
रमेश तुम्बापो हाङसाम
वि.सं. २००० सालमा जनरल विक्रम समशेर राणाकी धर्मपत्नी (नाम खुल्न सकेन) लाई अनौठो विमारद्धारा पीडित हुनु परेको थियो । थरथर काम्दै बरबराई रहने उनको विमार थियो । यस्तो अनौठो विमारका कारणले गर्दा उनलाई बौंलाई पनि भनिन्थ्यो । एकदिन जनरल विक्रम सम्शेर राणाको दरबारमा स्वस्ती आशीर्वाद चढाउन भनि राजगुरु दिपराज उपाध्य आईपुग्नु भयो ।
त्यसबेला पनि जनरलकी धर्मपत्नी रानी उसैगरी बरबराई रहेकी थिइन । रानीको यस्तो अनौठो किसिमको बिमार देखेर राजगुरु दिपराज उपाध्यले जनरल विक्रम सम्शेरलाई भन्नुभयोे रानीको उपचारको लागि पूर्व पल्लो किरात लिम्बुवानमा एक जना फाल्गुनन्द नामको वाकसिद्ध व्यक्ति हुनुहुन्छ एकपटक उसलाई झिकाएर यसो विचार गर्न लगाउनु उचित होला ।
विरामी आफैपनि कहिले कहिले बरबराउ“दा मलाई उपचार गर्ने व्यक्ति पूर्व लिम्बुवानमा छ उसलाई ल्याएर मेरो उपचार ग¥यौ भने म निको हुन्छु भन्दो रहेछ । राजगुरुको भनाईबाट जनरल खुशी हु“दै भन्नुभए छ, हे गुरुदेव तपाईले ठीक भन्नुभयो । यहा“ विरामीले पनि बेला बेला यसै भन्ने गर्दछिन् । बरु ठाउ“ ठेगाना बताई दिनु होस न गुरु प्रभु । राजगुरु दिपराजस“ग महागुरु फाल्गुनन्दको वि.स १९९२ साल देखिको पुरानो परिचय थियो । ताप्लेजुङ जिल्लाको खोक्लिङ स्थित सुनखानी राजगुरुको अनुरोधमा महागुरु फाल्गुनन्दले अन्र्तध्यान दृष्टिबाट हेरेर देखाइदिनु भएको थियो । र, यो सुनखानीबाट राजगुरु दिपराज उपाध्यायलाई ठूलो मात्रामा फाइदा समेत भएको थियो ।
विरामी रानीको उपचार गर्न काठमाडौंमा आउनु भनि जनरल र राजगुरु दुवैजनाको छुट्टा–छुट्टै पत्र लिएर एकजना सिपाही महागुरु फाल्गुनन्दलाई काठमाडौं पु¥याउनु साथ जमदार पदमा पदोन्नति गर्ने शर्तनामा सहित एकजना सिपाही काठमाडौंबाट पान्थर सिलौटीतर्फ बाटो लागे । सिपाही बाटो लाग्न साथ उता विरामी रानी यस पटक गुरुलाई कहा“ भेट्छ र भेटदैन है भन्दै बरबराउन थालिन ।
सा“च्चीनै यसपल्ट २००० सालमा महागुरु फाल्गुनन्द चेलाहरु सहित फक्ताङलुङ हिमाल जानु भएकोले काठमाडौंबाट खटि आएका सिपाहीले महागुरुलाई भेटन सकेन र उ निराश भएर त्यसै फर्किन्न प¥यो । पुनः त्यसको एकवर्ष पछाडि २००१ साल असार महिनामा पहिला जस्तै राजगुरु र जनरल दुवैको पत्र र विरामीको भेटीसहित लिएर अघिल्लो सालमा आएको प्रहरीनै पान्थर सिलौटीमा आईपुगे । यसपटक भने पत्रवाहक प्रहरी र महागुरुको भेटभयो सिलौटी माङहिममा ।
त्यसपश्चात जनरल विक्रम सम्शेर राणाकी धर्मपत्नीको उपचारार्थ महागुरु फाल्गुनन्द काठमाडौैं जानुपर्ने भयो । धेरै चेला र शुभचिन्तकहरुले महागुरु फाल्गुनन्दलाई काठमाडांैमा होइन पूर्व आसाम, भुटान तिर भगाउनु पर्छ भन्ने सल्लाह दिए । हुन पनि १९९३–१९९५ सालमा २–२ पटक सम्म पक्राउ परिसक्नु भएको थियो महागुरु फाल्गुनन्द । तसर्थ यसपटक पनि विरामी उपचारको वहानामा फेरि पक्राउ पर्ने होकी भनेर चेलाहरुको मनमा सन्देह उठ्न स्वभाविक थियो । तर, अन्र्तयानी महागुरुलाई सत्यकुरा थाहा भएको हुनाले पूर्वतिर भाग्नुको सदा काठमाडांै तर्फ नै साथमा १० जना चेलाहरु लिएर बाटो लाग्नुभयो ।
महागुरु फाल्गुनन्द चेलाहरु सहित जनरलको दरबार काठमाडांैमा पुग्नु हु“दा जनरल र राजगुरुको तर्फबाट महागुरु फाल्गुनन्दको भव्य स्वागत भएको थियो । कसैको घर भित्र नवस्ने महागुरुको लागि दरबारको बगैचामा आसपासमा डेरा बनाइदिएको थियो । त्यहीं बसेर विरामीको ब्यथा बुझ्न, जोखना हेर्ने हेराउने काम शुरु भयो । विरामी रानीलाई दरबारको एउटा कोठामा थुनेर राखिएको रहेछ ।
तसर्थ, विरामीको अंगमा धागो बाधेर बगैचासम्म टांगेर त्यहीँ धागोबाट जोखना हेर्ने हेराउने प्रबन्ध मिलाइयो । कतिको देख्ने जान्ने हो ? भनेर राणाहरुले महागुरुको क्षमतामाथि गोप्य परिक्षण गर्न शुरु गरे । उनीहरुले विरामीको अंगमा धागो नबा“धेर दरबारको मूल खम्बामा मात्र धागो बा“धेर बगैंचासम्म ल्याएर महागुरुलाई दिएछ । महागुरुले धागो हातमा लिन साथ यो त निर्जिव वस्तुमा मात्र धागो बा“धेर ल्याउनु भएछ भनिदिनु भएछ । त्यसपछि विरामीको हातमा धागो बा“ध्ने भनि विरामीको भित्र कोठा पसेकाहरुले फेरिपनि जनरलले टेक्ने गरेको विशेष प्रकारको लौंरोमा मात्र धागो बा“धेर महागुरुलाई दिएछ । यसपटक पनि हातमा धागो लिदै यो त विरामी होइन धातु जस्तो मात्र देखिन्छ भनिदिनु भएछ ।
यसरी राणाहरुले साहै्र परिक्षण गर्न खोजेको देखेपछि महागुरुलाई पनि भित्र मनमा रिस उठ्यो होला, अब तेस्रो पटकमा भने विरामीको देब्रेहातको कान्छी औलामा धागो बा“धेर महागुरुलाई दिएछ यसपटक भने धागो हातमा लिनसाथ भनिदिनुभएछ ए यस पटक चा“ही रानीको बा“या हातको कान्छी औलामा बा“धेर ल्याउनु भएछ भनि दिनु हु“दा राणाहरु एकापसमा हेराहेर गरेर छक्कै परे ।
त्यसपछि के ले यसरी रानीलाई दुःख दिएको हो प्रभु भनेर सोधनी गर्दा महागुरु फाल्गुनन्दले पान्थरेनी युमामाङले दुख दिएको रहेछ भनि दिनुभयो । यहा“ रानी र दरबारको शब्द प्रयोग हुनुका कारण तिनताको समयमा राणा परिवारलाई रानी र उनीहरु बस्ने महललाई दरबार भन्ने गरिन्थ्यो । कसरी विरामबाट छुट्याउने भन्दा २ वटा उपाय सुनाउनु भयो महागुरुले ः– सानो मन्दिर बनाएर त्यसमा सा“झ विहान युमामाङको सेवा गर्ने त्यसो गर्दा सुव्यफाब्य समेत हुने र केवल विमारबाट छुट्याई दिने हो भने चरुहवन लगाउने ।
अन्तत मन्दिर बनाएर सा“झ विहान युमा माङको पूजापाठ सेवागर्नु भन्दा चरुहवन गरेर गराएर विरामबाट छुट्याउने तर्फ नै सबैले जोड गरेकोले दरबार अगाडिको बगैचामा विरामी उपचारार्थ यज्ञ होमादी लाधुङसेमी सेवा सम्पन्न भयो । अनेक किसिमका सुगन्धित धुपहरुको वासनाले वगैचा वरिपरिको वातावरण परै गम्कियो ।
हप्ता दिन भित्र महागुरु फाल्गुनन्द चेलाहरु त्यहीँ बस्दाबस्दै विरामी रानी निको भएर पूर्ववत अवस्थामा फर्किएकोले राणा परिवारमा सन्तोष आनन्दको बहार आयो । सबैमा खुसी छायो स्वयम जनरल विक्रम समशेर राणालाई पनि खुट्टा दुख्ने विरामले सताएको थियो महागुरुले लाधुङसेमीमा जनरलको शरीरलाई फूलको थुंगाले सोहोर्दै अग्नीहवन गरिदिनु भएपछि त्यो खुट्टा दुख्ने ब्यथा पनि निको भयो । झनै ठूलो खुशी छायो राणाहरुको दरबारमा ।
त्यतिबेला राणाहरुले हाम्रो सत्ताको आयु कति छ ? गुरु भनेर सोधेका पनि थिए, महागुरुले धेरै त छैन होला निशान त ढलेको जस्तो देखिन्छ भन्नु भएको थियो । महागुरु फाल्गुनन्दलाई मन्दिर बनाएर उतै राख्ने जनरलको इच्छा थियो तर, महागुरु मान्नु भएन । लामो समयपछि दरबारबाट ठूलो सम्मान पाएर महागुरु र चेलाहरु त्यहा“बाट फर्किनु भयो ।
स्रोत ः
१. तपस्वी फाल्गुनन्दको जीवनी २०२३
लेखक कुलानन्द दाहाल÷हेम बहादुर गुरुड्ड सर्वाधिकार सम्पन्न प्रकाशक, बद्रीनन्द तुम्बापो
२. महागुरु फाल्गुनन्द स“गै (नेपाल) काठमाडौ जानुभएका स्व. पश्पती नन्दराई साविक साक्फारा ८ कालीखोला इलाम उहाको भनाईलाई टिप्पणी गरिएको डायरी
३. स्व. (मित्रलाल) सतनन्द राई कुरुम्बा–६ हुलाक देउराली पान्थर (१९९३–२०७५)उहा“संग लेखकले लिएको अन्तर्वार्ता ।


 
                                             
                                             
                                             
                                             
                                             
                                            





