अमेरिकामा येत नाम्धुङ् लाधुङ् सेमी सेवाको तयारी यस्तो छ

अमेरिका/आगामी मे १८, २०२५ तदानुसार वि. स. २०८२ साल जेठ ४ गते हुन गइरहेको थो लाङ्दाक येत् नाम्धुङ् लाधुङ खिबेकवा सेवाको तयारीका लागि किरात हाङ्साम् साम्यो नु साक्थिमरेन सङजुम्भो अमेरिकाको बैठक सम्पन्न भएको छ ।

 

 

मे ०४ तारिक, २०२५ आइतबारको दिन बसेको बैठकले सेवाको तयारी गर्नका साथै किरात माङ्हिम् निर्माणको लागि पनि कार्य योजना तय गरिएको आयोजक समितिका सल्लाहकार सुयेन लिङ्देनले बताएको छ ।

 

 

आयोजकका अनुसार सो बैठकमा संस्थाका पदाधिकारीहरु, तुत्तु तुम्याङ्हरू, साङ्दाङगेन वरुमसाबा , साङ्दाङगेन वरुमसामा, माङ्सेवासावा, माङ्सेवासामा, सल्लाहकार समिति, बुद्धिजीवी वर्ग र आस्थावान किरात धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो।

 

 

 

माङ्सेवासावा कृष्ण मुकारुङ्को हस्तवाहुलीबाट दीप जलन गरी प्रारम्भ गरिएको सो बैठक सङजुम्भोका अध्यक्ष भक्त तिगेला खेवाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कलाकार आशा सुहाङले सञ्चालन गरेकी थिइन ।

 

 

 

 

मुनरो फल्स्, कयहोगा फल्स, ओहायो अमेरिकामा आयोजना गरिएको सेवामा अमेरिकामा बसोबास गर्ने सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई निमन्त्रणा गरिएको आयोजक समितिका सल्लाहकार सुयेन लिङ्देनले जनाएको छ । विश्व शान्ति, मानव एकता चराचर सृष्टि रक्षार्थ भव्य रुपमा येत् नाम्धुङ लाधुङ सेमी सेवा गर्ने योजना बनाएको हो ।