
माङसेबुङ/फेयर फुटबल क्लब धरान सुनसरी पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा बुधबार सम्पन्न खेलमा हिमालय फुटबल क्लब कर्साङ, दार्जिलिङलाइ ट्राइबेकरमा पराजित गर्दै सुनसरी सेमिफाइनल प्रवेश गरेको हो ।

गोलरहित बराबरीमा खेल सकिएपछि ट्राइबेकरमा गएको हो । ट्राइबेकरमा सुनसरीले दार्जिलिङलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरे । खेलको उत्कृष्ट खेलाडि गोल रक्षक गंगा गुरुङ घोषित भइन् । उनले ३ हजार ५ सय ७० प्राप्त गरेकी छन् ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा आयोजित गोल्डकप प्रतियोगिताको सेमिफाइलन खेल अन्तर्गत बिहिबार दुई खेल हुनेछ ।

पहिलो खेल जनता सेभेन क्लब इलाम र मिक्लाजुङ फुटबल क्लब पाँचथरबीच हुनेछ । दोस्रो सेमिफाइनल खेल दारिम्बा फुटबल क्लब याङवरक पान्थर र फेयर फुटबल क्लब धरान सुनसरीबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । सहभागी टिमहरुमा नेपालबाट फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस क्लब ओखलढुङगा र लेटाङ फुटबल क्लब मोरङ रहेका थिए । यसैगरी भारतबाट पाहुना टोलीका रुपमा हिमालय फुटबल क्लब कर्साङ दार्जिलिङ सहभागि थिए ।

प्रतियोगितका विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।












