गुरु निजी आश्रममा आप्लुङगेन ताङ्सेप चोमेन सेवा सम्पन्न


माङसेबुङ/किरातेश्वर सिद्ध हाङसाम माङहिममा विश्व शान्ति तथा मानव एकता सकल प्राणी रक्षार्थ सावायेहाङ मुवेक्वा आपलुङगेन ताङ्सेप चोमेन सेवा सम्पन्न भएको छ ।

 

 

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको निजी गुरु आश्रम माङसेबुङ ५ लारुम्बामा अवस्थित माङहिममा सावायेहाङ मुवेक्वा आप्लुङगेन ताङसेप चोमेन सेवा सम्पन्न गरिएको हो ।

 

 

गत कार्तिक ८ गतेदेखि कार्तिक १६ गतेसम्म सञ्चालन भएको सेवामा ९ गते साक्मुरा वदेम्मा सेवा, १० गते अक्वामाङ, युमामाङ, थेबामाङ र हिममाङ सेवा गरिएको थियो । भने, ११ गते विशेष सावायेत नाम्धुङ लाधुङसेमी सेवा, १२, १३, १४ र १५ गते सावायेत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न भएको थियो ।

 

 

सेवा कार्यक्रम अन्तर्गत आइतबार गुरुकुल परिवारज्यूहरुको माङगेन्ना, जोगिदान सम्पन्नपछि अङसीमाङ तथा अङसीमामाङज्यूहरुको हस्तबाहुलीबाट सम्पूर्ण भक्तजनहरुलाई फूलमाला ग्रहण सहित आशीर्वाद प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

 

सो कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुबाट माङआशीर्वचन समेत भएको थियो ।

 

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ लगायत किरात धर्मजन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

 

 

गुरु निजी आश्रम अर्थ समितिका अध्यक्ष ताराबीर नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई समितिका महासचिव चतुरसिं राईले सञ्चालन गरेको थियो ।