
युके/किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४१ औ जन्मजयन्ती १५ Nov २०२५ का दिन युकेस्थित अक्सफोर्ड (Oxford) शहरमा भव्यताका साथ सम्पन्न भएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा जन्मजयन्ती समारोह मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास लण्डनका दोस्रो सचिब सन्जोक राई रहनु भएको थियो ।
यसरीनै कार्यक्रमको अतिथिहरुमा Deputy Lieutenant Imam Manawor Husen MBE, किरात याक्थुङ चुम्लुङ युके अध्यक्ष कमला सेन्दाङ, नेपाल पत्रकार महासंघ युक अध्यक्ष बिमला सेने,Mr Lawrence Pattarn member of गोर्खा नेपाली समाज अक्सफोर्डसायर, Retired lieutenant Mr Lory Mitcheall, एनआरएन महासचिव जुरेन्द्र खजुम, गोर्खा नेपाली समाज Oxford अध्यक्ष कृष्ण फेम्बु, तमुधी समाज अक्सफोर्डसायर अध्यक्ष सन्जय गुरुङ, नेपाली समाज अक्सफोर्डसायर अध्यक्ष दिपा थापा लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । यसरीनै युकेको विभिन्न शहरबाट आफ्नो धार्मिक भेषभुषामा उपस्थित भक्तजन, आस्थावान र शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

जन्मजयन्ती कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रमको संयोजक संस्थाका प्रमुख सेवासाबा साङदाङगेन वरुमसाबा मंगलसिं लिङ्देनको नेतृत्वमा येत नाम्धुङ लाधुङ सेमी सेवा गरिएको थियो । आयोजक संस्था किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङद्वारा मुजोत्लुङमा दीप प्रजवलन गरी सेवा सुरु गरिएको थियो ।
सेवामा साङदाङगेन वरुमसाबा, साङदाङगेन वरुमसामा, सेवासाबा, सेवासामाहरु आ–आफ्नो कार्य विभाजन अनुसार किरात साम्जिक मुन्धुम वाचन गरी सेवा सम्पन्न गरिएको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास लण्डनका दोस्रो सचिब सन्जोक राई, किरात याक्थुङ चुम्लुङ युके अध्यक्ष कमला सेन्दाङ, नेपाल पत्रकार महासंघ युक अध्यक्ष बिमला सेने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

शुभकामना मन्तव्यको क्रममा वक्ताहरुले महागुरुज्यूले सुरु गर्नु भएको विश्व शान्ति तथा मानव एकतालाई हामीले अनुसरण गर्न ढिलो भएको र अब यसलाई अनुसरण गर्नको विकल्प नरहेको बताएका छन् ।
आयोजक समितिका उपाध्यक्ष तथा कार्यक्रम व्यस्थापन संयोजक नन्दा चेम्जोङले स्वागत मन्तब्य राखेकी थिइन भने, आयोजक समितिका सह–कोषाध्यक्ष कुमुद नेम्बाङले महागुरु फाल्गुनन्दज्यूको जिवनी प्रस्तुत गरेकी थिए । यसरी सम्पन्न महागुरु फाल्गुनन्द लिङ्देन १४१ औं जन्मजयन्ती कार्यक्रमलाई आयोजक समितिका सचिव पर्वत राईले सञ्चालन गरेका थिए ।

आयोजक समितिका अध्यक्ष राजेन्द्र खिम्दिङले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै, आउने वर्ष १४२ औं महागुरु जन्मजयन्ती १४ Nov २०२६ का दिन Ashford Kent मा हुने जानकारी गराउँदै कार्यक्रम समापन गरेको थियो ।













