युके/विगतझै किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभुति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनज्यूको १३९ जन्मजयन्ती कार्यक्रम युकेको स्विडेनमा भब्यताका साथ सम्पन्न गरिएको छ । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा ११ नोभेम्बर २०२३ मा जन्मजयन्ती कार्यक्रम सम्पन्न गरिएको हो ।
राष्ट्रिय विभुति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनज्यूलाई स्मरण गर्दै प्रत्येक वर्ष कार्तिक २५ गतेका दिन भब्य रुपमा युकेमा जन्मजयन्ती कार्यक्रम मनाउँदै आएको आयोजक समितिले जनाएको छ ।
महागुरुको १ सय ३९ औँ जन्मजयन्तीको अवसरमा स्विन्डनमा महागुरु जन्मजयन्ती शुभकामना आदान–प्रदान कार्यक्रम गरी मनाइएको छ । सेवासाबा संयोजक मंगलसिं लिङदेनको नेतृत्वमा बिहान ७ः०० बजेबाट सेवापूजा सुरु भई मध्यान ११ बजे सबै सेवा सके पछि ओैपचारिक कार्यक्रम तर्फ केन्द्रीत गरिएको थियो ।
किरात समुदायका धर्मावलम्बीहरूले मौलिक पोशाकमा उपस्थित भई एक आपसमा शुभकामना आदान–प्रदान तथा फाल्गुनन्दको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाएको आयोजक संस्था किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके उपाध्यक्ष राजेन्द्र खिम्दिङले बताउनु भयो ।
उपाध्यक्ष खिम्दिङका अनुसार विगत लामो समय देखि मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती बेलायतमा भब्य मान्दै आएको र समय र परिस्थित अनुसार बेलायतको विभिन्न स्थानहरुमा जन्मजयन्ती मान्दै आएको यो यसपालिको १३९ ओै जन्मजयन्ती चाहिँ स्विन्डनमा विभिन्न संघ, सस्थाका प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अथिति बेलायत नेपाली राजदुतावास उपनियोग श्रीमती रोशन खनालको रहनु भएको थियो भने विशेष अथितिहरुमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सल्लाहकार धरान माङहिमका पूर्ब अध्यक्ष पञ्चराज थोप्रा, अथितिहरुमा किरात याक्थुङ चुम्लुङ युकेका महासचिव जुरेन्द्र खजुम, पत्रकार महासघ बेलायतका प्रतिनिधि विश्वासदिप तिगेला, गुरुङ समाज स्विन्डेनका प्रतिनिधि श्रीमती तिज गुरुङ, किरात राई यायोक्खाका स्विन्डन शाखाका अध्यक्ष भोला बिक्रम राई, विश्व साहित्य महासंघ बेलायतका अध्यक्ष लाल सुन्दर राई, लगायत विभिन्न विभिन्न सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थित रहेको थियो किरात इङसेका युके प्रतिनिधि ज्ञानु फुरुम्बोले जनाएको छ ।
कार्यक्रम प्रमुख अथितिको हस्तवाहुलीबाट उदघाटन हुन साथ किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय युके उपाध्यक्ष लोचन चोङवाङक्याकले स्वागत मन्तब्य राख्नु भएको थियो । महागुरु फाल्गुनन्द लिङदेनज्यूको संक्षिप्त जीवनीको बारेमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष नन्दा चेम्जोङले प्रस्तुत गर्नु भएको थियो ।
निर्मल पतङवाको संयोजकत्वमा किरात साम्यो साक्थिम्गेन्न पान्जुभो युकेका कलाकारहरुले मौलिक माङलाङ, केलाङ, युमालाङ र थेवालाङ प्रस्तुत गरेको थियो । प्रमुख अथिति लगायत अथितिहरुलाई मौलिक माङबाजा र भेषभुषा सहित स्वागत गरेका थिए ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायत अध्यक्ष रामकुमार सिंथेबेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव लाल लिङदेन र सहसचिव पर्बत राईहरुले सञ्चालन गरेका थिए ।
युके भरि छरिएर बसेका माङसेवासाबा, माङसेवासामाहरुको उपस्थितिमा किरात साम्जीक मुन्धुम बाचन गरेर विश्व शान्ति मानव एकता चराचर जगत शान्तिको कामना माङसेवासाबा संयोजक साङदाङगेन वरुमसाबा माङसेवासाबा मंगलसिं लिङदेनले बताएका छन् ।
२००९ सालमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समित युके संस्था जन्मेपछि निरन्तर बेलायतको विभिन्न ठाउँमा महागुरु फाल्गुनन्द लिङदेनज्यूको जन्मजयन्ती भब्य र सभ्य रुपमा सञ्चालन हुँदै आएको किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युके सह कोषाध्यक्ष केवाहाङ चेम्जोङको भनाई छ ।
महागुरुको जन्मजयन्ती कार्यक्रममा विभिन्न स्थानमा बसोबास गर्ने किरात धर्मावलबम्वी भक्तजनहरु उत्साहका साथ सहभागी हुने साथै कार्यक्रमलाई सफलता पुर्बक सम्पन्न गर्न माङ हुक्वा फूलपाति अक्षता सहित सेवा कार्यक्रममा उपस्थित हुने गरेको किरात धर्म साहित्य उत्थान राष्ट्रिय समिति युकेका कोषाध्यक्ष हर्क आङदेम्बेले जानकारी गराएका छन् ।