लछामी सेर्मा पापो
उठान
विश्व वाङ्मयमा बोलिने भाषा र प्रचलनमा रहेको लिपि मध्ये किरात याक्थुङ लिम्बू भाषा, लिपि पनि एक हो । यो भाषा लिपिलाई विद्धान वर्गले प्राचीन भाषा, लिपि पंक्तिमा उभ्याएका छन् । यसबारे सिक्किम सरकार सूचना एवम् जन सम्पर्क विभाग, सहायक, निर्देशक, जि. एस. लिम्बू जर्ज वेन्ड्रीमको भनाइलाई उद्धत गर्दै आफ्नो भनाई यसरी राख्छन्– ‘‘लिम्बू भाषा अनि व्याकरण माथि खोज अनुसन्धान कर्ता प्रोफेसर जर्ज वेन्ड्रीमको भनाई मुताविक दक्षिण एसियाको प्राचीन भाषा–भाषीहरु मध्ये लिम्बू भाषा पनि एक प्राचीन भाषा हो ।’’ (लिम्बू–९७) साथै वहाँ यसो पनि भन्नु हुन्छ,– ‘‘लिम्बू भाषाको पनि अलग्गै पहिचान छ, अनि भाषा विज्ञानमा यसको आफ्नै स्थान छ ।’’ (लिम्बू–९७)
वयोवृद्ध बुढापाकाहरुको भनाई अनुसार हाम्रो लिपिलाई सुरुमा पुर्खाहरुले माङ् सकसक भन्दथे । त्यसपछि येहाङ् सकसक पनि भनियो र पछिल्लो समयमा किरात सकसक भनियो । किरात सकसक अर्थात किरात लिपिलाई सन् १९२५ ताका सिरिजङ्गा सकसक तथा सिरिजङ्गा लिपि नामाकरण दिइयो तिनताका २६ जुलाई १९२५ मा मैतसिं थेगिमको सभापतित्वमा कालिन्चोङ दोस्रो बस्तीमा एक बैठक बस्यो । त्यो बैठकमा लिपि भाषा बारे व्यापक छलफल भयो । छलफलकै क्रममा त्येअङ्सी सिरिजङ्गा सिंथेबे (द्धितिय सिरिजङ्गा) लाई ठाछाङ् लामाहरुले किरात भाषा, साहित्य, लिपिको नाममा बध गरेकोले किरात लिपिलाई सिरिजङ्गा लिपि भन्नुपर्छ भन्ने निर्णय पारित गरे ।
यसबारे इमानसिं चेम्जोङ् यसो भन्छन्,–‘‘सहिद सिरिजङ्गा देअङसिको नाउँमा यस लिपिलाई सिरिजङ्गा लिपि भन्नुपर्छ । किरात लिपिको अनुसन्धान गर्नै पर्छ भनी सर्वसहमतिले राय पास भयो ।’’ (चेम्जोङ–१४), यस किसिमले राय पास भएपछि त्यस समयदेखि किरात लिपिलाई सिरिजङ्गा लिपि भनिन थालियो । सन १९९६ (वि.स. २०५३) मा पान्थरको सदरमुकाम फेदेनमा किरात याक्थुङ चुम्लुङको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न हुँदा किरात सिरिजङ्गा लिपि भन्नुपर्छ भन्ने निर्णय पारित भएदेखि यता किरात सिरिजङ्गा लिपि भनिन थालियो । शुखिम (सिक्किम)तिर भने यस लिपिलाई लिम्बू लिपि भन्छन्÷मान्छन् ।
माङ्सककस/माङ् लिपि, येहाङ सकसक/येहाङ लिपि, किरात सकसक/किरात लिपि/सिरिजङ्गा सकसक/सिरिजङ्गा लिपि, याक्थुङ (लिम्बू) सकसक/याक्थुङ (लिम्बू) लिपि जे भनिए पनि लिपि एउटै नै हो । हाम्रो पुर्खाले महा कठिन परिश्रम गरेर स्वर, लवध्वजको नापो निकाली आफ्नै किसिमको दर्शनले भरिपूर्ण आविस्कार गरेर दिएको हाम्रो लिपि विश्व वाङ्मयमा एक अमूल्य निधि हो । हाम्रो लिपिको आफ्नै किसिमको विधि विधान छ । अरु लिपिसँग बिल्कुल भिन्न पहिचानमा अवस्थित छ ।
विश्व लिपि पंक्ति किरात याक्थुङ लिम्बू भाषा आधिकारिक वक्ताले भाषा विभाजनबाट पि. एच. डि. अनुसन्धान तह उर्तिण गरी मुकफ्रेङ वर्ण हो भनी प्रमाणित नगरुञ्जेलसम्म कुनै–कसैले मुफ्रेङ वर्ण हो भनि हिड्दैमा विश्वास मान्ने कुनै आधार छैन् । विभिन्न प्रविधि संँगसँगै पहिलेको लिपिको आकार प्रकार सुन्दरता बनाउने कार्य र अनावश्यक अक्षरहरु हटाउने कार्यलाई भने मान्न सकिन्छ ।
उ बेलादेखि यो बेलासम्म वैज्ञनिक मानिन्दै आएको अन्तर्राष्ट्रिय जगतमा स्नातकोत्तर तहदेखि पि. एच. डि. अनुसन्धान तहसम्म तयारी अवस्थामा पठनपाठन पुगिसकेको अवस्था र माङसेबुङ इलामबाट ठेलीका ठेली साम्जिक मुन्धुम वितरण भइरहेको अवस्था पाराङ्गत गर्नमा हतारो भयो कि जस्तो लाग्छ । यो हतारो निकट भविष्यमा दुर्भाग्य पूर्ण पनि हुन सक्छ । एउटै मार्गमा हिंडिरहेको पद यात्रीलाई अर्को पनि थप बाटो बनाई दिने कार्य भएकोले द्धिविधामा पर्ने प्रवल सम्भावना खड्किएको छ । किरात याक्थुङ/लिम्बू विश्व समुदायबाटै लिपि आलेखन संरचना परिवर्तनबारे मानवीकिकरण हुन नितान्त आवश्यकता सिर्जिएको छ । यस बारे निरुपन हुन जरुरत छ ।
किरात याक्थुङ/लिम्बू समदायमा शिक्षारम्भ
तिनताका किरात याक्थुङ/लिम्बू नाम संज्ञा नलागेको हुन सक्छ । वर्तमान किरात याक्थुङ/लिम्बू कहलिएका समुदायमा शिक्षाको पार्दुभाव मुन्धुम तथा कर्मकाण्ड, संस्कार, संस्कृति, रीतिरिवाजलाई गडेर हेर्दा मुहिङगुम अङ्सीमाङद्धारा भएको देखिन्छ । ज्ञान विवेक दिने, शिक्षा प्रदान गर्ने, शास्त्र प्रतिपादन गर्ने प्रारम्भमा अङ्सी नै हुन्थे/थिए । जस्तो कि लोक मान्यता अर्थातः जनविश्वास येत्छामथिम प्रतिपादन गरे । अदावधि किरात याक्थुङ/लिम्ब समुदाय तमाम लिम्बूले येत्छामथिमकै आधारमा लिम्बूवानको संविधान प्रतिपादन गरे । सो संविधानको अवशेष पनि हाम्रो समुदायमा छँदैछ । येत्छामथिम् शिक्षा निम्न अनुसारको भए गरेको पाइन्छ । जसलाई येहाङ् दर्शन भन्ने गरिन्छ ।
–मुहिङगुम अङसीमाङ
–फेजिकुम फेदाङ/माङ्देनलाम
–सावाला साम्बा लाम
–पामुन्दिम् येबा लाम
–सुनुयुमा? माङ्धक लाम
– मुधाङ् खाइक लाम
–सिदा? पाङ्दा लाम
–तुम्याङ लाम
मुन्धुम समग्र सृष्टि पश्चात मानव सामाजिकिकरण हुने क्रममा नै सावायेहाङले यसरी येत्छाम् थिम् प्रतिपादन गरेर मानव जीवनयापन गर्ने महान शिक्षा दिए । सावायेहाङले प्रतिपादन गरेको मुन्धुम् तथा येत्छामथिम् मुलमा नै सर्वजेष्ठ शास्त्र तथा दर्शन हो । यो शास्त्र तथा दर्शनमा नर–नारीतया समग्र मानव जगतलाई समानता दुष्टान्त प्रकाशमा भएको पाइन्छ । किरात याक्थुङ/लिम्बू समुदायको जीनव दर्शन जगत मुन्धुम येत्छाम्थिम नै हो । लोक मान्यता तथा जन विश्वास रही आए अनुसार अङ्सी सावायेहाङले तागेरा निङ्वाभूमाङबाट सकसक लिपि प्राप्त गरेका थिए ।
अर्थातः किरात याक्थुङ÷लिम्बू समुदायमा चलन चल्तिमा भए गरेको लिपि आविस्कारक सावायेहाङलाई नै लोकले मानी आएको छ । त्यसले माङसकसक, येहाङ सकसक भनिएको हो । हाम्रो लिपि प्राचीन लिपि हो भन्ने बारेमा बैरागी काइलाको यस्तो मत रहेको छ,– ‘‘मुन्धुम प्रयुक्त भाषा वा कतिपय शब्दावली सुन्दर र अलंकारिक भएकाले यो भाषा कुनै नजानिएका अज्ञात समयमा लिखित परम्परा भएको भाषा थियो भन्ने अनुमान गर्न बल दिन्छ ।’’ (काइला–५० । नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति बैरागी काइलाको उक्त भनाइबाट पनि स्वर्णिम अज्ञात कालका अङ्सी सावायेहाङकै समयमा नै हाम्रो लिपि आविस्कार भएको हो भन्ने प्रतीत हुन्छ ।
अर्को कुरा इशाको नवौं शताब्दिका सिरिजङ्गाहाङ (प्रथम सिरिजङ्गाहाङ)ले सेसेलुङ फक्ताङलुङ् हिमालको काखमा तीर्थयात्रा गर्न, तपस्या गर्न जाँदा सेसेलुङ फक्ताङलुङ हिमालको सेपचेपबाट किरात लिपि (हाम्रो–लिपि) भेटाउनु भएर दरबारमा ल्याई लिम्बुवानमा किरात लिपि र हाम्रो भाषा शिक्षा प्रचार–प्रसार गरेको पुनः उत्थान गरेको कुराकानी अध्यवधि बुढापाकाहरु कथा गर्छन् । प्रथम सिरिजङ्गाले सेसेलुङ फक्ताङलुङ हिमालको सेपचेपमा किरात लिपि अंकित शिलालेख भेटाएको उक्त कुराको आधारले पनि किरात लिपि अज्ञात स्वर्णिमकाल सावायेहाङ्कै समयमानै प्रतिपादन भएको देखिन्छ । कतिपयले प्रथम सिरिजङ्गाले नै प्रतिपादन गरेका हुन भन्ने मानेमा व्याख्या गर्ने गरेको पनि पाइन्छ । तर मुन्धुम् प्रतिपादन प्रथम सिरिजङ्गाहाङ कालपूर्व नै भइसकेको हुनाले मुन्धुमसँगसँगै किरात लिपि आविस्कार भएको प्रमाणित हुन्छ ।
किरात याक्थुङ/लिम्बू भाषा, शिक्षा, सावायेहाङबाट सुरुवात भएपछि सोधुङ्गेन लेप्मुहाङ्, शिरिजङ्गाहाङ, थाक्थाकुम माबोहाङ, त्येअङसी सिरिजङ्गा सिंथेबे, महागुरु फलामसिं (फाल्गुनन्द), किरात धर्मगुरु (आत्मानन्द) तक अनावरत रुपमा शिक्षा दिने गर्दा अङ्सी विधा अन्तरण रहिआएको छ । किरात याक्थुङ/लिम्बू भाषा शिक्षा यस किसिमले प्रथम त मुहिङगुम अङसीमाङद्धारा आरम्भ भएको पाइन्छ/देखिन्छ । लेखपढ गराउने, साक्षर बनाउनेदेखि लिएर जन्मदेखि मृत्यु पर्यन्तसम्म गरिने समग्र कर्मकाण्ड, संस्कार, संस्कृति, मुहिङगुम अङसीमाङबाट नै आएको हो । जपतप, ध्यान, ज्ञान, विवेक दर्शन, शास्त्र इत्यादि मुहिङगुम अङसीमाङबाट नै प्राप्त भएका हुन् ।
त्येअङ्सी सिरिजङ्गा सिंथेबेको प्रयास
त्येअङ्सी सिरिजङ्गा सिंथेबे (सन् १७०४–१७४१) लिम्बुवानको याङ्वरक प्रान्त सिनाम तेल्लक निवासी थिए । उनको गाउँबस्ती हालः ताप्लेजुङ जिल्लामा पर्दछ । उनको समयमा सुखिम/सिक्किम लिम्बुवान याङवरक प्रान्तबाट अलग गराई छुट्टै देश स्थापित भइसकेको अवस्थामा थियो । स्रङजङ्गम्पोछा दर सन्तान भोटिया समुदाय छुम्बि उपत्यका हुँदै सुखिम छिरेर सत्ता क्याप्चर गरी लिम्बुवानबाट सुखिम अलग्याई राज्य सञ्चालनका सरिक थिए । ती भोटीया समुदायले किरात याक्थुङ/लिम्बू समुदायमा बुद्ध धर्म कर्म बढवा दिइरहेका थिए ।
त्येअङसी सिरिजङ्गा सिंथेबेले लिम्बुवानका सारा गाउँ–गाउँ, बस्ती–बस्ती, किरात लिपि याक्थुङ भाषा लेखपढ गर्न सिकाएर र सुखिम प्रवेश गरे । सुखिममा पुगेपछि किरात याक्थुङ÷लिम्बू समुदायलाई आफ्नै भाषा लिपि अवलम्बन गर्नुपर्ने, आफ्नै धर्म, कर्म मान्नुपर्ने शिक्षा दिए । गाउँ–गाउँ, बस्ती–बस्तीमा किरात याक्थुङ/भाषा सिकाए । किरात लिपि सिकाए । यो समयमा सुखिममा नावाल राजा भएको हुँदा पेमा पन्चरे गुम्बाका ठाछाङ लामाहरुको हातमा सत्ता सञ्चालन रहेको थियो, फुपुले नावालक राजकुमारलाई नुरजमा लगेर शिक्षा दिइरहेको अवस्था थियो ।
किरात याक्थुङ/लिम्बू भाषा, किरात लिपि याक्थुङ÷लिम्बूहरुलाई सिकाउँदै पढाउँदै हिडेको ती ठाछाङ लामाहरुलाई सह्य भएन र त्येअङ्सी सिरिजङ्गा सिंथेबेलाई बध गरे । इष्ट इण्डिया अफिस लाइब्रेरी लण्डनमा संग्रहित रहेको त्येअङ्सीमा सन् १७३४–४१ बीचमा त्येअङ्सी सिरिजङ्गा सिंथेबेले रचना गरेको हो भन्ने कुराहरु शोभा यल्मोले लिम्बू भाषाका स्वरुप विकासानात्मक पुष्तकमा औल्याएका छन् । यसरी त्येअङ्सी सिरिजङ्गा सिंथेबेले किरात याक्थुङ/लिम्बू भाषा शिक्षा दिलाउने क्रममा आफ्नो ज्यानको आहुतिनै दिनुप¥यो ।
लालसोर सेन्दाङको प्रयास
तेह्रथुम आठराई निवासी लालसोर सेन्दाङ (वि. स. १९००–१९८६) को किरात याक्थुङ/लिम्बू भाषा शिक्षा सम्बन्धि अतुलनीय योगदान रहेको छ । उनी लुगा लाउदैनथे । तसर्थ नाँगे साधु पनि भन्दथे । उनले पनि नेपाल लिम्बूवान भू–भागदेखि सुखिम कालिम्पोङ र आसामसम्म किरात लिपि प्रचार–प्रसार गरे । किरात याक्थुङ÷लिम्बू भाषा शिक्षा दिने कार्य गरे । सुखिमतिर अध्यावधि लालसोर सेन्दाङको गुण गाउँछन् । किरात लिपि तथा किरात याक्थुङ भाषा शिक्षा बारेको देन सम्बन्धमा स्मरण गर्छन ।
इमानसिं चेम्जोङको प्रयास
इमानसिं चेम्जोङले किरात याक्थुङ/लिम्बू भाषा शिक्षाबारे साह्रै ठूलो अभ्यास गरे । नेपाल, कालेम्पोङ, सुखिम लगायतका स्थानहरुमा प्रचार–प्रसार गरे । पाठ्यपुस्तकको रुपमा वर्णमाला तयार पारे । इतिहास खोज अनुसन्धान गरी प्रकाशनमा ल्याए । मुन्धुम संस्कार संस्कृति समग्र विषयमा खोज अन्वेषण गरे । दर्शन पनि प्रकाशनमा ल्याए । किरात याक्थुङ/लिम्बू भाषा, शिक्षा सम्बन्धि इत्यादि चेम्जोङ्को पनि अत्यन्तै ठूलो योगदान छ ।
राष्ट्र विभूति फलामसिं (फाल्गुनन्द) को प्रयास
राष्ट्र विभूति फलामसिं (फाल्गुनन्द) लिङ्देन (वि. स. १९४२–२००५) सालमा पूर्वकालमा नै लिम्बुवान सन्धि मार्फत नेपालमा समाहित भइसकेको र नेपालमा निरंकुश राणाशासन चलिरहेको अवस्था थियो । नेपाली भाषाबाट नै लेखपढ गर्न बन्देज थियो भने किरात याक्थुङ/लिम्बू भाषाबाट शिक्षा दिने कुरा त छँदै थिएन । त्यसबेला नेपाल कालरात्री जस्तै अवस्थामा थियो । किरात याक्थुङ/लिम्बू समुदाय शिक्षाबाट बञ्चित त थियो नै कुसंस्कार र कुसंस्कृति, कुरीतिले पनि चुर्लुम्म डुबेका थिए । किरात लिपि त लोप भइसकेको नै थियो । पल्टनबाट नाम कटाएर आएपछि निस्वार्थ रुपमा समाज सुधारका साथै किरात लिपिको प्रचार–प्रसार गर्नमा जोडतोडका साथ लागि परे । जोडतोडका साथ किरात लिपिको प्रयोग गराए ।
किरात धर्मको पुनः उत्थान गरे । मुन्धुम संकलन, सम्पादन, आलेख गरी प्रचार गरे । ठाउँ–ठाउँमा माङहिम निर्माण गराई जपतप, ध्यानका साथ–साथै मातृभाषा र राज्य भाषा दुइवटै भाषा लिपि सिक्ने, सिकाउने व्यवस्था मिलाए । राता–रात ठेलीका ठेली किरात लिपि भाषाबाट साम्जिक मुन्धुम लिपिबद्ध गराए । साँझ विहान वाचन गराए । जोडतोडका साथ शिक्षा अभ्यास गराए । नर–नारी तथा छोरा र छोरीमा समानताको आवाज बुलन्द गरे ।
वि. स. १९८८ साल बैशाक २४ गते लिम्बुवानकै पहिलो बृहत भेला गराई समग्र पद्धतिबारे समाज सुधारको निम्ति सत्य धर्म मुचुल्का निर्माण गरी मौजा–मौजा वितरण गरे । हिन्दु धर्मका शाखा जश्मुनी पन्थसँग भाते मुद्दा पनि खेप्नु प¥यो । सरकारी मुद्दा लागेर गौंडा, अमिन पटक–पटक तारेखमा धाउनु प¥यो । काठमाण्डौतक नेल हतकडी लागेर जानु प¥यो । रति पनि डर त्रास नमानि, धम्कीको प्रभावकारी निडर–निर्धक्कसँग ज्ञान, शिक्षा दिन दिलाउनमा लागि परे । फलस्वरुप आज यो अवस्थासम्म हुने मौका मिलेको छ ।
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको प्रयास
पञ्चायतकालको चरम उत्कर्ष कालमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ ‘सेइङ’ (आत्मानन्द) उदयीमान हुनु भएको हो । पञ्चायतकालमा पनि किरात लिपि तथा किरात याक्थुङ/लिम्बू भाषा शिक्षा सम्बन्धि खुल्ला परिवेश थिएनन् । एक भाषा, एक धर्म, एकिकृत नीतिको धारण किरात लिपिमा किरात याक्थुङ/लिम्बू भाषा शिक्षा सिक्ने सिकाउने बन्देज थियो । यस्तो विकराल अवस्थामा आफ्नो अध्यक्षतामा किरात धर्म तथा साहित्य उत्थान संघ दर्ता गर्नुभयो । प्रथम किरात सम्मेलन यासकमा र दोस्रो किरात सम्मेलन रविमा सम्पन्न गर्नुभयो ।
रातारात ठेलीका ठेली किरात लिपिबाट राष्ट्र विभूति फलामसिं (फाल्गुनन्द) ले संकलन सम्पादन गर्नुभएको साम्जिक मुन्धुम लिपियाङकन गरी माङहिम–माङहिम, गाउँ–गाउँ पु¥याउने बस्दोबस्त गर्नुभयो । किरात लिपिबाट पत्र लेखेर सम्बन्धिमा नेपालबाट पठाउने र पाउँनेको नाम लेखी पोष्ट गर्न पत्रचार आन्दोलन वृहत्तर गराउनु भयो । पत्रचार आन्दोलनमा अशोक सवेन्हाङ (ताप्लेजुङ), भन्सार कर्मचारी येहाङ लावती, प्रधान पञ्च डा. चन्द्रकुमार सेर्मादेखि लिएर सुखिमका विवि मुरिङ्ला आदि र स्वयम् किरात धर्मगुरु सरिक हुनु भएका थिए । पञ्चायत व्यवथा चरम उत्कर्ष रहेको बेला किरात धर्मगुरु सेइङ (आत्मानन्द) को टाउकोको मोल पनि पञ्चायतले तोकेको थियो । यस्तो परिस्थितिबाट बचेर किरात धर्मगुरु सेइङ (आत्मानन्द) ले पञ्चायत कालमा किरात धर्म, साहित्य, लिपि, भाषा, शिक्षा, उन्ननयन गर्नमा जोड तोडले प्रयास गर्नुभयो । आफ्नो ज्यानलाई खुकुरीको धारमा उभ्याएर मानवता भन्दा माथि उठेर किरात याक्थुङ÷लिम्बू लिपि भाषा, शिक्षा अग्रसर गराउनमा लागि पर्नुभयो ।
पाठशालामा प्रथम अभ्यास
सन् १९३८ तिर मैतसिं सुब्बा र लालसिं सुब्बाहरुको पहलमा कालेबुङ्को ढोङ्गो बस्तीमा लिम्बू भाषा पाठशाला स्थापना गरी लाखबहादुर सुब्बा (आङ्देम्बे)लाई शिक्षक नियुक्ति गरे । तलब भत्ता चन्दा तथा दानदाताहरुबाट व्यवस्था गर्ने गरिन्थ्यो । सो पाठशाला हालः सरकारी स्वामित्वमा सञ्चालित छ । तर, वर्तमान किरात याक्थुङ/लिम्बू भाषा शिक्षा भने पठपाठन हुँदैन ।
सुखिममा औपचारिक शिक्षा
लिम्बुवानको याङवरकबाट सुखिम छुट्टै देश बनाएपछि अंग्रेज र सुुखिमको सन्धि पश्चात सुखिम सार्वभौम सत्ता सम्पन्न देश स्थापित भयो । इतिहासः स्रङ्गङम्पोका दरसन्तान छुम्बी उपत्यका हुँदै सुखिम छिरेपछि तेकुङतेङ लाप्चासँग मिलि सुखिम माथि अधिपत्य जमाए । फन्छो नाम्ग्याल (सन् १६४२–१६७०) को शासनकाल आएपछि भोटे, लाप्चा, लिम्बूबीच लो–मेन् चोङ सन्धि भयो । लो–मेन–चोङको शाब्दिक अर्थ लोः लोफ.भोटे बाबु जस्तो, मेः मेम्फा. लाप्चा आमा जस्तो र चोङः लिम्बू. लिम्बू छोरा जस्तो भन्ने शब्द संयोजनबाट उच्चारित भएको हो ।
यसरी लो–मेन्.चोङ सन्धि भएको लगभग २५० वर्षपछि तथा फुन्छो नाम्ग्यालको १० औं पुस्ता पछिका सन्तान उत्तराधिकारी पल्देन तेन्थुप नाम्ग्यालको पालामा आइपुग्दा सन १९६७–७८ तिर हाम्रो पुर्खाहरुले लो–मेन–चेङ सन्धि गरेका थिए भनि सुखिमबासी लिम्बुहरुले स्मरण गराउँदा लिम्बू समुदायको निम्ति १ काउन्सिल कोटा राजाबाट छुट्याइयो । सो कोटा अन्तर्गत हर्कधोज माङयुङ् काउन्सिलर निर्वाचित भए । काउन्सिलर हर्कधोज माङयुङले क्याविनेट अर्थात विधान सभा सदनमा राजा पाल्देन तेन्युप समक्ष सिक्किम सरकारी पाठशालाहरुमा लिम्बू भाषा र लिपि पढ्ने–लेख्ने मौका पाउँनुपर्छ भनि माग पेश गरे । सो समयमा लिम्बू भाषामा लेखिएको पुस्तक छ/छैन ? साथै पठनपाठन गर्न सक्ने दक्ष जनशक्ति छ÷छैन ? भनि राजाले चासो लिए । काउन्सिलर हर्कधोज माङयुङले ‘तुम निङ्वा इ साप्ला’ र ‘निसिगेक साप्लालाई आधार मानेर पुस्तक प्रयाप्त भएको र पढाउन सक्ने दक्ष जनशक्तिको रुपमा इच्छापूर्ण दास सुब्बाको नाम अघि सारे । पाल्देन नाम्ग्यालको निगाहले २१ मार्च १९६८ मा इच्छापूर्ण दास सुब्बा सुखिममा प्रथम लिम्बू भाषा शिक्षकको रुपमा नियुक्ति भए ।
विश्व वाङ्मयमा औपचारिक सरकारी प्रथम लिम्बू भाषा शिक्षक इतिहासमा इच्छापूर्ण दास सुब्बा इङ्कित हुन पुगे । सन १९७४ सम्ममा क्रमश लिम्बू भाषा शिक्षकको रुपमा महावीर नेम्बाङ, हर्कवीर लिम्बू, जहमान लिम्बू (नेम्बाङ), चन्द्रमान सुब्बा (चन्द्र माङयुङ), तेजमान नेम्बाङ, नरमान खाम्धाक, धनराज सुब्बा गरी ७ जना नियुक्त भए । सुखिममा यसरी थालनी भएको औपचारिक लिम्बू भाषा पठनपाठनको क्रममा सन १९७९ मा कक्षा ५ सम्म, सन १९८१ मा दशौं कक्षासम्म सन् १९८४ मा कक्षा ११–१२ सम्म पढ्न पाउँने स्विकृति प्राप्त भयो ।
सन २००० मा नर्थ बंगाल युनिभर्सिटिले सुखिममा लिम्बू भाषा स्नातक तहसम्म पढ्न पढाउन पाउने अनुमति दियो । सन २००७ मा सिक्किम युनिभर्सिटि स्थापित भयो । पठनपाठन हुँदैछ । सिक्किम युनिभर्सिटि गान्तोकमा लिम्बू भाषाबाट स्नाकोत्तर पठन–पाठन धमाधम भइरहेको छ । उक्त सिक्किम युनिभर्सिटिबाट पि.एच.डि. अनुसन्धान तह उपाधिको निम्ति आस मुरिङ्ला छानिएका छन् र अनुसन्धान बढाई रहेका छन् ।
नेपालमा किरात याक्थुङ/लिम्बू भाषा शिक्षा अभ्यास
पान्थर जिल्लाको आङ्सराङ मेहेलबोटेमा अवस्थित जयनारायण आदर्श आधार हाई स्कूलमा वि.स. २०१३÷०१४ सालतिर इमानसिं चेम्जोङले लिम्बू भाषा पनि पढाए । नेपालमा सरकारी विद्यालयमा औपचारिक लिम्बू भाषा शिक्षक नियुक्ति भएको प्रथम शिक्षक इमानसिं चेम्जोङ नै थिए । तर तत्कालिन शिक्षा आयोगको प्रतिवेदनको सुझावमा भाषिक एक रुपताको नीति भन्ने आएको र सो नीति कार्यान्वयन भएपछि लिम्बू भाषा पठनपाठन स्थगित भयो । लगभग १६÷१७ वर्षपछि वि.स. २०३२ सालतिर पान्थरको याम्बोङ् गाउँमा वीर नेम्बाङ्को अगुवाईमा फक्ताङलुङ निसामहिम् नामक विद्यालय स्थापना गरी लिम्बू भाषा, नेपाली भाषा र अंग्रेजी भाषा त्रैभाषिक पठनपाठन सुरु गरियो । शिक्षकहरुलाई चन्दा तथा दानदाताहरुबाट धानियो ।
तत्कालिन पञ्चायत शासकलाई असहय भएकोले सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, शिक्षक वर्ग र वीर नेम्बाङ सहित १८ जनालाई पक्राउ गरी जेल चलान गरे । तत्पश्चात उक्त विद्यालय बन्द गरे । ताप्लेजुङको तिरिङ्गे गाउँमा पनि एक रात्री पाठशाला सञ्चालित थियो । त्यस पाठशालाका सञ्चालक समिति, शिक्षकहरुलाई पनि गिरफतार गरी पाठशाला बन्द गरे । यसरी जहाँ–जहाँ लिम्बू भाषा पठनपाठन गरिएको थियो, त्यहाँ–त्यहाँका सञ्चालक समिति र शिक्षक वर्गलाई धरपक्कर गरी पाठशाला बन्द गरिए ।
वि.स. २०४६ सालको जन आन्दोलन पश्चात प्रजातन्त्र पुनः बहाली भएपछि पान्थरको घुर्विसे पञ्चमी फाक्तेपमा धनराज सम्बाहाङफेको अगुवाइमा किरात याक्थुङ/लिम्बू भाषा पठनपाठनको निम्ति इमानसिं युकसिङ निसामहिम् नामक पाठशाला स्थापना गरियो । विद्यालय सञ्चालक समिति अध्यक्ष धनराज सम्बाहाङफे र अन्य सदस्यहरुमा पूर्णकुमार चेम्जोङ, जहरमान चेम्जोङ, इन्द्रवीर चेम्जोङ, छत्र, हरिनारायण, भगिरथ, केशरबहादुर, सनबहादुर, टिकाराम, तीर्थबहादुर, दिल्लीहाङ, इच्छाबहादुर, वीरबहादुर लालबहादुर थिए । प्रधानाध्यापक थाकुहाङ मेरिङ र अन्य शिक्षक वर्गमा दिलवीर सेर्मा (साम्जिरी), बुद्धहाङ नेम्बाङ (सिकुमहाङ् याक्थुङबा) र इन्द्रप्रसाद आङ्देम्बे (साङ्जोलुङ) नियुक्ति भए । चन्दादाता दानदाताहरुको भरमा सञ्चालित उक्त विद्यालयमा अर्थ अभावले लामो समयसम्म टिक्न सकेन । केवल इतिहास मात्र सावित भयो ।
त्यसैगरी पान्थर पञ्चमी–४ का किरात याक्थुङ/लिम्बू बन्धुहरुले याक्थुङ भाषा पठन पाठन गरिने पाठशाला स्थापना गरे । त्यो पाठशालामा पदम योङहाङ शिक्षक नियुक्त भएका थिए । इलाम जितपुरमा पनि याक्थुङ निसामहिम स्थापना गरिएको थियो । त्यस विद्यालयमा गीता लिङ्देन र जगत पत्रे शिक्षक नियुक्त भएका थिए । झापाको जलथल, खुदुनाबारी र बेलडाँगीमा पनि याक्थुङ निसामहिम सञ्चालन भएको थियो । मोरङको रमाइलो झोडामा पनि याक्थुङ निसामहिम सञ्चालन गरेका थिए । यस पाठशालामा युवराज लाओती शिक्षक नियुक्त भएका थिए । यी सबै पाठशालाहरु इतिहास मात्र बन्न पुगेको छ ।
किरात धर्मगुरु थाकु मुहिङगुम अङसीमाङ सेइङ (आत्मानन्द) ज्यूको अगुवाईमा इलाम माङसेबुङमा वि.स. २०३९ सालमा साम्जिक मुन्धुम निसामहिम स्थापना भयो । यस निसाहिममा विशुद्ध किरात याक्थुङ÷लिम्बू भाषा लिपिबाट पठनपाठन हुन्छ । साम्जिक मुन्धुम, खाइक मुन्धुम, शशिमुन्धुम लगायतका विषय यस निसामहिममा अध्ययन अध्यापन हुन्छ । यो पाठशाला अध्यावधि सञ्चालन छ । विश्व जगतमा एक मात्र साम्जिक मुन्धुम निसामहिम हो यो निसामहिम/किरात साम्जिक मुन्धुम, किरात खाइक मुन्धुम अध्ययन अध्यायपन गरिने विश्व विद्यालय सञ्चालन गर्ने किरात धर्मगुरुको परिकल्पना रहेको छ । कक्षा १–१२ सम्मको पाठ्यक्रम निर्माण भइसकेको छन् । कक्षा १ देखि पाठ्यपुस्तक निर्माण सुरु भइसकेको छ । लामो समयसम्म आफ्नो वर्गात र बुताले सञ्चालित उक्त पाठशाला पछिल्लो समयमा स्थानीय सरकार गाउँपालिकाबाट सामान्य सहयोग मिलेको छ । यस पाठशालाको प्रथम तुम् सिकसाम्बा मनप्रसाद थलङ, अगम वान्तावा हुँदै हाल ललितचन्द्र फियाक रहनुभएको छ ।
इलाम माङसेबुङमा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिं थेगिमको पहलमा किरात साम्जिक मुन्धुम आ. वि. पनि स्वीकृत भएको छ । यस पाठशालामा कक्षा १–५ सम्म पठनपाठन हुन्छ । अंग्रेजी, नेपाली बाहेकको अन्य सबै विषय किरात याक्थुङ÷लिम्बू भाषामा अनुकलन गरी पठनपाठन हुन्छ । यसको पाठ्यक्रम पा. पा. नि. केन्द्र सानोठिमी भक्तपुरले मुन्धुम शिक्षा नामाकरणबाट निर्माण गरेको छ । मुन्धुम शिक्षा पाठ्यक्रम कक्षा १–५ निर्माण गर्नमा लछामी सेर्मा पापोको ठूलो देन रहेको छ । यस निसामहिमको तुम सिकसाम्मा कल्पना लिङ्देन रहनु भएको छ । यो पाठशाला पूर्ण सरकारी पाठशाला हो ।
रन्धोज नेम्बाङले स्थापना गरेको सत्यहाङमा मा. वि. याम्बोङमा मलिसा याक्थुङबाको अगुवाईमा पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण गरी किरात याक्थुङ÷लिम्बू भाषाबाट कक्षा ११–१२ वि. स. २०६६ सालदेखि सञ्चालित भइआएको छ । नेपालमा याक्थुङ÷लिम्बू भाषाबाट पठनपाठन हुने कक्षा ११–१२ अर्थात यो प्रथम हो र यो एक मात्र रहेको छ । यो आफ्नो निजी व्यवस्थापनबाट चलिरहेको छ । परीक्षा नियन्त्रण पृथ्वी नेम्बाङ रहनु भएको छ भने उच्च बोर्ड अध्यक्ष मलिसा याक्थुङबा रहनु भएको छ । भाषा शिक्षकमा शेरबहादुर (एस. बि.), योङहाङ, एल.बी. नेम्बाङ आदि रहनु भएको छ । स्थापना कालदेखि हालसम्म आन्दोलनको रुपमा यो कक्षा ११–१२ सञ्चालनमा रहिआएको छ । यसको सम्बन्धमा शाखाहरुमा इलाम माङसेबुङको सरस्वती मा. वि,. पान्थर कुम्मायक यासकको पृथ्वी मा. वि. र ताप्लेजुङको सिवामा पनि सञ्चालित छन् । धरान पब्लिक हाई स्कुलमा पनि सञ्चालित थियो सो चांहि हाल बन्द भएको छ ।
वि.स. २०४७ को संविधानले कक्षा ५ सम्म ऐच्छिक विषय मातृभाषामा शिक्षा दिने व्यवस्था गरे अनुरुप किरात याक्थुङ चुम्लुङको पहलमा वि.स. २०५४ मा पाठ्यक्रम निर्माण सम्पन्न गरी आनीपान नामक पाठ्यपुस्तक कक्षा १–५ तयार पारियो । आनीपान पाठ्यक्रम पाठ्यपुस्तक निर्माण गर्नमा प्राज्ञ अमर तुम्याङको ठूलो देन रहेको छ । लिम्बुवान क्षेत्रको धेरै विद्यालयमा आनीपान पठनपाठन भयो र भइरहेको छ । तर इच्छाधिन विषयको रुपमा मात्र पठनपाठन हुन्छ । किरात याक्थुङ चुम्लुङको पहलमा वि.स. २०५४ मा अनौपचारिक शिक्षाको निम्ति तरङ र चोल्लुङ नामक पुस्तक छपाएर याक्थुङ गाउँ गाउँमा किरात–याक्थुङ÷लिम्बू भाषा शिक्षा साक्षरता सञ्चालन गरियो । अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले वि.स. २०६७ मा साङलाम नामक पाठय पुस्तक पनि निर्माण गराई तेह्रथुम जिल्ला लगायत जिल्ला जिल्लामा सञ्चालन गरे ।
नेपालमा गणतन्त्र स्थापना पश्चात निर्माण गरिएको संविधानमा मातृभाषा शिक्षा प्रद्धत व्यवस्था भए अनुरुप पान्थर फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्बाङले आफ्नो गाउँपालिकामा किरात याक्थुङ÷लिपि भाषा शिक्षक नियुक्ति गरेर ऐतिहासिक कदम थाले । हाल उक्त गाउँपालिका २० जना याक्थुङ/लिम्बू भाषा शिक्षक नियुक्ति गरिएका छ । यसै गरी दमक नगरपालिकामा एकजना, तुम्बेवा गाउँपालिकामा …..जना, मिक्लाजुङ गाउँपालिकामा २ जना संखुवासभामा एकजना, इलाम जिल्लाको माङसेबुङमा तीन जना स्थानीय सरकारबाट किरात याक्थुङ/लिम्बू शिक्षक नियुक्ति गरिएका छन् । यी सबै आधारभूत शिक्षा कक्षा १–५ सम्मको लागि मात्र हो ।
टुङ्ग्याउनी
यसरी हरतवरले किरात याक्थुङ/लिम्बू भाषा–लिपि बचाउन तथा उत्थानको निम्ति शिक्षा ज्ञान दिने प्रयत्न भई आएका छन् । किरात याक्थुङ/लिम्बू भाषा–लिपि सम्बन्धमा उत्तिकै चुनौतिहरु पनि विद्यमान छन् । यी चुनौतीहरुलाई निराकरण गर्नको निम्ती राज्यले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो भाषाबाट शिक्षा लिए भने जिविकोपार्जन गर्न सक्छु भन्ने वातावरण राज्यले सिर्जना गर्नुपर्छ । त्यसो भएमा सबै युवाहरु लागि पर्न सक्छन् । अनि लिम्बू भाषा राज्य भाषा अविलम्ब घोषणा गरिनुपर्छ । साथै सम्बन्धित जन पनि उत्तिकै लागि पर्नुपर्छ । जहाँ भेट भए पनि किरात याक्थुङ/लिम्बू भाषा नै बोल्नु पर्छ र छोराछोरी, नातिनातिनीलाई पनि किरात याक्थुङ÷लिम्बू भाषाबाट बोलाउँनुपर्छ । बातचित गर्नुपर्छ ।
सन्दर्भ स्रोत
काइला, बैरागी, नाहेन मुन्धुम मेयर केशरसिं लिङ्देन (लिम्बू) वारेन्ट अफिसर मेहेरमान लिङ्देन (लिम्बू) २०५१
चेम्जोङ, इमानसिं किरात साहित्यको इतिहास दोस्रो संस्करण
झापाः यलम्बर पुस्तक पसल धनराज
मिनि मार्केट विर्तामोड २०५७
लिम्बू, जि. एस. सिक्किम राज्यमा लिम्बू भाषाको इतिहास
अमिेत(नासुक्ष् खाननि( द्धठ पृ. स. ९७
कष्पपष्m वबथि द्दण्द्दद्द
व्यक्ति स्रोत
सेर्मा साम्जिरी सेर्मा माङसेबुङ, इलाम
मलिसा याक्थुङबा याम्बोङ, पान्थर
माङसेबुङ पत्रिकाबाट