पवित्रहाङमा गोल्डकप : मिक्लाजुङ सेमिफाइनल प्रवेश

माङसेबुङ/मिक्लाजुङ फुटबल क्लब पान्थर पवित्रहाङमा गोल्ड कप २०८२ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

 

 

इलामको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा बुधबार सम्पन्न उद्घाटन खेलमा लेटाङ फुटबल क्लब‚ मोरङलाई १-० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ पान्थर सेमिफाइनल प्रवेश गरेको हो ।

 

 

मिक्लाजुङको जितमा कृतिका राईले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । खेलको प्लेयर अफ द म्याच मिक्लाजुङकी कृतिका राई घोषित भईन् । उनले नगद ३ हजार ५ सय सत्तरी रुपैयाँ हात पारिन् ।

 

 

 

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा आयोजित गोल्डकप प्रतियोगिता अन्तर्गत भोलि सोमबार हुने खेलमा पद्मा स्पोर्ट्स क्लब ओखलढुङ्गा र दारिम्बा फुटबल क्लब पाँचथरबीच हुनेछ |

 

प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । सहभागी टिमहरुमा नेपालबाट फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस क्लब ओखलढुङगा र लेटाङ फुटबल क्लब मोरङ रहेका छन् । यसैगरी भारतबाट पाहुना टोलीका रुपमा हिमालय फुटबल क्लब रहेको छ ।

 

 

प्रतियोगितका विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

 

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।