माङगेन्ना समितिको पदाधिकारी हेरफेर, महासचिवमा साँबा पदोन्नति


माङसेबुङ/किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको शनिबार सम्पन्न बैठकले केही पदाधिकारीलाई पदोन्नति र थप सदस्य समेत मनोनित गरेको छ ।

 

 

समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न बैठकले आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्ने गरी समितिको केही पदाधिकारीलाई पदोन्नति गर्नका साथै नयाँ सदस्य समेत मनोनित गरेको छ ।

 

 

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको महासचिव काकीराम लाओतीले विदा मागेपछि रिक्त रहेको महासचिव पदमा समितिका सचिव शक्तिकुमार साँबालाई पदोन्नति गरिएको हो ।

 

बढुवा हुने समितिहरुमा सह सचिव समिता थेबेलाई सचिव, कार्यालय सचिव ललितचन्द्र फियाकलाई सह सचिव पदमा पदोन्नति गरिएको छ ।

 

 

त्यसैगरी कार्य समितिमा नयाँ सदस्यहरु पनि मनोनित गरिएको छ । यसरी मनोनित हुनेहरुमा क्रमशः फिदिम नगरपालिका १० पान्थरका तेजबहादुर लोवा, मिक्लाजुङ गाउँपालिका ३ मोरङका राजभक्त सङमी, माङसेबुङ गाउँपालिका ५ इलामका ज्ञानु केदेम र माङसेबुङ गाउँपालिका ५ इलामका मेनेन्द्र सेर्मा (महेश) रहेका छन् ।