किरात समुदायको केन्द्रीय धार्मिक तिर्थस्थल माङसेबुङको संरक्षण, संम्वद्र्धन र प्रचार–प्रसार किरात धर्मावलम्बीहरु आफै गर्दै आएका छन् । विकट अनकन्टार मान्द्रेडाँडाबाट विश्वको नजरमा पुगेको धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा माङसेबुङलाई स्थापित गरेका छन् । यसरी माङसेबुङलाई संसारमा चिनाउन मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको त्याग र अतुलनीय देन रहेको छ । सम्भवतः वहाँहरु माङसेबुङमा स्थायी बसोवास नगर्नु भएको भए माङसेबुङ नामाकरण नभई अनकन्टार मान्द्रेडाँडा नै रहने थियो ।
यसरी मान्द्रेडाँडा नै रहेको भए विकासका आधारभूत पूर्वाधारहरु नै अझैसम्म यहाँका स्थानीयले देख्न, हेर्न र उपभोग गर्न नपाउने नै थियो । तर, अङसीमाङको माङसेबुङमा बसोवास हुन थालेपछि भक्तजनहरुको आगमनसँगै मान्द्रेडाँडा फेरिएको हो । यसरी माङसेबुङ विश्वसामु कहँलिनुमा अङसीमाङ अङसीमामाङको त्याग र देनसँगै किरात धर्मावलम्बीहरुको एकताको श्रमदानले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
माङसेबुङमा जति भौतिक पूर्वाधारहरु निर्माण भएका छन् ती संरचनामा अधिकांश राज्यको उपस्थिति रहेको छैन् । तत्कालीन दश वर्षे जनयुद्धको समयताका २०५९ साल आषाढदेखि श्रमदान जुटाएर निर्माण थालेर ६१ सालमा उद्घाटन गरिएको साढे ५ किलोमिटरको माङसेवुङ चक्रपथ होस चाहे माङसेबुङमा स्थापित किरात केन्द्रीय माङहिममा होस राज्यको बजेट प्रयोग भएको देखिन्दैन । माङसेबुङ चक्रपथ निर्माणपछि सवारी साधन नियमित सञ्चालन भइरहेका छन् ।
माङहिम नजिकै प्रवचन मैदान श्रमदानबाट नै निर्माण गरिएको छ । माङसेबुङमा सरकारको नजर नपरेपछि किरात धर्मावलम्वीहरुको आर्थिक अनुदानहरु रातारात संकलन गरेर श्रमदानबाट निर्माण गरिएका संरचनाहरुको मर्मतका लागि केही ठाउँहरुमा अहिले सरकारको आगमन भएको देखिन्छ । प्राय माङसेबुङमा जे जति विकास निर्माण भएका छन् यसमा राज्यको उपस्थिती न्युन मात्र रहेको छ । माङसेबुङमा राज्यको बजेट बिना नै करोडौंको लगानीमा धमाधम विकास निर्माण भइरहेका छन् । यसरी लामो अवधि राज्यको नजर नपुगेको माङसेबुङको विकासमा पछिल्लो समय सरकारको उपस्थिति हुन थालेको छ ।
केही शिक्षा, सडक, विद्युत सेवा लगायतमा राज्यको नजर पुगेपनि पर्याप्त भने भएका छैन् । विगतका दिनहरुमा राज्यको नजर नपुगेको माङसेबुङमा पर्यटन प्रवद्र्धनको प्रबल सम्भावना देखेपछि राज्यले माङसेबुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पछिल्लो समयमा योजना अघि बढाएको छ । यसका लागि नियमित सञ्चालन हुने यातायात र विद्युत सेवा आपुर्ति गर्न जरुरी छ । माङसेबुङमा भरपर्दाे स्वास्थ्य सेवा साथै सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ । यहाँ सबैलाई स्वच्छ खानेपानी र स्वस्थ शिक्षा र आवासको प्रबन्ध गर्न पनि राज्यको नजर पुग्न आवश्यक छ । तब मात्र माङसेबुङ धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्छ ।
माङसेबुङ पर्यटकीयहरुको गन्तव्य बन्नु भनेको राज्यको सम्पति बढ्नु हो । यहाँको स्रोत साधन र उत्पादनको महत्व बढ्नु हो । राज्यले माङसेबुङलाई पर्यटकीय क्षेत्रको रुपमा जति विकास र विस्तार गर्दै लान्छ किरात धार्मिकस्थल माङसेबुङको त केवल नाम र प्रतिष्ठा मात्र फैलिन्छ तर, आय स्रोत बढ्ने त राज्यको हो । माङसेबुङमा पर्यटन प्रबद्र्धन भएपछि राज्यको आर्थिक स्रोत बढ्ने हो ।
यसरी माङसेबुङमा पर्यटन प्रवद्र्धनको विकास भएमा संघीय, प्रदेश र स्थानीय सरकारको अर्थतन्त्रमा टेवा पु¥याउने छ । यहाँको राजश्व तीन तहका सबै सरकारले उपभोग गर्न सक्ने भएकोले माङसेबुङको विकास निर्माणमा पनि सबै तहका सरकारले उतिकै जिम्मेवारीका साथ नजर पु¥याउन जरुरी छ । (किरात इङ्से पत्रिकामा प्रकाशित सम्पादकीय लेख)