युके/किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा स्वीडन शहरमा संयुक्त रुपमा आत्मा रक्षा सेवा आप्लुङगेन्न ताङसेप चोमेन सेवा गत २० मे २०२३ का दिन सम्पन्न गगरिएको छ।
विश्व शान्ति मावन एकता सकल प्राणी रक्षार्थ तथा चराचर जगत कल्याणका साथ ताङसेप सेवा किरात साम्जिक मुन्धुम र खाजोङ अनुसार सम्पन्न भएको ज्ञानु फुरुम्बोले जनाएको छ ।
साम्दाङगेन वरुमसावा माङसेवा मंगल सिं लिङदेनको संयोजनमा युके भरिका माङसेवासाबा र माङसेवा सामाहरुको बृहत् उपस्थितिमा साम्जिक मुन्धुम बाचन गरिएको थियो । साक्मुरा वादेम्मा, युमामाङ, थेबामाङ, हिममाङ, अवामा र येत लाधुङ, नाम्धुङसेमी सेवा गरिएको थियो ।
प्रत्येक बर्ष हुने आप्लुङगेन्न ताङसेप चोमेन सेवा यस बर्ष पनि १० ओैं बार्षिक सेवा स्वीडन शहरमा सधै हुदै आएको ठाउँमा आयोजना गरिएको आयोजकले जनाएको छ । सेवा कार्यक्रममा युके भरिका किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थितिमा सेवा सम्पन्न भएको थियो ।
युकेमा धेरै ब्यस्त हुने भएको कारणले हरेक कार्यक्रम आयोजना गर्नु पर्दा ६ महिना देखि एक बर्ष अघि नै कार्यक्रमको तय गर्नु पर्ने र सबैलाई कार्यक्रम वा सेवाको बिषयमा अग्रिम जानकारी गराउनु पर्ने आयोजकको भनाई छ ।
त्यहि भएर हामीले १० बर्ष अघि देखि बर्षको एक पटक सबै भेला भएर चोमेन सेवा गर्ने चलन बसालेको आयोजकको भनाई छ ।
किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले किरात धर्मसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन ।
मुहिङगुम अङसीमाङ राष्ट्रिय बिभुति महागुरु फाल्गुन्द लिङदेनको जन्मजयन्ती, माङगेन्ना, बार्षिक आप्लुङगेन्न ताङसेप चोमेन सेवा गर्दै आएको छ । भने किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको ब्यवस्थापन साथै आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।