नालीफुङ्वा पान्जुम्भोले रजत वर्ष यसरी मनायो


माङसेबुङ/किरात धर्म सम्बद्ध युवाहरुको संगठन किरात साम्यो नालीफुङ्वा पान्जुम्भोको २५ औ स्थापना दिवस तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

 

 


किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र धार्मिक तीर्थस्थल माङसेबुङ ५ स्थित सामुदायिक भवनमा सोमबार नालीफुङ्वा जुझारु पुरस्कार २०८२ वितरण तथा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गरी पान्जुम्भोको रजत वर्ष मनाएको हो ।

 

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि माङगेन्ना सेवा समितिका पूर्व सचिव तथा किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोका संस्थापक अध्यक्ष नन्दकुमार नेम्वाङ र पान्जुम्भोका पूर्व अध्यक्ष विक्रम वनेम फागो रहनुभएको थियो ।

 

कार्यक्रमको अतिथिहरुमा किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समिति केन्द्रीय सदस्य सुमन लाओती, किरात साम्यो हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङ, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष बौद्धमान केरुङ, माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश साउदेन, किरात इङ्भो पान्जुम्भो सचिव ज्ञानु केदेम, दुर्गा मावि खलङ्गेका शिक्षक जलन आङबुहाङ रहनुभएको थियो ।

 

नालीफुङ्वा पान्जुम्भोमा रहेर महत्वपूर्ण योगदान गर्ने दुई जनालाई नालिफुङ्वा जुझारु पुरस्कार २०८२ प्रदान गरिएको छ । पुरस्कृत हुनेमा किरात साम्यो नालीफुङवा माङसेबुङ पान्जुम्भो सहसचिव तान्छोहाङ केरुङ र किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो झापाका सदस्य आश्ना याम्फु रहेका छन् । उनीहरुलाई जनही नगद १ हजार ५ सय २५ सहित सम्मानपत्र प्रदान गरिएको छ ।

 

स्थापना दिवसको अवसरमा विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । सो हाजिरी जवाफ प्रतियोगितामा फाल्गुनन्न्द सेकेण्डरी बोर्डिङ स्कूल माङसेबुङ ५, लासीङबुङ प्रथम भएका छन् ।

 

 

यसरी नै जीवनज्योती मावि माङसेबुङ ३, चतुरे द्वितिय भएका छन् । भने, सरस्वती मावि माङसेबुङ ५ भालुटार तृतीय बनेको छ । त्यसैगरी दुर्गा मावि माङसेबुङ ३ खलङ्गेले सान्तवना पुरस्कार पाएका छन । प्रतियोगितामा सहभागि विजेताहरुलाई ट्रफी र मेडलसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

 

किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथीमान खालिङको अध्यक्षतामा सम्पन्न स्थापना दिवसमा उपाध्यक्ष शंकर केरुङ (रोटी)ले स्वागत मन्तव्य राख्नु भएको थियो भने, बाइसकुमार राईले कार्यक्रम सञ्चालन गरेका थिए ।