युके/किरात धर्म सम्बद्ध माङसेवासाबाहरुको संगठन किरात साम्यो माङसेवासाबा पान्जुम्भो युके गठन भएको छ । गत १८ मे २०२५ का दिन साङदाङगेन वरुमसाबा मंगलसिं लिङदेनको अध्यक्षतामा २५ सदस्य समिति गठन भएको हो ।
यसरी गठित समितिमा उपाध्यक्षमा डा. कमला आङदेम्बे, आशा थोप्रा, तिल बिक्रम लावती, मुक्ति खालिङ निर्वाचित भएका छन् । पान्जुम्भोको सचिवमा सिक्कुम ज्ञानु फुरुम्बो चरपे, सह सचिवद्धय टेक माबोहाङ (निराज) र लाल लिङदेन चयन भएका छन् । त्यसैगरी कोषाध्यक्ष रनसिं माबो र सहकोषाध्यक्षमा चन्द्रकला आवाजङ निर्वाचित भएका छन् ।
सदस्यहरुमा मनि चोङबाङ, चुनबहादुर लिङदेन, हस्तकला थाङदेन, गंगामाया योङहाङ, सीता थेबे, देबिन्द्र सेर्मा, मनमाया लिम्बू, राजकुमार नुगो, काजीमान ओख्राबु, सरद वरुमहाङ, श्कल्पना वरुमहाङ लगायत चयन भएका छन् । त्यस्तै सल्लाहकारमा रामकुमार सिंथेबे, तेज मेन्याङबो, काजीमान नुगो र भक्त लाबुङ चयन भएका छन् ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङको प्रमुख आतिथ्य र किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका सदस्य रामकुमार सिंथेबेको विशेष अतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।
किरात साम्यो माङसेवासाबा पान्जुम्भो युकेका नव निर्वाचित समितिहरुलाई प्रमुख अथिति, बिशेष अथिति लगायत अतिथिहरुले कार्य सफताको शुभकामना दिएका थिए । भने, साङदाङगेन वरुमसाबा तेजबहादुर मेन्याङबोले समितिहरुलाई सफत ग्रहण गराएका थिए ।
किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुभोको पत्रचार अनुसार किरात साम्यो माङसेवा साबा पान्जुम्भो युके समिति गठन गरिएको हो । बेलायतमा बिगत लामो समय देखि माङसेवा साबाहरुको आबद्व संस्था गठन नभएता पनि माङसेवासाबा र माङसेवासामाहरुको सक्रियता भने उतिकै हुँदै आएको थियो ।