राज नेताहरुले मुलुकलाई बचाउनुपर्छ : अङसीमाङ आत्मानन्द सेइङ

माङसेबुङ/राजनेताहरुले आफ्नो मुलुकलाई कसरी बचाउने भनेर सोच्नुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।

 

 

 

 

 

‘नेताहरुले आफ्नो भूमि, भाषा, साहित्य, संस्कृतिको संरक्षण गर्न सक्नुपर्छ ।’ अङसीमाङज्यूले भन्नु भयो, ‘दश हजार वर्ष पहिलेदेखि बोल्दै र मान्दै आएको हाम्रो भाषा र संस्कृतिहरु जीवन्त छन् त्यसलाई जोगाउनुपर्छ ।’

 

धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा आयोजित मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

 

 

 

 

 

‘गलत खानपिनले हाम्रो सोच विचारमा गलत आउँछ, आत्मा हत्या गर्ने, झैझगडा गर्ने सोचहरु दिमागमा आउँछ । त्यसैले असल खानपिन सेवन गरौं । सबैले क्रोध, घमण्ड र अहंकार त्यागौं’ अङसीमाङज्यूले भन्नु भयो, ‘खानपिनमा सुधार भएर हाम्रो शरीरलाई जोगाऔं । कूलतमा कोहीँ नफसौं ।’ वहाँले थप्नुभयो, ‘राम्रो दिमाग आउने असल कर्म गरौं ।’

 

 

‘अहिले आधुनिक तरिकाले अपराध गरिरहेको छ, नजानिन्दो तरिकाले पैसाहरु लुट्ने गरिन्छ ।’ वहाँले आशीर्वचनमा भन्नुभयो, ‘यसरी मान्छेलाई फसाउनु पाप कर्म हो । हामीले पैसालाई बचत गर्ने, सही सदुपयोग गर्ने बानीको विकास गरौं ।’

 

 

 

 

हामीलाई सत्य सराप परेको भन्नु हुँदै आशीर्वचनमा वहाँले भन्नुभयो ‘हामीलाई सराप परेको छ त्यसलाई धूइ पखाली गर्नुपर्छ । यो सरापलाई पखाल्न सक्यौं भने हाम्रो सोच विचार पनि पवित्र बनेर जान्छ ।’

सबैले विवेक गर्न, जपतप गर्न सिक्नुपर्ने सुनाउनु हुँदै अङसीमाङज्यूले आशीर्वचनमा किरात सांस्कृतिकको विकास र विस्तार गरी किरात सांस्कृतिक एकता गराउँदै लानुपर्ने बताउनु भयो ।

 

वालमिकी क्याम्पस काठमाण्डौं संस्कृत विश्वविद्यालयका सह प्राध्यापक भवानी शंकर अधिकारी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा मंसिर १८ गते आत्मानन्द साहित्य पुरस्कारद्धारा साहित्यकार येहाङ लाओती (धनबहादुर) सम्मानित हुनु भएको थियो । सावायेहाड नुमाङगेन्ना सेवामा ७२ जना माङसेवासाबा, माङसेवासामाले किरात साम्जीक मुन्धुम वाचन गरेको थियो ।

 

 

 

नुमाङगेन्ना सेवाको अवसरमा प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिएको छ । जलपान कार्यक्रमलाई किरात धर्म तथा साहित्य उत्थान संघ प्रान्तीय समिति सिक्किम भारतले प्रायोजन गरेको थियो ।

 

 

 

 

नुमाङगेन्ना सेवाको अवसरमा गुरु निजी आश्रममा विश्व शान्ति तथा मानव एकताको लागि १ लाख ८ दीप प्रजवलन गरिएको थियो । समारोह अन्तर्गत १९ गते विहान साहित्यिक कार्यक्रम गरिएको थियो । भने, साँझ बृहत सांस्कृतिक सांगीतिक कार्यक्रम भएको थियो ।

 

 

जन्मोत्सव कार्यक्रमको दोस्रो दिन मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माड आशीर्वचन कार्यक्रम भएको थियो । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरणसँगै महासमारोह सम्पन्न गरिएको थियो ।

 

 

शुभ जन्मोत्सव महासमारोह अन्तर्गत मंसिर १५ गते साक्मुरा वादेम्मा सेवा, १६ गते किरात हाङसाम मुजोत्लुङ माङहिममा चेसोक सेवा र १७ गते बुधबार विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न गरिएको थियो ।

 

 

 

 

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोहको आयोजनामा सम्पन्न नुमाङगेन्ना समारोह महासमारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न थियो ।