इलाम/किरात धार्मिक प्रशिक्षण कार्यक्रम इलामको सन्दकपुर ५ जमुनामा विहिबार सम्पन्न भएको छ । किरात मिङसो फाल्गुनन्द माङहिम व्यवस्थापन समिति एंव जमुनाबासी किरात धर्मावलम्बीहरुको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ रहनु भएको थियो । भने, विशेष अतिथि किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावादेन रहनु भएको थियो ।
कार्यक्रमको अतिथिहरुमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्षद्धय हर्कवीर योङहाङ, कमला तुम्बापो, सदस्य पूर्ण कार्की ढोली, गुरु निजी आश्रम कृषि समितिका सचिव उदयविक्रम तुम्बापो, माङगेन्ना समिति अध्यक्ष जीवन संगिनी आङदेम्बे विष्णुमाया योङहाङ लगायत रहनु भएको थियो ।
यसरीनै अन्य अतिथिहरुमा माबु प्रतिनिधि धनप्रसाद सावदेन, विविहाङ सावदेन, सोयाङ प्रतिनिधि मिलन थलङ, इलाम बजार प्रतिनिधि प्रशान्त सावदेन, सुल्बुङ प्रतिनिधि साङदाङगेन वरुमसाबा भगेन्द्र सावदेन, जग्गादाता मान बहादुर वनेम, पूर्व वडा अध्यक्ष जीतबहादुर साँबा लगायतका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।
किरात मिङसो फाल्गुनन्द माङहिम व्यवस्थापन समितिका अध्यक्ष केशर थेबेको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य माङसेवासाबा तेजबहादुर थेबेले राख्नु भएको थियो ।