अमेरिका/किरात धर्मदर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनज्यूको १४०औं जन्मजयन्ती अमेरिकामा नाम्लिङगे लारिङगे खेलेर मनाइएको छ ।
किरात साम्यो नु साक्थिम्गेन सङजुम्भो अमेरिकाकाको आयोजनामा गत नभेम्बर १० मा अमेरिकास्थित ओहायोमा महागुरु फाल्गुनन्द १४० औं जन्मजयन्ती नाम्लिङगे लारिङगे खेलेर मनाइएको फुरुम्बो नामले बताएका छन् ।
फुरुम्बोका अनुसार किरात साम्यो नु साक्थिम्गेन सङजुम्भो अमेरिकाका पदाधिकारी, सल्लाहकार र माङसेवासावा समेतको उपस्थितिमा नाम्लिङगे लारिङगे खेलेर जन्मजयन्ती भव्यताका साथ मनाएका हुन । कार्यक्रममा फूरूम्बो नामले नाम्लिङगे लारिङगे मुन्धुम वाचक गरेका थिए भने, उपस्थित सबैले नामिलिङगे लारिङगेमा साथ दिएका थिए ।
यसैगरी महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसरमा येत नाम्धुङ लाधुङसेमी सेवाको आयोजना समेत गरिएको साङदाङगेन वरुमसावा समेत रहेका फुरुम्बो नामले बताए । कार्यक्रममा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
जन्मजयन्तीको अवसरमा येत्त् नाम्धुङ लाधुङ सेमी सेवा तथा नाम्लिङगे लारिङगे कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा आयोजक समितिका अध्यक्ष तिगेला खेवा भक्त, सचिव तुम्बा खेवा सान्ता, कोषाध्यक्ष तुम्बापो रत्न, याम्बक केगाम्बा खालिङ सिङवीर, सङजुम्भोका सल्लाहकार लिङदेन् सुयेङ, माङसेवासाबा अध्यक्ष मुकारूङ कृष्ण, माङसेवासाबा तुम्याहाङ तुम्बापो साम्सोहाङ, लिङ्देन बिर्ख, सहयोगी हरङछा हर्कजित, नेम्बाङ अम्बर, लोहोरूंङ दिलीप, बान्तावा बिर्ख, र नाम्लिङगे लारिङगे मुन्धुम वाचक फूरूम्बो नाम लगायत ओहायो निवासी किरात धर्मानुयायी भक्तजनहरुको समेत उपस्थिति रहेको जनाइएको छ ।