मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ शुभजन्मोत्सव महासमारोहको तयारी सुरु


माङसेबुङ/मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा सम्पन्न गर्न शनिबार महासमारोह आयोजक समिति गठन गरिएको छ ।

 

 

 

विगतका वर्षझैं यस वर्षपनि धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा विविध कार्यक्रमसहित अङसीमाङ जन्मोत्सव भव्य रुपमा मनाउन किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा महासमारोह समिति गठन गरिएको हो ।

 

 

 

 

नुमाङगेन्ना सेवाको अवसरमा वर्षेनी मंसिर १७, १८ र १९ गते आयोजना हुँदै आएको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवालाई सम्पन्न गर्न विभिन्न विभागहरु समेत गठन गरिएको छ । भने, हरेक वर्ष आयोजना हुने आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई पनि विगतका वर्षझै भव्यताका साथ आयोजना गर्ने महासमारोहले निर्णय गरेको छ ।

 

 

 

 

 

महासमारोहको कार्यक्रम अन्तर्गत मंसिर १६ गते साक्मुरा वादेम्मा सेवा र १७ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न हुने भएको छ । भने, आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिता मंसिर ७ गते सुरु भई १७ गते फाइनल हुने महासमारोहले जनाएको छ ।

 

 

 

 

 

मंसिर १८ गते नुमाङगेन्ना महासमारोह समुद्घाटन, शुभकामना मन्तव्य, आत्मानन्द साहित्य पुरस्कार वितरण, आत्मानन्द गोल्डकपका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण, धन्यवाद आशीर्वचन साथै विशेष महासमारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा हुनेछ । नुमाङगेन्ना सेवामा ७२ जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन हुने आयोजक समितिले जनाएको छ ।

 

 

 

 

 

समारोहका अध्यक्ष योङहाङका अनुसार विगतका वर्षझै यस वर्ष अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत आयोजना गरिएको छ । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गर्नुपर्ने भएको छ । नुमाङगेन्ना सेवाको अवसरमा भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिने भएको छ ।

 

 

 

जन्मोत्सव कार्यक्रम अन्तर्गत मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने महासमारोहले जनाइएको छ । यसरीनै मंसिर १८ र १९ गते साँझ बृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना हुने भएको छ ।