
माङसेबुङ/माघे सक्रान्ति सत्यहाङमा शान्ति मकर महान सेवा तथा मेला २०८२ विविध कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न भएको छ ।

विहिबार येत् नाम्धुङ लाधुङ सेमी सेवा तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

माघे सक्रान्ति सत्यहाङमा शान्ति मकर महान सेवा तथा मेलाको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका हेमन्त राई रहनु भएको थियो भने विशेष अतिथिमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका सह कोषाध्यक्ष चन्द्रा सेन्दाङ रहनु भएको थियो ।

कार्यक्रममा माङसेबुङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनम खम्बु, वडा ४ का वडा अध्यक्ष नविन योङहाङ, वडा नं. ५ का वडा अध्यक्ष नरेन्द्र राई, माइ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राम राई, गुरु कानुनी सल्लाहकारद्धय एन एस फागो र भीम खत्री लगायत धार्मिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

माघे सक्रान्ति सत्यहाङमा शान्ति मकर महान सेवा तथा मेला २०८२ मूल समारोहका अध्यक्ष लोकबहादुर लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा औचित्य मन्तव्य समारोहका मुख्य सचिव काजी लिङ्देन राखेको थियो । भने, कार्यक्रम सरिता राई सञ्चालन गरेकी थिए ।

किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको ज्ञानभूमि खत्रक्पामा आयोजित माघे सक्रान्ति सत्यहाङमा शान्ति मकर महान सेवा अन्तर्गत विहिबार विहान येत् नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरिएको थियो । भने, बुधबार (पुस ३० गते) खत्रक्पा स्थित माइ खोलामा साक्मुरा वादेम्मा गरिएको आयोजक समितिले जनाएको छ ।






















