किरात धर्मगुरुज्यूको भविष्यवाणी र यसका सन्देशहरु


                                                                                                                         नन्दकुमार नेम्वाङ

 

 

विषय प्रवेश

 

 

वि सं २०११ साल मंसिर १८ गते पूर्वी इलामको साविक इभाङ २ (हाल माङसेबुङ २) अगौटेबारीमा बुवा पुण्यप्रसाद लिङ्देन र आमा चन्द्रमाया चेम्जोङ (श्यामजिरी) को कोखबाट वर्तमान किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङज्यूको जन्म भएको थियो । बाल्यकालदेखि नै फरक स्वभाव र हाउभाउ देखिएकाले बोजु जोगमायाले (आत्मा ज्ञान खुलेको मनको कुरा बुझ्ने जान्ने भएकोले) आत्मानन्द नाम राखेका थिए ।

 

 

 

त्यसैगरी १३ वर्षको सानै उमेरदेखि जपतप, योगाभ्यास गरेकाले उहाँको नाम बालागुरु रहन थाल्यो । यही सिलसिलामा वि सं २०२७ सालको ६ महिनाको कठोर तपस्याबाट समाधिज्ञान सिद्ध भएपछि मुहिङगुम अङसीमाङको रुपमा भक्तजन तथा बुद्धिजीवीहरुले स्वागत तथा सम्मान गरेका थिए । यही समयदेखि किरात धर्मगुरुज्यूले किरात धर्मको प्रचारप्रसार शुरु गर्नुभएको थियो । त्यसपछि उहाँलाई भक्तजनहरुले महागुरु फाल्गुनन्द लिङ्देनको पुनः अवतारका रुपमा मान्न र पुज्न थालेका हुन । (माङमिङसोहाङ, किरात समाचार २०८१ः ७)

 

 

 

वालागुरुका रुपमा चर्चामा रहनुभएका लिङ्देन आत्मानन्द सेइङ आधिकारिक रुपमा किरात धर्मगुरु घोषणा भएसँगै उहाँका संस्थाका प्रतिनिधि र अनुयायीहरुसँग समय समयमा अनौपचारिक भविष्यवाणीहरु थुप्रै गर्नुभएको थियो । तर यसलाई सामान्य जानकारीका रुपमा मात्रै राखियो/राखिएको छ ।

 

 

उहाँले समय सापेक्ष भूगोल, ब्रह्माण्ड, राजनीतिक परिवर्तन, दैवीप्रकोप, महामारी लगायतका विषयमा अनेकौं भविष्यवाणी गर्नुभएको छ । यी मध्ये ६०% भन्दा धेरै भविष्यवाणीहरु पूरा भइसकेको छ भने कुनै पुग्ने क्रममा र पुग्न बाँकी पनि छन् । यस सन्दर्भमा धेरथोर अघिल्लो अंक (किरात समाचार ०८१ मंसिर १८ पेज १३–१६ ) मा पनि चर्चा गर्ने प्रयास गरिएकै छ । यही सिलसिलामा किरात धर्मगुरुज्यूले ओैपचारिक र अनौपचारिक रुपमा थुप्रै भविष्यवाणी गर्नुभएको छ । यश बिषयमा संक्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ ।

 

 


धर्मगुरुले गर्नु भएको दुई चर्चित भविष्यवाणीहरु

 

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले गर्नुभएको भविष्यवाणी मध्ये वि सं २०४९ माघ ३–४ पहिलो पटक र दोस्रोपटक भनिएको २०८२ जेठ २३ को भविष्यवाणीहरु सर्वाधिक चर्चामा रहेको छ । यी दुई भविष्यवाणीहरु सार्वजनिक रुपमा आह्वान गरेर गरिएको भविष्यवाणीहरु हुन । तसर्थ यसले सर्वाधिक चर्चा पाएको हो ।

 

 

सार्वजनिक रुपमा आह्वान गरेर वि सं २०४९ मा (इलामको तत्कालीन बाँझो ९, भालुटार हाल माङसेबुङ ५ स्थित सरस्वती मावि प्राङ्गणमा) विश्व ब्रह्माण्ड र महाप्रलय बारेमा धर्मगुरुज्यूबाट भविष्यवाणी भएको थियो । यसलाई धर्मगुरुज्यूको पहिलो भविष्यवाणीको रुपमा मानिएको छ । त्यसबेला विश्वको आयु, महाप्रलय, युद्ध, दैवीप्रकोप, शक्तिशाली धर्महरुको पतन, जलवायु परिवर्तन र यसको असर, जातीय विद्वेस् बढ्ने, नयाँ दर्शनको शुरूवात, विश्वका लागि आफूले बोल्नुपर्ने लगायतका डेड दर्जन बढी बिषयमा भविष्यवाणी गर्नुभएको थियो । (विश्व ब्रह्माण्ड र महाप्रलयबारे भविष्यवाणी– तेस्रो परिमार्जित संस्करण २०७२)

 

 

यसैगरी २०८२ जेठ २३ गते शुक्रबारका इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं ५ स्थित किरात हाङसाम मुजोत्लुङ माङहिम प्राङ्गणमा विशाल भक्तजन तथा शुभेच्छुकहरुको उपस्थितिमा दुई चरणमा भविष्यवाणी गर्नुभएको थियो । भविष्यवाणीका लागि समारोह आयोजक समिति गठन गरेर आयोजना गरिएको यस कार्यक्रमलाई किरात धर्मगुरुज्यूको दोस्रो भविष्यवाणीको रुपमा मानिएको छ ।

 

 

किरात धर्मगुरुज्यूले दोस्रो पटक गर्नुभएको भविष्यवाणीमा विशेषगरीः ब्रह्माण्डमा शून्यको आकार बढ्दै गएको, अशान्ति बढ्ने, विश्वले आफूलाई सोध्ने र यतिबेला एउटा आफ्नो अडान रहने, अशान्तिको कारण खनिज पदार्थ, फलाम, तेल लगायतका वस्तुको अभाव हुने, सजीव प्राणीको रक्षा अलौकिक शक्तिबाट मात्र हुने, पूर्वी उत्तर एशियामा शक्तिशाली नेताको उदय हुने, पृथ्वी रक्षाका लागि पहल गर्ने आफू एक्लो रहेको, महामारी, धन मन र ज्ञान हुनेको कुमति आउने र नरसंहार हुने, अहिलेसम्ममा विज्ञानको विकास आधामात्र भएको, पृथ्वी चोइटिन्छ र भत्किन्छ तसर्थ उपकार खोज्छ, भन्ने बिषयमा स–विस्तार भविष्यवाणी गर्नुभएको थियो ।

 

 

यसैगरी विश्व युद्ध छिटो हुन सक्ने, पृथ्वीमा पाप बढी भएकोले संहार हुने, मान्छेले मान्छेको मासु खाने, वैज्ञानिकहरुले हतियार प्रयोग गर्ने, पाप बढेपछि पृथ्वी ध्वस्त हुने, अबको १७–१८ वर्षमा अनेक देख्नु पर्ने, वैज्ञानिकहरुले पृथ्वीको विकल्प खोजिरहेको तर यो सम्भव नहुने, आफ्नो अघिल्लो भविष्यवाणी आधा पुगेको र केही पुग्न बाँकी रहेको, विश्वमा मान्छे कम्ती रहेको बेला विश्वले आफूलाई सोध्ने, महामारीले मानव विनाश गर्ने, आफ्नो कर्तव्य धर्म गर्ने राजनीति होइन, पृथ्वी अन्त्य भए वैज्ञानिक चमत्कार पनि नष्ट हुने, विश्वलाई बचाउने कुरामा चिन्तित रहेको, माङको आँखा परेको ठाउँमा माङले बचाउने, पृथ्वी रिसाए हामी हराउँछौं, दैवीप्रकोप चट्याङ महामारी र अशान्तिको उच्च जोखिम रहेको, भन्ने बिषयमा धर्मगुरुज्यूले भविष्यवाणी गर्नुभएको थियो । (किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ दोस्रो भविष्यवाणी २०८२ जेठ २३ गतेको अभिलेख संकलन संयुक्त प्रतिवेदन २०८२)

 

 

 

किरात धर्मगुरुज्यूले दोस्रोपटक गर्नुभएको भविष्यवाणीमा पूर्वी उत्तर एशियाली महादेशमा शक्तिशाली नेताको उदय हुने बिषयलाई प्राथमिकताका साथ उठाउनु भएको थियो । यसरी उदाएका नेताले एशियालाई मात्रै नभएर सिंगो विश्वलाई प्रभावित पार्ने बताउनु भएको थियो । तर त्यो समय आफ्नो उमेरले नभेट्न सक्ने जनाउनु भएको थियो । यस बिषयलाई धर्मगुरुज्यूले पटक–पटक दोहो¥याउनु भएको थियो ।

 

 

चर्चामा नरहेको ऐतिहासिक भविष्यवाणी

 

किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङज्यूले सार्वजनिक रुपमा गर्नु भएको दुई वटा भविष्यवाणीको सन्दर्भमा संक्षेपमा माथि चर्चा गरिएको छ । यसबाहेक चर्चामा नरहेको तर ऐतिहासिक र महत्वपूर्ण भविष्यवाणी पञ्चायतकालमै गर्नुभएको थियो ।

 

 

वि सं २०३१ सालमा किरात धर्मगुरुज्यूले दोस्रो पटक फक्ताङलुङ यात्रा गर्नुभयो । त्यो बखत उहाँले आफ्नो केस फक्ताङलुङमा काटेर आउनुभएको थियो । फक्ताङलुङबाट फर्केको केही समयपछि कात्तिक महिनाको तिहार आसपास थालाचेप्पा (माङमालुङ) जंगलमा सात दिन कठोर साधना गर्नुभयो । (माङमिङसोहाङ, किरात समाचार २०८१ः९)

 

 

यहाँ गर्नुभएको कठोर तपस्याबाट खुशी भएर युमामाङले धर्मगुरुलाई साक्षात दर्शन दिइ माङइङघङ (भविष्यवाणी) बताएका थिए । तिनै भविष्यवाणीहरु किरात धर्मगुरुज्यूले आफ्ना निकट रहेका अनुयायी तथा भक्तजनहरुलाई टिपाउनु भएको थियो । खासगरी यो भविष्यवाणी धर्मगुरुको पहिलो हुनुपर्छ । तर निरंङकुश पञ्चायतकालमा खुलेआम धर्मगुरु भएर हिँड्न सक्ने अवस्था नै थिएन । यस्तो विषंम परिस्थितिमा सार्वजनिक रुपमा भविष्यवाणी गर्ने कुरा धेरै परको कुरा थियो ।

 

 

 

त्यसैले आफ्नोे अनुयायी मध्येका पनि केही बिश्वास पात्रहरुलाई मात्र साथमा राखेर उक्त भविष्यवाणी (तिथि मिति ठ्याक्कै मिलेको छैन तथापि अघिल्लो धेरै लेखोटहरुमा २०३३ उल्लेख गरिएको छ) गर्नुभएको थियो । यो भविष्यवाणी (मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु लिङ्देन आत्मानन्द सेइङ रे माङसिवाखाहुन) मा तेस्रो संस्करणसम्म पटकपटक (२०६८, २०७१–२०७३) प्रकाशनमा आइसकेको छ । तर पनि चर्चामा नआउनुको कारण यो भविष्यवाणी अर्ध भूमिगत कालमा भूमिगत शैली मै भएको थियो । अत्यन्तै महत्वपूर्ण तर चर्चामा नरहेको यस भविष्यवाणीका विषयमा थोरै चर्चा गरौं ।

 

 

धर्मगुरुज्यूको भूमिगत ध्यान र भविष्यवाणी

 

 

किरात धर्मगुरुज्यू बाल्यकालदेखि नै तागेरा निङवाभुमाङको परमभक्त रहेको कुरा माथिल्लो पंक्तिमै उल्लेख भइसकेको छ । उहाँले सानो उमेरमै गैरीगाउँ माङहिम छेउको वनमा बेलाबेला जपतप गर्न जानुहुन्थ्यो । त्यसैगरी वि सं २०२५ को शुरुतिर जीतपुर पुच्छर खत्रक्पामा ध्यान गर्नुभयो । यही क्रममा वि सं २०२६ मंसिरमा मोरङको वक्रा खोलाको डिलमा रहेको पिपलको फेदमा १ हप्ता ध्यानमा बस्नुभयो । त्यसपछि वि सं २०२७ साउन २५ गतेदेखि माघ २५ गतेसम्म माई, देउमाई र मेवामाईको संगमस्थल फुलुङगीमा ६ महिनासम्म कठोर साधना गर्नुभयो । यहीँबाट उहाँले समाधिज्ञान सिद्ध गर्नुभयो । (माङमिङसोहाङ, किरात समाचार २०८२ः ६–७)

 

 

यति लामो त्याग र कठोर तपस्यापछि पहिलोपटक वि सं २०३० साउनमा र दोस्रोपटक वि सं २०३१ मा किरात धर्मावलम्बीहरुको पुण्य एवम् पवित्रभूमि सेन्छेलुङ फक्ताङलुङ यात्रामा निस्किनु भएको थियो । यही क्रममा उहाँले सिदिङबा (श्रीङचोक) मा २ दिन ध्यान बस्नुभएको थियो (माङमिङसोहाङ, किरात समाचार २०८२ः ८–९) यति धेरै शक्तिपिठहरुमा गरेको जप तप र ध्यानबाट प्राप्त तपोवलबाट सिद्ध भएपछि तत्कालीन बाँझो ६ स्थित थालाचेप्पा (माङमालुङ) मा फेरि ध्यानमा बस्न युमामाङको संकेत आएपछि साता व्यापी कठोर साधना गर्नुभयो । यस साधनाबाट युमामाङ खुशी भएर किरात धर्मगुरुज्यूलाई माङइङघङ (भविष्यवाणी) यसरी बताएका थिए ।

 

 

हिनी सावायेहाङ किरात साहारे लक्पेखेयो, यलिक सेवा चोक्मान्निन् नाम्मानि कुबे हिरेद्ये लामानि कुबे हिरेद्ये । आबुला सानू फोःवा किरात सासे, सेसे साङसाङ पोखेम्मेआङ, निस्से सेख्खा निङ्वारे थो हुक्सो सेवा लुङधुङ धो, थिकहुप निङवा केबोखिआङ हुक्सो सेवा केगेतुम्निफगर हिनि लक्किन तेआङ वारो । भावानुवादः तिमीहरू समस्त किरात परिवारमा, धेरै सेवा भक्ति गर्ने सूर्य–चन्द्रको चक्र झैँ घुम्दै आएको छ । प्यारा कान्छा किरात सन्तति हो, पवित्र भएर सच्चा र स्वच्छ मनले सेवा भक्ति केन्द्रमा एकढिक्का भएर, सेवा भक्ति पु¥यायौ भने तिमीहरूको भाग आएको छ है । ( मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु लिङ्देन आत्मानन्द सेइङ रे माङसिवाखाहुन, २०७३ः ४३–४४)

 

 

समय सधैं एकनास हुँदैन । समयको चक्रसँगसँगै परिस्थिति र परिवेशहरु फरकफरक हुँदै जान्छ । लामो समयकालसम्म शासन सत्तामा रहेका किरात वंशहरु अहिले शासित÷उत्पीडित भएर बसेका छन् । मानव जीवनको न्युनतम आवश्यकता गाँस, बास र कपासको दैनिक आपूर्ति मै समय व्यतित भइरहेको थियोे । यस्तै समस्याको भुमरीमा दैनिकी बिताइरहेका किरात समुदायहरुलाई स्वास्थ्य, शिक्षा, रोजगार र राजनीतिक अधिकारबारेमा शून्य चिन्तन थियो ।
किरात समुदाय, मतमदिरा, जुवा तास, ढाइस जस्ता कूलतमा डुब्दै गएर आर्थिक तथा सामाजिक रुपमा अत्यन्तै कमजोर भएको थियो । धार्मिक, राजनीतिक, आर्थिक र सामाजिक मुक्तिको लागि कुनै गुन्जायस थिएन । यो अवस्थामा थालाचेप्पामा ध्यानरत किरात धर्मगुरुज्यू मार्फत युमामाङले समस्त किरात सन्ततिहरुले आफ्नो इष्टदेवको सेवा भक्ति गर्ने समय चक्र घुम्दै आएको बताएका छन् ।

 

 

किरात (सन्तति) वंशहरु स्वच्छ र पवित्र मन बनाएर, वृहत् एकता भएर सेवा भक्ति गर्न सकेको खण्डमा किरातहरुको भाग्य उदाएको युमामाङले धर्मगुरु मार्फत सन्देश दिएका छन् । धर्मगुरुज्यूको यस भविष्यवाणी भित्र रहेका बिषयवस्तुहरु समग्रमा निम्न कुराहरूबारे चर्चा गरिएको छ । युमाले पश्चिम दिशाबाट कालो रुप लिएर लडाइँ, झगडा गराउने, चार बादशाहरुको शक्ति कम्जोर गराउने र शक्ति फिर्ता लाने कुरा उल्लेख गरेका छन् ।

 

 

अति अनुशासित र संयमित भएर तागेरा निङवाभुमाङको भक्ति गरेको खण्डमा तिमीहरूको भाग्य माङले घुमाएर ल्याउँदै छ । ब्रह्माण्डमा काल रुप लिएर भूकम्प, दैवीप्रकोपहरु ल्याउँछु । मेरो भक्ति गर्ने र पाप कर्म गर्ने बीचमा फरक छुट्याउँछु । कुकर्म गर्ने, पापी अपराधीहरुलाई कालरुप लिएर अग्नि ज्वालामा जलाएर खरानी बनाउने छु । राम्रो काम गर्नेहरुलाई रक्षा गर्नेछु । यस धर्तीमा भविष्यमा अपराध गर्ने मात्रै धेरै हुनेछन् । आँखीडाही, इष्र्या गर्नेहरू धेरै हुनेछन् । राम्रो काम, राम्रो व्यबहार गर्ने ८ जना मात्र हुनेछन् । मातादेवी पश्चिम दिशामा गएर कालरुप लिएर कुकर्म गर्ने अपराधीहरुलाई सर्वनाश गर्नेछु ।

 

 

पृथ्वीमा रहेको अन्न धन सह, सुनचाँदी, सामरिक शक्ति सबै फिर्ता लानेछु । जलवायु परिवर्तन गराएर कुनै ठाउँ पानी पार्छु कुनै ठाउँ खडेरी लाउँछु । कुनै बाढी पहिरो चलाउँछु, अब उप्रान्त पानीको मुहानहरु फिर्ता लानेछु । यो पृथ्वी जगतमा अब उप्रान्त लडाइँ झगडा मारामार हुनेछ । बुद्धिजीवी, धनीमनि, गरीब कोही पनि आनन्दले बस्न पाउने छैन ।

 

 

कलियुगको मध्यम समयमा धर्म कर्मको काम गर्न धेरै गा¥हो हुनेछ । सबै मानव जातिमा कलियुग प्रवेश गरेर अहंकार र घमण्ड बढ्दै गएर तँ ठूलो, म ठूलो हुने सबै टाठो बाठो हुने दिन आउनेछ । इश्वरको भक्ति गर्ने, धर्म कर्मको बाटोमा हिँड्न मन पराउने छैनन् । अहंकार र घमण्डले आफैं नाश हुनेछन् (मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु लिङ्देन आत्मानन्द सेइङ रे माङसिवाखाहुन, २०७३ः ४४, ४५, ४६, ४७) ।

 

 

माथि उल्लेखित बिषयहरु किरात मुन्धुमी भाषामा भएको भविष्यवाणीलाई (किरात भाषा नराखीकन सिधा नेपाली भाषामा र छोटकरीमा) संक्षेपमा प्रस्तुत गर्ने जमर्को गरेको छु । किरातहरुको आराध्यदेवी युमामाङले किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ मार्फत मानव जगतलाई दिएको सन्देश हो यो । किरात धर्मगुरुज्यूको यो भविष्यवाणीलाई अध्ययन गरिसकेपछि विश्वमा अहिले भइरहेको घटना परिघटनाहरु यही भविष्यवाणीको पेरिफेरिमा घुमिरहेको देखिन्छ । विश्व मानचित्रबाट राजतन्त्रको अन्त्य, आर्थिक मन्दी, जलवायु परिवर्तन र यसको असर, सुनचाँदीको महङ्गी, युद्ध, महामारी, राजनीतिक विग्रह, सामाजिक बेथिति, हिंसा, बलात्कार, अहंकार र घमण्ड आदि घटनाक्रमहरु सबै करिब करिब पाँच दशक अघि भनिसक्नु भएको भविष्यवाणी भित्र भइरहेको छ ।

 

 

धर्मगुरुज्यूको भविष्यवाणीका सन्देशहरु

 

किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङज्यू पृथ्वीमा बिरलै मात्रामा पाइने अष्टसिद्ध ज्ञान हासिल गर्नुहुने महाज्ञानी हुनुहुन्छ । संसारमा रहेका कुनै पनि वस्तु हेर्न या देख्नका लागि भौतिक रुपले उहाँको उपस्थिति आवश्यक पर्दैन । उहाँले तागेरा निङ्वाभुमाङ र आफ्नो आराध्यदेव÷देवीहरुको दुइ दशक लामो जप तप, साधना र ध्यानबाट प्राप्त तपोवलबाट सहज रूपमा हेर्न, देख्न र पत्ता लगाउन सक्नु हुनेछ । यि कुराहरू अपत्यारिलो लागे पनि कतिपय घटनाहरु हामीले देखेको र भोगेको कुराहरूले पनि पुष्टि गर्दछ ।

 

 

तसर्थ ः किरात धर्मगुरुज्यूलाई भविष्यवाणी गर्नु कुनै गा¥हो र नौलो विषय होइन । तर उहाँलाई पनि गुरु आचारसंहिता लागू हुन्छ । धर्मगुरुहरुको आफ्नो नियम र विधि हुन्छ । जबसम्म माङले आफ्नो भक्त र शुभेच्छुकहरुलाई भविष्यमा हुन सक्ने खतराका बारेमा भन्नु÷सुनाउनु भन्ने माङ आज्ञा हुँदैन तबसम्म उहाँलाई थाहा भएर पनि भन्नु हुन्न/सुनाउनु हुन्न ।

 

 

गुरुज्यूको भनाइ अनुसार दैवीप्रकोप, महामारी, युद्ध, कलह, झगडा आदि प्रकृतिको नियमित प्रक्रिया हो । यी घटना परिघटनाहरु मानिसले चाहेर हुने र नचाहेर नहुने होइन । समयचक्रसँगै प्रक्रिया पुगेपछि दैवीप्रकोप लगायतका घटनाहरु हुने हुन । तर विज्ञानलाई मात्रै विश्वास गर्ने तर अर्ध विद्वानहरुलाई र सर्वसाधारणलाई यस्तो कुरा थाहा हुँदैन । त्यसैले पृथ्वीमा रहेका सजीव प्राणी र प्रकृतिको रक्षाका लागि अध्यात्मिक शक्ति प्राप्त धर्म गुरुहरुको आवश्यकता पर्दछ ।

 

 

प्रकृति माङ (इश्वर) को सृष्टि भएको हुनाले माङलाई पनि आफ्नो सुन्दर सृष्टिको माया लाग्छ । तसर्थ माङले विनाश मात्रै चाहदैन वैकल्पिक रक्षा गर्न पनि चाहन्छ । यहीँ कारणले माङकै इच्छा अनुसार पृथ्वीमा अध्यात्मिक धर्म गुरुहरुको जन्मावतार हुने गर्छ । र उहाँहरूले पृथ्वी, प्राणी जगत र प्रकृतिको संरक्षणका लागि विभिन्न अध्यात्मिक उपायहरू बताउँछन्सु/झाउँछन् । उहाँहरूले दिएको वचन अनुसार धर्म र कर्म गरियो भने जस्तोसुकै विपत्तिबाट पनि बाँच्न सकिन्छ भन्ने सन्देश यस भविष्यवाणीले दिएको छ भने, किरात शशि मुन्धुम र अन्य धर्मग्रन्थहरुमा पनि यही सन्देश प्रवाह गरिएको छ ।

 

 

भविष्यवाणी गर्नु धर्मगुरुज्यूको रहर वा इच्छा दुवै होइनन् । किनभने भविष्यवाणी गर्नु आफैंमा जोखिमपूर्ण कदम हो । कतिपय अवस्थामा भविष्य वक्ताहरुलाइ मृत्युदण्ड दिएको इतिहास पनि साँक्षी छ । माङको आज्ञाले बाध्यतावस प्रकृति, प्राणी जगत र मानव हितका लागि गर्नुभएको धर्मगुरुज्यूको भविष्यवाणीलाई हृदयंगम गरौँ । अध्ययन र मनन गरौँ तर खिल्ली उडाउने काम नगरौं ।

 

सन्दर्भ सामग्रीहरु
१) मुहिङगुम असीमाङ लिङ्देन फाल्गुनन्द नु लिङ्देन आत्मानन्द सेइङ रे माङसिवाखाहुन –२०७३, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा ।
२) विश्व ब्रह्माण्ड र महाप्रलयबारे भविष्यवाणी २०७२, किरात धर्म तथा साहित्य उत्थान संघ, प्रकाशन तथा प्रचारप्रसार विभाग ।
३) विश्व शान्ति तथा मानव एकताका संवाहक पूजनीय किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको दोस्रो भविष्यवाणी २०८२ जेठ २३, अभिलेख संकलन संयुक्त प्रतिवेदन २०८२ ।
४) आत्मानन्द लिङ्देन सेइङ विशेष अङ्क, किरात समाचार २०८२ मंसिर १८, किरात मल्टि मिडिया प्रा लि ।
५) किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ विशेषाङ्कहरु ।