस्तुत गरेका छौं ।

 

घाम मात्रै लाग्यो भने पनि ताप बढि हुन्छ । घामपानीलाई सन्तुलनमा राख्नका लागि हामीले भक्ति गरेका छौं । हे, माङ हावाको धनि, तापक्रमको धनि त्यो सबै मिलाई दिनुहै । हावा, पानी, घाम ठीकमात्र छोडिदिनु भनि तागेरा निङ्वा भूमाङ् प्रति प्रार्थना गरेका छौं । हामीले त्यसरी सेवा लगाउने गरेका छौं । अहिले जाडो बढि भएको छ यो पनि ठीक मात्र हुनुपर्छ भन्ने हो । हुन त चिसोतातो सबै चाहिन्छ । तर, मात्रा मिलाएर माङ्ले ठीक मात्र दियो भने हाम्रो स्वास्थ्य राम्रो हुन्छ ।

 

 

हामी अध्यात्मिकवादी हौं । इश्वरवादी हौं । माङप्रति विश्वास राख्ने मान्छे हौं । त्यसैले यिनीहरु हामीलाई माङ्ले दिँदाखेरी ठीक मात्र दिओस् भन्ने प्रार्थना छ । ज्याँदा पानी पर्यो भने बाढि पहिरो जान्छ । अनेक किसिमको दुःख, पीडाहरु हुन्छ । त्यसैले गर्दा यस्ता दुःखहरु सबै शान्ति होस् । मानव मानवमा सद्भाव रहोस् । सद्भाव रहेपछि मेलमिलाप हुन्छ । मेलमिलाप भएपछि मात्र मुलुक, राज्यमा शान्ति हुन्छ यहीँ कुरानै हामीले माङसँग प्रार्थना गरेका छौं ।

 

 

याक्वा सेवासँगसँगै यो ठाउँ भनेको सुन्दर ठाउँ हो । हिमालको सेन्छेई फक्ताङलुङदेखि सजिसजावट भएर आएको हिम श्रृङखलाले छोएको ठाउँ हो । यो ठाउँसँग सिधैं फक्ताङलुङ ठोकिन्छ । त्यसको आशीर्वाद, हाम्रो माङ्हरुको आशीर्वाद, कोटी कोटी देवी देवताहरुको आशीर्वादले हामी बाँच्न पाउँ भनि प्रार्थना गरेका छौं ।

 

 

कोरोना जस्तो महामारीहरु मात्र नभएर ठूल ठूला घाउ खतिरा निस्कने विमारहरु र टेङ्गो, औंलो जस्तो विमारहरु सबै शान्ति होस् भनेर हामीले माङ्सँग प्रार्थना गरेका छौं । हामी सबैले लाखौं खर्च गरेर माङ्मा सेवा चढाएका छौं । हाम्रो सेवा, हाम्रो विन्ति पक्कै माङ्ले थापि दिन्छ भन्ने मलाई विश्वास लागेको छ ।

 

 

तपाईंहरुलाई म के भन्छु भने, महागुरु फाल्गुनन्द यस थलोमा जन्मन्नु भएको हो । अनि हामीलाई ज्ञान उपदेश दिनुभएको हो । त्यहीँ कुरालाई हामीले अगाडि बढाएर लैजाँदै छौं । तपाईंहरुलाई म के निवेदन गर्न चाहन्छु भने, जीव हत्या, हिंसा नगरौं । हामीले कम खर्चले पूजाआजा गरौं । खाने पिउने सम्बन्धमा विवेक पु¥याएर मात्र खाउँ ।

 

 

विचार गरेर मात्र खाऔं । विवेक विचार हो, माङ्ले विचार दिएको छ । सोच्ने शक्ति माङ्ले दिएको छ । माङ्ले बुद्धि विवेक दिएको छ । हामी मुर्खता नबनौं । हाम्रो धर्मावलम्बीहरु यहाँ जमघट हुनुभएको छ । तपाईंहरुको आत्मामा अलिकति त विवेक प्रवेश गरेको छ । यहीँ कुरानै मलाई खुशी लागेको छ ।

 

 

तपाईंहरुलाई एउटा उदाहरण दिन्छु, आजको एक सय वर्ष अघि मान्छेहरु ११० वर्ष, १२० वर्ष बाँच्थे । किनभने त्यो बेला पञ्चतत्व स्वच्छ थियो । पञ्चतत्व सफा थियो । अहिले पञ्चतत्व अस्वस्थ, खराब भइरहेको छ । हामीले खानपिनहरुमा पनि रोग व्यधि, विषादीहरु खाइरहेका छौं । त्यसैले हाम्रो आयु घटेको छ । छोटो समयमै हामी मर्नु परेको छ । त्यसैले आयु पाउनका लागि पनि माङ्सँग आशीर्वाद मागेका छौं । आयु पाउनका लागि खानपिनमा विवेक पु¥याउनु पर्छ । यो कुरा तपाईंहरुलाई सुनाउन चाहन्छु ।

 

 

हामीले खानपिनमा विवेक पु¥याउन सकेनौं भने लामो आयु बाँच्न सक्दैनौं । उदाहरणको लागि यहाँ मैले माङ्गेन्ना अध्यक्ष बनाई राखेको छु उहाँ जाँड ज्याँदा खाने, यहाँ चन्द्रकुमार सेर्मा पनि छ जाँड बिना नहुने । उनीहरु यसबाट मुक्त भएपछि उनीहरुको आयु अलिकति बढेको छ । हुन त खान पिउन जन्मेका हौं । तर, खानेकुराले उल्टै खाने रहेछ । खानेकुराले हाम्रो आयु छोटाउँदो रहेछ । त्यसैले खानपिनमा विवेक राखौं भन्ने तपाईंहरुमा अनुरोध गर्न चाहन्छु ।

 

 

मैले अहिले पहिचान र विवेक गर्दा अन्नको सह धुमधाम आएको छ । तर, मान्छेको सह भने छैन् । मान्छेको सह कम छ । त्यसैले गर्दा हामीले मान्छेको सह पनि मागिराखेको छौं । तर, यो वरदान भएको छैन् । अन्न र धनको सह चाहिँ आएको छ । यसपाली खेती गर्दा लाभ हुन्छ । अन्न, धन, सम्पतिको सह आएको छ । खेतिपाति गर्नु सबैभन्दा राम्रो हुन्छ । खेतिपातिमा किरा, फटेङग्रा अलि कम लाग्छ । हामीले लगाएको सेवाको प्रभाव परेको छ । मागेको कुरा सिद्ध हुन्छ ।

 

 

हामी के भन्छौं भने, माङ्वा चोत्लुङ, हाङ्वा चोत्लुङ, पान्जाङ चोत्लुङ, इन्जाङ चोत्लुङ, सिकुम निङ्वा चोत्लुङ, कुसाङ लःमा, कुलिङ्धो केप्मा चोत्लुङ हामीले प्राप्त गर्छौं । यो किनेर नपाईने चिजहरु हो । तपाईंहरुले यो माङ्वाहाङ्वा पाईराख्नु भएको छ । हामी लामो आयु बाँच्नका लागि खानपानमा नै विकेक राखौं । अहिले विदेशतिर हाम्रो भक्तजनहरु धेरैं छन् । जीवन निर्वाहको लागि विभिन्न मुलुकहरुमा नोकरी गरिरहेका छौं । विदेशबाट पनि पैसा आउने बाटो बनाई राखेका छौं । पैसाको सह थिएन भने भारो हुँदैन । त्यो सह हामीले मागिराखेका छौं । हामीले पाईराखेका छौं ।

 

 

तर, राजनीतिक गडबड भयो भने, विदेश कुटनीतिक गडबड भयो भने अप्ठेरो हुन्छ । लडाइँ, झगडा भयो भने हामीलाई अप्ठेरो हुन्छ । काम गर्दै जाँदा सबैबाट माङ्ले रक्षा गरोस् भनेर सम्झन्नुपर्छ । विदेशमा बस्नेहरुले पैसा कमाई राखेका छन् । थोरधेर कमाउने काममा उनीहरु लागेका छन् । विदेशको कुरा हाम्रो देश जस्तो होइन् । त्यहाँ रातलाई दिन बनाएर कमाउने स्थितीमा पुगेका छौं । तर, पनि मानवताको नाताले त्यहाँ रहँदा बस्दा कमाउन, खान त्यहाँको सरकारले स्वतन्त्रता दिएको छ । त्यो पनि माङ्को दया र कृपा हो ।

 

 

यहाँ शरणार्थी क्याम्पबाट जानेहरुलाई मैले सधैं भन्ने गरेको छु – अमेरिका सरकारको आत्मामा माङ् बसेर तपाईंहरुले नोकरी गरी खान पाउनु भएको छ । त्यो पनि तपाईंहरुको महान् भाग्य हो । यो अवसर पाउनु माङ्को एउटा देन हो भनेर सम्झिन्नु भनेर सम्झाउँदै आएको छु । अहिले विश्वमा शान्ति भयो भने त पैसा कमाई खान सजिलो छ । तर, अशान्ति भयो भने त हराईन्छ हैं । त्यसैगर्दा विश्व युद्ध नहोस्, विश्वमा झैं झगडा नहोस् भन्ने हाम्रो कामना छ ।

 

 

अशान्तिहरु सबै माङ्ले शान्ति गरोस् । सहज रुपमा हामीले नोकरी गरी खान पाउँ । पैसा कमाउन पाउँ भन्ने लक्ष्यमा छौं । यहाँ तपाईं हामी सबै जम्मा भएका छौं । धार्मिक दृष्टिकोणले हेर्दा संसार त एक किसिमले अन्त्यतिर पुगेको छ । त्यसैले विश्व ब्रमाण्डको रक्षाको लागि ठूला ठूला सेवाहरु हामीले लगाउनुपर्छ । अनि मात्र यो पृथ्वीको आयु बढ्छ । हामीले यो गरेनौं भने पृथ्वीको आयु बढ्दैन । अनि पृथ्वीको अन्त हुन्छ । यसप्रति पनि हाम्रो चिन्तन भइरहेको छ ।

 

 

विश्वमा अहिले मान्छे बढनु त बढेकै छौं । विश्वमा मान्छेहरु सम्पति र शक्तिको घमण्ड गरिरहेका छौं । तर, हामी किरात धर्मावलम्बीहरु विश्व शान्ति मानव एकताको कामना र विचार बोकेर हिडिरहेका छौं । झैं झगडा गर्दै गरेका मान्छेहरुलाई पनि हामीले तिमीहरु नबाझ्नु, तिमीहरु मिल्ने काम गर्नु भनेर सल्लाह सुझाव दिँदै आएका छौं । खाएर मात्तेर हिड्नेहरुलाई पनि खान त खाउँ तर ठीक विवेक पु¥याएर मात्र खाउँ । आराम गर्ने बेलामा मात्र खाउँ भनेर सम्झाउँछौं । यसरी हामीले सबै कुराहरु विवेक पु¥याउनु पर्ने अवस्थाहरु आएको छ । अब त तपाईंहरु विवेकशील बन्नुपर्छ । हरेक कुरामा बुद्धि, विवेक र ज्ञान पु¥याउनु हुन्छ भन्ने मलाई विश्वास लागेको छ ।

 

 

म किरात धर्मगुरु भएको छु । मलाई विश्वले मानेको छ, नमानेको पनि छ । मन पराउने पनि छन् । मन नपराउने पनि छन् । तर, मेरा शब्द यो छ – विश्व शान्ति मानव एकताको लागि धर्ममा सुधार आउनुपर्छ । हाम्रो समाजमा सुधार आउनुपर्छ । हाम्रो समाजमा हरेक विकृति विसंगतिहरु छन् यसलाई सच्याएर सत्यको बाटोमा अगाडि बढाउनु पर्छ भन्ने हाम्रो भावना छ ।

 

 

यहाँ आउनेले यो कुरा सुन्नु भएको छ । यो उभौंलीको समय हो । अब सूर्य उत्तराद्र्ध लाग्ने समय हो । यस्तो समयमा हामी भेला भएका छौं । यत्रो जाडोमा हामी भेला भएका छौं । पोहोर भन्दा यस वर्ष अलि जाडो बढेको छ । अब पछि गर्मी पनि बढ्ने होला । यत्रो जाडोमा पनि तपाईंहरु भेला हुनुभयो मलाई साह्रै खुशी लाग्यो ।

 

 

महागुरुको ज्ञान बुझौं

 

यो भेगमा महागुरु फाल्गुनन्द धेरै पटक घुमेको हो । महागुरुले के भन्नु भएको छ भने, तिमीहरुले जाँड रक्सी नखानु हैं, सुँगुर कुखुराको मासु नखानुहैं भन्नु भएको छ । त्यो सुँगुरको मासु खाँदा त हाम्रो गाउँघरमा सुँगुरको खोरमा केटाकेटीहरुले दिसापिसाव गर्छन् । ठूलो मान्छेले पनि त्यहीँ दिसापिसाव गर्छन् । त्यो सुँगुरले खाँदो रहेछ । अनि सुँगुर मारेर हामीले खान्छौं । यसरी सुँगुरको मासुसँगै आफ्नो दिसा समेत हामीले खाइएछ । त्यसले गर्दा महागुरुले सुँगुर कुखुराको मासु नखानु हैं भन्नु भएको हो ।

 

 

 

विभिन्न रोगहरु हुन्छ भनेर नखानु भन्नुभएको हो । अहिले कुखुराबाट रोग आएको छ । सुँगुरबाट रोग आएको छ । अहिले मेरो पालामा चाहीँ के भन्छु भने खानेले खाउँ तर, विवेक पु¥याएर खाउँ भन्छु । तिमीहरुले खानकै लागि पालेका हौं । एक दुई पैसा आउँछ कि भनेर पालेका हौं । तर, इश्वर माङ्लाई भोग नदेउ ।

 

 

 

खानेले पनि विवेक पु¥याएर खानु । किनकी अबदेखि कस्तो हुन्छ भने सुँगुरको मासु खाँदा बौंलिने, कुखुराको मासु खाँदा थर्थरिने यस्तो विमारहरु आउँछ । अनि समस्या हुन्छ । सुँगुर, कुखुरा छुनुनै नहुने अवस्था आउँछ । यसले गर्दा हामीमा शुद्धता हुनुपर्छ । सकेसम्म जाँड रक्सी नखानु एकदमै राम्रो हो । खानेले पनि ठीक तरिकाले खाने गर्नु । इश्वरलाई भोग नदिनु हामी यो भन्छौं ।

 

 

 

महागुरुको पालामा शेरबहादुर लाओती र काजीमान तुम्बाहाङफेहरु उनीहरु त्यो बेला लिम्बुवानका राजाहरुलाई बोलाएर महागुरुले सोध्नुभएको छ । ए थिबोङ याक्थुङसासे फाक्किङग केचाम्बी मेम्बी ? चाम्बाआ? । वा?इङग केचाम्बीमेम्बी ? चाम्बाआ? । हेक्याङग हेनले थे? चःपे ? हेनले हिः चबिमेम्बी ? हिःग चः गुरु । हेक्याङ हेन केचाम्मिल्लेग हिः केचाम्बा पोखेबिमेम्बी ? हेक्केले मेम्बारेन् । यसरी महागुरुले समयमै हामीलाई ज्ञान विवेक दिनुभएको हो ।

 

 

यो चेतना हामी सबैमा आएको भएदेखि यो बेला हामी पनि चन्द्रमा, मंगल ग्रहमा पुग्ने थियौं । हेन थो आनीआङ आगेरेबा आनी आङखेप्सुमिन । त्यसैले गर्दा मेरो पालामा के भन्छु भने, तिमीहरु खानेले खाउँ तर विवेक पु¥याएर खानु । तर, माङलाई चाहिँ भोग नदिनु हैं । माङलाई भोग नचढाउ हैं । हाम्रो युमासाम, थेबासाममा चाहिँ भोगबली नचढाउनु हैं भन्ने गरेको छु । यसरी मेरो चेलाहरु पनि अहिले त धेरै बढेका छन् ।

 

 

धेरै मासु खाने मान्छेको शरीर कस्तो हुँदोरहेछ भने प्रेशर हाई हुने र एकैचोटी प्रेशर हाई भएर जाँदो रहेछ । ३००, ४०० माथि पुग्छ अनि हाम्रो मस्तिष्कमा स साना तारहरु हुन्छ त्यो झिनेपछि भक्कै मरिहालिन्छ । यस्तो किसिमको रोगहरु आउँछ । त्यसले गर्दा धेरै मासु मंस, जाँड रक्सी नखाउँ कम्ती मात्र खाउँ हैं भन्छु ।

 

 

 

मैले त्यसरी सम्झाउँदै आएको छु । तपार्इंहरुलाई पनि त्यसरी सम्झाई राखेको छु । बिंडी, सिग्रेट, चुरोट खानाले के हुन्छ भन्दा हाम्रो आन्द्रा भुँडिहरु कुहिन्छ । हाम्रो किड्नी ड्यामेज हुन्छ । जाँड रक्सी धेरै खाँदा हाम्रो किड्नीहरु ड्यामेज हुन्छ । ड्यामेज भएपछि डाक्टरलाई एक दुई पैसा भएको पनि खुवाउँनै प¥यो । एक–दुई दिन बाँच्नै प¥यो ।

 

 

 

यसले गर्दा हामीले विवेक पु¥याएर खानुपर्छ हैं । हामी लामो आयु बाँच्नुका निमित्त विवेक पु¥याऊ । ठीक खाउँ लामो आयु बाँचौ । मेरो चाहिँ उद्देश्य त्यो छ । त्यसले गर्दा तपाईंहरुलाई यो निर्देशन दिन चाहें । तर, हाम्रो सन्ततीहरु हाम्रो भावीहरुको निमित्त हामीले नाम्सिङ मेगेत्ल, लासिङ मेगेत्ल, माङवा मिगुङल, हाङवा मिगुङल, तकमुई मिगुङग, याङमुई मिगुङगल फा?आङ हामीले बरदान मागेका छौं ।

 

 

त्यो पुग्छ तर पुग्दा खेरी फेरी हामीले जथाभाबी खायौं भने हाम्रो आयु छोटो हुन्छ । त्यसले गर्दा तपाईंहरुलाई यो जानकारी गराएँ । र, तपाईंहरु अब गुरुले के भन्छ होला भनेर टाढा–टाढाबाट आउनु भएको छ । यहाँ आसाम, भुटान, दार्जिलिङ लगायतबाट पाल्नु भएको छ । यो कुरा हामीले साथी भाईहरुलाई सम्झाउने गर्नुपर्छ ।

 

 

 

हामी रिसाएर होइन, विस्तारै सम्झाउँने हामीले सम्झाउँदै जाने उसले बुझ्दै जान्छ । अहिले धेरै बुझेको छन् । धेरै ज्ञानको नजिक आएको छ । यो कुरा महत्वपूर्ण छ । यसले गर्दा भोलि सबै सुध्रिदै गयो भने, सुधार हुँदै जाँदा हाम्रो भावी सन्तान सुध्रिएपछि, अरु मान्छे मंगलमा जाँदै छ, चन्द्रमा भाग लगाएर किन्दैछ । मंगलमा भाग–भाग मान्छे राख्नलाई तयारी गर्दैछ त्यस्तो थलोमा हामी पनि पुग्छौं । त्यो चेतनामा हामी पनि पुग्छौं । त्यस्तो छ कुरा भनेको । त्यसले गर्दा तपाईंहरुले गम्भिरसँग कुरा बुझ्नु, जान्नु ।

 

 

 

यो कुरा गर्दै हामीले यो कुराहरु प्रचार गर्दै आउँदा मलाई विभिन्न आरोपहरु पनि आए । म कहाँ आरोप नआएको होइन । यो त राजा हुँदैछ । यसलाई थुन्नुपर्छ, पक्रिनुपर्छ भनेर वारेन्ट पनि भएको हो । वारेन्ट भोगेकै हो मैले । तर पनि मैले छोडिन् । मेरो बाजेले गरेको कर्म, महागुरुले गरेको कर्म म यो कठिन परिस्थितिबाट पनि यो पार लगाउँछु भनेर म अगाडि बढ्दा–बढ्दा तपाईंहरु यो बाटोमा यतिको बाटोमा ल्याई पु¥याउन म सफल भएको छु । यहीँ नै मलाई खुशी लागेको छ । र, तपाईंहरुले मेरो अर्ति उपदेश सुन्नु भएको छ ।

 

 

 

त्यो अनुसार तपाईंहरु अगाडि बढ्नु भएको छ । अब मसँग नजिक बस्नेहरु सम्पति नहुनेहरु सम्पतिदार पनि भएका छन् । विदेश जानेहरु विदेश गएर पैसा पनि ल्याइ राखेका छन् । मलाई पनि पो अलिकति त दिन्छ । अलिकति ल्याएर दिन्छ । तर मलाई एउटा डर के लागेको छ भने, हामीले चलखेल गर्ने ठाउँ अप्ठ्यारो पो हुन्छ की भन्ने शंका पनि लागिराखेको छ ।

 

 

त्यसको निम्ति पनि माङसँग प्रार्थना गरिराखेको छु । हाम्रो मान्छेहरु, हाम्रो भतmजनहरु जुनै पनि विदेशमा नोकरी गर्न जाँदा आपत नपरोस् । यस्तो किसिमको अनेक राजनीतिक विचलनमा नपरोस् भनेर मैले सम्झिराखेको छु । सोचिराखेको छु ।

 

 

 

अहिले मसँग विदेश जान्छु जाँदिन, मेरो भिसा झर्छ झर्दैन भनेर सोध्नेहरु मात्र आउँछन् । अब भिसाको धनि त म त होइन । भिसाको धनि भनेको सरकार हो तर पनि मलाई गुहारी बसेका छन् । भिसा झर्छ तिमी विदेश जान्छौं सुर्ता नगर भनेर मैले सम्झाई राखेको छु । विदेश गइराखेका छन् । हाम्रो मान्छेहरु अहिले सबै कता कतो गएर बसोबास गरेका छन् । यो सुविधाको निम्ति पनि हामीले माङलाई अलिकति सेवा गर्नुप¥यो । यिनीहरुलाई सुविधा होस् । यहीँ कुरा हामी माङसँग प्रार्थना गर्नुपर्छ ।

 

 

 

राज्यको नीति, अन्तर्राष्ट्रिय नीति संसारको नीति ठीकसँग चलोस् त्यसो हुँदाखेरी एक दुई पैसा कमाई खाने स्थिती हुन्छ । एक दुई पैसा घरमा ल्याउने वातावरण हामीलाई राम्रो हुन्छ भनेर हामीले सोचिराखेका छौं । यसैको लागि पनि हामीले माङ्वा हाङ्वा मागिराखेका छौं । यो पुगिराखेको छ । र, यहाँ हाम्रो भतmजनहरु एक मुठी चामलको भात खान नपाउनेहरु थियो पहिला अहिले त धनि भए । एक मुठी त होइन चार साँझे खान्छन् ।

 

 

 

अहिले यस्ता भएका छन् । यसले गर्दा हामीसँगं माङ नजिक छ । यसले हामीले चिताएको कामहरु पुग्छ । अब हाम्रै चन्द्रकुमार सेर्मा जी अहिले डाक्टर हुँ भनेर बसिराखेको छ । पहिला म अध्यक्ष, उ सचिव उसको घरमा जान्थे । त्यो बेला उ तोङबा खाने हो । दुई जना जहान माथि तल परेड खेलेर बस्ने अनि मैले एकै चोटी भन्न मिलेर विस्तारै–विस्तारै यो जाँड रक्सी कसरी छोडाउँने भनेर लागे म सफल भएँ । र, अहिले नानीहरु एक दुई पैसाको मालिक भएका छन् । उ पनि ठीकै छ ।

 

 

 

अब हाम्रो माङगेन्ना अध्यक्षहरु ठीकै छ अहिले । यसरी हामीले गर्दा भन्दा हुन्छ र पो भन्छु । तर एउटा कुरा अहिले युग अनुसार खैनी चुरोट मात्रै नभएर हिरोइन, चरेस, कानीहरु विभिन्न खाले पदार्थहरु बाहिरबाट आउँदैछ । यसबाट चाहिँ हाम्रो छोरा छोरीलाई सचेत बनाऊँ, सचेत राखौ यो पनि अनुरोध गर्न म चाहन्छु ।

 

 

 

हाम्रो छोरा छोरीहरु त भोलि हाम्रो नाम सुवास थामोस, हाम्रो इज्जत थामोस् भनेर हामीले जन्माएका छौं । र, हुर्काएका छौं, पढाएका छौं । यिनीहरु चाहिँ दुव्र्यसनमा फस्यो भने चाहिँ हाम्रो भविष्य फेरि टुङिगन्छ । यसले गर्दा यस तर्फबाट पनि तपाईं हामी सतर्क रहन अनुरोध गर्ने म चाहन्छु ।

 

 

 

यसमा विषादीहरु विभिन्न खालेहरु छन् । यसबाट पनि सतर्क रहनु । हामी आयूको लागि अघि भनिसकेको छु । अब महागुरुले वि.स. १९८८ सालमा एउटा मुचुल्का बनायो । आजदेखि लिम्बुवानमा साथी भाइहरुले त्यो कुरा बुझ्नेन् । सोतरीत कर्म खान थालेपछि त सबै थोक गइसकेपछि छोरीहरु पनि विचल्ली भएँ । कुटुम्ब गएको ठाउँमा मैले यति बुझाएर तिमीलाई ल्याएको होनी भन्दै लातैलात्ताले दिन थाले । महिला हिंसा हुन थाल्यो ।

 

 

 

यो पापले पनि हामीलाई अलिकति छोपेको छ । यो पनि हामीले सुधार गर्दै लानुपर्छ । यो कुरा म तपाईंहरुलाई हार्दिक अनुरोध गर्ने चाहन्छु । र, आज तपाईं हामी यसरी भेला भयौं । मलाई बडो रमाइलो पनि लाग्यो । आज पालाम, हाक्पारे हरेकबाट चाहिँ कुजाई पानहा? कुजाई ता?जेङहा आइन पोखेआङ वाः । मलाई विरक्त लाग्यो । हाम्रो संस्कारका कुराहरु, ज्ञानका कुराहरु पालामबाट पनि गाइएको छ । गीतबाट गाइएको छ । हरेक संस्कृतिबाट गाएका छौं ।

 

 

 

आज एकदम कुजाई पान पोखेआङ वारो आइन् । यो कुरामा म हर्षित छु । खुशी छु । तपाईंहरुले धेरै कुरा बुझ्नु भएको रहेछ भन्ने मलाई लागेको छ । यसले गर्दा अब, हामीले गरेको कामहरु सिद्धि शतिm रहोस् । तपाईं हामीले सोचेको, सम्झेको माङ्वा चोत्लुङ, हाङ्वा चोत्लुङ केत्नी । नाम ओप्मा, लाओप्मा, खा ओप्मारे आधोर् हामीमा दुःख बिराम अनेक रोग ब्याधहरु माङको शक्तिले शान्ति भएर जाओस् । निको हुँ सबै ।

 

 

सबै हाम्रो शरीर निको होस् । पोल्ने, घोच्नेदेखि लगेर अनेकौं बिमार रोगहरु, अनेकौ टिबी, क्यान्सर जस्ता कुराहरुबाट पनि हाम्रो शरीर बचोस् । तपाईंहरु सबै स्वस्थसँग बाँच्नु पाउँ । तपाईंहरुले बाँच्नु र बाँच्न पाउनुपर्छ । माङसँग यो शक्ति प्रदान होस् । म यहीँ कुरा अनुरोध गर्न चाहन्छु ।

 

 

 

हाम्रो अब एउटै मात्र पर्व रह्यो । फाल्गुन ३ गते हामी एउटा पर्व पूरा गर्छौं । यसमा तपाईंहरु सबै आउनु । तपाईंहरु उपस्थित हुनु । यो थलोमा बस्नु । अलि न्यानो पनि हुन्छ है त्यति बेला त । त्यसले गर्दा तपाईंहरु अवश्य आउनुहुनेछ र मैले धेरै कुरा सम्झेको छु । हाम्रो संस्कृति किरात सांस्कृतिक संघ गठन गर्ने एउटा योजना गरिराखेको छु । यसमा किरातहरुको, गैह्र किरातहरुको संस्कृति अधिराज्य भरको संस्कृति जम्मा गर्ने भन्ने योजना गरिराखेको छु । यसमा पनि हामी जम्मा हुनुपर्छ । हाम्रो संस्कृतिलाई जगेर्ना गर्नुपर्छ ।

 

 

 

सबैको भाषा साहित्यलाई जगेर्ना गर्नुपर्छ । मुन्धुमलाई जगेर्ना गर्नुपर्छ । यति मात्र नभएर धिमाल, थारु, मेचे, कोचे यिनीहरुको भाषा भाषिलाई पनि हामीले रक्षा गरेर जगेर्ना गर्दै लानुपर्छ । हामीले अब, यहाँ हाम्रो संस्कृतिमा सुनुवारहरुको आइराखेको छ । याक्थुङबाको त आउने नै भयो । अब, भोटे, तामाङको सेलो आउनु छ । पश्चिमका मगर, गुरुङ समूहको आउनु पर्ने छ । सबैको संस्कृति जम्मा गरेर समुन्द्र बनाएर बगाउनु पर्ने छ । त्यसले गर्दा हाम्रो सांस्कृतिक संघ किरात सांस्कृतिक संघ भन्ने एउटा संगठन खोल्ने योजना छ ।

 

 

 

हाम्रोले जान्दा जान्दै हराइसकेको छ हैं । हाम्रो तानाबानाहरु हराईसकेको छ । बाहुन क्षेत्रीहरुको बालन पनि हराइसकेको छ । हामी सबै पश्चिममा संस्कृतिमा झुण्डिसकेका छौं । यसले गर्दा, हाम्रो किसिमको हाम्रो पहिचान कहलिने खालको हाम्रो मुन्धुम संस्कृति, हाम्रो बाजाहरुलाई पनि जिउँदो राख्नुपर्छ भन्ने भावनामा हामी गइराखेका छौं ।

 

 

हामीले कोम, मुर्चुङ्गाहरुदेखि लगेर स–साना प्रकारका बाजाहरु पनि संकलन गर्नुपर्छ । हामीले सिक्नुपर्छ । हामीले ढिकी जाँतोलाई फाल्न हुँदैन । यो ढिकी जाँतो कहिल्यैं फाल्न हुँदैन । एक दिन संसार यस्तो हुन्छ । आधुनिक चिजहरु सबै नष्ट हुने दिन आउँछ । त्यति बेला उहीँ ढिकी जाँतो, उहीँ पूरानो समानहरु च्लाउनुपर्ने हुन्छ ।

 

 

 

यसलाई चाहिँ हामीले जिउँदो राख्नुपर्छ । अनि तान बुन्नु हाम्रो भाषामा थाक थाक्मा भन्छ तान बुन्नुलाई जिउँदो राख्नुपर्छ । कपडा बुन्ने पछि कल कारखानाहरु, उद्योग धन्दाहरु हराई गयो भने त तान बुन्नु पर्छ । आफैं खेती गरेर पालन पोषण जिवन गुजारा गर्नुपर्छ । त्यसकारणले यिनीहरुलाई पनि हामीले अगाडि बढाउने हाम्रो योजना छ । यो धर्मको धेरै कुराहरु छ । विज्ञानको कुराहरु छ । ज्ञानको कुराहरु छ ।

 

 

एकतामा शक्ति

यसलाई हामीले अनुसन्धान गरी अनुसरण गरेर विवेक पु¥याएर अगाडि बढाउनु छ । तपाईंहरुमा धेरै कामहरु आइराखेको छ । अब माङहिमहरु निर्माण गर्नु छ । अब यिनीहरु निर्माण गदै जाउँला । त्यसले गर्दा हाम्रो शरीर टाढा–टाढा बसेको भएता पनि हाम्रो आत्मा एकै ठाउँ होस् । हामीमा एकता बनोस् । एकता भएपछि एउटा शक्ति हुन्छ । त्यहाँ माङ बसेको हुन्छ । र, हामीमा सिद्धि शक्ति प्राप्त हुन्छ ।

 

 

एकता बनेर हामीले विकास गरेर लानुपर्छ । यो कुरा तपाईंहरुसँग म हार्दिक अनुरोध गर्ने चाहन्छु । अब, हिजोदेखिको कार्यक्रम आज माङवा हाङवा भरे बाँडिदै छ । आज कारण बस मैले बार्ने दिन भएको हुनाले मेरो हातबाट हुँदैन । अब म आदेश दिन्छु, हाम्रो समितिको हातबाट बाँडिन्छ । तपाईंहरुले थाप्नु लानु राम्रोसँग राख्ने । हामीले बाँड्ने काम गरिराखेको छौ । हामीले दिइराखेका छौं ।

 

 

 

अन्नबाली पनि फलिराखेको छ । आलु पनि फल्दै छ । अहिले आलु फलेछ माथि लेकतिर यहाँ गोदामका गोदाम मलाई ल्याइदिन्छन् । फेरी मलाई चाहिँ आलु खान नहुने बिमार लागेको छ । मैले चाहिँ खाँदिन हेर्ने मात्रै हो । यसरी तपार्इं हामीमा आशीर्वाद लागेको छ । अब हामी झरपोक गरौं । मकै फल्छ । धान फल्छ । कोदो फल्छ ।

 

 

 

हामी किसानलाई त यहीँ हो । आयू नै त्यहीँ होनी । तर विषादी चाहिँ नहालौ हैं । विषादी हालियो भने हाम्रो आयू घट्छ । त्यसैले विषादी हाल्ने काम नगरौं म यो कुरा तपाईंहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु । र, हामीले याक्वा सेवा चाहिँ पूर्ण ग¥यौ । सफल ग¥यौ । यसमा मलाई पनि खुशी लागेको छ । यहाँ मैले अस्तिको दिनै आएर बल मागेको छु ।

 

 

 

हामी मान्छेहरु यहाँ आउँदा बिमार नहोस् । एक्सिडेन्ट नहोस् गाडी नलडोस् भनेर सबै थोकमा मैले बलवान मागेको छु । त्यो बमोजिम तपाईंहरु आउनु भएको छ । तपाईंहरुले त्यो सह अब पाउनु हुनेछ । तपाईंहरु निश्चत हो । त्यसले गर्दा मेरो आशीर्वाद लाग्नेछ । तपाईंहरुलाई मेरो आशीर्वाद लाग्ने छ । सत्य चिताउनुहोस्, लाग्छ । यसले गर्दा यो कुराहरु भन्दै, आज म यति भन्दै अब म तपाईंहरुसँग पनि बिदा लिन चाहन्छु । र, तपाईंहरु अब आज जलपान गुरु भण्डारमा हुन लागि राखेको छ ।

 

 

 

हामी पनि अब चाहिँ अलिकति धनि भइएछ । अब हामीले सबैलाई जलपान खुवाईराखेका छौं । व्यवस्था गरिराखेका छौं । तपाईंहरुलाई खानको लागि कुनै आपत्ति हुँदैन । अब आपत्ति भनेको यसो डेराको चाहिँ होलाकी तर पनि सबै घरहरु बनिराखेको छ । त्यसमा डेरामा बसिराख्नु भएको छ । हामीलाई यसमा खुशी लागेको छ । पहिला तपाईंहरु हिँडेर आउनु पुग्नु हुन्थ्यो ।

 

 

 

यो पनि हाम्रो माङको दया हो । र, हामीले बिजुली माग्यौ सरकारले बिजुली दिइराखेको छ । बाटो माग्यौं बाटो पनि दिएको छ । खानेपानी माग्यौं खाने पानी पनि दिएको छ । हामीलाई यो सबै व्यवस्था भइराखेको छ । हामीलाई यो सबै विस्तारै व्यवस्था भइराखेको छ ।

 

 

हामीलाई अब मात्रै रह्यो माङहिम निर्माण गर्ने कार्यक्रम रह्यो । माङहिमलाई अब हामीले ठूलो धनराशीको रुपमा सुरु गर्छौं । त्यसमा हाम्रो नाम पक्कै छुट्दैन जस्तो मलाई लाग्छ । यसमा पनि तपाईंहरुले ध्यान दिनु होला । माङले त पैसा दिएको छ ।

 

 

 

तपाईंहरुलाई अहिले धन, सम्पति आम्दानी पनि दिएको छ । सह पनि दिएको छ । सबै दिएको छ हैं । तपाईंहरुले बुझ्नुहोस्, जान्नुहोस् । जानेर प्रयोग गर्नुहोस् । विवेक पु¥याउनु होस् । यहीँ कुरा तपाईंहरुसँग म हार्दिक अनुरोध गर्दै आज यति भन्दै, मेरो शब्द यहीँ टुङ्ग्याउन चाहन्छु । आसेवारो । आसेवारो ।। आसेवारो ।। तियाहा । तियाहा ।। तियाहा ।।