सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोह यसरी मनाइयो

माङसेबुङ/सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोह भव्यताका साथ सम्पन्न भएको छ ।

 

 

किरात धर्मावलम्बीको केन्द्रीय धार्मिक तीर्थस्थल इलामको माङसेबुङमा अवस्थित किरात हाङसाम मुजोत्लुङ माङहिम परिसरमा आयोजित महासमारोह माङवाहाङवा वितरणसँगै मंगलबार समापन भएको हो ।

 

 

 

महासमारोहको पहिलो दिन उद्घाटन कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मालाई किरात सांस्कृतिक साहित्य पुरस्कारले सम्मान गरिएको थियो ।

 

 

कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, विशेष अतिथि सर्वोच्च अदालतका रजिष्टार उप सचिव केबी साम्यु, गुरु प्रवक्ता डिल्लीराम चाम्लिङ, सम्मानीत व्यक्ति डा. चन्द्रकुमार सेर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

विशेष कामले मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनज्यूहरु काठमाडौंमा रहनु भएकोले यस वर्षको खिबेक्वा याक्वा सेवामा देव सवार हुन नसकेको महासमारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताएका छन् ।

 

 

 

कार्यक्रमको दोस्रो दिन मंगलबार दार्जिलिङका प्रतिनिधि भगिरथ काम्बाङ, गुरु निजी आश्रम कृषि समितिका सचिव उदयविक्रम तुम्बापो, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम लगायतले खिबेक्वा याक्वा सेवाको विषयमा आफ्नो भनाई राख्नु भएको थियो ।

 

 

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको आज्ञा अनुसार उपस्थित किरात धर्मावलम्बी भक्तजनहरुलाई महासमारोह अध्यक्ष केहेरसिं योङहाङ र महासमारोह उपाध्यक्ष कमला तुम्बापोले माङवाहाङवा (बीउबिजन) वितरण गरिदिनु भएको थियो ।

 

 

महासमारोह कार्यक्रम अन्तर्गत आइतबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको छ । भने, शनिबार साक्मुरा वादेम्मा गरिएको थियो । विगतका वर्षझैं यस वर्षको कार्यक्रममा दुवै दिन साँझ सांस्कृतिक सांगीतिक कार्यक्रम गरिएको थियो ।

 

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा औचित्य मन्तव्य महासमारोह उपाध्यक्ष होमबहादुरले लिङ्देनले राख्नु भएको थियो । भने कार्यक्रम सञ्चालन सचिव समिता थेबे र सरिता राईले गरेकी थिइन ।