मिति २०३६ साल फागुन १२ गतेका दिन महमाई –१ पलासे इलाममा सम्पन्न येत नाम्धुङ लाधुङसेमी सेवामा मुहिङ्गुम अङ्सीमाङ् लिङ्देन आत्मानन्द ‘सेईङ’ ज्यूले प्रदान गर्नुभएको माङआशीर्वचनको पूर्ण अंशः)
प्रिय भक्तप्रेमी वर्ग
हिमाली काखदेखि बग्दै आएको कन्काई माई भगवती किनारमा आयोजित यस नाम्धुङ लाधुङ सेवामा आज हामी भेला भईरहेका छौं । यहीँ भेलामा तपाईहरुलाई किरात धर्मबारे केही भन्दैछु । किरात धर्म प्राचिनकालदेखि नै थियो । तर बेला–बेला बीचबीचमा लोप हु“दै आयो । यी कुराहरु इतिहासका प्रत्येक पानाले झल्झली देखाईरहेको छ, किरात जातमा यसरी धर्म लोप भएर गएपछि अहिले के कसरी पुनः स्थापना भइरहेको छ भन्ने कुरा इतिहास पल्टाएर हेर्दा खेरी थाहा हुन्छ ।
जब सरस्वती माता तपस्वी महागुरु फाल्गुनन्द लिङ्देनज्यूले किरात कुलमा जन्म लिनुभयो, तब किरात धर्मको पुनः स्थापना पनि भयो । वहा“ले अन्धकारमय किरात जगतमा किरातीहरुको हितको लागि धेरै दुःख गर्नु भयो । कैयौं संकट्कालीन समस्या सामना गनु हुँदै किरात धर्मको जगेडा गर्नु भयो । आज हामी त्यहीँ धर्मको खोजी गर्नु र त्यसको उत्थान गर्नुलाई अघि बढिरहेका छौं ।
दुःखको सागरमा डुबेका मानव जाति समुदायलाई मुक्ति गराउ“ननै यस्ता महापुरुषले जन्म लिन्छन् । यसरी महापुरुषहरु यस धर्तिमा कति आए, कति गए यो क्रम यसरीनै चलिरहेको छ । उदाहरणका लागि केही महापुरुषहरुको नाम लिउ“ आज भन्दा २५ सय बर्ष अघि हामै्र देश नेपालको लुम्बिनीमा भगवान गौतम बुद्धले जन्म लिनु भएको थियो । उनले बुद्ध धर्म प्रचार गरे । अंग्रेजहरुको यहुदी कुलमा यिशुख्रिष्ट जन्मे । उनले कृश्चियन धर्म प्रचार गरे । त्यसरीनै मुस्लिम कुलमा पैगम्बर अलि मोहम्मत जन्मे । उनले इस्लाम धर्म प्रचार गरे । यहीँ क्रममा हाम्रो जस्तो अज्ञानी किरात कुलमा पिता जगनवाज र माता हंसमतिको कोखबाट वि.स. १९४२ साल कार्तिक २५ गते आईतबारका दिन सरस्वती माता तपस्वी महागुरु फाल्गुनन्द लिङ्देनज्यूले जन्म लिनुभएको थियो । जब–जब यो संसारमा धर्म लोप हु“दै जान्छ, तब–तब त्यहीँ पापै–पापले ढाक्दै गएको हुन्छ । जुन समाजमा पाप बढ्दै गएको हुन्छ, त्यो समाज अ“धेरी रातको अन्धकार जस्तै अज्ञानै–अज्ञानले ढाँकिदै गएको हुन्छ । तब त्यहा“ नर्क भित्र भएका किराहरु जस्तै दुःखको सागरमा ढाकिएको हुन्छ । त्यहीँ अवस्थामा हामी किरातीहरु पुगेका छौं, यो दुःखको सागर तथा नर्ककुण्डबाट मुक्त हुनुका लागि हामीले हाम्रो आन्तरिक आत्मालाई पवित्र बनाउ“नु पर्छ । त्यसपछि सही धर्मको मार्गहरु पहिल्याउन सकिन्छ ।
हाम्रो आन्तरिक आत्मामा धमिलोपन ल्याई कुरीति तर्फ डो¥याउने तत्वहरु धेरै छन् । त्यहीँ कुरीतिले हामीलाई अन्धकार तर्फ डो¥याउदै नर्क कुण्डतर्फ डुबाईरहेको छ । हामी किरातीहरुको महान् शत्रु यहीँ कुरीति बन्न पुगेको छ । यो महान् शत्रुलाई हामीले चिन्नसम्म सकेको छैनौं । त्यसैले यस्ता डरलाग्दो शत्रुलाई चिन्न सकौं, जान्न सकौं र त्यसबाट अलग रहौं भनेर हाम्रो सम्पूर्ण दिदीबहिनी, दाजुभाई तथा पुर्खाहरुलाई म हार्दिक अनुरोध गर्दछु ।
हाम्रो किरात समुदायको हरेक व्यवहारिक पक्षमा कुरीति प्रथाहरु घुसिएका छन् । यसै प्रसंगमा यहा“ एउटा उदाहरण दिउ“, किरात समाजमा सञ्चालित धार्मिक संस्कार अन्तर्गत पर्ने ईश्वर, भक्ति, सेवा, पूजा गर्ने चलन जो छ, सो कति राम्रो कुरा हो । तर यहा“ पनि कुरीतिले साम्राज्यजवाद फैलाई रहेको छ । किन भने यहा“ इश्वरको नाममा बलिपूजा गरिन्छ । यो प्रथा पनि कुरीति हो । भोग पूजा (बलिपूजा) गर्ने प्रथालाई धार्मिक तथा ज्ञानको गहिराईमा डुबेर हेरौं । भुसुनादेखि लिएर विशाल जीवजन्तुहरु सबै ईश्वरका रचना हुन्, इश्वरको सन्तान हुन् । त्यसैले हामी सबै प्राणीहरु ईश्वरका लागि निमित्त बराबर छन् । सबै प्राणीलाई उनले समान माया गरेका हुन्छ । जसरी हामी हाम्रा छोराछोरी सबै बराबर माया गर्छाैं र बराबर (समान) दुष्टिकोणमा हेर्छाैं । ईश्वर जगत पिता हुन् । त्यसैले उनी सबै प्राणीका पिता हुन् । जगत पिता ईश्वरलाई खुशी तुल्याउनको सट्टा हामी उनकै सन्तान सु“गुर, कुखुरा, बाख्रा, रा“गा भे“डा आदि जीव जन्तुहरुको हत्या गरेर भोग चढाउ“छौं । बलिपूजा भनेको यहीँ कर्म हो । यदि कसैले मलाई खुशी पार्नका लागि मेरै छोरा छोरी मारेर चढाउ“छन् भने म कदापि खुशी हुन्न । उल्टै मलाई रिस उठ्छ । रिसको आवेगमा खुनको बदला खुननै लिन चाहन्छु । मेरो छोराछोरीको हत्या गर्ने ज्यानमारालाई प्रशाशनिक कार्यालयमा मुद्दा दायर गर्छु । उनलाई जेल दिन्छु । बलिपूजा गर्नु भनेको त्यस्तै हो । बलिपूजा गरेर कहिल्यै ईश्वरलाई खुशी बनाउन सकिन्दैन । त्यसैले हिंसात्मक ईश्वरको सेवा, भक्ति, पूजा गर्नाले उल्टै देवदण्ड भोग्नु पर्छ । कहिलै हाम्रो कल्याण हु“दैन । त्यसकारण बलिपूजा कुरीति हो, उल्टै कर्म हो ।
किरात भाषामा परमात्मा ईश्वरलाई तागेरा निङ्वाभूमाङ् भनिन्छ । माया, ममता, भन्ने कुराहरु तागेरा निङ्वाभूमाङ् कै देन हुन् । तर यहा“ माया, ममताले पनि कुरीति प्रथालाई सहारा दिईरहेका पाईन्छ । उदाहरणको रुपमा अध्ययन मनन् गरौं, हामीले हाम्रो छोराछोरीहरुलाई माया गर्छौं । यो तागेरा निङ्वाभूमाङ्को देन हो भनेर अघिनै बताई सकेका छौ । यो स्वभाविकै हो । हाम्रा ती छोराछोरीहरु मध्ये कुनै सिकिस्त बिरामी भए भने झन् हृदयदेखि नै उनीहरुको माया लागेर आउ“छ । सिकिस्त बिरामी परेका छोराछोरीहरुको स्वास्थ्य उपकार (उपचार) को लागि हामी धामी देवारी (फेदाङ्मा) कहा“ जोखना हेराउन पुग्छौं ।
किनभने गाउ“घरका डाक्टर नै तिनीहरु हुन् । धामी देवरीले जोखना हेरिदिन्छ र बिरामीको उपकारका लागि पूजा सामग्रीको रुपमा सु“गुर, कुखुरा, बाख्रा, रा“गा लगायत चाहिन्छ भनेर बताउ“छ । यदि बिरामी निको हुन्छ भने मान्छेको ज्यान भन्दा ती कुराहरु ठूला होईनन् भन्ने सोचाई लिनु स्वभाविकै हो । यहीँ विचार लिएर धामी देवारीको निर्देशन अनुसार स“ुगुर, कुखुरा, बाख्रा, भेंडा, रांगा काटेर ईश्वरको नाममा बलिपूजा गरिन्छ । बिरामी जाती होओस, सबै मानिसको कल्याण होओस भन्ने धारणा लिएर यहा“ इश्वरलाई रगतले पुजिन्छ तर धार्मिक ज्ञानको दृष्टिकोणले हेर्ने हो भने उल्टै पाप र हाम्रो अकल्याण गरिएको हुन्छ । हाम्रो कल्याण त होइन उल्टै देवदण्ड भोग्नुपर्ने हुन्छ । यसरी माया ममताले गर्दा खेरी पनि हिंसात्मक धार्मिक कर्म गरिरहेका छौं । हामीले व्यवहारमा प्रयोग गर्दैं ल्याएका यी हिंसात्मक धर्म, कर्म, संस्कारहरुलाई त्याग्दै जानुपर्छ र अहिंसात्मक धर्म, कर्म, संस्कारहरु प्रयोगात्मक रुपमा क्रमशः बढ्दो क्रममा सुधार गर्दै जाने तर्फ जोड दिनुपर्छ ।
एकातिर हिंसात्मक धर्म कर्म गराईबाट हामीले अदेखाको (अदृश्य) रुपमा माङ् साम्वान् (देवदण्ड) भोगिरहेका छौ, भने अर्काेतिर हाम्रो पसिना पनि सित्तैमा बगाई रहनु परेको छ । तर त्यो कुराहरु हामीलाई थाहा छैन् । हिंसात्मक धर्म, कर्मबाट के कसरी हाम्रो पसिना सित्तैमा खेर गइरहेको छ त भन्ने कुरामा यहा“ एक उदाहरण दिएर व्याख्या विश्लेषण गरी हेरौं ।
हाम्रो लिम्बू समाजमा फाक्सोपा पूजा गर्ने चलन छ । फाक्सोपा पूजा भन्नाले घरमा पालिएका स“ुगुरलाई पूजा नगरी मार्नु नहुने हु“दा देवारी (फेदाङ्मा) बोलाएर स“ुगुर मारी पूजा गर्ने कर्मलाईनै बुझिन्छ । ‘फोक्सोपा’ पूजा गरिएन भने माङ् (ईश्वर) रिसाउछ र बिरामी भईन्छ भन्ने धारणा, यस समाजमा रहेको छ । तर यो धारणा सोचाई लिनु भनेको अन्धविश्वासको परिणाम मात्र हो । यो त ईश्वर खुशी हु“दाहु“दै पनि उल्टै ईश्वरलाई बेखुशी तुल्याउने कर्म मात्र हो । यो कुराहरु तपाईहरुको लागि भन्दैछु, मेरो लागि होइनन् ।
एउटा स“ुगुरको पालन पोषणमा के कति परिश्रम गर्नुपर्छ र त्यो परिश्रम के कसरी सित्तैमा खेर गईरहेको छ भन्ने विषयमा अध्ययन् गरी हेरौं प्रायः गरेर आइमाई केटाकेटीहरुलेनै सु“गुरको पालन पोषण गर्दछन् । उनीहरुले पुषे जाडो, चैत वैसाखको गर्मी, असार साउनको झरी बादल, बाढी पहिरो, आ“धी बेहरी भन्न पाउ“दैनन् । जे जसरी भए पनि भीर पहरा, झोर, जंगल चाहारेर विचरा आईमाई कटाकेटीहरुले स“ुगुरको आहारा खोजेर ल्याउनु नै पर्छ । यत्रो कडा परिश्रम गरेर जब सु“गुर हुर्कन्छ, बढ्छ र त्यसलाई बिक्री गरेर त्यसबाट आएको पैसाले आफ्नो गाह्रो, खा“चो टर्ने बेलामा यहीँ कुरीति प्रथाले धोका पु¥याई दिन्छ । यहा“ कसरी भन्ने सवाल उठ्छ । त्यसैको पनि व्याख्या गरौं । हुर्केको बढेको त्यो सिंगो स“ुगुुर बेच्नु हु“दैन, (ईश्वर) माङ्लाई बलिपूजा गरेर चढाउ“नु पर्छ भन्ने परम्परागत धारणा रहीँ आएको छ । त्यसकारण देवारी बोलाएर इश्वरको नाममा स“ुगुर मारिन्छ र पूजा गरिन्छ । फाक्सोपा पूजा भनेको यहीँ हो । यसरी फाक्सोपा पुजा गरेपछि त्यो पूजा गरिएको सु“गुरको एकदुई फिला, मासु फेदाङ्माको भागमा छुट्याईन्छ र पूजा प्रसादको रुपमा छिमेकी ईष्ट मित्र सबैलाई बिलो बा“डिन्छ । बा“की अरु एक दुई छाक सक्दो खाएर सिध्याउनु पर्छ । बा“की रहेको मासु खाएर सक्नु पर्ने हुदा“ मात्रा भन्दा बढी खानु प¥यो । त्यसो भएपछि परिवारमा सबै परिवारमा आक्रमण गर्छ । तब उल्टै स्वास्थ्यमा पनि हानि पुग्न जान्छ । त्यो स“ुगुर बेचेर सम्पत्ति आउने कुरै आएन । हो यसरी धार्मिक कुरीति कुसंस्कृतिले हाम्रो कडा परिश्रमबाट आर्जिएको पसिना सित्तैमा खेर फालिरहेको छौं । ईश्वरलाई उल्टै रिस उठाएर देवदण्ड (माङ् साम्बान) पनि भोगिरहेका छौं ।
यो संस्कार एउटा धार्मिक शोषण हो र अन्धविश्वास संस्कारलाई त्याग्न सकेनौं भने ईश्वर हाम्रो दिलमा कहिल्यै बस्न सक्दैन । ईश्वर त सूर्य र पूर्णिमाको रातमा देखिने चन्द्रमाको उज्यालो प्रकाश जस्तो पवित्र आत्मामा बस्न चाहन्छ, अनि सत्य र विश्वासले ओतप्रोत भएको दिलमा मात्र बस्न चाहन्छ, धार्मिक शोषणले युक्त तथा अन्धविश्वासले भरिपूर्ण संस्कारले पोतिएको दिलमा ईश्वरको बास हु“दैन ।
दर्शन विहिन धार्मिक रीतिरिवाजमा वहनेनै अवैधानिकता हो । हामी यहीँ अवैधानिकतामा रुमल्लिरहेका छौं । त्यसैले हामी दुःखको सागरमा डुबिरहेका छौं । त्यो नै नर्क कुण्ड हो । यस्तो नर्ककुण्डमा अल्मलिईरह्यौं भने हामी कसरी कहिले सुध्रिन्नु पर्ने सुधारिने पर्ने र हाम्रो छोराछोरीको भविष्य उज्वल बनाउने ? यी सुधार पक्षका कुराहरु लिनु पर्दा हाम्रो लागि सपनाको संसार मात्र हुन पुग्छ, औ आकाशको दुरी जतिकै टाढा रही नै रहन्छौ ।
दबाई र अर्ती भनेको कहिले मिठो हु“देैन, तितो नै हुन्छ । मैले भनेका यी कुराहरु ज्यादै नमिठो होलान् तर पछि गएर यसको फल मिठो हुन्छ । हिजोसम्म हामी अन्धकारको कालो पर्दाभित्रनै अलमलिइरहेका थियौं । आज उज्यालो क्षेत्रमा उत्रेका छौं । किनभने हिजो यो किरात धर्मको नाम निशाना थिएन, आज उदाउ“दो सूर्य झै यो धर्मले तेजिला दिव्य ज्ञानका प्रकाशहरु छर्दैछन् ।
धर्म एउटा बत्ती हो । धर्मलाई एउटा बत्तीनै सम्झ्नु पर्छ । एउटा पेट्रोलमेक्स मैण्टलको शक्ति जति छ, त्यो मैण्टलको शक्तिले भ्याएसम्म उज्यालो प्रकाश दिईरहेको छ । त्यो उज्यालो प्रकाशले ढाकिएको क्षेत्रभन्दा पर गईयो भने अन्धकारलेनै ढाकिएको पाउने छौं । त्यस्तै ज्योतिर्मयी यो किरात धर्मको दिव्यको ज्ञानहरु सा“गुरो घेराभित्र राख्यौं भने त्यही सिमित ईलाकामा मात्र यस धर्मका प्रकाश रहिरहने छन् । त्यस धर्मलाई जति फराकिलो बनाउ“दै लैजान सक्छौं, यस धर्मका दिव्य ज्ञानको ज्योतिनै फराकिलो भएर जानेछ ।
यस किरात धर्मको आन्तरिक हृदयभित्रका ज्योतिर्मयी धार्मिक दिव्य ज्ञानहरुलाई फराकिलो बनाउ“दै लैजाउ“ । यी दिव्य ज्ञानका फैलावटलाई विभिन्न क्षेत्रमा पु¥याउ“नका लागि यो किरात धर्मको यर्थाथताबाट अंगाल्नु पर्छ । यो यर्थाथतालाई अंगानु नै धर्म हो । धर्म अन्तर्गत कर्म रहन्छ । त्यसैले धर्म नै कर्म हो, कर्म नै धर्म हो । धर्मले कर्म कर्मले धर्म गर्नुपर्छ ।
कर्म दुई प्रकारका हुन्छन् –(१)सुकर्म र (२) कुकर्म । सुकर्म नै सुव्यवहार हो, कुकर्म नै कुव्यवहार हो । कुकर्म र कुव्यवहारमा लम्कन गयौं भने हामी भिरतिर पुग्छौं । अहिले हामी भिरतिर नै लडिरहेका छौं । तर यो कुकर्म तथा कुव्यवहारलाई त्याग्न सक्यौं भने हामी सुकर्म । सुव्यवहारतिर लम्कन पुग्नेछौं । यदि सुकर्म तिर लम्कन सक्षम हु“दै गयौं भने अवश्य पनि यो धार्मिक ज्ञानको विद्यमान ज्योतिर्मयी क्षेत्रमा पुग्न सक्नेछौं ।
ईश्वरप्रति सदा–सर्वदा सत्य र विश्वासको भावना लिइरहनु धर्म नीति नियम विधि विधानको पालना गर्नु हो । यो विधि–विधानको पालना गर्नेनै सुकर्म औं सु–व्यवहार हो । धार्मिक विधि–विधान, संस्कार कर्म गरिनु पर्छ । यसरी गर्नुपर्ने कर्महरुमा धेरै र थोरै खर्च गर्नु भनेको हाम्रो आफ्नो इच्छा र विचार मात्र हो । धेरै र थोरै खर्च गर्दा धेरै खर्च गरिस्, धेरै दिइस र थोरै खर्च गर्दा थोरै मात्र दिईस् भनेर ईश्वरले कहिले भन्दैन, त्यसैले इश्वरको नाममा सेवा पूजा गर्दा जति सक्दो थोरै खर्चले ठूलो वा धेरै काम पूरा गर्ने दिशा तर्फ जानुपर्छ ।
यो किरात धर्मको यथार्थ नीति निर्देशनहरु यहीँ अनुरुप छन् । तसर्थ त्यसै अनुरुप यस किरात धर्मका सही मार्गहरु पहिल्याउ“दै जानुपर्छ । प्राचिनकालको कुरा हो । यहीँ धर्मको माध्मबाट किरात भाषा र साहित्यको उत्थान गर्ने युमासाम्ले शिरिजङ्गा देअङसीलाई किरात लिपि दिईएको थियो । यो कुरो इतिहासबाट स्पष्ट हुन्छ । इतिहासबाटनै थाहा भएको कुरा हो । किरात कुलमा पुनः दोस्रो शिरिजङ्गाको अवतरण द्वापरयुगमा भएको थियो । उनले किरात भाषा, किरात लिपि र किरात साहित्य प्रचार गरे । तर अज्ञानताले ढाकिएको किरात जगतमा त्यो भाषा, साहित्य र किरात लिपिको कुनै वास्ता भएन । त्यसैले दोस्रो शिरिजङगाको देहान्तपछि किरात भाषा, साहित्य र लिपि लोप भएर गयो ।
भाषा एउटा उज्यालो मार्ग हो, भाषा विना हामी बा“च्न सक्दैनौं । यहीँ भाषामा धार्मिक दिव्य ज्ञानहरु लुकेका हुन्छन् । तर आज किरात र किरात भाषाको उच्चारण गर्ने वित्तिकै धेरै जसोले साम्प्रदायिक हो भनेर भनिरहेको छन् । यहीँ किरात धर्म, किरात भाषा, किरात साहित्य र किरात लिपिलाई साम्प्रदायिक भने नेपाली, नेवारी, मैथिली, भाषा, लिपि, साहित्य पनि साम्प्रदायिक नै हो भन्नुपर्छ । यद्यपी ती भाषा लिपिहरु साम्प्रदायिक होईनन् भने किरात धर्म, भाषा, लिपि, साहित्यलाई साम्प्रदायिक भन्न मिल्दैन ।
भाषा भनेको आमा हो आमा नभएका छोराछोरी टुहुरा–टुहुरी हुन्छन् । त्यसरीनै भाषा विना हामी टुहुरा–टुहुरीनै बन्नेछौं । ज्ञान भनेको सबैको पेवा हुन सक्दैन । जसरी रुपैया“, पैसा, सुन, चा“दी भन्ने वस्तु आज हाम्रो हातमा छ भने भोली त्यो वस्तुहरु दुनिया“को हातमा पुगेका हन्छन् । त्यसरीनै किरात, भाषा, लिपि, साहित्यमा भएका ती दिव्य ज्ञानहरु कसैको पेसा हुन सक्दैन । ती ज्ञानहरु सीमित क्षेत्रमा मात्र केन्द्रीत छैनन् । विश्वका सारा मानवको लागि पर्याप्त छन् । यस्तो अमूल्य ज्ञानको भण्डारलाई संरक्षण, सम्वद्र्धन गरिएन भने निश्चय नै हामी अन्धकारै अन्धकारको क्षेत्रमा फस्ने छौं । आजको संसार यस्तै अन्धकारै अन्धकार, जङगलै जङगले ढाकिएको छ । त्यहा“ तिर रेल र मोटर गुड्न सक्ने विशाल राजमार्ग बनाउनु परेको छ ।
जब जब धर्म लोप हु“दै जान्छ, तब तब मानिसलाई अज्ञानताले ढाक्दै लगेको छ । अज्ञानताले ढाक्दै गएपछि मानिसले जानेर बुझेर पनि अर्थात थाहा पाएर पनि भीरको टेप्पोबाट पहरामा गु्ड्नुनै मोज हु“दोरहेछ । उदाहरणको रुपमा भनौं, ज“ाड, रक्सी चुरोट सेवन गर्नाले हाम्रो स्वास्थ्यमा हानी पुग्छ, धन सम्पत्तिको सर्वस्व हुन्छ भन्ने कुरो हामी प्रत्येक व्यक्तिलाई थाहा हुन्छ । तथापी, त्यहीँ जा“ड रक्सी सुर्ती चुरोट सेवन गर्न मज्जा आउ“छ र सेवन गरिन्छ । हुन त यी पदार्थहरु खाँदै नखानु, पिउँदै नपिउनु भन्न खोजेको होईन । खानु पर्छ तर विवेक राखेर खानु पिउ“नु पर्छ हाम्रो किरात समाजमा यी दूव्यर्सन पदार्थहरु अविवेक पूर्ण रुपले सेवन गर्ने स्वभाव र परम्परा लोकप्रियनै भई आएको छ । यो प्रवृत्ति अति खराब हो । त्यसैले हाम्रो किरात समाजमा सबै क्षेत्रमा हानी नोक्सानी पु¥याइरहेको छ ।
हाम्रो किरात समाजमा साम्राज्य चलाउने यहीँ खराब प्रवृत्तिहरुलाई हटाउ“दै लैजाने जोड प्रयास गर्दै आइरहेको अवस्थामा अर्काेतिर क्षेत्री, बाहुन साथीहरुले बिर्गाै ल्याउ“दैछन् । यी कुराहरु केवल लिम्बू एक, एक राई जस्ता सीमित जाति समुदायको लागि मात्र भनेको छुईन । मानव जातिमा सारा जाति र समुदायका लागिनै यि कुराहरु भनिरहेको छु ।
रीतिरिवाजबारे केहीँ चर्चा गरौं आकाशको सूर्यले यस धरातलको सर्वत्र स्थलहरुमा समान रुपले प्रकाश छरिरहेको हुन्छ । त्यसै तरिकाले बाबु आमाले छोरा–छोरी दुबैलाई बराबर माया ममता दिनु, बराबर दृष्टिकोणले हेर्नुपर्छ । यो मानवीय कर्तव्य हो, तर हाम्रो किरात लिम्बू समाजमा यो दृष्टिकोण पाइन्दैन । अर्थात छोरा र छोरीलाई असमान तहमा राखिएको पाइन्छ । यो रीति पनि कुरीति हो ।
एउटै आमाको दूध चुसेर हुर्केका छोरा र छोरी बीचमा व्यवहारिक भिन्नता पाइन्छ । त्यो भिन्नतालाई केलाई हेरौं, बाबु आमाद्धारा छोरालाई अंश दिइन्छ । विहेदान गरिन्छ । शिक्षा हासिल गर्ने मौका दिइन्छ वा पढाइन्छ, आमाको दाइजो पनि उसलाई दिइन्छ । तर छोरीलाई भने ती सुविधाहरु दिँदैन । उल्टै छोरीको परिश्रम उपभोग गरिन्छ । त्यतिले नपुगेर बेचेर खाइन्छ । यहा“ कसरी छोरीलाई बेचेर खाएको छ त भन्ने सवाल उठ्छ । यो सवाल उठ्नु स्वभाविकै हो । जब छोरीको शुभ–विवाहको शुभ–लगन आउ“छ, तब कुटुम्ब भनौं वा ज्वा“ई भनौं, उनीहरुबाट सक्दो रीतभात सुनौली रुपौली, ढकौली, अनेकौं कोशेली, तानेर (मागेर) खाइन्छ । त्यहीँ प्रथाले छोरीको श्री सम्पत्ति सर्वश्व नाश भइरहेको हुन्छ, जसले गर्दा छोरीको जीवन अनि उनका भावी सन्तानको भविष्य अन्धकारमय संसारमा डुब्दै गइरहेको हुन्छ । विशेष गरेर यस्ता कुरीतिहरु आमाबाटनै सुरु भएको पाइन्छ । ज्ञानको गहिराईमा डुबेर हेर्ने हो भने यहा“ छोरीलाई अस्हय, अन्याय, अत्याचारमा पारिरहेको देखिन्छ । यो प्रथा विकृति रीतिरिवाजकोनै असर हो । छोरीलाई पशु बराबरको तहमा राखि दिने यो प्रथानै कुरीति हो ।
यस्ता कुरीतिहरु किरात धर्मले विल्कुलै हेर्न सक्ने छैन् । यहीँ कुरीति, कुकर्म, कुव्यवहार, कुप्रथाहरु किरात धर्मले हेर्न सक्दैन । यस प्रकारको कुरीति प्रथाले रुमल्लिरहेका हाम्रा अज्ञानी समाजलाई बोध गराई त्यो प्रथालाई निवारण गर्ने कार्यमा यो धर्म कार्यरत छ । यहीँ धर्मद्वारा हाम्रा रीतिरिवाजहरुको सुदृढीकरण गर्दै जानु हाम्रो कर्तव्य पनि हो ।
आजको यो मेरो तितो बोली भोली गएर यसको फल मिठो नै हुन्छ । त्यसको फलको उपभोक्ता पनि तपाईहरुनै हुनु हुनेछ । हाम्रो समुदायमा यस प्रकारको परम्परागत रीतिरिवाजमा कुरीति प्रथाले गाई, बाख्रा सरह आफ्नो छोरीहरुलाई विक्री गर्ने बाध्य तुल्याई रहेको छ । यो प्रथाले गर्दा नै व्यवहारमा बढी खर्च भइरहेको छ । यहा“ अमानवीय (राक्षसी) व्यवहारको संकेत देखा परिरहेको छ । यी कुराहरुलाई बुझ्न सकौं भन्ने निवेदन गर्न चाहन्छु ।
यसरी विना काममा खर्च गरिने धन सम्पत्तिलाई सदुपयोगमा ल्याउन सिकौं । यी रुपया“, पैसा वा धन सम्पत्तिबाट छोरीले उनका छोराहरुलाई पढाउन शिक्षा दीक्षा दिउन् । छोरीको पनि छोराछोरी हुन्छन् । छोरीले उनको छोराछोरीहरुलाई यसले पढाउन । यसरी शिक्षा दीक्षा दिन सके भने भोली गएर उनका छोराछोरीहरु राष्ट्रका कर्णधार व्यक्ति बन्न सक्छन्, विश्वलाई नै उज्यालो मार्गमा डो¥याउने एक महान् विद्वान, एक महापुरुष, एक वैज्ञानिक बन्न सक्छन् । हुन त मैले यी कुराहरु गर्दा तपाईहरुलाई गाली गरे झै भयो होला मेरो यो बोली वचन नमिठो भए होलान् । तर तपाईहरु कै लागि भन्दैछु । तपाईहरुलाई रिस उठेको भए मलाई एक लात दिनुहोस म सहि दिनेछु । तपाईहरुले लात मार्ने भए पनि मलाई दुख्ने छैन् । यहीँ भन्दै मेरो वक्तव्य यहीँ टुंग्याउ“न चाहन्छु । तागेरा निङवाभूमाङ्ले हामी सबैको रक्षा गरुन् ।