(वि.स. २०५५ साल माघ ६ गते सावायेहाङ किरात खिबेक्वा याक्वा सेवाको अवसरमा इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५, साविक बाँझो–९, माङसेबुङ स्थित किरात हाङसाम मुजोत्लुङ माङहिम प्राङगणमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको माङ आशीर्वचन)
हामीले खेती किसान गर्दा खेरी, पाखा पखेराहरुमा खेती गर्ने चलन थियो त्यति बेला सबैभन्दा पहिले नावा चइतदाङबा, सेन्दिपेसाप चईतदाङ्मा अर्थात सृष्टिको धनी उनै तागेरा निङवाभूमाङ्लाई सम्झेर याक्वा सेवा गरेर मात्रै बीउबिजन छर्ने र खेती किसान गर्ने हाम्रो परम्परा थियो । अहिले आएर यो कुरा हामीले विर्सदै लागिरहेको छांै । आंशिक एउटा स–सानो रुपमा आफैले व्यक्तिगत रुपमा नि गरी रहेको छन् । यो सामुहीक रुपमा तपाईहरुले यो जुन माङ्वा हाङ्वा माग्ने जस्तो अन्न सिद्धि, धन सिद्धि, सम्पतिको सिद्धि, ज्ञानको सिद्धि, बुद्धि विवेकको सिद्धि शक्ति माग्नको लागि पनि हामीले उभौली माघ ५ गतेको सेवा गर्ने कार्य नियमित गरिराखेका छौ ।
अब उभांैलीको समय भयो । हाम्रो मुन्धुमी भाषामा खिवेक्वा सेवा भन्छ । झन् ऋतुको परिवर्तन भएर जस्तो चराचुरुङ्गीले जस्तो भाका फेर्दै जान्छ । पात पतिङ्गरहरुले पालुवा फेर्दै जान्छ । पृथ्वीले ताप दिँदै जान्छ, पृथ्वीको तापक्रम बढ्दै जान्छ । खेतीको सिजन हुँदै जान्छ । त्यतिबेला माङ्वा माङ्वा मागेपछि खेती गर्ने किरातहरुको धर्म हो र हामी पहिले पहिले पुर्खाहरुले पनि अलिअलि त जानेकै छ । पहिले परेको पानी बार्नु पर्छ, पहिलो हावा बार्नु पर्छ र पहिलो असिना आयो भने बार्नु पर्छ र अहिले त्यो हामीले गर्न छोड्यौं । जहिले पायो तहिले उतै जोत्ने, जहिले भेट्यों उति बेलै खेती गर्ने त्यो बानी लागिसकेको छ ।
त्यसैले हावापानी, हसिना पानी यी सम्पूर्ण हावा बतासको रफ्तार मिल्दैन, कहिले धेरै पर्ने, कहिले ढिलो पर्ने । कहिले डाङडुङ पर्ने, त्यस्तो पनि भइराखेको छ । त्यसकारणले हामीले सेवा गर्दा खेरी उभौलीको याक्वा सेवामा चाहीँ सर्तक होऔ, सबै रक्षा होउन । हाम्रो राम्रो खेतीहरु उत्पादन होस्, माङवा हाङ्वा राम्रो पसोस् हावा पानीबाट जोगियोस् र विभिन्न रोगब्याधाबाट जोगियोस भनेर हामीले सिद्धि, शक्ति माग्ने यो कार्यक्रम गरेको छांै ।
धर्मको बारेमा धेरै धेरै कुराहरु छन् । सबै धर्मले असत्य धर्म नगर्नु भन्छ । बाटो भनेको दुइटा छ, एउटा उज्यालो बाटो र अर्को अध्याँरो बाटो छ । यो सँगसँगै हुन्छ । हाम्रा किरातीहरु भनेको त हाम्रो मुन्धुम शःशीहरु पनि हराई पठायांै । संस्कार मुन्धुम् पनि हरायौ । मन्त्र तन्त्रहरु पनि हरायौ र सबै हराएपछि ज्ञान बुद्धि हराए झै भयौ । त्यसकारणले ११४ बर्ष अघि महागुरु फाल्गुनन्द पनि यस किरात कुलमा जन्म लिनु भयो । जहाँ जहाँ यो पाप फैलिएर जान्छ भने त्यहाँ त्यहाँ धर्मको उदय हुन्छ । संसारको धार्मिक कुराहरु धार्मिक युग पुरुषहरुको कुराहरु पनि तपाइहरुलाई अलिकति सुनाउने इच्छा राखेको छु ।
हिन्दु धर्मको इतिहास हेर्दा गाई काट्ने त होइन मान्छे काटेर भोग दिने चलन थियो । त्यस्तै इसाई धर्म जो क्राइष्ट भन्छ यिनीहरुकोमा पनि मान्छे काटेर भोग दिने चलन थियो । आ–आफ्नो विकृति थियो । यसलाई सुधार गर्नको निम्ति विभिन्न धार्मिक पुरुषहरु जन्मे जस्तै ः हिन्दु धर्ममा कृष्ण जन्म्यो । जुनचाहीँ अंग्रेजहरुका लागि क्राइष्ट जन्म्यो । शान्तिको लागि बुद्ध जन्म्यो । सबै समाज सुधारको निम्ति आ–आफ्नै तरिकाले आएको हुन्छ ।
अब हाम्रो पनि कस्तो भयो भने पहिला त कोरोङबेदले पूजा गरी राखेको थियांै । कोरोङवेदले पूजा गर्न छोडेपछि फेरि हामीले सुँगुर कुखुराले पूजा गर्न सुरु ग¥यांै । अब त्यसले ज्याँदा पाप भयो । हाम्रो आचरण धर्ममा सुधार नहुने भएकोले महागुरु फाल्गुनन्दले हाम्रो बीचमा सत्यको बाटोमा हिड्नुपर्छ, सुकर्ममा हिड्नुपर्छ भनेर मार्गदर्शन दिनु भयो र यो लिम्बुवानमा त हिजो अस्तिसम्म किपट थियो । सुब्बाहरुको जगजग थियो र त्यस बीचमा आएर उपदेश दिंदाखेरी विभिन्न राज अभियोग लाग्यो । वहाँले अनेक दुःखहरु भोग्नु प¥यो । यस्तो बीचमा आएपछि धेरै कुराहरु तपाई हामी बीचमा सुधारहरुको लक्षणहरु आयो ।
पान्थरको रबि बजारमा जम्मा भएर जहिले तहिले कुटाकुट हुने ठाउँमा महागुरुले घरी घरी सम्झाउँनु हुन्थ्यो । त्यहाँको हाम्रो राई दाजुभाइहरुको संख्या धन सम्पत्तिमा पनि अगाडि, ज्ञान विवेकमा पनि अगाडि बढेका छन् । त्यो गाउँमा अहिले सेताम्मै सेतो छ र घरमा फूलहरु फुलिरहेको छन् र धर्ममा यस्तो छ ।
हामीले धर्म, कर्म र ज्ञान पाएको छौं तर यसलाई चिन्न सकेका छैनांै । यो भित्र के तथ्य छ यसले हामीलाई के दिन्छ भनेर गम्भीर रुपमा जान सकेका छैनौं । क्रोध, घमण्ड र अहंकारले गर्दा हामीलाई त्यस्तो भएको हो । विबाह कार्य, मृत्यु कार्यमा पनि लाप्पा पर्ने चलन छ । लाप्पा परेपछि चोट पर्ने नै भयो । चोट परेपछि उजुर लाग्ने नै प¥यो, मुद्दा लड्नु प¥यो । पैसा त्यतै खर्च भयो । अभक्ष चीज जाँड रक्सीले गर्दा यस्तो नराम्रो कार्य तर्फ गइरहेका छौं । त्यसैले अहंकार, क्रोध र घमण्डलाई छोडेर राम्रो बाटोलाई पक्रिनु पर्छ ।
जाँड, रक्सी खाने स्वभाव छोडियो भने तपाइहरुको आर्थिक अवस्था पनि सुधार हुँदै जान्छ, स्वास्थ्य पनि सुधार हुँदै जान्छ, चेतना सुधार हुन्छ । तर हामी उल्टो कर्म उल्टो व्यवहार गरिरहेका छौं । यो भावनालाई सुल्टो बनाउँ । सत्य वचनले सत्य धर्मको बन्धनलाई समाएर पार तर्न सक्छौं ।
बुद्ध धर्म नेपालमा उत्पत्ति भएको हो । अहिले संसारले मान्छ, लच्छिन पायो, वैज्ञानिक भए, हरेक क्षेत्रमा अगाडि भए । हामीले पनि किरात धर्म पाइरहेका छौं । हामीले चिन्न र बुझ्न सकेनौ भने अरु देशले लगेर जान्छ, अरु देशले विकास गर्दै जान्छ । त्यो शक्ति माङ्वा हाङ्वा, सिद्धि शक्ति त्यतै जान्छ र उनीहरु अझ् नयाँ तत्वको खोजमा पुग्छन् । त्यस कारणले हामीले सा¥है जान्नुपर्ने र बुझ्नुपर्ने स्थिति आएको छ ।
खानपानले हामीलाई पछाडि पारेको छ । किरातीहरुको विवाह भयो भने कम्तीमा ५०, ६० हजार खर्च हुन्छ । हक्तवा बोक्नै प¥यो, जाँड, रक्सी भात पनि खुवाउँनै प¥यो, राँगा काट्नै प¥यो, हाम्रो जग्गा जमिन छैन, जग्गा जमिन हुँदा साहूलाई जिम्मा लाउनुप¥यो । आफू झोलीतुम्बी बोकेर हिड्नुपर्छ । हाम्रो कर्म भनेको यस्तो छ । उल्टो कर्मतिर नजाउँ भनेर म बारम्बार भन्दैछु । हुनेले त खर्च गर्छ, नहुनेले त के गर्ने हैन । त्यस कारणले सबै कुरामा हामीले दीक्षित शिक्षित हुने बेला आएको छ । तास नखेल्नु, समय खेर नफाल्नु र जाँड, रक्सीमा डुबेर नबस्नु र शहरी इलाकामा हिरोइन, चरेस, कानी इत्यादिबाट वञ्चित रहनुपर्छ । यसरी सुधार गर्दै रहनुपर्छ । अनि मात्र सत्यको बाटोमा नजिक पुग्न सकिन्छ ।
हाम्रो कर्म गराई उल्टो छ । मान्छे मरेपछि लास रुङ्नुपर्छ, बिरालोले, कुखुरा, सुँगुरले पनि छुुनु हँुदैन हैं भनेर ड्युटी गर्ने एउटा परम्परा छ । मुन्धुम्ले फाक्लाम् मेन्दिके भन्छ वालाम् मेन्दिके तर भोली गएर पुजा गर्दा त्यहाँको मासुको पिण्ड चढाउने चलन छ । मुन्धुम्को उल्टो कर्म गराई भइरहेको छ । हामीले त्यति पनि चिन्न सकिरहेको छैन् । हाम्रो मुुन्धुमले काटमार गर भनेको छैन् । हाम्रो मुक्ति गर्दा पनि पिण्ड चाहीँ मासु देउ भन्या छैन् । फूल फलेदोले गर्नु भनेको छ । महागुरु, येहाङजस्ता युगपुरुषले र हाम्रो विचार धाराहरुले पक्रेर अगाडि बढ्नु भयो । माङ्वा केप्मा, हाङवा केप्मा, पेलिपान्जाङ् लःमा कुसाङ् लःमा भन्छ त्यहाँ हामी पुग्न सक्छौ ।
दिनदिनै अनिकाल छ, कोदो कुहाएरै सकिहाल्छांै । किरातीहरुको विवाह आउँछ कति लाख सकिहाल्छौं अलिअलि भएको सकिहाल्छ अनि त हुनेले सुन राखेर खान्छ नहुनेले जग्गै बन्धक राखेर खान्छ । तर यो हाम्रो कर्म गराई सुधारेमा यसमा कम हुन्छ । यो कुरा बुझ्दै जानुपर्छ । अनि मात्र सभ्य ठाउँमा पुग्नुहुन्छ ।
नमूनाको रुपमा तपाइहरु आउनु भएको छ । तपाइहरुको मुखमा चुरोट छैन, खैनी छैन, यहाँ जाँड रक्सी विक्री गरिँदैन र यहाँ झगडा छैन् । जाँड रक्सी नभएपछि शान्ति हुन्छ । झण्डा निशानाले शान्तिको संकेत दिएको छ । तपाईहरु शान्तिसँग बस्नुभएको छ । यस्तै गरेर गाउँगाउँमा गएर सम्झाउनुहोस, निर्देशन दिनुहोस् सम्झाउदै लानुहोस् ।
पुरुष जातिले पनि धेरै विवेकशील हुनुपर्छ । नराम्रो काम गरेमा छोराछोरीले सिक्छ र फेरि उसको छोराछोरीले पनि त्यहीँ गर्दै जान्छन र दश पिढिपछि सबै समाप्त हुन्छ । म लिम्बुवान धेरै घुमेको छु । म त्यस्तै भेट्छु । बुढीले पनि त्यस्तै काम सिक्छ र आएर बुढासँग लाप्पा खेल्न थालिहाल्छ । त्यस्तो भएपछि हाम्रो कर्म व्यवहार सुधार हुँदैन । यसबाट हामी अलग भयौं भने, बेलैमा सुधार ग¥यौ भने बाबुआमाले अलिकति सुधार गर्छ, छोराछोरीले, नाति पनातिले गर्दै सुधार हँुदै जान्छ । तर हामी राक्षसी व्यवहार गरिरहेका छौ । राक्षसी व्यवहार भनेको अर्कालाई कुट्नु जाँड, रक्सी खाएर बद्मास गर्नु इत्यादी ।
त्यसकारणले यसलाई छाडेर सत्यको बाटो पक्डिनु पर्छ । यसको लागि विहानै उठेर माङ्लाई सम्झनुहोस् । आफ्नो छोराछोरीलाई स्कूल पठाउनुहोस् । धर्म यो हो भनेर देखाउँनुहोस् । सत्य बोल्न सिकाउनुहोस्, तब सुधार हुँदै जान्छ । अहंकार, क्रोधलाई पर सार्दै जानुहोस् । दुश्मन त भित्र हुन्छ यसकारण यसै गर्छु भनेर सम्झियो, अंहकार गरियो भने पाप हुन्छ र आंैसीको रात जस्तो हुन्छ । औैसीको रातमा हिड्दा काँडाले पनि घोच्छ, लडिन्छ पनि त्यसैले उज्यालो बाटोतर्फ निस्किनुपर्छ ।
ज्ञान भनेको ज्ञान सम्बन्धीको पानी हो । जसले पनि ग्रहण गर्न सक्छ । म को हुँ ? किन र ? के गर्न जन्मेको हो ? भन्ने आत्मा भित्रैबाट खोज्नुपर्छ । बाहिरबाट भेटिँदैन ।
छोरीचेलीको सोतरीत खानुहुँदैन । यसो भन्दा यसले के जानेको छ र दुःखेको थाहा पाउँछ, भन्थ्यो, गाली गर्थे । तर त्यसो होइन, छोरीचेलीको सोतरीत खाएमा पाप लाग्छ किनभने एउटै कोखबाट जन्मेको छोरा र छोरी समान हुन् । सानो हुन्जेल माया र पछि बिहादान गर्ने बेलामा खसी रांगाको दाम झै बेच्न चाहीँ जानेका छौं । यो गरेको देखिरहेको छु । हाम्रै धर्मावलम्बीहरु पनि यसो गरिरहेका छन् । त्यसो गर्ने भएन किनकी तपाईको नाती पनाती जन्मिन्छ ।
तिनीहरुले पाउँने जग्गा जमिन सोतरीत यता खायौं उता त्यो जग्गा धितो राखिएको हुन्छ । सो धितो उकास्न नसकेपछि स्वतः बसाई सर्ने स्थिति हुँदै जान्छ । त्यसैले सोतरीत खानुहुँदैन । यसमा महिला दिदिबहिनीहरुले यसबारे अलि जोड गर्नुपर्छ । यस्तो कुरीति कुसंस्कारहरु हामीभित्र लुकेको छ, यसलाई चिरफार गरेर केलाएर विस्तारै पन्छाउँदै लानुपर्छ । अनि पो मेन्छाम्गेन नामयाप्मी सा हुन्छौं ।
हाम्रै सत्यहाङ्मा परिवारमा पनि गुरुलाई भन्नु हँुदैन, है भन्दै बिवाह भोजमा राँगा काटेको सुनेको छु । मैले जुन सूत्र दिएको छु त्यहीँ अनुसार गर्दै जानुहोस्, राम्रो हँुदै जान्छ । गुरुको आँखा छलेर तपाइको काम सूर्यलाई हत्केलाले छेके जस्तो मात्र हुन्छ । त्यसैले ढाट्नु भएन ।
खानेकुरामा बन्धन भयो भने धर्म फैलिदैन भन्ने सुन्दैछु । युगले ल्याउँदै छ धर्म फैलिनु नफैलिनुमा । यो त आफै आएको होइन, यसमा अर्को एउटा शक्ति पनि पछाडि लागिरहेको छ । हामी धर्ममा नलागी नहुने दिन आउँदैछ । सत्यहाङ्मामा लागौं भनेको त जाँड रक्सी, मासुमंस खान छोड्नुपर्छ भन्छ तर उसको स्वस्थ राम्रो होस् दिमाग राम्रो होस् भनेर पो गरिएको हो । जाँड रक्सी पनि खाइराखेको छ । सुर्ती पनि खाइराखेको छ । मासु–मंस पनि खाइरहेको छ अनि कसरी पच्छ र थाम्छ, थाम्दैन नि । पेट दुख्यो भने डाक्टरलाई चेक गराउनु प¥यो, बेकारमा पैसा खर्च हुन्छ । यसरी रोग नलागोस, स्वास्थ्य होस, चेतना ब्युँझोस भनेर खानु भन्दा नखानू ।
हामी सज्जन बनिनु छ भने केही कुरा त्याग गर्नु सक्नुपर्छ । विभिन्न ठाउँहरुबाट आउँनु भएको छ, तपाईहरु बिना त्यागले त आउनु भएन । त्यस्तै धर्मको लागि स्वच्छ समाज निर्माण गर्नुपर्छ र त्यहाँ सल्लाह मिल्छ, राय मिल्छ र विकास हुन्छ । तर मेरो मान्छे भेट्न जानु प¥यो भने कि त गोसखानमा जानु प¥यो कि त भट्टी पसलमा जानुपर्छ । हाम्रा दाजुभाईहरु रांगा काट्ने र मासु बाँड्नेमा सिपालु
हुन्छन् भने दिदीबहिनीहरु चाहीँ रक्सी पार्नु, जाँड बेच्नु सिपालु हुन्छन् अरु त जानेको छैनन् नि ।
मेरो भनाई चाहीँ अरु कुरा पनि सिकांै भन्ने हो । जाँड खाएर दिनभरी सुत्छौं अनि गर्नुपर्ने काम पनि अलमलिएर जान्छौं र दिन त्यसै बित्छ । आफ्नो काम वितिरहेको हुन्छ, थाहैं हुँदैन । अनि त्यसैले भरै नोक्सानै नोक्सान पार्छ । त्यसैले यसलाई सिमित्त गर्दै लानुपर्छ । विवाह भोज कार्यमा यस्तो कार्य नगरौं । सुधार गर्दै लैजाऊ ।
छोराछोरी बिरामी हुँदा फेदाङ्माकोमा गएर जोखना हेरिदेऊ, विचार गरिदेउ भन्छौं । फेदाङ्माले कुखुरा, सुँगुर चाहियो भन्छ । त्यो भनेपछि लानै प¥यो । त्यो आफ्नो उपचारको लागि गरिन्छ । माङ्को सृष्टिको हो त्यो । त्यो काटेर आदाङबे सेवारो भन्दै उसकै छोराछोरी सृष्टिलाई काटेर भोग दिन्छौ । त्यसरी भोग दिनेमा माङ्को बाँस हुँदैन । त्यहाँ त नराम्रो भुतप्रेत पिसाचहरुको मात्र बाँस हुन्छ र त्यहाँ उनीहरुको सेवा हुनु पुग्छ । उनीहरुले खान्छ र खाएपछि आशीर्वाद त दिनै प¥यो नि राम्रो भयो राम्रो गर्नु हैं भन्छ नि तर उसको ब्यहोरा जस्तो आशीर्बाद दिन्छ । त्यसो हुँदा कुकुर बिरालो जस्तो बाझ्नु, जुझ्नु मात्र हुन्छ त्यसैले माङ्धक कुधक माङ्को नैवेध फूल फलेदोले रक्षा गरुन आयु दिनु, सिद्धि, शक्ति दिनु भनेर सेवा गर्नुपर्छ ।
तपाइहरु यहाँ घण्टी बजिरहेको सुन्नुभएको छ, तपाइहरुको नाममा यहाँ बत्ति बलिरहेको छ । लारुम्बामा धेरै मान्छेहरु जम्मा हुन्छन रे भन्छन् र त्यहाँ बाझ्दैनन् रे पनि भन्छन् । यो कर्म सुधार गर्दै लगिएको हो । यो तपाईहरुको चोत्लुङ् हो । यहाँ आएपछि अगाध भक्ति भावना पवित्र हुन्छ । पापदेखि मोक्ष होइन्छ, सिद्धि शक्ति पाइन्छ यहाँ तर यहाँ के पाइन्छ, यहाँ केही छैन् भन्नुभयो भने त्यस्तै मात्र पाउनु हुन्छ । सुँगुर कुखुरा मरेजस्तो मराई हुन्छ, सकिहाल्छ । स्वच्छ सम्झे स्वच्छ एवम सत्य छ । असत्य सम्झे असत्य छ । त्यसैले समय समयमा सम्झाईरहेको छु ।
तपाइहरु धेरै पढ्नुभएको छ, आत्मशुद्धि गर्नुभएको छ, गुरु मन्त्र पाउनुभएको छ । तागेरा निङवाभुमाङको सत्य एवम् स्वच्छ मनले सेवा गर्नुपर्दछ । माङको फुङ या टिको लाउँनु पर्दछ । यसले गर्दा आँखि लाग्दैन, वायु लाग्दैन, भुतप्रेत लाग्दैन, जीवन सुरक्षा हुन्छ । शुद्धता र पवित्रताको लागि माङफुङ प्रयोग गर्नुपर्छ किनकि त्यहाँ माङ्को बाँस हुन्छ त्यसैले सफा सुग्घर साथ यसलाई राख्नुपर्छ । यो पञ्च तत्वको मन्त्रबाट निर्मित हुन्छ ।
मानिसाई सम्झाउँदा रिसाउँनु हुँदैन । हामीमा रिस कडा छ । त्यसलाई नियन्त्रण गर्नुपर्छ । कुरा गर्दा आफ्नो कुरा विस्तारै राख्नुपर्छ, धेरै राख्नुहँुदैन । किरात संस्कार र कर्म काण्डहरुकोबारे सम्झाउँदा बिस्तारैसँग सम्झाउँनुपर्छ । हामीले मुन्धुम (वेद) कर्मकाण्डहरु प्रकाशित गरिरहेका छौ । साँझ विहान पाठ गर्नुहोस, यसलाई नियमितता गर्दै जानोस् । अहंकारी गर्नु भयो भने भोलि छोराछोरी पनि अहंकारी भएर जान्छन् । बाबु जस्तो छ छोराछोरी त्यस्तै भएको समाजमा देख्छु, त्यसलाई वंशानुगत गुण भनिन्छ । बाबु फौजदारी छ भने छोरो पनि त्यस्तै हुन्छ यस्तो नराम्रो कार्यलाई सुधार्न धर्म चाहिन्छ ।
टाढाबाट आउँदा यहाँ झण्डा मात्र छ, बस्ने घर पनि छैन् । बस्ने विटुङ्गो पनि । जाडो पनि हुन्छ र त्यहाँ जाँदा यस्तो हुन्छ भन्ने चेतना बस्छ । यो कहिले पनि नविर्सनु भनेर समय–समय तपाईहरुलाई बोलाइरहन्छु । यहाँ आएर सुन्ने, बुझ्ने, मनमा उनेर राख्ने र यसलाई अगाडि सारेर समाजलाई सम्झलाउँदै लाने तपाईहरुको निम्ति आईरहेको छ । यो तपाइहरुले बुझ्नुपर्छ ।
अन्नको सह घट्छ, सूर्यको ताप बढ्छ । मान्छेको झै झगडा बढ्छ । त्यस्तो स्थितिमा हामी परेको छौ, त्यसैले कसैले लात हाने पनि आदाङ्बे भनेर ढोगेर जानुपर्छ । यसलाई ठूलो बनाउँनुपर्छ र पछि ज्ञान दिनुपर्छ, शिक्षा दिनुपर्छ बाटो यो है भनेर ।
यत्रो धेरै चेलाभुलाहरु हुनुहुन्छ तर सक्षम भइसक्नु भएको छैन, मलाई पनि कस्तो कस्तो लागेको छ । त्यसैले सक्षम बनाउँने तर्फ म लागिराखेको छु । तपाइहरु हाम्रो समाज बनाउँदै जानोस् । जस्तो जालहारीले खोलामा जाल हान्छ र त्यहाँ माछा पार्छ । तपाइहरु मेरो चेलाभुला भनेको ज्ञानको रुपमा हेर्ने हो भने जालहारी हो । हाम्रो समाज त नर्ककुण्डमा डुबेको छ । त्यहाँ ज्ञानको जाल बङबङी हान्दा निकाल्न सक्नुहुन्छ कि भनेर जालहारी बनाएको हुँ ।
यो कुरा एकजनाले दशजनासम्म मान्छे बनाउनु भयो भने तपाईले जाल हान्नुभयो । यो जाल भनेको ज्ञानको जाल हो । युवायुवतीदेखि वृद्धहरु यस काममा मच्चियौं भने गाउँगाउँमा कुसंस्कार, विकृतिमा फसेकाहरुलाई निकालेर यो उज्यालो ठाउँमा ल्याउँन सक्नुहुन्छ । त्यसको लागि यहाँ सिक्न अति जरुरी छ ।
बिहान उठेपछि युमा थेबासँग शक्ति माग्नुपर्छ, तागेरा निङवाभुमाङ्लाई सम्झिनुपर्छ । हवाईजहाज उडाउँदा, गाडी कुदाउँदा, कोदाली चलाउँदा, हलो जोत्दा, नेता हुँदा राजनीतिक भाषण गर्दा पनि सम्झनुहोस अर्थात हर क्षेत्रका माङलाई सम्झनुहोस् । यी यावत् कुराहरुको लागि धर्म सिक्नुपर्छ । लेखापढि हुनेहरुले लेखेर, पढेर सिक्नुपर्छ भने नहुनेले सुनेर भएपनि सिक्नुपर्छ । यस कार्यमा एकबद्ध भएर संगठित भएर तपाईहरु लाग्नुपर्छ ।
मानव जगतमा सबैभन्दा पछाडि परेको किरातीहरु हो । यो किरात जगतलाई स्वच्छ, सुन्दर फुलबारी बनाईराख्ने मेरो ठूलो इच्छा छ । तपाईहरु आत्मादेखि स्वच्छ हुनुहुन्छ भने स्वच्छ फुलबारी हुन्छ । माङ्लाई सम्झेर झै झगडा हो–हल्ला बिना एकचित्त भएर शान्तिपूर्वक स्वच्छ मन लिएर यहाँ सुन्न बस्नु भएको छ । यस्तो बानी तपाईहरुले कहिल्यै छाड्नु हँुदैन । यसले स्वच्छ बाटोमा लान्छ । यहाँ भोलि लाखौं मानिसहरुको जमघट हुन्छ । संसारका मानिसहरु यहाँ आउँछ्न । त्यस अवस्थासम्म पनि शान्तिपूर्वक तवरले प्रवचन सुन्ने सुनाउँने ठाउँ बनाउन खोजी राखिएको छ । यो नमूनाको रुपमा रहेको छ । तपाईहरु विदेशमै रहेपनि यो कुरा सम्झनुपर्छ । सत्य कुरा कहिल्यै नछोड्नुहोस् । नराम्रो बाटोलाई छोड्नुहोस र राम्रो बाटोलाई पक्रनुहोस् । साथीभाई पनि त्यस्तै बनाउनुहोस् । थोपा थोपा पानी मिलेर नदी हुन्छ, नदी नदी मिलेर समुन्द्र बन्छ र त्यहीँ स्वच्छ समुन्द्रले किरातहरुको मुक्ति हुन्छ ।
पहिले मैले किरातको कुरा गर्दा किरात के हो, कुन चराको नाउँ हो भन्थ्यो तर अहिले बुझ्दै गइरहेको छ । यसरी हामी ब्युँझिन निकै समय लाग्छ । धर्म प्रचार गर्दै जानुपर्छ । संगठन गर्दै जानुपर्छ । पितललाई कतिले सुन भनेर झुक्किन्छ तर पित्तल सुन जस्तो हुन कहिल्यै सक्दैन त्यसरीनै कसैले तपाईलाई अल्मलाउन सक्छ त्यस्तोसँग सर्तक हुनुहोस्, हाम्रो बाटो यहीँ हो भनेर सत्य पक्रेर अघि बढ्नुहोस, तपाइहरु धेरै माथि उठ्न सक्नुहुन्छ । तर त्यसो होइन भनेर कसैले उकास्यो भने फेरि तपाइहरु धेरै तल झर्नु हुनेछ । त्यसैले विवेकशील हुनुप¥यो, ज्ञान चिन्न सक्नुप¥यो । यो युग भनेको हल्लाको युग हो । किरात धर्म र किरात एकताको लागि त्यसलाई छोडेर एकै भएर बस्नुपर्छ । जग्गा, जमिन, लेनदेन, व्यवहारमा नमिले पनि धर्ममा मिल्नुपर्छ । धर्ममा एक भएपछि धर्म कर्म सुरक्षित भएको हुन्छ । धेरै कुरा भन्ने इच्छा लागेको छ । केही बेरको विश्राम पश्चात पुनः भेट हुनेछ ।
(सोहीदिन केही समयको विश्राम पश्चात गर्नुभएको दोस्रो अंशको माङ आशीर्वचन।)
श्रदालु भक्तजनहरु र प्यारा चेलाहरु
सन्ध्याकालको समय आयो, जाडो हुन्छ र पनि धार्मिक कुराहरु धेरै सम्झाएको छु । हामीले बुझ्नुपर्ने कुराहरु धेरै गहिरो छ । गुरुमन्त्र तीनवटा हुन्छ । त्यो धेरैजसोले प्राप्त गरिसक्नु भएको छ । तिर्थको रुपमा यहाँ उपस्थित हुनुभएको छ । ज्ञान, शिक्षा दीक्षा पाउनलाई धेरै टाढा जानुपर्दैन । यो स्थल भनेको माङ्को स्थल हो ।
जहाँसम्म हाम्रो समाज छ, त्यहाँसम्म हाम्रो धर्मलाई पु¥याउनु पर्छ । संगी साथीहरुलाई पनि सम्झाउनुपर्छ, यसभन्दा पहिले तपाईहरुले यो कुरा जानिसकेको हुनु पर्दछ ।
संसार अप्ठ्यारो ठाउँमा पुगिसकेको छ । जनसंख्या ज्यादा भएको छ । जनसंख्या ज्यादा भएपछि पाप फैलिन्छ । पाप बढेपछि पृथ्वीलाई भार हुन्छ । मकै बाक्लो भयो भने छाट्नुपर्छ । त्यस्तै तागेरा तागेरा निङवाभुमाङबाट यो संसारमा मान्छेहरु धेरै नै छाँटिएर जान्छ ।
ज्ञानीको ज्ञान हराउँछ, धनीको धन हराउँछ । बाढी, पहिरो, खडेरी, हावाहुण्डरी, भुकम्प, युद्धजस्ता विविध दैविक प्रकोपले पृथ्वीलाई असर गर्छ । पृथ्वीलाई असर गर्दा मान्छेलाई पनि असर गर्छ । धेरै पाप फैलिएकोले अब पृथ्वीले रुप फेर्छ । त्यतिबेला बाँच्ने उपाय एउटै मात्र छ जहाँ सत्य छ, आत्मा पवित्रता छ, माङको विश्वास छ, त्यहाँ माङ्ले बचाउँछ । तर आत्मविश्वास छैन् भने निकै अप्ठ्यारो होला ।
माङप्रति आस्था अत्यन्तै गर्नुपर्छ । सरसफाई गरेर माङहरुलाई सम्झनुपर्छ यसलेनै हाम्रो ठूलो कल्याण हुन्छ । अप्ठ्यारो समयको नजिक पुग्न लागेको छांै । मानिस भनेको तागेरा निङवाभुमाङ्को सृष्टि हो त्यसैले इश्वरप्रति विश्वास राख्यौं भने अप्ठ्यारो ठाउँबाट पनि जोगिन सकिन्छ । ठूलो अनिकाल, औषधिले नभेट्ने बिमारहरु पनि आउँछ यस्ता कुराहरुबाट बच्न सुरक्षित हुनुपर्छ ।
अन्नको सह, धन सम्पतिको सह घटेर गएको छ । मानिसहरुको मन मिल्दैन, झगडा हुन्छ, घर घर मारामार हुन्छ, यस्तो दिन आइरहेको छ । यो घडीमा तागेरा निङवाभुमाङले बचायो भने बचायो नत्र हाम्रो ठाउँ छैन् । यो मैले मात्र हैन, मेरो बाजे महागुरुले पनि भनेको कुरा हो । मधेश र पहाड मान्छेले भरिसक्यो । पृथ्वीलाई दशा लाग्दा नेपाल मात्र हैन, सबै ठाउँमा दशा लाग्छ । कुनै ठाउँमा पानी ज्यादा, कुनै ठाउँमा अनिकाल ध्वंशविध्वंश, झै झगडा हुन्छ । महान अस्तित्व बोकेको राष्ट्रहरुको शक्ति गिर्दै जान्छ ।
संसारका मान्छेहरु विश्व ब्रहमाण्ड घुमिसकेका छन । शिक्षामा पनि उच्च पुगिसकेका छन, तर ज्ञानीको ज्ञान हराउँने, बुद्धिमानको बुद्धि हराउँने बेला आउँदैछ । तपाइहरु प्रत्येक व्यवहारमा अध्ययन गर्नुहोस् त्यहाँ तपाइहरुले यो पाउनु हुनेछ ।
अब अत्यन्तै ठूलो भूकम्प जान्छ यसले करिब–करिब संसारलाईनै चक्कर लाउँछ । यसले ठूलो हानी पु¥याउँछ, हिमाल । डाँडाहरु भाँसिन्छ । यो नजिकै आइसक्यो, त्यसैले सेवाप्रति ज्यादै ध्यान दिनुपर्छ ।
अहंकार, क्रोध, घमण्ड गर्नुहुँदैन । खानेकुरा हुँदा त अहंकार घमण्ड गर्ने हो नि त्यो भेट्टाएन भने अहंकार हराउँछ । अन्न तीन मुरी फल्यो भने मेरो त तीन मुरी अन्न फल्यो भनेर गफ लाउँछौ तर फलेन भने त उहीँ अनुहार त कालै हुन्छ । दिनदिनै तागेरा निङवाभुमाङको साह्रै भक्ति गर्ने समय आइरहेको छ । यो खेलाँची कुरा होइन, किन कि साह्रै भक्ति गर्ने समय आइरहेको छ । यो खेलाची कुरा होइन, किन कि त्यस्तो दिन नजिकै आउँदैछ ।
हामीले हाम्रो काल आफैं बोलाउँदै छौं । काल आएपछि न त राजाले रोक्दा रोकिन्छ न त कानुनले रोकिन्छ त्यहाँ एक अलौकिक शक्ति छ । स–सानो भूकम्प अनगिन्ती नै जान्छ तर ठूलो चाहीँ आउन बाँकी छ । त्यसैले माङको साह्रै सेवा गरौं है । यो कुरा गाउँघरमा भन्दा आश्चर्य मान्छ, उल्का बनाउँछ । तर उल्का हुँदैन, तपाईहरुले हेरिरहनु भएको छ मैले पहिले गरेको भविष्यवाणी पुगिराखेको छ, पुग्दैछ र केही पुग्न लागिराखेको छ । अध्ययन् गर्दै जानुहोला । मैले बोल्नुपर्ने काम आइरहेको छ ।
भविष्यमा मान्छे अत्यन्तै कमी हुन्छ । मान्छेले मान्छे खाने, बेच्ने दिन आइराखेको छ, यसैलाई पाप भनिन्छ । खानेकुरामा शुद्धी हुँदै जानु । आचरण व्यवहार सुधार गर्दै लानु र माङप्रति अगाध विश्वास राख्दै जानु । सुमार्गलाई छोड्नुहुँदैन, किनकि त्यहीँबाट हाम्रो सुधार हुँदै जान्छ । यो मैले मात्र होइन, संसारका अन्य भविष्य वक्ताहरुले पनि भन्दै आइरहेका छन् ।
किरातहरुको भाग अलिकति झुण्डिएर बसेको छ, राम्रोसँग चिन्नु । आफ्नो धर्म, कर्म, मुन्धुम, संस्कार, संस्कृति, भाषा, लिपिलाई चिन्नु । तपाइहरु बस्नु भएको प्राङगण सम्याएर एउटै ठूलो माङ्हिम बनाउने इच्छा राखेको छु । प्रगति भई राखेको छ ।
प्रगतिहरु कठिनाईपूर्वक भएपनि आएर शोभा बढाईदिनु भएकोमा ज्यादै खुशी लागेको छ । तपाईहरु यहाँ आउनुभयो एकापसमा परिचय गर्नु भयो, सुख दुःखको कुरा गर्नुभयो । यसरी यो ठाउँ एउटा संगमस्थल हुँदै गइरहेको छ । हामीले पकडेको किरात एकताको सूत्रलाई नछोडौं । एउटै संगठनमा रहेर एउटै मार्गमा हिड्नुपर्छ । तपाईहरुलाई डो¥याउने जिम्मा मेरो भइरहेको छ ।
मुन्धुम शःसीमा सुधार गर्ने तर्फ हाल लागिरहेको छु । चाँडो भन्दा चाँडो सिध्याउँनु पर्ने भएकोले व्यस्त छु । महागुरु फाल्गुनन्दले अलिकति अधूरो गर्नुभएकोले सो पूरा गर्ने मेरो कर्तब्य भएको छ । मेरो मातहतमा रहेको दुई संस्थामा पनि व्यस्त रहेको छु ।
तपाईहरुको नाममा तपाइहरुको रक्षाको लागि दिनरात यहाँ धुपबति बलिरहेको छ । सो विर्सनु भएन । जहाँ भएपनि मैले शब्दी गरेको चेलाहरु संसारको कुना कन्दरामा पुगेका छन् उनीहरुले सम्झिरहेका छन् । हामी सम्पूर्णको आत्मालाई, मनलाई एकै गरेर एउटै बाटोमा हिड्नुपर्छ । यसको लागि साथीहरुलाई पनि रिसाएर हैन् संयमसील भएर सम्झाउँनुपर्छ । दुःख कष्टसाथ आउनुभयो । यहाँ आएर शक्ति सिद्धि पाउँनुहुन्छ त्यो फल हो ।
म गाउँ–गाउँ घुम्न भ्याउदिन, त्यसैले धर्म, कर्मबारे सम्झाउँन घरी घरी दुःख दिएको हुँ । रिसाउनुभयो भने तल झर्नु हुन्छ, यहाँ ज्ञानगुनको बाटो पक्रिनु भएको छ, यो कुरा नछोडी जानुपर्छ अनि पार तरिन्छ । आत्मा सिमको किला जस्तो बनाउँनु हुँदैन ।
विश्व किरात सम्मेलन गराउने इच्छा राखेको छु त्यसलाई दुई संस्थाको शक्ति प्रयागे गर्छौ । स्वदेश विदेशबाट आउनु भएका सम्पूर्ण भक्तजनहरुमा तागेरा निङवाभुमाङले रक्षा गरोस, माङवा हाङवा सिद्धि शक्ति आयु वरदान पाऔ भन्ने माङसँग प्रार्थना गर्दै आगामी मंसिर १८ गते यसरीनै भेट्ने आशा सहित बिदा चाहन्छु । जय किरात । तियाहा ।।