माङसेबुङ/दक्षिण कोरियामा बसोबास गर्दै आएका किरात धर्मावलम्बीहरुको सक्रिय सहभागितामा धार्मिक संगठन किरात धर्म तथा साहित्य उत्थान संघ दक्षिण कोरिया गठन भएको छ ।
वि. स. २०८२ असार १ गते तदअनुसार द्दण्द्दछरण्टरज्ञछ तारिख आइतबारको दिन ख्यङ्गिदो प्रान्तमा अवस्थित सुवन शहरमा सम्पन्न प्रथम ऐतिहासिक सम्मेलनले महेन्द्र हाङसरुम्बाको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति निर्वाचित गरेको जनाइएको छ ।
यसरी गठित समितिमा उपाध्यक्ष याम कुमार लिम्बु, सचिव अनिल लाबुङ, सहसचिव मनाहाङ लिम्बु र कोषाध्यक्ष बिनय जबेगु चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमश गगन कुरुम्बाङ, छवि चेम्जोङ, नुतन लाबुङ, संजिव साउदेन, प्रकाश याख्खा जिमी, रिस्ता साउदेन, सर्मिला आङ्देम्बे, समीप लिबाङ, बिबेक लिम्बु, प्रकाश नेम्बाङ, लोकेन्द्र आङ्देम्बे, मनिस काम्बाङ, सन्देश तिल्लिङ र नवीन ताम्लिङ लगायत निर्वाचित भएका छन् ।
त्यसैगरी संघको सल्लाहकार समितिमा छत्र साउदेन, ओत्से लिम्बु, प्रेम राई, भुपि सेर्मा, बिरेन साउदेन र रोचन ताप्मादेन रहनु भएको छ ।